साना कुरा...गर्न फुर्सद कसैलाई हुन्न...
...
मैले सहर देखि गाँउ सम्म कामको शिलशिलामा हिँड्दा देखेका भोगेका कुराहरू देख्दा विरलै मात्र एकदुई का सम्बन्ध घर र परिवार चितबुज्दा देख्थे।
सबै असल सबै खराब भन्ने पनि होइन तर सबै एउटै हुँदा सायद समाजमा सकारात्मक शान्ति हुन्छं, सबै नराम्रै मात्र हुँदा अर्को नकारात्मक शांति मतलब भयाबह अवस्था। समाज मा दुई सबै असल र सबै खराब छैनन। समाज चलाउन र अलि अलि बेला बेला मनोरञ्जनका लागि दुई कुरा को असन्तुलन भै नै रहन्छ।
म एउटा स्वास्थ कर्मी,
मैले देश को स्वस्थ क्षेत्रमा सहर देखि गाउँ सम्म केही काम गर्न पाए।, स्वस्थ क्षेत्र भनेपछि मानिसको सम्पूर्ण जीवन हेर्न देख्न पाइने रहेछ। यति पनि की केही क्षणको स्वास्थ्य संस्था भ्रमण मै उ अथवा उनी घरको कुन अवस्थामा गुज्री रहेको छ या छिन भन्ने कुरा थाहा पाइन्थ्यो। अर्को म सग धेरै व्यक्ति खुलेर कुरा गर्थे किनभने म पनि सामान्य र खुलेर उनीहरू सग कुरा गर्थे। यो मेराे सवल र दुर्बल दुवै पक्ष हो।
र बिस्तारै को परामर्श र अनुभव सँगै मैले मेरो कामका लाग्दै गए, यो बेला हेर्दा सबै भन्दा भर्नरेभल अवस्था मा महिलाहरु थिए र छन्।
अनि सबै भन्दा पीडित वैवाहिक जीवनमा। सबै भन्दा धेरै उमेरकी प्रसव पीडामा भएकी महिला तेतीस(३३) वर्षकी थिइन्।
विष वर्षमा विरलै मात्र गर्भवती पहिलो जाँचका लागि आउने।(मतलब 20 भन्दा अघि नै विवाह)
परिवार नियोजन त्यो महिला कै भाग को मात्र कुरा।
कतिपय ले भन्ने गर्थे मेरो त ब्लड गएको तीन महिना भयो, यो राखी दिएको निकाली दिनुहोस्!
अनि मेडिकल अबोर्सनको लागि फेरि कति पटक आउने??(अबोर्सन अधिकारको कुरा बेग्लै छ..यी चलाउने संस्थाका नारा बेग्लै)
अब के गर्नु यस्तै छ त, यसरी नै रगत गई रहे के गरी बाँच्नु, उनीहरू भन्थे,
आफ्नु पतिले के भन्नु हुन्छ परिवार नियोजनको बारे,, यो उहाँको विषय को कुरा नै होइन???
यहाँ भन्दा धेरै अर्काको पतिको बारे सोध्न र बोल्न दोस्रो व्यक्तिले मिल्दैन।
मतलब दुईजनाको यो बारे राम्रो सँग परामर्श नै हुँदैन।
यति मात्र अनुमान लगाउन सकिन्छ कि समाजमा महिलाको अवस्था कस्तो छ।
अब यी कुरा सबै तिरको महिलाले खेप्न कुरा हुन के गाँउ र के सहर अझ भनौं नेपालमा सहर कहाँ छ??
यस्तो समाज हेरेर सुधार कहाँ बाट सुरु गर्नु कुनै हेक्का नै हुँदैन र छैन पनि।
कुनै बच्चा बिराम हुँदा बाबुको उपास्थित्ती विरलै मात्र हुन्थियो। हुन त श्रमिकहरु बाटेर काम गर्न पर्छ घर मा जो छ उसले बच्चाको ख्याल गर्छ। बाहिर हिड्ने ले दाना पानी पैसा कमाएर ल्याउँछ। यसो भन्दा मात्र हुन्छ त?
चलेकै छ चल्छ भन्ने हजुरआमा देखि भनेर आउँदै गर्दा हाम्रो समय सम्म पनि जस्ता को त्यस्तै नै छ।
तरिका फरक भयो होला तर महिलाले नी आफूलाई दासी हु भन्ने भावना दिमाग बाट हटाउन पर्छ।
अब मैले जे देखे त्यो मात्र भन्ने हो, र व्यावहारिक रूपमा नदेखी कल्पना को कथा र कविताले दुःख लेख्ने बानी छैन र हुनु पनि हुँदैन।
यी साना कुरा हुन...
त्यही त साना कुरा गर्ने फुर्सद खासै कसैलाई हुन्न। अनि ठूलो कुराहरू ले बाग्मतीको फोहोर छोपिन्छ... त्यही भ्रममात्र हो।
(यो सबै पनि मेराे भ्रम मात्र हो,फुर्सदमा साना भ्रम हरुले सताउने हो।, जो म देख्छु त्यो अरुलाई गफ लाग्छ। )
No comments:
Post a Comment