When Passion Turns Toxic: The Hidden Pull of Negative Euphoria in Fandom
नर्स तिम्रो गोजी रित्तो छ...
सबै तिर
घरको कुनादेखि, अस्पतालको गल्लीले,
सिकाए जस्तो रोमान्टिक पाठ
रोमान्टिक जाल,
जस्तो होइन नर्स र नर्सिङ ।
नर्स
तिमी फूल होइन,
तिमी कोमल र नरम हुनु पर्ने वस्तु होइन।
तिमी रोमांटिक भाव को लागि प्रयोग हुने वस्तु त
बिल्कुल हुँदै होइन।
तिमी एउटा मान्छे हो
तिमी काम गरे वापत
तलब लिने एउटा मान्छे हो।
न तिमी भगवान हो,
न तिमी संसार बचाउने देवी नै।
तिमी एउटा
रोमान्टिसीजम भन्दा
प्रागमाटिक र रियालिजम को
संसारमा बाँच्ने मान्छे हो।
तिमी बिल्कुल भगवान होइन
न त भगवानले पठाएको दूत नै।
तिमी त काम गरे वापत
मेहेनतको हक पाउनु पर्ने मान्छे हो।
पाउँछौ
मेहेनत को फल?
पाएको छ मेहेनतको फल?
छैन,
किनभने तिमीलाई फकाउन सजिलो छ
र भन्दा भन्दै तिमी
"नर्स त भगवान हो, नर्स आमा हो, नर्स देवी हो "
नर्स हँसिलो हुनु पर्छ, नर्स कोमल हुनु पर्छ
तारिफ सुन्दा सुन्दै तिमी पग्ली हाल्छौ ।
तिम्रो गोजी रित्तो छ,
तिमीले गोजी रित्याएर पढ्यौ
तर गोजी रित्तो छ,
के तिमी कोमल बन्न लाई नर्स बनेको हो?
के तिमी हँसिलो बन्न, आमा बन्न नर्स बनेको हो?
तिमीलाई थाहा छैन र मान्छे कस्तो बन्नु पर्छ??
तिमीले पढेको साइन्स होइन र?
तिमीलाई साइन्सले सिकाएको छैन र मानव
र मानवता कस्तो हुन्छ?
अनि
सोच त नर्स बन्नु पछाडि को तिम्रो लक्ष्य
त्यही मेहनतको!, श्रमको फल होइन??
विउजिएर उठेर, झस्किएर जे गरेर
हेर्छौ उठेर हेर
तिम्रो मेहेनतको फललाई रोमान्टिक बातले
छोपेको छ।
तिमीलाई कमजोर बनाएर
तिम्रो पसिना पिएको छ।
तिमीलाई देवी बनाएर तिम्रो संघर्षलाई लुकाएको छ।
त्यही भएर तिम्रो गोजी रित्तो छ।
तिमीले गोजी रित्यायौ तर तिम्रो गोजी रित्तो छ।
तिमी गौरवान्वित (proudy )भएर
फोलरेन्स लाई माला चडाउ
या त अबिर लगाउ
एउटा सत्य कुरा त तिमीले स्वीकार्नै पर्छ
तिमी आज पनि प्राक्टिकल भन्दा रोमान्टिक
बात मा अल्झिएर
तिमी कोमल, हँसिलो, फूल जस्तै भएको
महसुस गरेर, तिमी बोल्न डराएर नै
तिम्रो गोजी रित्तो छ।
नर्स तिमीले न झुट नबोली भन
तिमीले
केही कमाउन नै नर्सिङ पढेको हो
तर
तिम्रो गोजीमा पैसा त छँदै छैन
छ भने त्यही छ अपहेलना,अनिदो,
चौबीस घंटे ड्यूटी छ।
तर तिम्रो गोजी रित्तो छ।
https://youtu.be/suz52TdQr2c?si=dVuTWhJbng1PeEn0
सजिलो छ ब्रेनवास:नेपालमा
एउटा समय थियो कुनै एउटा पत्रकारले पत्रकारिता छोडेर राजनीति तिर अगाडि बढ्दै थिए।
अनि उहाँको राजनीति यात्रा लाई भावामय बनाउन मानिसको ब्रेन वास यसरी गरिएको रहेछ," उँहाले यति लाखको आफ्नु पत्रकारिताको जागिर छोडेर, यति सयल सुविधाहरु परित्याग गरेर हाम्रो महान देशलाई अगाडि बढाउन यसरी लागि पर्नु भएको छ, उहाँले जस्तो त्याग कसैले देशको लागि त्यस्तो गर्न सक्छ र!"
यिनै यिनै योगदान थिए उहाँका राजनीतिमा। सायद सजिलै यतिको भावानात्मक समाजलाई पत्रकारिताको लामो अनुभब बाट राम्रो सग बुझेको हुनपर्छ कहाँ कसरी कुन बेला के प्रहार गर्ने भनेर(निराश व्यक्ति,समाज, देश यसरी नै हावा हुण्डरी भित्र हराउँछ र हराउँदा हराउँदै यो गति सम्म आई पुगेको छ।)र कसरी मेनुपूलेट गर्न सकिन्छ थाहा भएर होला त्यो आत्मविश्वासमा आफ्नु अहंकारी व्यक्तित्व प्रस्तुत गरेको देखिन्थ्यो।
अहिले नी काठमाडौंमा घर छ, म धनी छु म यो म ऊ भन्ने मलाई पैसा नभएर होइन के खाँचो छैन मलाई मैले देशको लागी हो गर्ने मेरो लागी छदै छ ,जस्ता ताल बेतालका यिनै पहिले कै श्रृंखलावद्द(अब यति भने त भ्रष्टाचार हुन्न भन्ने जस्तो,,कुलिन वर्ग,, तर यिनीहरूले पाए त मज्जाले भ्रष्टाचार गर्ने रहेछन् नी!) पुराना सेलिब्रेटी वाला कुरा गरेर चाहिँ चुनाव अबको समयमा आएर नी जितिन्छ सोच्नु चाहिँ हुँदैन, तर भीड जम्मा गर्न चाही सकिन्छ। ठोस योजना बिना त्यहाँका बासिन्दाले नी त्यसै भोट चाहिँ दिन्छन् जस्तो लाग्दैन। त्यही मा नी नेपाली भोटर हरुको लामो पुरानो मनोविज्ञान छदै छ।
के के न भनेर बढी तमासा गर्न हुन्न के त्यही भएर।।।
......अब हेरौं...
महिलाहरुलाई सहन नसक्नेहरू
सुरक्षा पन्तप्रति सामाजिक सञ्जालमा देखिएको गालीगलौजले हाम्रो समाजको महिला प्रतिको मानसिकता उदाङ्गो बनाएको छ। अचम्म के छ भने, यस्तो गाली गर्ने प्रायः तथाकथित उच्च जात भनिने थरका मानिसहरू देखिन्छन्।
ती एउटी मान्छेको कुराले उनीहरूको अहंकारमा यस्तो आँच पुगेर, यस्तो कमजोर रहेछन ति राजाका फ्यानहरु निकृष्ट प्रतिकारको गाली गलौज युद्दमा उत्रेका छन्।
यसो हेर्दा लाग्छ,
उनीहरू अहिले भएका राजा भनिने कुन कुन नाम मात्र होइन उनीहरूका सात पुस्तासम्म सन्तानका पनि दास भएर बस्न तयार थिए” तर उनले यो व्यवस्था नै छैन भन्दिन। बिचरा!!आत्तिए!!
त्यो हेर्दा मानसिकता त सधै दास, भक्ति नै छ र त्यो मानसिकताबाट बाहिर निस्कन सकेका छैन।
मानिस स्वतन्त्रता भन्दा ज्यादा भक्ति रुचाउँछ। कसैले स्वतन्त्र भएर बोल्यो, प्रश्न गर्यो, विचार राख्यो भने त्यो असह्य हुन्छ ।अनि सुरु हुन्छ गाली, अपमान, चरित्र हत्या। कसैबाट प्रयाजित, डलरबादी, अमेरिका द्वारा संचालित यस्तै यस्तै पगरी।
झन महिलाको आवाज त हाम्रो समाजले पचाउन सक्दैन। खासगरी, जब त्यो आवाजले ‘राजा’, उनिरुका आइलड लाग्ने नेता, ‘आस्था’, 'पृत्तिसत्ता' ठूलाठालुले गरेका यौनहिंसा, बलात्कार वा बनावटी गौरवलाई प्रश्न गर्छ।" त्यो त पचाउन सक्दैन । त्यही परिणाम एकजनाले अलिकति केही बोलेको आधारमा पनि यस्तो बिजोक छ।
रमाइलो त के छ भने, यस्तो गाली गर्ने ९८% माथिल्लो जाति-थर भएका देखिन्छन्। कमेन्टसँगै नाम र थर हेरे प्रमाण आफै बोल्छ। किन होला यति रिस? राजा बन्न नपाए पनि आफूलाई आफ्नो टोलको राजा ठान्ने चाहने! वा कसैलाई सधैं पुजेर बस्न नपाउँदाको रिस!!
निम्फोमेनियाक: इच्छा र स्वतन्त्रताको कथा
लार्स भोन ट्रायरद्वारा निर्देशित चलचित्र Nymphomaniac (2013) पहिलोपटक हेर्दा, त्यसले दर्शकलाई असहज अनुभूति गराउन सक्छ। तर यही असहजताको तहमा एउटा गहिरो मानवीय द्वन्द्व लुकेको हुन्छ इच्छा र नैतिकताको जटिल सम्बन्ध। चलचित्रको कठोर विषयवस्तु, तीव्र दृश्य, र गहिरा मनोवैज्ञानिक संवादहरूले सतही मनोरञ्जनभन्दा परको यात्रामा लैजान्छन्।
"नेपालमा स्त्रीविरोधी मानसिकता र यौन दुर्व्यवहारको संस्थागत संरचना
नेपालमा डा. युवराज संग्रौलामाथि लागेका यौन दुर्व्यवहार, स्त्रीविरोधी र समलैङ्गिकविरोधी अभिव्यक्तिका आरोपहरू केवल व्यक्तिगत गल्ती वा छुट्टै प्रकरण होइनन्; ती सम्पूर्ण दक्षिण एशियामा व्यापक रूपमा फैलिएको संस्थागत पितृसत्ता, बुद्धिजीवी पाखण्ड, र नारीविरोधी मानसिकताको गहिरो लक्षण हुन्।
जब एकजना शिक्षित, सार्वजनिक जीवनमा प्रभावशाली र न्यायको भाषामा बोल्ने व्यक्तिले महिलामाथि हिंसात्मक अभिव्यक्ति गर्छन्, त्यो केवल उनीभित्रको मानसिकता होइन, हाम्रो समाजले कसरी बौद्धिक व्यक्तित्वहरूलाई बिना जाँच अधिकार दिएको छ भन्ने कुराको प्रमाण हो। दक्षिण एशियामा—विशेषतः नेपाल, भारत, बंगलादेश र पाकिस्तानमा—शिक्षा, बुद्धिजीविता र प्रगतिशीलताको आवरणभित्र महिला शोषणको अदृश्य संरचना गहिरो छ। महिलाले कक्षाकोठामा, कार्यालयमा, सार्वजनिक बहसहरूमा सधैं आफूलाई आत्मरक्षाको मोडमा राख्नुपर्ने बाध्यता यो भयानक संरचनाको प्रतिबिम्ब हो।
संग्रौला प्रकरणले देखाउँछ कि कसरी बौद्धिक भनिने व्यक्तिहरू—जो कानुन पढाउँछन्, संविधान लेख्न सहयोग गर्छन्, वा मानव अधिकारका प्रवक्ता छन्—त्यही अधिकारको भाषालाई स्त्रीविरोधी विचार र व्यवहारको औजारमा बदल्न सक्छन्। जब उनीहरू महिलालाई "धन र यौनको भोकी" भनेर संज्ञा दिन्छन्, LGBTQ+ व्यक्तिहरूलाई "मानसिक रोगी" भन्छन्, र आफ्ना विद्यार्थीहरूलाई नै शारीरिक टिप्पणी गर्छन्, त्यो केवल व्यक्तिगत विचार होइन—त्यो शैक्षिक सत्ता, संस्कृति, र पदको दुरुपयोग हो। शिक्षित पुरुषहरूले आफूलाई "प्रगतिशील" भन्नु र नारीवादी आवाजलाई "पश्चिमी षड्यन्त्र" भनी अस्वीकार गर्नु, यस क्षेत्रमा देखिने एउटा आम रणनीति हो। यसले ती पुरुषहरूलाई नैतिक जिम्मेवारीबाट उम्किन मद्दत गर्छ, किनभने उनीहरू आफ्नो सामाजिक स्थानबाट सुरक्षा पाउँछन्। यस्तो प्रगतिशीलताको अभिनयले वास्तविक परिवर्तनको सम्भावनालाई अवरुद्ध गर्छ।
हाम्रो समाजमा महिलाहरूलाई अझै पनि बोल्न डर लाग्छ—विशेषतः शक्तिशाली पुरुषहरूविरुद्ध। जब कुनै महिलाले यौन दुर्व्यवहारको उजुरी गर्छिन्, त्यो उजुरी कानुनभन्दा पहिले सार्वजनिक शंकाको घेरामा पर्छ। पीडितले प्रमाण दिनुपर्ने, आफ्नो चरित्र सफाइ गर्नुपर्ने, र "किन अहिलेसम्म चुप लागिन्?" भन्ने प्रश्नहरूको सामना गर्नुपर्ने स्थिति अझै हटेको छैन। जब संस्थाहरू—विद्यालय, विश्वविद्यालय, मिडिया—यस्ता गम्भीर आरोपमा मौन बस्छन्, उनीहरूले पीडकलाई संरक्षण गर्छन् र पीडितलाई एक्ल्याउँछन्। यो मौनता संस्थागत सडनको सबैभन्दा गहिरो संकेत हो। नेपालजस्ता मुलुकमा यस्ता घटनाहरू फेरि–फेरि दोहोरिन्छन्, किनकि संस्थागत सुधार होइन, इमेज म्यानेजमेन्टलाई प्राथमिकता दिइन्छ।
यो घटनाले हामीलाई पुनः सम्झाउँछ—शिक्षा, बुद्धिजीविता, वा सार्वजनिक छवि कुनै पनि व्यक्तिलाई नैतिक छूटको प्रमाणपत्र होइन। दक्षिण एशियामा हामीले प्रायः बुद्धिजीवी पुरुषहरूलाई आलोचनाबाट माथि राखेका छौं, उनीहरूका विचारलाई शुद्ध ठानेका छौं, र उनीहरूको व्यवहारप्रति प्रश्न उठाउन सक्ने वातावरण नै बनाएका छैनौं। यस्तो देशभक्ति मान्छे नी यस्तो हुन्छ? यस्तो बौद्दिक यति वर्ष यस्तो संघर्ष गरेको मान्छेमा कसैले आरिस गरेर बर्बाद पार्न षड्यन्त्र गरेको हो भन्ने आम जनमास कतिपय पृतिसत्ताधारी महिलाहरुबाट नै आवाज उठ्छ। यस्तो सोचले महिलालाई, पीडितहरुलाई आवाजविहीन बनाउँछ, र यौनिकता तथा अधिकारको विषयलाई "अनैतिक", "पश्चिमी" वा "अवाञ्छित बहस" बनाइदिन्छ। अझैसम्म पनि महिलाहरूलाई "सहनशील", "शालीन", र "सुसंस्कारी" हुनुपर्ने दबाब छ, र जो विरोध गर्छन् उनीहरूलाई असभ्य वा चरित्रहीन भनी चित्रण गरिन्छ।
यो आवाज उठिरहेको छ जो सानै होस त्यो व्यक्तिको लागि होइन संरचनाको लागि हो। जो समाजमा बाहिर एउटा तस्बिर बनाएर बुद्धिजीवी भनिने हरू भित्र कस्ता हुन्छन भनेर उनीहरूको पाखण्डको नाङ्गो चरित्र उजागर हो।र मिडियाहरुले आवाज उठाउनेहरुलाई यसरी नी ठाउँ दिन पर्छ, साथ दिन पर्छ। पीडितलाई विश्वास गर्न पर्छ, पीडक त्यस्तो मान्छे महान मान्छे भनेर संरक्षण गर्नु भन्दा पीडित लाई विश्वास गर्ने गर्नुपर्छ। यसरी नी मिडियाहरुले यस्ता आवाज हरू लाई ठाउँ दिने हो भने बाहिर ठूला ठूला कुरा गरेर परिवर्तनका कुरा गरेर परिवर्तनको केन्द्रमा आउने महिला, अल्पसंख्यक र उत्पीडित आवाजलाई चुप गराउन खोज्ने बुद्धिजीवी हरुको अस्लील चरित्र बाहिर आउँछ।
Circumstantiality (विस्तृत वा घुमाउरो बोलाइ)
......Circumstantiality (विस्तृत वा घुमाउरो बोलाइ)....
हालसालैको एउटा अन्तर्वार्ता हेर्दा एउटा शब्द याद आयो – circumstantiality। यो यस्तो बोल्ने शैली हो जसमा व्यक्ति सिधा उत्तर दिनुको सट्टा अनावश्यक रूपमा विस्तृत विवरण दिन्छ।
मनोवैज्ञानिक रूपमा circumstantiality केही मानसिक अवस्थाहरू, जस्तै schizophrenia, obsessive-compulsive disorder, mania मा देखिन सक्छ। यस्तो अवस्थामा, व्यक्तिले प्रश्नको उत्तर दिन्छ, तर सिधै नभई धेरै घुमाउराे विवरण दिएर अन्तिममा उत्तर दिन्छ।
तर, यस्तो बोल्ने शैली केवल मानसिक स्वास्थ्य समस्यासँग मात्र सम्बन्धित हुँदैन। सामान्य व्यक्तिहरूमा पनि यो देखिन सक्छ, जसको पछाडि विभिन्न मनोवैज्ञानिक, सामाजिक, र वातावरणीय कारणहरू हुन सक्छन्।
सामान्य व्यक्तिमा circumstantial speech निम्न कारणहरूले हुन सक्छ:
१. सत्य कुरा लुकाउने प्रयास (Concealing Lies)
२. एउटा कुरा लुकाएर अर्को कुरा फैलाउने (Manipulation or Persuasion)
३. सुन्नेलाई भ्रमित पार्ने वा भावनात्मक बनाउने (Deflecting Suspicion)
४. अपराधबोध वा चिन्ताका कारण (Guilt or Anxiety)
५. चिन्ता, डर, आत्म-सचेतना वा तनाव (Fear, Stress, Self-consciousness)
६. शिष्टाचार वा टकरावबाट बच्न (Social Politeness or Avoidance)
७. धेरै विवरण दिएर विश्वास जित्न खोज्ने (Overcompensation)
हाम्रो समाजमा पनि जब मान्छे डराउँछ, गल्ती महसुस गर्छ, वा आफ्नो छवि जोगाउन चाहन्छ, तब उसले सीधा उत्तर नदिई 'संघर्ष, धर्म, संस्कार, देन, योगदान' आदिको कुरा घुमाउँदै बोल्न सक्छ।
यसकारण, कुनै पनि व्यक्तिको विस्तृत बोलाइ सधैं मानसिक समस्या वा कुनै उद्देश्य लुकाउने संकेत मात्र होइन। कहिलेकाहीं, यो व्यक्तिको संचार शैलीको भाग हुन सक्छ।
माघ महिना!
सार्वजानिक बिदाको दिन गाडी यस्तो भीड....!कुरा न गरौ।
अफिस बिदा रे फुर्सद, सामाजिक पढाउने लाई नी फुर्सद, विज्ञान पढाउनेलाई नी फुर्सद, अङ्ग्रेजी पढाउने लाई फुर्सद, नर्सिङ पढ्ने, पढाउने, डाक्टर पढ्ने पढाउने सबैलाई फुर्सद....अब अरु अरु यस्तै विधाका सबैलाई फुर्सद,जे होस् हरेक मानिसलाई फुर्सद। सार्वजानिक बिदा पर्यो।
अनि झन् माघ महिनाको सार्वजनिक बिदा र काठमाडौको ठाउँ। माघ महिना, श्रावण महिनाको त कुरै न गरौं। यहि माथिका मध्य सबै जनालाई अरु बेला रुक्खा सुक्का ब्रत लिएको भए नी बिदाका दिन त यसो स्वस्थानीको राम्रै ब्रत मनाउन सालीनदी जान मन लाग्ने रहेछ।
अरे!सडक जाम, गाडी जामको कारण त नेताहरुले मात्र गाली खाने हुन। अरुको कारण जाम भए त पवित्र कर्मको लागि गरीब जनताहरूले गरेको जाम हो। संस्कार, संस्कृतिको नाममा गरेको। त्यस्तो लाई नी नराम्रो भन्न मिल्छ??
अराष्ट्रवादी, कुसंस्कारीहरु!!
यस्तै खचा खाच गाडीमा उभिएका मानिस र रमिता। धन्न यो बेला उभिने सबै महिलाहरु भएकाले सहज नै हुने उभिन पनि(अब किन चढ्ने त्यस्ताे गाडीमा? गाडी अरु हुन पर्यो नि त चढ्नलाई!)। सालिनदि जाने बाटो तिर बस्ने मान्छेको त अहिले बिजोक नै छ नी।
एकजना दिदी उभिएको ठाउँबाट ढोका नजिकै खलासी भाइ भएकै निर बाट बोल्नु भयो 'कति भीड हो आज त गाडी पनि।'
"दिदी आज त यस्तै हो खलासी भाइले भने, हिजो खाली खाली गाडी थियो। हिजो सालिनादी जाँदा सहज थियो नी आज त सबैको बिदा यस्तै हो।"
'मेरो नी आज बिदा अफिस भएर हो भाइ दिदीले फेरि भन्नु भयो।'
"लौ दिदी भगवानको नाममा त्यस्ता अफिस राजीनामा दिएर जान सक्नु भएन! तपाइलाई भगवान भन्दा प्यारो जागिर भयो! तपाईं भगवानको नाममा त्यति नी गर्न नसक्ने? धत् म भए त खुरुक्क राजीनामा दिएर गाडी खुल्ला भएको दिन सालिनादि जाने थिए: खलासी भाइले भने!' खोइ के कारण त्यो भने भाइले तर कस्तो कस्तो लाग्यो र मनमा दिमागमा खेल्यो!
बेला बेला त गाडीका खलासी भाइहरू पनि गज्जब हासो लाग्ने कुरा गर्छन भन्या।
भाइहरूलाई नी अहिले यस्तो सजिलो रहेछ। दिदी हो धर्म गर्न जाँदा यति दुःख त हुन्छ त भने पछि जसरी नी उभिएर जान तयार। जति भाडा दिन नी तयार।