मलाई किनारा नजिकै पुर्याउनु
जहाँ छालहरुले हुत्तिएर ताता खुट्टाहरु छुन्छन,
र आधा गोडा भिजाउने आट गर्छ्न
जति मनतातो भए पनि मैले र तिमिले
हाम्रा कथा बुझाउन त पानी कै साथ लिन पर्छ।
जहाँ आगो परालमा सल्किए जस्तै हो!
निलो आकाशमुनी पराबर्तित छाया को होर !
तिम्रो केहि दृश्यहरु निला जो मैले देखे।
नत्र शरद ऋतुको कुनै अन्तिमको भाग जस्तो
शिशिरको पहिलो शित जस्तो जस्तो
बिना अर्थको रङ्गहिन पनि त हुनु भएन।
आँखाको छल तिमिले जो गर्यौ त्यहि भन्यौ
अर्थहिन हो
मैले निलो आकाश नै हेर्न खोजेकि थिए
तर तिम्रो शरिर निलो या मेरा आखा।
......
No comments:
Post a Comment