तिमि सानो हुँदा
तिम्रा हातहरु सानै थिए।
खुट्टा, आँखा,कान, नाक, परेला,
तिम्रो ओठ, तिम्रो औंला, तिम्रो दृष्टि
तिम्रो सपना, लक्ष्य, बाटो सबै सानो थियो होला।
तिमिले बोक्ने जिम्मेवारी कति सानो थियो
त्यहि बुबाको गोजीको भरमा सबै
आशाहरु, मुहारहरु सुज्जित थिए।
तिम्रो मुटु कस्तो थियो होला, सानो या त्यो बेला पनि
मलाई अटाउने ठुलो,
ति नयनले मलाई भेट्ने सोचे या
दिमाग कतै हेर्यो मलाई।
हृदयमा म कतै थिए कि न्यानो भइ कि
आमाका हातहरु मेरा जस्तै।
तिम्रो गितमा को सजिन्थिए होला
भाडाकुटिको घरमा को बस्थे तिमिसँग।
कस्ले जन्माइदिन्थे तिम्रा बच्चा
कस्ले पकाइदिन्थे तिमिलाइ खाना?
तिम्रो बारेमा कस्ले सोचि दिन्थे, को झगडा गर्थे तिमिसँग।
को रिसाउथे र रिसाउदै फेरि बोलाउथे।।
हेर न अहिले तिमि मेरो आँखामा
अटाइ नसक्नु ठुलो भएको छौ।
मेरा हातले समाइ नसक्नु फैलिएको छौ।
तिम्रो दृस्टी तिम्रो दृश्यले मलाई अहिले झस्काउँछ।
लाग्छ जहाँ पुगे पनि मलाई हेर्छौ
ठुला औंलाले स्पर्श गर्छौ, ओठले चुम्छौ
र हृदय भरि साँच्छौ।
जसरी म साचेर राख्छु तिमि ठुलोलाई
म सानी भएर।
म पनि सानी भित्र ठुलो भाबमा कसरी हो
तिमिलाइ हेर्छु,
यो दिक्दारमा मेरो रिसको भागिदार बनाउँछु।
तिम्रो मनमा म र तिमि दुबै लाइ अटाउँछु।
र धड्किएर तिमिसंगै जिन्दगी बिताउने कल्पनामा
छटपटाउँछु।
अहिले तिमी ठुलो भयौ
तिम्रा हरेक चिज हरेक अङ्ग ठुला भए
म पनि त्यहाँ अटाउन सक्ने भए।
मुटुको का हर सिराहरुमा स्नेह उहि नसालु
भएर कुद्छ म र तिम्रो बाटो बिचमा भेट भएर।
ठुलो भएपछि त धड्कनहरु पनि अरुकै लागि धड्किए जस्तो
लग्दैन र तिमिलाइ?
मलाई त लाग्छ र मेरा सोच हरु ठुला भएका छन
तिमि अहिले मलाइ तिमिमा अटाउन ठुलो
भए जसरि।
अहिले सपना बढेर क्षितिज पारि पुगेको छ तिम्रो।
आकांक्षा कहिले बहाब बिनाको समुन्द्र त कहिले
छछ्ल्किएर किनारामा पुगेको छाल तिम्रो।
बुबा आफु बन्ने बेलाको बच्चा प्रेम तिम्रो
आफ्नु गोजि भर्नु पर्ने जिम्मेवारी तिम्रो
कहाँ पुग्यो है उमेर पनि
अहिले ठुलो- ठुलो भएपछी आकार तिम्रो।
कुनै साच्चो झुपडीमा सजाउनु पर्ने
राजा रानिको जस्तो काल्पनिक कथा हाम्रो।
No comments:
Post a Comment