बादल म पर्खिदैछु, तिम्रो आकाशमाथिको
जो बिस्तारै हिडेर आउँछ जस्तो लाग्छ,यहाँ पनि।
हुन त हिजो मात्र थियो, पहाड हिउँको डल्लो भएको।
त्यहाँ , घाम नचाहिएको होइन तर एक्छिन कठाङ्गृन नै
यो शिशिर आएको हो।
कति बेला सम्म पकेडेर बस्ला र! शितले पातलाई।
त्यहाँ न्यानो चाहिएको छ,
र पनि म बादल पर्खिदैछु,तिम्रो आकाश माथिको।
सुन,यो तुवालोको गित रुखको हाँगाबाट भित्र पसेर
गाउँदै बसेको छ,
यो याममा तुवालो आफैं लुक्छ आँखा भित्र मिठो बनेर
आद्रता स्वासमा डुल्छन बतास बनेर,
यि सबैलाई केहि त चाहिन्छ,मुलायम किरणहरु
जो हलुका उड्छन र आकाशमा पुग्छन बाफ बनेर,
सबै हुने नै छ,
त्यहि भएर
म बादल पर्खिदैछु, तिम्रो आकाश माथिको।
जो मेरो आँगनमासम्म आएर बर्सिने छ झरि बनेर।
No comments:
Post a Comment