तिमि हावाबाट मसम्म आएर
मेरो वरिपरिको बायुमण्डललाईकसरी तरङ्गीत बनाउँछौ,
मसँग एउटै मात्र बाहाना छ सोच्ने
हावा जहाँ को होस उहि चल्छ
हावा जहाँ को होस ति पातहरु मै हुन्छ।
झरेको त्यो पात नि हावाले नै सार्छ।
त्यसरी पनि के भनौं , मसम्मको पवनचाहि
तिमि वरिपरिबाट आएर चल्छ र तरङ्गित तुल्याउछ।
यदि फुर्सद नै भयो सोच्न भने त्यसपछि,
म ति हाँगाहरुमा बसेको तिमि हौ सोचौला।
अनि अर्काको स्वास बन्न किन मन नलाग्नु
उहि हावामा मिसिएर यहि आकाशमुनिको
बाटोमा सुस्त लहरको,उहि बेगले बतासिउला,
हावा को बेग म हिसाब गर्दैछु।
......
No comments:
Post a Comment