पोहोरको साल आजको दिन त्यसै पनि याद आउँछ किनभने देशका ऐतिहासिक स्थान, व्यापारिक महलहरू जलेको दिन, कयौ आमाहरूले आफ्ना सन्तान गुमाएको दिन थियो।
यो कारण पनि बिर्सिन नसकिने छ कि आजको दिन रातभर अनिदो बसिएको थियो डरले,त्रासले।
आज एकवर्ष भयो, यस्ता आन्दोलन देशमा धेरै भए जनताका आश सधैं आफ्नु जीवन परिवर्तन होला भन्नेमा रह्यो, तर उनीहरूको जीवन सधैं उही झन् खराब छ।
काठमाडौँमा बस्नेले त्यही भीड गाडी खोचाखोच त्यही धुलो त्यही बाटो आज पनि त्यसरी नी खलासीको गाली खादै गाडीमा हिँड्नु परेको छ। पैदल यात्रीको कुरा न गरौं कहा बाट के खस्छ र टाउकोमा लाग्छ भन्ने था छैन। महंगी बढेको छ।ग्यास अभाव छ।(आज निकै महिना भयो ग्यास अभाव।
तर कुनै स्तर बाट नी विरोध आन्दोलन केही भएको छैन, सब चुपचाप छन्।)
हाम्रो घर नजिकै एकजना आमा मकै बेच्नु हुन्थ्यो उहाँको जीवन उहाँको काम सधैं त्यही त्यस्तै छ कति बेला नगरपालिका आफूमा खनिन्छ भन्ने डर।
परिबर्तन भनेको त त्यहाँ बस्ने समान्य भन्दा सामन्यको जीवनस्तर उकासिनु हो नि। तर त्यसको आशामा आज पनि त्यो मान्छे बाँचिरहेका छन्।
आफूले मत दिएर पठाएको सरकारलाई यति चाँडै गाली गरौं भने आफ्नै अहङ्कारमा चोट पुग्ने।सामाजिक संजालमा अराजकता त्यसै कदापि आएको होइन। देशमा बेरोजगारी छ, गरौं केही छैन, घरबाट केही गरिनस भन्ने दबाब छ त्यही निरासामा पनि मानिस अराजक,पीडक बन्छ। मानिसको निरासा पीडितमा खनिनुको कारण पनि त्यही बेरोजगारी भीड बढ्दै जानु हो।
केही वर्ष यता इंडियामा त्यस्तै नै छ।
हामी पनि देश परिवर्तन होस भन्ने आशामा छौं, तर निरासा बाहेक केही छैन।
यस्ता दिवस हरु मनाउने दिन अर्को साल नी आउँछन् तर मानिसहरू जहाँको त्यही हुन्छन्।
कुरो त यो पनि हो के तिनीहरूले सम्म न्याय पाए त.. जसले आफ्ना पढ्न राखेका सन्तान बिना कारण गुमाएका थिए।? उत्तर: सायद छैन्।
#Nepal









No comments:
Post a Comment