......Circumstantiality (विस्तृत वा घुमाउरो बोलाइ)....
हालसालैको एउटा अन्तर्वार्ता हेर्दा एउटा शब्द याद आयो – circumstantiality। यो यस्तो बोल्ने शैली हो जसमा व्यक्ति सिधा उत्तर दिनुको सट्टा अनावश्यक रूपमा विस्तृत विवरण दिन्छ।
मनोवैज्ञानिक रूपमा circumstantiality केही मानसिक अवस्थाहरू, जस्तै schizophrenia, obsessive-compulsive disorder, mania मा देखिन सक्छ। यस्तो अवस्थामा, व्यक्तिले प्रश्नको उत्तर दिन्छ, तर सिधै नभई धेरै घुमाउराे विवरण दिएर अन्तिममा उत्तर दिन्छ।
तर, यस्तो बोल्ने शैली केवल मानसिक स्वास्थ्य समस्यासँग मात्र सम्बन्धित हुँदैन। सामान्य व्यक्तिहरूमा पनि यो देखिन सक्छ, जसको पछाडि विभिन्न मनोवैज्ञानिक, सामाजिक, र वातावरणीय कारणहरू हुन सक्छन्।
सामान्य व्यक्तिमा circumstantial speech निम्न कारणहरूले हुन सक्छ:
१. सत्य कुरा लुकाउने प्रयास (Concealing Lies)
२. एउटा कुरा लुकाएर अर्को कुरा फैलाउने (Manipulation or Persuasion)
३. सुन्नेलाई भ्रमित पार्ने वा भावनात्मक बनाउने (Deflecting Suspicion)
४. अपराधबोध वा चिन्ताका कारण (Guilt or Anxiety)
५. चिन्ता, डर, आत्म-सचेतना वा तनाव (Fear, Stress, Self-consciousness)
६. शिष्टाचार वा टकरावबाट बच्न (Social Politeness or Avoidance)
७. धेरै विवरण दिएर विश्वास जित्न खोज्ने (Overcompensation)
हाम्रो समाजमा पनि जब मान्छे डराउँछ, गल्ती महसुस गर्छ, वा आफ्नो छवि जोगाउन चाहन्छ, तब उसले सीधा उत्तर नदिई 'संघर्ष, धर्म, संस्कार, देन, योगदान' आदिको कुरा घुमाउँदै बोल्न सक्छ।
यसकारण, कुनै पनि व्यक्तिको विस्तृत बोलाइ सधैं मानसिक समस्या वा कुनै उद्देश्य लुकाउने संकेत मात्र होइन। कहिलेकाहीं, यो व्यक्तिको संचार शैलीको भाग हुन सक्छ।
No comments:
Post a Comment