नियात्रा: एक निरन्तर यात्राको

म बसन्त ऋतुसँग छु।

 तपाईं कल्पना गर्नु हुन्छ

बसन्तमा बाटोको छेउ-छेउमा
फूलेको शिरिशको फूलमात्र..
जो अरुबेला हरियो हुन्छ र
उहि बेला मात्र तपाईंलाइ आकर्षित लाग्छ
उ फुलेको छ ,,

यो बसन्त हो, हेर्नुहोस त घडि,
अहिले बिहानिको सात बजेको छ
र एउटा दुइटा घामका किरण हरुले
त्यो निलो फूललाइ चम्काएको छ।

तपाईं त्यहि एकोहोरिनु भयो नि?
के अरुबेला आँखा त्यहाँ सम्म पुगेका थिए?
उ ठुटिएको बेला, टुटेको बेला।
उ यसरि निलो भएर तपाईंलाइ भुलाउन थोरै
संघर्ष गरेको हो र??

कति  मौसममा त उस्ले कठोर परिक्षा दिनु पर्यो।
कति मौसममा उ रुदै-रुदै बस्नु पर्यो।।
अहिले मात्र हो तपाईंले उसलाई हेरि रहनु भएको छ।
हेर्नुहोस त घडि तपाईंलाई अहिले केहि हतार भएको छैन।
अरु बेला यहि बाटो हो तपाईं जोड-जोडले पाइला घिसारेर हिड्नु हुन्थ्यो।

के मैले दिक्क लाग्यो भनेको सुन्नु भयो?
लु जानुस मलाई अब दिक्क लाग्यो।
यो बसन्त हो, मलाई रमाउन दिनुहोस।
म बसन्त ऋतुसँग छु मलाई रमाउन दिनुहोस।


Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.