म घर बिर्सिएर हिडेको दिन
तिमिलाइ सम्झेर फर्किएकी थिए
तारा हेरेकी थिए।
तिमिलाइ हेरेकी थिए।
अहँ! तिमी बसेनौ
हतारमा खोइ के भयो
मैले फर्की फर्की हेरेकी थिए
सुर्यमुखीले सुर्यलाई हेरे जस्तै।
म टोलाएछु जूनलाई हेरि
दाग खोज्दै थिए
हेर्दै जादा खोइ के हुन्थ्यो कुन्नी
तर आज तिमिलाइ हतार थियो
ओझेलियौ! बादललाई छेक्न सकेको भए
त्यो रात जस्तो
खुशीको बर्षात, कहिले हुने थिएन।
धर्तीले कहिले आकाशलाई छुन सक्छ र?
सकेको भए पर्खिने थिएन बिहानीलाई।
म नि धर्ती जस्तै
जुन आए मन्द छाँया होला
घाम आए उज्यालो होला।
न्यानो स्पर्श गर्ला
मुस्काइ देला।
त्यही मुस्कानमा अल्झिए
केही क्षणको बसन्त सरि
अल्झिरहने पछ्यौरी सरि
सुन्यौ र? त्यो खबर
तिम्ले हेर्ने आकाश अनि
मैले हेर्ने जुनलाई पठाए
तिमी त्यही छौ भनी ।
तातो बाफले कानमै
गुनगुनाउन भनी।
तर आजपनि हतार नै थियो।
बोलेनौ, तिम्रो आवाज सुनेको भए
त्यो दिनको जस्तो
मीठो आभाष कहिले हुने थिएन।
एक्लै भए नि चम्कि रहन्छ
रमाइ रहन्छ उज्यालो घाम
म नि एक्लो महसुस नगर्न
तिमिलाइ सम्झिन्छु
बिर्सिने डरले नियाली रहन्छु।
कोठाको झ्यालले पागल नै भन्लान समाइ रहदा।
कलमले भौतारीयो भन्लान
हात छट्पटाइ रहदा।
मलाई त हतार नै छैन
अडिए हुन्थ्यो घडिपनि
भुलाइदिए हुन्थ्यो
तिम्रा पाइला पनि।
सोचे! आज त पक्कै बस्ने छौ।
कहिले नअस्ताउने तारा सरि।
भाइटिकाको तेलको घेरा सरि
तर
उफ!
आज पनि तिमिलाइ हतार नै थियो
गइहाल्यौ!
चम्किएको बिजुली सरि।
बसेको भए
त्यो रात जस्तो
न्यानो आभाष कहिले हुने थिएन।
-दुर्गा खनाल।
Home »
» तिमीले गुमाएको त्यो जुनेली रात
No comments:
Post a Comment