मलाई बिश्वास छ यो रातले सुन्छ
म चौगारोमा किताब लिएर बसेकी छु।
सधैं भरि आफैसँग नहराउने प्रकाश लिएर
बसेका ताराहरुको अध्याँरो कथा सुनाउछु,
जुनकिरि हरुलाई।
तर,
रातमा मात्र पिल-पिल गर्दै
त्यहि नि बसन्त र गृश्मको आधाहुदि
समयमात्र मसँग मुस्कुराउने उज्याला
किराहरुले चाहि के उदेश्य राख्छन त्यो बुज्नु छ।
ति छिचिमिरा बेलुका उडेर बिलाउँछन।
म हेर्दा हेर्दै त्यहि बत्तिमा, पानीमा तैरिन्छन।
पखेटा भएर कहाँ पुग्नु रहेछ त्यो पनि बुज्नु छ।
ओहो!
अनि यि ताराको कथा मैले रात लाई
सुनाउँदा यो किताबको सवभन्दा चम्किलो पृष्ठ
उहि आकाश हो, जो अन्धकारमा
आफ्नो रङ्ग मलाई लुकाउछ र ति ताराहरुलाई देखाउँछ।
मैले तिमिलाइ पनि भुल्नु त हुन्न यहि पन्नाबाट
तिमि म बसेको ढुङ्गामा जुन बनेर आउनु।
केहि छिन सापटि भए नि मेरा पानाहरु,
तिम्रै उज्यालोले मात्र प्रष्ट देखिन्छन।
No comments:
Post a Comment