नियात्रा: एक निरन्तर यात्राको

म पर्खाइमा छु।

  तिमी गयौ

म त्यो साँझ

त्यही निर बसिरहे

त्यो जुन उदाउने ठाउँ को मुनी

जून हेर्दै

पर्खिरहे, फर्किने आशमा। 


ऊ हिउँदमा सुकेको

खोला त बर्खामा उर्लिएछ

'सुसेल्दै '

तिमी पनि आउने भर छ

त्यसरी नै 

त्यही चौतारीमा


पर्खी रहे, ती पात हेर्दै

उग्रिएको आकाश हेर्दै

कहिले बादल हेर्दै

आँखा विलाउँदैन्न्

तिमी आँखा भित्र छौं। 


त्यो वर्षले दिन दिन गन्दै

मलाई भुलाउँछ भने

म तिम्रो मुस्कान सम्झेर

वर्षौ भुलाइदिन्छु, तिमी आउने आशमा। 


सपनीमा आउँछौ भने

म कयौ रात नचाहादै

निदाईदिन्छु तिम्लाई भेट्ने आशमा। 


म पर्खी दिन्छु

हेर न! फर्केर त (हेर)

'म' 

तिमी र म बसेको

चुच्चे ढुङ्गामा छु।

तिम्रो बाटो हेर्दै। 


मलाई हावाले जिस्कायो

वर्षाले रुझायो

शिरमा हिउँ सल्बलायो

म कठाङ्रिए तर

त्यही पर्खी बसे

न्यानो बन्ने आशमा। 


पर्खिनु को मिठास

चारोको आशमा 

रहेका बचेरालाई थाहा छ।

परदेशी लाइ थाहा छ

अधेरी लाई थाहा छ

खडेरी लाई थाहा छ। 


मिठास महसुस गरेरै 

म मुस्काइदिन्छु

अँगाल्ने आशमा

तिमी फर्केको दिन


म सारा भुलाई दिन्छु।

फर्क न तिमी

म पर्खिरहेछु।

म तिम्रो पर्खाइ मा छु।




Share:

प्रेम दिवस।

 

टिका तिमि बन्नु जो निधार खाली नहोस

म तिम्रो नयन, नजर कतै वारिपारि नहोस।

नहेर्नु हेरे पछि रंगिन भएर हेर्नु, 

रङ्ग तिमि सँग छ? मसँग मिसाएर हेर्नु। 


हावामा सुस्ताउनु सुस्त पखेटा लाएर।

चरा बन्नु, रुखबाट उड्ने भुवा होइन।

माया लाउनु भिर र पहरालाइ प्रेमि सुनाउनु

आफ्नु छुट्टै बाटो बनाउनु,अरुभन्दा अलग होइन। 


परिबर्तन बन्नु, आफै हुनु, आफ्नुपन मनाउनु

मुस्कुराउनु भित्रैबाट, पिडापनि  दबाउनु होइन।

हुन्छ भन्नु, हुन्छले नै आश जगाउछ, भनी रहनु।

सबै आफैंमा ब्यस्त हुँदा नि भरोसा नदिलाउनु होइन। 


रिसाउनु,रिस बुज्नेलाइ देखाउनु,पत्याउनु,नलत्याउनु

फूलबारि आफैं बनाउनु बरु,फेरि आफ्नै फूलसँग रिसाउनु होइन।



Share:

बिश्वास र सम्मान हुनपर्छ।

 पातको पछिल्लो भागमा

प्रष्ट देखिन्छ ति रेसा रेसा जस्ता नसा उसैका

उसको रगत त्यहाँ घुम्छ होला

त्यहि भएर सग्लो छ यो पात। 


उसले त्यहि रुखको जराबाट जे लिन्छ,

जराले नै दिएको सम्पुर्णता बाट।

चम्किलो देखिन्छ, यो पात। 


प्रेम यहि सम्पुर्ण रुख र पात जस्तै हुनुपर्छ।

बलियो,घर जस्तै हुनुपर्छ। 

बाचाहरु फगत कमजोरी जस्ता देखिन्छ,

दुखाउनलाई बाचाले नि दुखाइ रहेको हुन्छ

कसम भन्दा नि प्रेम नै हुनपर्छ।

प्रेममा कसम भन्दा सम्मान हुनुपर्छ।


Share:

तिमी।

तिमि...

पातबाट पातसम्म आएको थियौ
बतास बनेर गयौं
कतै!
हुन्डरि बिचबाट आएको पानी
झरी बर्सिएको असिना बनेर बिल्यौ।
अब खडेरी हुनु र बालुवा किनार देखाउनु।
बिना आशको मौसममा बर्सात बनेर गयौ।

जराको भागमा अडिग बनेर उभिएको बेला।
निकै बलियो फिजिएको फेद हुँदा हुँदै
पानीमा रुज्दै तिमि जमिनको केहि भाग बनेर गयौ।

अहिले धर्तीमा तिम्रो शरीर जूनसंगै ट्ल्किएको देख्छु
स्थिर ठाने तिमिलाइ र मैले मलाई
रुखो यो मरुभूमिलाई  विनम्रताको अंश बनाएर तिम्ले
शरदको यो बास्ना केहि लिदै गर्दा अति उदास बनाएर गयौ।

पुर्णिामाको यो रातमा चौगाराले समेटेको सुस्केरा 
यो ज्यादै गहिरो बन्थ्यो
कहिले  नरम र कहिले काडा बन्थियो।
बिज्न पाउदा सहनशिल घाउ होइन
त्यो चोट पनि कमलको फुल बन्थ्यो
चन्द्रमाको त्यो शरिर आकार नपुरिदै
औशिको कालो रात बनाएर गयौं।




Share:

दोष

 

ती रातहरु अनिधोमा जान्थे,

ती दिनहरु कल्पनामा बित्ने गर्थे।

आवाज आफै भित्र दबिन्थे

सुन्ने कोही थिएनन् ।

अरुलाई दोष कसरी दिउँ

आफ्नो जीवनको ?

आफू त दोषी ठान्दैन कसैले।


जब हुरि चल्थ्यो,

ती लहराहरु आफै समाइन्थ्यो,

पानी पर्दथ्यो

छहारी आफै पत्ता लगाइन्थ्यो,

मनभित्र बाढी आए

आफूलाई-आफैले बचाइन्थ्यो ।


राम्रो प्रतिफलको श्रेय अरुलाई दिइन्छ र ?

खराब समयको दोष चाहिं अरुको ?


निर्दोष त न त्यो खुलेको आकाश छ

न बादल भरिएको,

न टेकेको धर्ती नै तारिफ योग्य छ

हेर्ने नजरको ।


सबैभन्दा बैगुनी मान्छे नै भए पनि

किन सधै दोष त्यो प्रकृतिको?


भोलीको राम्रो दिनको आश

आजको रातले गरेकै हुँदैन,

न राम्रोमात्र फलको प्रतीक्षा बिरुवाले गरेको,

जस्तो छ उस्तै स्वीकार्य हुन्छ

अरुको लागि जिउनेलाई


न त दोष कसैको

न त श्रेय नै कसैलाई।


महान ठान्छु ती रहर बिनाका

सुकेका बगरलाई,

छेउमै गडगडाएको नदीलाई

आफू सुकेरै एक्लिंदा दोष किन नदिएको?


आधा-आधा हुँदामात्र हुने हो छट्पटी

हेर त त्यो समुन्द्र कति सुनसान बगिरहेको !




Share:

बाटो र वर्षात।

 बिरुवाको हाँगाबाट कुहिरोले

आफ्नु बाटो बनाउदै झ्यालसम्म आएर

छोपेको थियो हावा हिड्ने बाटो।


किनभने हावा उहिसँग आएको थियो

स्वास बनेर,

मैले लिन चाहेको सुगन्ध उहि भुवाको थियो

जसले त्यो क्षितिजसंगै देखिएको सिमलको

केहि भाग बोकेर ल्याएको थियो।


जो मेरो भ्रम थियो,किनभने

यो बेलाको बतास कस्तो कमजोर हुन्छ

बसन्त होइन, सबै चिजलाई एकमुस्ट भुमरि

पारेर अलपत्र बनाउने!

बसन्त पर्तिर त आँखाहरु

बर्सात जस्तै तप-तप कमै मात्र खस्छन भुइँसम्म।

किनभने, माटोलाई आशु भन्दा त पानी नै

आवश्यक हुन्छ।


बाँकि यि रुखहरुको सहनशिलताले 

यि मौसमलाई दिक्क लाएर नै

उदार हुन्छ एउटै दिन पनि

कहिले झरि त कहिले झुल्के घाम बनि।


Share:

हजार पटक

 बलियो हुनु अघि

तिमीले अनेक पटक
हजार पटक कमजोर हुन पर्छ।

जोडिनु अघि
हजार पटक तिमीले टुट्नु पर्छ।

जसरी गतिलो हुरी ले चट्याङले
अन्तिममा अविरल बर्षा बोकेकै हुन्छ।
त्यही भएर
भनिन्छ नी
शान्त हुनु अघि तिमीले
अनेक पटक चिच्याउनु पर्छ।

खुशीले रुनु अगाडि
अनेक पटक
दुःखका पहाड बोक्नु पर्छ।
यो सबै चक्र हो।
यो सबै हुनै पर्छ।
हुनै पर्छ यो सबै।


Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.