तेरा आदर्श र नैतिकताका बेराग आलाप
तँ जति सुकै चिच्याए पनि
तेरो मक्किएको हड्डीबाट
आएको कुर कुर आवाज दबाउन सक्दैनस्
किनकि त्यो आवाजको स्रोत तेरो अस्थित्व भित्र छ
किनकि तेरो अस्थि अस्थि कुहिएको छ
त्यो आवाज चाहे अरूले सुनुन् या नसुनुन
तैँले आफै सुनेको छस्, आउँछ तेरो अस्तित्वमा कम्पन
तेरो आफ्नै हड्डी कुहिएको आवाजले
अनि काँतर त जति चिच्याउँछस्
आदर्शका राग
अनि मिसिदो रैछ त्यही कुर कुर आवाज सङ्ग
छि! कस्तो घिन लाग्दो मिश्रण
आदर्श अनि सडनको
जति सुकै आदर्श
नैतिकता र अनुशासनको
अनि प्रगतिशीलको आवरण पैह्री
तेरो अस्थित्व त
वासना र कामनाको सामान्य
झोकाले थर्थराउँछ अनि
झर्छन् ती आवरण धुजा धुजा भएर
अनि दृष्टि गोचर हुन्छ तेरो कमजोर शरीर
आफै देख्छस् एक एक अङ्ग सडिरहेको छ
त्यो दुर्गन्ध छि! कसरी झेलेको होलास्
श्वास रोकिएको होला,
दुर्गन्ध र औँस्याहाको टोकाइको
अनि फत फत झरिरहेको तेरो अस्तित्व
कठै! तेरो नियति!
त्यही दबाउन त्यही लुकाउन तलाई
लगाउनु पर्छ आदर्शका, नैतिकता
अनि प्रगतिशीलका बजारु इत्रहरु
ओहो त्यो तेरो मौलिक दुर्गन्धमा
ती इत्र मिसिदा त झन् दुर्गन्धित
बन्छस् तँ
आफ्नै कुहिएको अस्तित्वले
धिक्कारेको तेरो नियति
कठै! बरु छोडी दे सड्नको लागि
आवरण नलगा, बजारू इत्र नदल
तेरो कुहिएको अस्थि, अनि अस्तित्वमा
सङ्क्रमण नथप
जब स्वीकार्छन् तेरा मन मस्तिष्कले
यो सडन
अनि बढ्छन् तेरा पाइला शान्ति तर्फ।
No comments:
Post a Comment