बिरुवाको हाँगाबाट कुहिरोले
आफ्नु बाटो बनाउदै झ्यालसम्म आएर
छोपेको थियो हावा हिड्ने बाटो।
किनभने हावा उहिसँग आएको थियो
स्वास बनेर,
मैले लिन चाहेको सुगन्ध उहि भुवाको थियो
जसले त्यो क्षितिजसंगै देखिएको सिमलको
केहि भाग बोकेर ल्याएको थियो।
जो मेरो भ्रम थियो,किनभने
यो बेलाको बतास कस्तो कमजोर हुन्छ
बसन्त होइन, सबै चिजलाई एकमुस्ट भुमरि
पारेर अलपत्र बनाउने!
बसन्त पर्तिर त आँखाहरु
बर्सात जस्तै तप-तप कमै मात्र खस्छन भुइँसम्म।
किनभने, माटोलाई आशु भन्दा त पानी नै
आवश्यक हुन्छ।
बाँकि यि रुखहरुको सहनशिलताले
यि मौसमलाई दिक्क लाएर नै
उदार हुन्छ एउटै दिन पनि
कहिले झरि त कहिले झुल्के घाम बनि।
No comments:
Post a Comment