त्यो देउरालीमा सबैथोक बिसाएर
मन नि बिसाइदिदा त एक सर्कोहावाले हृदय हल्लायो र भुइँमा
झर्यो बरको एउटा पात।
जहाँ आधा पहिलो भागमा पहेलिएकै रेसाहरु
कुदिरहेका थिए,
आधा हरियो भाग नि भएर रहेछ
त्यति बेर त्यहि रुखमा झुन्डिएर स्वास फेर्न सकेको।
मन नि बिसाइदिदा त
एक झोक्का हावाले हानिदियो अनुहार।
बनाइ दियो एक समयले नै सदाबहार।
No comments:
Post a Comment