मलाइ कुनै अत्यास लाग्दैन
जब तिमि जान्छौं,थाहा छ सुर्य आज उसै गरि टाढा गयो।
तर उहि आशा छोडेर उज्यालो र न्यानो
बनेर भोलि फर्कि नै हाल्छ।
धर्म हो घुमि रहनु या प्रकृति हो घेरा भन्दा बाहिर नजानु।
तिमि नि त्यसतै लाग्छ।
र मलाई कुनै अत्यास लाग्दैन तिमि जादा।
यो मेरो मन एउटा मरुभूमि रहेछ
तिम्रो पाइलाका ति छापहरु
नमेटिने गरि बालुवामा बनेका छन।
समुन्द्रीक छालहरु भन्दा अलिक टाढा यि पदचाप
रोकिएर सिउडिको रुख मुनि छाया परेको छ
तिम्रो नाम,
गहिरो गरि बोल्नु पर्छ कुनै क्षण
आज गएर नफर्किनु केहि ताजा होस त्यो मन
मलाई कुनै अत्यास लाग्दैन तिमि जादा।
एकछिन यो रगतलाई तातो बनाएको
तिम्रो बाचन केहि नसुनिने मात्र भएको हो अहिले।
पर्खाइको पिडा भन्दा अदृश्य छाँया नै ठिक छ।
स्मरण तिक्ष्ण छ
त्यहि भएर
मलाई कुनै अत्यास लाग्दैन तिमि जादा।।
No comments:
Post a Comment