नियात्रा: एक निरन्तर यात्राको

रिभर्स साईकोलिजी

 एक जाना ब्यक्तीले एक साधुलाई ध्यान कसरी गर्ने भनेर दिक्क लाग्ने गरी सोधे पछी उनले त्यो ब्यक्तीलाई बाँदर नसम्झिकन बस्यो भने ध्यान गर्न सजिलो हुन्छ भनेर भन्दिएछन त्यस पछी त्यो व्यक्तिले ध्यान त के कुरा बाँदर त उसको लागि मानसिक समस्या नै भयो रे। यस बिधिलाइ मनोविज्ञानको भाषामा बिपरित मनोबिज्ञान Reverse psychology रणनिती भनिन्छ। कसैलाई कुनै कुरा गराउनु छ भने त्यस्को निषेधको गरिएको सुचना दिने त्यसपछी त्यो ब्यक्तीको मस्तिस्कले सोही कृयाकलाप बारम्बार गर्नको लागि उसलाई वाध्य गर्छ। 


ब्यापारमा बिज्ञापनको जगतमा मात्र होइन यो रणनिती धर्मसस्कृतिको विकासमा साथै देशहरुको बीचको कुटनीतिक समन्धमा पनि बिशेष महत्व राख्दछ। यसको गजबको उदाहरण त हाम्रा क्रान्तिकारीहरुले "हिन्दुहरु राजावादी हुन् राजानै हिन्दुहरुको सर्वोपरी हुन्" भनेर प्रयोग गरेर असाधारण सफलता पनि प्राप्त गरे। यो रणनीति यति शक्तिशाली हुन्छ कि अनुमतिले भन्दा निषेधले चाहेको क्रियाकलापहरुलाई तिब्र रुपमा चलाउन सकिन्छ। जस्तो धुम्रपान गर्नु राम्रो भनेर बिज्ञापन गर्नु भन्दा धुम्रपान खतरनाक खराब हुन्छ भनेर जति तिब्रताका साथ भानिन्छ उतिनै त्यो धुम्रपान बढाउन सक्षम हुन्छ।


कसैलाई आफुतिर आकर्षित गर्नु छ भने उसले महसुस गर्ने गरेर वास्ता नगर्ने, कुनै पनि नया बस्तुलाइ बजारमा छिटो स्थापित गर्नु छ भने त्यस्तो सकारात्मक भन्दा नकारात्मक सुचनाको चुहावट स्वयम् उत्पादकहरुले गर्ने, कमजोर भएको बेला बलियो भएको भ्रम पार्ने, बलियो भएको बेला कमजोर भएको भ्रम छर्ने आदि आदि बिपरित मनोबैज्ञानिक रणनीतिहरु हुन् ।


 मानवको मस्तिष्क सधै स्वतन्त्रता चाहन्छ त्यसैले निषेध र बिरोधले जहिले पनि मानवीय अवचेतनमा खतराको संकेत गर्छ अनि सो निषेधित कार्य गर्न मानव सधै उत्सुक रहन्छ जसको फाइदा उत्कृष्ट रणनीतिज्ञहरु ले बिपरित मनोविज्ञानको साहायताले उठाउछन किनकि मानबले कुनै पनि कुराको सम्झना अनुमति या सकारात्मक भन्दा निषेध या नकारात्मक कुराले बढी राख्छ। 


त्यसैले कोही कसैको बिरोधमा बोल्यो रे भन्दै त्यस्को शत्रु नहुन सक्छ र कोही कसैको समर्थनमा बोल्दैमा मित्र नहुन सक्छ उनिहरुले बिपरित मनोबिज्ञानको रणनिती अबलम्बन गरिरहेका हुन सक्छन त्यसैले कृया प्रतिकृयाहरुलाई गहन तरिकाले बिश्लेषण गर्नु अत्यावश्यक छ। अहिले अनलाइन मिडियाहरु, सामाजिक सन्जालहरु बिपरित मनोबिज्ञान रणनिती कार्यावन्यन गर्ने माध्यम बनिरहेका छन सावधान हुनु अत्यन्त जरुरी छ।


Share:

Why Science Matters

 बैज्ञानीकहरुले बिभिन्न बर्गका एन्टीबायोटिक्सको खोजीलाई देवरहस्य हो भनेर चर्च अफ पेनिसिलिन, सिप्रोफ्लोक्सेसिनको मन्दिर, अल एजिथ्रोमाइसिन मस्जिद, सेफालोस्पोरिन्स आश्रम, टेट्रासाइक्लिन बिहार भनेर खोलेर आँफैलाई भगवान घोषणा गर्दिएको भए माहामारीले ग्रस्त भएका विश्व आज चर्च मन्दिर मस्जिद गुरुद्वारा बिहार लगायत अनेक गुरु स्वघोषित भगवान गुरु आदी आदी जो बिना प्रमाणका भ्रामक गफमा भुलेर कुदेको छ भने, एन्टीबायोटिक्सले त जीवनदान दिएको छ नत्र प्लेग टिबी जस्ता रोगले मानव सभ्यता नै समाप्त गरीसक्थ्यो।

 त्यहा त नाकमा नथ्थी लगाएर पुग्थ्यो किनकी ति स्वघोषित भगवान गुरुहरु पनि तिनै औषधीको सेवन नै गर्छन्। सामान्य मानव जीवन जिएको जस्तो गरेको बाहानामा नै किन नहोस्। अझ बिद्युत चुम्बकिय बल द्वारा अहिले जती पनि कार्य गरिएको छ त्यो खोजका कुरालाई गोप्य राखेर त्यसलाई पनि देवरहस्य बनाइदिएको भए भगवानका त कती अवतार हुन्थे हुन्थे। अझ नाभिकिय भौतिकीको बिकासले जुन उर्जा उत्पन्न गरिएको छ त्यस्ले त सँहारकर्ता भगवानको उपाधी पनि पाइन्थ्यो होला। 


तर बिज्ञान त्यस्तो निच हुन सकेन जती पनि खोज भयो चाहे भौतिक बिज्ञान होस् या रसायन या जीवन बिज्ञान या अन्तरिक्ष बिज्ञान रहस्यको रुपमा बिकास कहिले गरिएन। न कुनै चर्च, न मन्दिर न मस्जिद न कुनै धर्मको स्थापना गरियो न कुनै भगवत् अवतार भए। न कुनै पैगम्बर न कुनै स्वर्गदुत। 


सबै जिज्ञासुहरुलाई पढाईयो सिकाइयो यो त भौतिकीका नियम हुन प्राकृतिक नियमहरु हुन। जुन इच्छा भए जागर भए जो कोहीले पनि ज्ञान हासिल गर्न सक्छ। कसैले अनुसन्धानले परिवर्तन गर्न नयाँ कुरा थप्न सक्छ। कसैको नियन्त्रणमा छैन कोइ युगौ युगमा अवतरित हुने होइन। भौतिक बिज्ञान कुनै बाइबल जस्तो देव बाणी होइन न रसायन बिज्ञान कुनै बेद गीता जस्तो प्रश्नै गर्न नसकिने कुनै भगवतवाणी हो। 


न जिवन बिज्ञान कुरान जस्तो छड्के आँखाले हेर्यो भनेनी शिर काटिने प्रवित्र ग्रन्थ हो न अन्तरिक्ष बिज्ञान धर्मग्रन्थहरु जस्तो अपरिवर्तनिय छ। इनिहरु सधैं परिवर्तनशिल छन त्यस्को लागि सप्रमाण तथ्यहरु खोज्न कुनै दिब्य, भगवत् या इश्वरको अवतरणको कुनै अवश्यकता छैन यो त जो कोइ जिज्ञासुले गर्न सक्छ।


Scientists have discovered various classes of antibiotics, and if they had shrouded these discoveries in divine mystery, proclaiming themselves gods and naming their findings after places of worship like the Church of Penicillin, the Temple of Ciprofloxacin, the Mosque of Azithromycin, the Ashram of Cephalosporins, or the Monastery of Tetracycline the world, already plagued by pandemics, would be lost in the deluded rhetoric of self-proclaimed gods, gurus, and prophets. These figures, thriving on baseless claims, would have led humanity astray. Yet, antibiotics have undeniably saved lives, preventing diseases like plague and tuberculosis from wiping out human civilization.

These self-proclaimed divine figures, despite their lofty pretenses, rely on the same medicines as ordinary people, even if they hide behind the façade of living a simple life. If the discoveries of electromagnetic forces, which power countless modern technologies, had been veiled in secrecy and declared divine mysteries, how many more "avatars" of gods would have emerged? The energy harnessed through nuclear physics could have even earned the title of a "destroyer god."

However, science has not stooped to such lows. Whether in physics, chemistry, biology, or space science, discoveries have never been cloaked in mysticism. No churches, temples, mosques, or religions were established around them, nor were any gods, prophets, or angels proclaimed.

Instead, knowledge is shared and taught to all who are curious. The laws of physics and nature are open to everyone/anyone with the desire and drive can acquire this knowledge. Through research, anyone can contribute new insights or make changes. Science is not controlled by any single entity, nor does it rely on divine incarnations appearing across ages. Physics is not a divine scripture like the Bible, nor is chemistry an unquestionable sacred text like the Vedas or Gita. Biology is not a holy book like the Quran, where a mere glance could lead to punishment, nor is space science an unchangeable doctrine like religious texts.

Science is ever evolving, driven by evidence-based facts, and requires no divine intervention or godly incarnation. Any curious mind can contribute to its progress.


Share:

कृष्णका बारे

  मलाई महाभारत रामायण आदि ग्रन्थ ऐतिहासिक हुन् भन्ने लाग्दैन। ती पौराणिक पात्रहरूको भौतिक अस्तित्व थियो भन्ने पनि लाग्दैन तैपनि मलाइ पौराणिक पात्रहरुमा कोइ मन पर्छ भने ति हुन् श्री कृष्ण! उनको भौतिक अस्तित्व थियो थिएन त्यो प्रश्न संग यहाँ म समन्धित छैन।


धर्मगुरुहरूले आफ्ना कुत्सित वासनाको पूर्ति गर्नको लागि कृष्ण चरित्रको प्रयोग गर्छन्। प्रेम भक्ति आदिको आधारमा उनीहरूले आफ्ना शिष्य शिष्याहरुको तन मन धनको चरम शोषण गरिरहेका छन्। कृष्ण चरित्रका ती भागहरु रमाई रमाई व्याख्या गर्छन्। कृष्ण चरित्रको सबै भन्दा उपेक्षित भाग मध्ये मलाई सबै भन्दा प्रभावशाली लाग्ने घटना हो माहाभारत स्थित "उद्योग पर्व" जाहा युद्धको लागि कौरव र पाण्डवहरुलाई उक्साउने र शान्तिको लागि प्रयासरतहरुको चरम द्वन्द देखाइएको छ। कृष्ण त्यो युगको सबै भन्दा शक्तिशाली व्यक्ति थिए र शान्तिको लागि हदै सम्म प्रयासरत व्यक्ति पनि। 


कौरवहरु सन्धि र शान्तिको लागि कसैको कुरा सुनेनन् तव कृष्ण आफै शान्तिदुत भएर हस्तिनापुर जाने प्रस्ताव गर्छन। त्यो सुने पछि भिम र अर्जुन दुबैले कृष्णलाइ रोक्छन अनि भन्छन "हे कृष्ण हामीले कौरवको नाश गर्ने सार्वजनिक सपथ लिएका छौ, युद्ध भएन भने के हुन्छ हामिलाइ इतिहासले झुटो कायर भन्दैन?


कृष्णले जवाफ दिन्छन "शान्तिको लागि म आफै कायर र झुटो हुन तयार छु अर्जुन, युद्धले दिने घाउ पिडा गंभिर र असैह्य हुन्छ त्यसैले इतिहासको वास्ता नगर शान्तिको लागि कायर र झुटो हुनु कुनै अपमान हुने छैन।" द्रौपदीले कृष्णको बाटो रोक्दै भनिन, "कौरवले मेरो त्यत्रो अपमान गरे मेरा केशहरु अझै खुल्लै छन् कृष्ण" तव कृष्ण भन्छन, "हे बहिनि, तिम्रा केशहरु बाध्नको लागि जुन युद्ध हुन्छ नि त्यसले करोडौ बहिनिहरुको केश खुल्ला हुनेछ, करोडौ बालकहरु टुहुरा हुनेछन, बाबुआमाहरु साहारा बिहिन हुने छन् किनकि तिम्रा अपराधिहरु मारिनु भन्दा पहिले करोडौ जनताको मृत्यु हुने छ युद्धमा त्यसैले मलाई तिमि कायर भन्न सक्छौ मलाइ घृणा गर्न सक्छौ त्यो मेरो लागि स्वीकार्य छ।" 


कृष्णले युद्धको अन्तिम क्षण सम्म पनि शान्तिको लागि गरेको प्रयत्न उद्योग पर्वमा देखाइएको छ यति सम्म कि उनि कौरवहरुको चरणमा झुक्न पनि तयार छन्। त्यसैले मलाई पौराणिक पात्रहरुमा कोइ मन पर्छ भने ति हुन् "श्रीकृष्ण" एक सम्पूर्ण व्यक्तित्व!

 

त्यसैले कायरहरु निर्बलहरु युद्ध उन्मादी हुन्छन भने सहासीहरु सर्वशक्तिमानहरु सधै शान्तिकामि हुन्छन। रामजस्तो कायर, राजधर्म र मानव धर्मबाट च्युत पात्र भन्दा कृष्ण जसले जरासन्धको आक्रमणबाट प्रजाले दुःख पाए भनेर भगौडा कायरको लज्जाजनक नाम शिरोधार्य गर्न तयार कृष्ण लाख गुणा उत्तम पात्र हुन्।


कृष्ण आफै अलि तल्लो जात भएर र शान्तिकामी पात्र भएर होला उच्च जातीय राजनीतिको तुष्टिकरण त्यति सम्भव छैन त्यसैले उनी राम भन्दा उपेक्षित छन्। जय श्रीकृष्ण भनेर कसैको हत्या गर्न अलि सुहाउँदैन, कसलाई तथानाम गाली गर्न अलि सुहाउँदैन। निकृष्ट पतित राजनीति गर्न रामलाई बोकेर हिँड्दा जति सजिलो हुन्छ कृष्ण बोकेर चाहिँ अल्ली मिल्दैन। जुन हामीले अहिले स्पष्ट देख्न सक्छौं।



Share:

ऐना

 तस्बिरमा आफूलाई

मैले अनुहार हेरे मेरो,

छ्या कुरुप एकदम कुरुप।

मेरो अनुहार त यो जन्मका मानिसको जस्तै छैन।

न मेरो आमाको जस्तो सहनशिल र

बुबाको जस्तो कर्मठ।

न रुख जस्तो अचल ।

भिर जस्तै अप्ठ्यारो मेरो अनुहार र ज्यान ऐनाले नै

सबै देखाइ दियो। 

म आज फरक मानिस भएर खेतका गर्हा हरु डुल्दै छु।

हसिया समात्दै छु।

थु! मैले मलाई कसरी घृणा गरे जब मैले ऐना हेरे।

आज मैले ऐना हेरे!

मलाई मेरो कपालसंग कठिन लडाइ गर्न मन छ

लुछा लुछ, 

गालामा चुट्न मन छ।

र टाउको कुनै सिगौरिमा लगेर फोर्न मन।

अर्को चोट बनाएर देब्रे टाउकोमा र 

भाग्यलाइ दोष दिदै फेरि ऐना हेर्न मन छ।

ओ! ऐना तैले मात्र चिन्छस मलाई र

मज्जाले देखाइ दिइस मेरो घिन लाग्दो अनुहार।

मैले मलाई नै प्रेरित गर्न अब सुन्दरताका किताव 

पढ्न पर्दैन।

मैले त मलाई हेरेकै छु

सबै भन्दा कठीन मा र सबै भन्दा उल्लासमा 

मैले मेरो तस्वीर हेरे र म कुरुप पत्ता लगाए।

ऐना धन्यवाद!!

2021/oct 18 को कविता....

Share:

आत्ममोह (Narcissism)

 Narcissism अर्थात् आत्ममोह या अहंकार! यो शब्द ग्रीक भाषा बाट आएको हो। जसमा Narcissus भन्ने एक युवक पानीमा देखिएको आफ्नै प्रतिबिम्ब सङ्ग प्रेममा यस्तरी डुब्छ, मुग्ध भएर त्यही हेर्दा हेर्दै भोक र प्यासले त्यहीँ मर्छ रे। 


Narcissism भनेको एक मनोवैज्ञानिक अव्यवस्था हो। रोग हो। जसमा कुनै पनि व्यक्ति आफ्नो गुण, आफ्नो रूप स्वरूप बानी बेहोरा अनि अवस्थाको बखान गरेर थाक्दैनन्। उनीहरुलाई यस्तो लाग्छ कि उनीहरू संसारका सबैभन्दा चलाख, विद्वान, नैतिकवान, अनुशासित, शक्तिशाली, अनुपम, उत्कृष्ट र सुन्दर व्यक्ति हुन् ईश्वरीय अवतार हुन्। 


त्यस्तै व्यक्ति जव एक प्रकारको संज्ञानात्मक पूर्वाग्रह (Cognitive bias) जसलाई पुष्टि पूर्वाग्रह या अनुरूप पूर्वाग्रह (Confirmation bias) भनिन्छ, ले ग्रसित हुन पुग्छ। अनुरुप पूर्वाग्रह भनेको ब्यक्तीले वातावरणबाट परिघटनाहरुको अवलोकनहरुबाट त्यो सुचना मात्र स्विकार्छ, ग्रहण गर्छ या देख्छ जसले उ सँग पहिले देखि रहेका धारणा, विश्वासहरुलाई समर्थन या पुष्टि गर्दछन्। उसले आफ्नो धारणा र विश्वास बाहेकका या तिनीहरूलाई समर्थन र पुष्टि नगर्ने कुनै पनि सूचना, र तथ्यहरूलाई फिटिक्कै ग्रहण गर्दैन या देख्दैन।


जब एउटा आत्ममोही (Narcissist) व्यक्ति सोही पुष्टि पूर्वाग्रहको (Confirmation bias) को चङ्गुलमा परेको हुन्छ यसलाई संसारको कुनै पनि विधिले सम्झाउन बुझाउन सकिँदैन। त्यो एक प्रकारको घातक मानसिक अवस्था हो। यस्तो व्यक्ति यदि समाजको राष्ट्रको शक्तिशाली तहमा छ या नेतृत्व गर्न पुग्यो भने अब त्यो राष्ट्र र समाज निरङ्कुश मात्र होइन निकृष्ट र पतित हुन पुग्छ। 


समाजमा त्यस्ता व्यक्तिहरु छिटो सफल हुन्छन् किनकि प्राय साधारण मान्छेको एउटा मनोवैज्ञानिक अवस्था हुन्छ जसलाई अनुकूलन या अनुपालन (Conformity) भनिन्छ। अनुकुलता अर्थात अनुपालन भनेको आफ्नो समुहको अथवा वरिपरिको बातावरणको आदर्श या मानक अनुरुप आफ्नो धारणा, दृष्‍टिकोण र व्यबहारलाई प्रस्तुत गर्नु हो। अझ स्पष्ट शब्दमा भन्दा आफ्नो वरिपरिका या जुन समुह या समाजको सदस्य हो त्यही समाजको, समुहको अनुरुप आफ्ना दृष्‍टिकोण, विश्वाश र धारणाहरु बनाउनु र प्रस्तुत गर्ने स्वचालित मनोबैज्ञानीक अवस्था हो चाहे ति धारणाहरु दृष्‍टिकोणहरु गलत हुन भन्ने थाहा नै किन नहोस्। 


यस्तो गुण चाहिँ असुरक्षा, डर र आफ्नै समुहबाट तिरस्कृत हुने डरको कारणले उत्पन्न हुन्छ। जब देशको शासन एक आत्ममोहि या अहंकारी (Narcissist) जो पुष्टि पूर्वाग्रहबाट (Confirmation bias) ग्रसित छ, उसले अधिकाँश अनुपालन (Conformity) गुण भएको जनतामाथि शासन गर्छ भने डरलाग्दो नतिजा त देशले भोग्नु परिहाल्छ जस्तो अमेरिका, भारत लगायत हाम्रै देशले पनि भोगिरहेको छ, अझ हामीले उहिले देखि नै भोगी आएको छौ।

 

सामान्य उदाहरण, कोरोना को सङ्क्रमण सर्वप्रथम देखिएको चीन अहिले ३१ औं स्थानमा छ भने अमेरिका पहिलो जसलाई अब भारत जो तेस्रो स्थानमा छ अब निकट भविष्यमा अमेरिकालाई उछिनेर पहिलो स्थानमा उक्लिने निश्चित छ। हामी पनि उस्तै नियतिमा हिँडिरहेका छौं।



Share:

अनुकुलता (conformity)

 अनुकुलता Conformity अर्थात अनुपालन भनेको आफ्नो समुहको अथवा वरिपरिको बातावरणको आदर्श या मानक अनुरुप  आफ्नो धारणा, दृष्‍टिकोण र व्यबहारलाई प्रस्तुत गर्नु हो। अझ स्पष्ट शब्दमा भन्दा आफ्नो वरिपरिका या जुन समुह या समाजको सदस्य हो त्यही समाजको, समुहको अनुरुप आफ्ना दृष्‍टिकोण, विश्वाश र धारणाहरु बनाउनु र प्रस्तुत गर्ने स्वचालित मनोबैज्ञानीक अवस्था हो, चाहे ति धारणाहरु दृष्‍टिकोणहरु गलत हुन भन्ने थाहा नै किन नहोस्।


 कुनै पनि ब्यक्तीले यस्तो मनोबैज्ञानीक व्यबहार धेरै कारणले देखाउछ जस्तो सुरक्षित महसुस गर्नु, समुहमा या तत्कालिक बातावरणमा छिटो नजरमा परिने एक प्रकारको खतराको महसुस, फरक देखिने कारणले असजिलोपन या समुहबाट तिरस्कृत हुने खतरा आदि आदिले स्वचालित रुपमा मानवलाइ अनुकुलन तिर डोराइदिन्छ। 


यसको फाइदा बिशेषगरि राजनैतिक पार्टीहरु, धार्मिक संगठन लगायत व्यापारिक र कथित बौद्धिक संगठनहरुले गहन तरिकाले उठाउछन। कुनै पनि संघ र  संगठनको रचनाको  यहि अनुकुलताको फाइदा उठाउने हेतु नै आधारभुत हुने गर्छ। धार्मिक संगठनहरुले सत्संग, संघ या समुहहरुको रचना गरेर यसै मनोबैज्ञानिक प्रबृत्तिबाट आफ्नो अभिष्ट साधेका हुन्छन। समुहमा आवश्यक संख्यामा अभिनयकर्ताहरुलाई प्रवेश गराइन्छ अनी उनिहरुले पुर्वरचित बिशेष अभिनयले अनेकौ अलौकिक अनुभवहरु सुनाइदिने या त्यस्तै कृयाकलाप गर्ने गर्छन्। अनी अन्य ब्यक्तीहरु स्वचालित रुपमा त्यसैमा अनुकुलित हुन्छन। 


चर्चमा, गुरुहरु, स्वघोषित भगवानहरु आदी आदीहरुले आफ्ना बिशेष समुहबाट  रुने काम, अलौकिक अनुभवहरुका आदी आदिका अभिनयका माध्यमबाट अन्य ब्यक्तीहरु लाई अनुकुलित गराइन्छ। त्यसैले प्राय सामुहिक रुपमा त्यस्ता कार्य सम्पादन गरिने भएकाले चर्च, सत्सँग र संघहरुको निर्माण गरिएको हो। बिदेशी शक्तीकेन्द्रहरुले, यहिका राजनैतीक पार्टीहरुले आफ्नो अभिष्ट साधन गर्न केही प्रबुद्ध या नाम चलेका ब्यक्तीहरुको समुह रचना गरेर त्यसबाट गरिने अभिनयले नेपालमा नै धेरै कार्य सम्पादन गरेको हामी सँग अनेकौ उदाहरण छन। 


केही कथित प्रबुद्ध समुहहरुले प्रायोजित बिचारधाराहरु संचार गर्दा धेरै ब्यक्तीहरु अनुकुलनको शिकार हुने गर्छन्।  धेरै हास्यब्यङ्य कार्यक्रममा हासोको आवाज सुनाउने या सामुहिक हास्ने अभिनय गराउने कारण पनि यही रणनिती अन्तरगत आउछ। कतीपय अवस्थामा अनुकुलन रणनितीले रचनात्मक प्रभाव पार्छ या सुधार गर्न सकिन्छ। यदी त्यो गराउनेको लक्ष्य रचनात्मक छ भने, नत्र यसले दुश्परिणाम पनि निम्त्याउछ।यसको शशक्त उदाहरण नेपालका अनलाइन मिडिया र सामाजिक संजालहरुमा देख्न सकिन्छ।


Share:

व्हाटएबाउटिज्म(whataboutism)

 "व्हाटएबाउटीज्म" Whataboutism नेपालमा अहिले बिभिन्न पार्टीहरु, नेताहरु र तिनिहरुका कार्यकर्ताहरु र आफुलाई बुद्धिजिवी तथा शिक्षित र आदर्शबादी मान्नेहरुले प्रयोग गरिरहेको र आँफै पनि शिकार भैरहेको एउटा शशक्त हतियार। यसले समाजलाई खोक्रो र अपराध तथा अनैतीकतालाई तिब्र रुपमा बढावा दिईरहेको छ। यसले लगातार स्वच्छ बहस र जायज माग र बिश्लेषणलाई बिस्तारै निर्मुल पार्दै छ र यस्को नतिजा समाजको सम्रचनामा गहन रुपमा बसिसकेको छ। 


के हो त यो व्हाटएबाउटिज्म, "कुनै पनि बिरोधी या प्रतिस्पर्धीलाई मौलिक र प्रत्यक्ष बिधीबाट सामना नगरिकन पाखण्डको आरोपले तिब्र रुपमा आक्रमण गर्ने र त्यो बहस या प्रतिस्पर्धाबाट अस्थिर गर्ने शशक्त बिधी हो" 

जस्तो कोही महिलाले तर्क राखिन, "पुरुषप्रधान सामाजिक मान्यताले गर्दा महिलाहरु शोषित भए" अब यहाँ व्हाटएबाउटिज्मले काम सुरु गर्छ। यो तर्कको बिरुद्धमा अर्कोले भन्छ, अस्ती फलानोको स्वाश्नी पोइले कमाएको पैसो लिएर अन्तै पोइल गैछ। फलानाकी छोरीले सम्पत्तिको लागि बाबु आमा मारिछ आदी आदी (what about that) जबकी यि तर्कहरु महिलामाथि भएको शोषणको समन्धमा मौलिक तर्कहरु होइनन र लक्ष्य भनेको बहसकर्तालाई अस्थिर बनाउने उपाय हो।यौन हिंसा र बलात्कार जस्ता जघन्य अपराध र पीडकको कारबाही र पीडितले न्याय पाउनु पर्ने विषयमा नी आजभोलि यही को प्रयोग हुन थालेको दुखद अवस्था छ। 


अझ अहिले राजनीतिको क्षेत्रमा यसको तिब्र गतिमा प्रयोग छ। मानौ कसैले सरकारले के गरेको यस्तो गलत काम भनेर कुनै गलत कामको बारे प्रतिक्रिया दिएछ भने, अर्को ब्यक्ती यदी सरकारी दलको हनुमान रैछ भने उसले त्यो गलत कार्यलाई जायज ठहराउने कुनै पनि तर्क दिन नसक्ना साथ पहिलो ब्यक्तीको पृष्‍ठभूमी पत्ता लगाउछ। अनी त्यो सँग समन्धित कुनै ब्यक्ती या घटना खोजेर अनी भन्छ "व्हाट एबाउट फलानो"। काङ्रेसको सरकार भारतको दलाल भो भनेर भन्यो भने उत्तर आउछ "व्हाट एबाउट केपी ओली, कोशी कर्णाली बेचेको आदी आदी।  


दलाली चाहे जो सुकैले गरोस गलतलाई गलत भन्ने मौलिक बिधी हुनुपर्ने। तर ठाउँमा पहुँचमा त्यस्तै गलत, अपराधीक, अनैतिक कृयाकलापलाई बचाउन अर्को गलत, अपराधीक कार्यको नजिर पेश गर्ने प्रकृया अहिले बढ्दो छ। अहिले सामाजिक सन्जालमा, पत्रपत्रीका र संचारमाध्यमहरुमा आफ्ना आफ्ना भगवान नेता पार्टीहरुको गलत र अपराधीक कार्यहरुलाई जोगाउन अर्को प्रतिस्पर्धी पार्टीले त्यो सँग समन्धित ब्यक्तीहरुले गरेका गलत र अपराधीक कार्यहरुलाई तर्कको रुपमा पेश गर्ने जस्तो निकृष्ट कार्य व्हाटएबाउटिज्म अहिले बुद्धिजिबी शिक्षित र आदर्शवादीहरुले अत्यधिक प्रयोग गरिरहेछन।गलतकार्यको बचावटको लागि गलतकार्य नजिर हुदैनन् त्यसैले समाज जोगाउनु छ आफैलाई जोगाउनु छ भने गलतलाइ गलत भन्न सक्ने हुनु पर्छ।


#SayNoToWhataboutism

Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.