नियात्रा: एक निरन्तर यात्राको

नआउनु, आउँदा।

 म पत्थर छु तिमी फूल बनेर आउनुपर्छ आउँदा

म हिमाल छु तिमी घाम(न्यानो) बनेर आउनु पर्छ आउँदा

सपनामा रमेकै छैन थकित छ्न नयनहरु

म अनिदो छु मिठो निँद बनेर आउनुपर्छ आउँदा। 


तिमी र तिम्रो तस्बिरमा सबै-सबै फरक छ।

बस तिमी छैनौ साँच्चैमा

म हेर्न चाहान्छु तिमी तस्बिर बनेर आउनुपर्छ आउँदा। 


बुझ्दैनौ भने अज्ञान बनिदेउ पुरै-पुरै

आधा-आधा छचल्किन्छ भिजाउँछ आफैलाइ।

म भरीएको छु, तिमी खाली बनेर आउनुपर्छ आउँदा।




Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.