नियात्रा: एक निरन्तर यात्राको

तिमी गयौ भने...

 तिमि गयौ भने नि....

मेरो साथ हराउँछ
शिरमा न्यानो हात राखेर
दिइएको आट हराउँछ
अनि म पर्खिने छु
फर्किने आश (मा)
हेर्दै घडिका काटाहरु
जस्तै भए नि
एक मधुर मुस्कान भए त
तिमि प्रतिको दुर्भाब हराउँछ।

तिमि गयौ भने..
मसग तिनै गित रहनेछन
अङ्गालिएका मौन तस्वीर रहनेछन।
सङ्गसङै साटेका पृत रहनेछन।
कपाश जस्तै स्पर्शका स्मृति रहनेछ्न।
हो तिनै याद रहनेछन।
सम्झेरै रमाउने बात रहनेछन्।

तिमि गयौ भने..
तिमिसंगै मेरो मन जानेछ।
मैले तिम्रो आखाबाट
देखेको सपना जानेछ।
मेरो न्यानोपनको निद जानेछ।
तिमि नै रोकिदैनौ भने
समय त झन कहाँ रोकिन्छ र?
दिन हुनेछ अनि रात हुनेछ
तर त्यहाँ सधैं तिम्रो अभाब हुनेछ।

पानी बिनाको माछा जस्तै
म छटपटाउने छु
तिमि सम्झिन्छौ या सम्झिदैनौ
म तिम्रो मुस्कान सम्झेरै हराउनेछु।
स्थाइ त के नै छ र?
तिमि जाने छौ
तर म तिम्रो यादमा सधैं बिलाउनेछु।

भुल्नै पर्छ, छ्ड्नै पर्छ
नचाहे नि अघि त बढ्नै पर्छ
अब भन बिस्तारै
मेरो कानले तिम्रो आवाज भुल्ने छ।
आँखाले तस्वीर मेट्ने छ।
शरीरले स्पर्स मेट्ने छ।

तिमि गएपनि
म आफूलाई राम्रो या नराम्रो केही भन्दिन 
न तिमीलाई नैं भन्नेछु।
तिमि फेरिन सक्छौ भने
मन हो मेरो नि
एकदिन फेरिन सक्छ।

सुन.....!
मलाई कुनै अपसोस हुने छैन।
तिमि सम्झरै बर्शौसम्म।
बाच्न सक्ने साहस रहने छ।


Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.