प्रेमिल भएर
मेरो घर मुन्तिरको सानो गोरेटोमाएउटा गुलाबको फूल अडिन्थियो
र म मेरो घर को झ्यालबाट
गुलाबि गाला बनाएर हेर्ने गर्थिए।
हाम्रो देख-भेट नै अनौठो थियो।
हरसाझको, हर बिहानिको।
उ बढदै गरेको मेरै आँखाले देखे
उसले मेरो आँखालाई नियालेर हेर्थियो।
एकपटक ट्याक्कै बसन्तको समय।
उ फुलेर कतिलाई आकर्षित गर्यो।
ओलाएर झर्नु पर्ने उ मौलाएर गयो।
अहिले त्यो गोरेटोको निसानै छैन।
न त त्यो गुलाबको बोटको।
आज
धेरै बर्ष पछि म त्यहि फुलको बोटको निसानि देख्दैछु।
तर अरमठ्ठिएको गुलाबको काडा मात्र भेट्दैछु।
जहाँ निसानि नै छैन गोरेटोको
त्यहाँ बालुवामाथि पाइला टेक्दैछु।
मेरो झ्यालमा यि खबर ल्याउन
रुख थियो र सधै बतास आउथ्यो
आज प्रेमिल आँशुहरु घरै मुन्तिर बाढी ल्याएर आयो।
No comments:
Post a Comment