मलाई लागेन तिमिलाई मेटाइदिउ।
आहालो रङ्गमा सङ्लो पानी बनेर।
सफेद सर्टमा,उहि हातको छाप बसेको हो।
सुहाइरहेछ, गाढा बनेर
मलाई लागेन तिमिलाइ मेटाइ दिउ,
इन्द्रेणीलाई फेरि खप्टिएको बादल बनेर।
बालुवाको रङ्गमा मरुभूमि रहेको छ
तिमि भन्छौ खन्याएर जानु शितलता
के अर्थ लोहोटाबाट पानी तप्प झार्दा।
बरु छालहरु बाटो बिराएर आए त
भिज्ने थिए क्याक्टसका जराहरु
मलाई मन लागेन तिमिलाइ जिस्काउन
शिशिरमा साँझ बिहान झर्ने शित जस्तो बनेर।
धुलौटे माटोमा नङले कोरेको अक्षरको रङ्ग
तिम्ले भन्यौ एक स्वासले पढेर जानु
सुनिसकेका शब्दहरु किन दोहोराएर
रात साझ छेउमा आउने चमेरालाइ दिक्क बनाउनु,
खरको त्यन्द्रामा झुन्डिएर हेरोस पुर्णिामालाइ चमेराले
मलाई मन लागेन तिमिलाइ भुलाउन
चरालाइ समेत दिक्दार लाग्ने संगीत बनेर।
No comments:
Post a Comment