नियात्रा: एक निरन्तर यात्राको

भाग्य प्रसङ्ग


म बन्द कोठाभित्र थुनिएर


संघर्ष गरिरहंदा

‘त्यो पागल छे’ भन्नेहरु

आज

मेरै आँगनको छेउ-छेउमा

मेरो भाग्यको चर्चा गर्दैछन् रे !


‘भाग्य त उसको जस्तो

लिएर आउनुपर्छ

मेरो भाग्य किन फुटेको?’

भन्दै,

कुराकै मात्र पहाड बनाउनेहरु

मेरो भाग्य पछाडिको चट्टानसंग केही परिचित छैनन् ।


संघर्षको काँडै -काँडाले सजिएको

बाटो हिंड्दा

रक्ताम्य भएका मेरा पाउले आज शिखर चढेको देख्दा

उनीहरु आजपनि आफ्नै भाग्यलाई नै दोष दिदैछन रे !


आऊ ! संघर्ष गर

सङ्घर्षको मैदान तिमी र मेरो लागि एउटै छ

अनि हेर कर्मको उपज


तिम्रो भाग्यले

तिम्रै अगाडि ताली बजाउने छ

हो, तिमीलाई सङ्घर्षले भाग्यशाली बनाउने छ।





Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.