त्यो रात सबैलाई मन पर्छ जहाँ
रुखहरु सजिलोसँग देखिन्छ ।तिनैका मधुर छाया पर्छ्न।
कति जोडि चमेराहरु
एउटा छानो देखि अर्को छानोमा।
निस्फिकृ उडेर भाग्दछन।
सुनसान इन्द्रावतीको त्यो आवाज
एक सुरमा सन.....न...न बगिरहन्छ।
टल्काउदै
ठोकिदै
निकाल्दै धुन मोती जस्तै।
त्यहि बेला एउटा चौगारोले
एउटा औशि बोकेको हुन्छ।
सुस्ताउदै....सुनसान....!!!
त्यो चौगारो तिमि भयौ मेरो।
जसले औशिपनि कस्तो चम्किलो देखाइदिन्छ।
No comments:
Post a Comment