यहीं आँगनमा छोडेको छाप नै हो
या छायाँ,जो पूर्णिमामा जून भन्दा
बादलको बढी नै युद्ध थियो।
तर मैले हेरेको दाग किन लुकाउने र उसले?
म एकोहोरो उही हेर्दै
बादल उछिनेको क्षण थियो त्यो।
समेटेका केही सादा तस्बिर हरु पंसाएर
रङ्गहरुको वर्षातमा उत्रिएकी हुँदो हुँ।
तर,
आहालो धेरै भएर आँखाहरूमा
बगिरहेर होला
सदा साधा तस्बीर नै रह्यो ।
No comments:
Post a Comment