म बिर्सिए सम्झाउनु
म जून होइन दिन नबिर्सन।म घाम होइन साझमा क्षितिजबाट ढल्किएर हेर्न।
म एउटा मान्छे हो र म मानिस जसरी नै
बाँच्न चाहान्छु,
म पुगौला न पुगौला कुनै गहिराइमा।
इनारमा पानी गहिराइ नाप्नलाई रहदैन।
म समुन्द्र छचल्किएको देख्छु किनारसम्म।
पानीको भद्रपन छ त मात्र त्यहि इनारसम्म।
म मौसम त होइन स्वत: फेरिन
म पंक्षी पनि होइन धरातल फेर्न।
रुख झन कहाँ हो र! एकैठाउँ रहन।
होइन! केहि होइन म एउटा मान्छे हो
मान्छे जस्तै रहन।
म कहाँ जाउला र शिखर चढ्न,
फर्केर आउन छ यहीँ ठाउँमा
बरु श्वासको गति गन्नु बसेर
मझेरि बिचमा, निधालको अडेसमा
बाँच्नु छ मर्नु पनि यहीँ ठाउँमा।
म बरु बालुवा हो, मुठ्ठीमा बिलाउन
आँखामा बिजाउन
ढुङ्गाले ढुङ्गासँग के बात मार्छ
पानीले बरु ढुङ्गाको कठोरता छियाछिया पार्छ।
मरुभूमिमा शितको थोपाको अर्थहिनता,
म के देख्छु
सिउँडीको जराले बरु समुन्द्री आँधिको
भाब बुझेर,
आफ्नु जिउमा काडा उमार्छ।
No comments:
Post a Comment