मलाई कति पनि हतार छैन
बिस्तारै-बिस्तारै हिड्नु छ
पार गर्नु छ
बिस्तारै
ती घुम्तीहरु
ती गोरेटाहरु
ती पहाडहरु
हतारमा दौडिदा
दोहोरिए पाइला भने
खाटा बस्नेछन् ,
हिलो माटोमा बसेका
छापसरि
नमेटिने गरि।
छाल आउँछन् तरल-तरल भइ
मनभरी, मुटुभरी ,
तर बोल्दैन्न, चिच्याउदैनन्
बगिरहन्छन-बगिरहन्छन् ,
आफ्नै सुरमा सुस्ताउदै खोलासरि
फिजाउदै रहरहरु बगरका
कुदिएका पत्थर सरि
छालहरु भन्छन्,
नसा-नसामा कुदेका रगतसरि
तातै भएर
भन्छन्,
” पर्ख न ! प्रत्येकको समय आउँछ,
बाटो बिरायो भने छाल
छाल होइन
आँधी बनेर आउछ
तिमी नचिच्याए पनि
त्यो कर्म आफै चिच्याउँछ
दिमागले आफै ताली बजाउँछ। ”
म त “मौन” छु साथी
सब कुराले उत्तर कहाँ चाहेको हुन्छ र?
प्रत्येक तालले नृत्य कहाँ मागेको हुन्छ र?
बजाउन जाने सुरसँग
मादल गीत बिना नै मिठो हुँदैन र?
आज पन्ना खाली भए के भयो र ?
भोलि
शब्द लेखौला, सुर अनि कर्मसगै गाउला
चिच्याउला! गर्जिने पहाडमा बसेर,
फर्किएको पहाडको
धुनसंगै छमछम पुतलीबनि नाचौला
त्यो सुर मिलाउन त संगीत चाहिन्छ नि
संगीत बजाउन सिप पनि त चाहिन्छ नि।
सिप सोधौ त्यो चित्रकारलाइ
मूर्तिकलाका हातहरुलाइ
ध्यान अनि मेहेनत सोधु
कति लागेको सोधौ
म जस्तै चित्र कोर्नलाई
आधा-आधा भएर गाग्रीसरि
छछ्ल्किनु भन्दा
म त मैन छु साथी
नभरिएको खाली तर
एकदम मौन!
पर्खिन अनि
साँझमा गुड खोज्दै चरी सरि
फर्किन नि जानेको हुनुपर्छ।
फर्किएर नै सूर्यतिर
सुनौलो बनेको छ सूर्यमुखी।
फलेको हाँगा निहुरिएर नि
मीठो बनेको छ फलको प्रकृती।
“मौन” बसेर नै कैयौं मान्छे भन्दा
उच्च बनेको छ प्रकृति।
म नि चुप बसि दिन्छु
चुपचाप साथी ।
एकदम शान्त
एकदम अटल, हिमालसरि
बिल्कुल 'मौन'
बिल्कुल निस्पट अधेरी सरि।
मौन! मौन!.
No comments:
Post a Comment