नियात्रा: एक निरन्तर यात्राको

ब्रेन वासण (Brainwashed):नेपाली

 एउटा समय थियो कुनै एउटा पत्रकारले पत्रकारिता छोडेर राजनीति तिर अगाडि बढ्दै थिए।

अनि उहाँको राजनीति यात्रा लाई भावामय बनाउन मानिसको ब्रेन वास यसरी गरिएको रहेछ," उँहाले यति लाखको आफ्नु पत्रकारिताको जागिर छोडेर, यति सयल सुविधाहरु परित्याग गरेर हाम्रो महान देशलाई अगाडि बढाउन यसरी लागि पर्नु भएको छ, उहाँले जस्तो त्याग कसैले देशको लागि त्यस्तो गर्न सक्छ र!" 

यिनै यिनै योगदान थिए उहाँका राजनीतिमा। सायद सजिलै यतिको भावानात्मक समाजलाई पत्रकारिताको लामो अनुभब बाट राम्रो सग बुझेको हुनपर्छ कहाँ कसरी कुन बेला के प्रहार गर्ने भनेर(निराश व्यक्ति,समाज, देश यसरी नै हावा हुण्डरी भित्र हराउँछ र हराउँदा हराउँदै यो गति सम्म आई पुगेको छ।)र कसरी मेनुपूलेट गर्न सकिन्छ थाहा भएर होला त्यो आत्मविश्वासमा आफ्नु अहंकारी व्यक्तित्व प्रस्तुत गरेको देखिन्थ्यो। 

अहिले नी काठमाडौंमा घर छ, म धनी छु म यो म ऊ भन्ने मलाई पैसा नभएर होइन के खाँचो छैन मलाई मैले देशको लागी हो गर्ने मेरो लागी छदै छ ,जस्ता ताल बेतालका यिनै पहिले कै श्रृंखलावद्द(अब यति भने त भ्रष्टाचार हुन्न भन्ने जस्तो,,कुलिन वर्ग,, तर यिनीहरूले पाए त मज्जाले भ्रष्टाचार गर्ने रहेछन् नी!) पुराना सेलिब्रेटी वाला कुरा गरेर चाहिँ चुनाव अबको समयमा आएर नी जितिन्छ सोच्नु चाहिँ हुँदैन, तर भीड जम्मा गर्न चाही सकिन्छ। ठोस योजना बिना त्यहाँका बासिन्दाले नी त्यसै भोट चाहिँ दिन्छन् जस्तो लाग्दैन। त्यही मा नी नेपाली भोटर हरुको लामो पुरानो मनोविज्ञान छदै छ।

के के न भनेर बढी तमासा गर्न हुन्न के त्यही भएर।।।

......अब हेरौं...

Share:

महिलाहरुलाई सहन नसक्नेहरू

 सुरक्षा पन्तप्रति सामाजिक सञ्जालमा देखिएको गालीगलौजले हाम्रो समाजको महिला प्रतिको मानसिकता उदाङ्गो बनाएको छ। अचम्म के छ भने, यस्तो गाली गर्ने प्रायः तथाकथित उच्च जात भनिने थरका मानिसहरू देखिन्छन्।


ती एउटी मान्छेको कुराले उनीहरूको अहंकारमा यस्तो आँच पुगेर, यस्तो कमजोर रहेछन ति राजाका फ्यानहरु निकृष्ट प्रतिकारको गाली गलौज युद्दमा उत्रेका छन्।
यसो हेर्दा लाग्छ,
उनीहरू अहिले भएका राजा भनिने कुन कुन नाम मात्र होइन उनीहरूका सात पुस्तासम्म सन्तानका पनि दास भएर बस्न तयार थिए” तर उनले यो व्यवस्था नै छैन भन्दिन। बिचरा!!आत्तिए!!

त्यो हेर्दा मानसिकता त सधै दास, भक्ति नै छ र त्यो मानसिकताबाट बाहिर निस्कन सकेका छैन।

मानिस स्वतन्त्रता भन्दा ज्यादा भक्ति रुचाउँछ। कसैले स्वतन्त्र भएर बोल्यो, प्रश्न गर्‍यो, विचार राख्यो भने त्यो असह्य हुन्छ ।अनि सुरु हुन्छ  गाली, अपमान, चरित्र हत्या। कसैबाट प्रयाजित, डलरबादी, अमेरिका द्वारा संचालित यस्तै यस्तै पगरी।

झन महिलाको आवाज त हाम्रो समाजले पचाउन सक्दैन। खासगरी, जब त्यो आवाजले ‘राजा’, उनिरुका आइलड लाग्ने नेता, ‘आस्था’, 'पृत्तिसत्ता' ठूलाठालुले गरेका यौनहिंसा, बलात्कार वा बनावटी गौरवलाई प्रश्न गर्छ।" त्यो त पचाउन सक्दैन । त्यही परिणाम एकजनाले अलिकति केही बोलेको आधारमा पनि यस्तो बिजोक छ।

रमाइलो त के छ भने, यस्तो गाली गर्ने ९८% माथिल्लो जाति-थर भएका देखिन्छन्। कमेन्टसँगै नाम र थर हेरे  प्रमाण आफै बोल्छ। किन होला यति रिस? राजा बन्न नपाए पनि आफूलाई आफ्नो टोलको राजा ठान्ने चाहने! वा कसैलाई सधैं पुजेर बस्न नपाउँदाको रिस!!
Share:

निम्फोमेनियाक: इच्छा र स्वतन्त्रताको कथा

 लार्स भोन ट्रायरद्वारा निर्देशित चलचित्र Nymphomaniac (2013) पहिलोपटक हेर्दा, त्यसले दर्शकलाई असहज अनुभूति गराउन सक्छ। तर यही असहजताको तहमा एउटा गहिरो मानवीय द्वन्द्व लुकेको हुन्छ इच्छा र नैतिकताको जटिल सम्बन्ध। चलचित्रको कठोर विषयवस्तु, तीव्र दृश्य, र गहिरा मनोवैज्ञानिक संवादहरूले सतही मनोरञ्जनभन्दा परको यात्रामा लैजान्छन्।


Nymphomaniac केवल यौन कथावस्तुमा सीमित छैन; यो मानव चेतनाको अन्धकार कुनामा प्रवेश गराउने साहसी प्रयास हो। त्यसैले चलचित्रका दृश्यहरू असहज लागे पनि, ती असहजता दर्शकलाई आफैंसँग प्रश्न गर्न बाध्य बनाउँछन्। यस्तो प्रभाव कुनै सामान्य चलचित्रको विशेषता होइन, बरु त्यो कलात्मकता र दार्शनिक सोचको परिणाम हो।

‘निम्फोमेनियाक’ दुई भागमा विभाजित एक काल्पनिक कथा हो, जसले जो (Joe/जो, अभिनेत्री: Charlotte Gainsbourg र Stacy Martin) नामक एक महिलाको जीवनलाई चित्रण गर्छ। जो आफूलाई निम्फोमेनियाक (यौन लत भएको व्यक्ति) ठान्छिन् र आफ्नो यौनिक यात्रालाई सेलिगम्यान (Seligman/सेलिगम्यान, अभिनेता: Stellan Skarsgård) नामक एक बौद्धिक पुरुषसँग सेयर गर्छिन्, जसले उनलाई सडकमा घाइते अवस्थामा भेट्छन्। आठ अंशमा बाँडिएको यो चलचित्र Joe/जोको बाल्यकालदेखि वयस्क अवस्थासम्मको अनुभवलाई प्रस्तुत गर्छ। जहाँ यौन उनको पहिचान, स्वतन्त्रता, र पीडाको स्रोत बन्छ। यो कथा यौनिकताको सतही चित्रणमा सीमित छैन, बरु यो मानव मनको गहिराइमा डुबेर स्वतन्त्रता, नैतिकता, र सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाउँछ। Joe/जोको कथामा उनले “The Little Flock” नामक समूह बनाएर प्रेम र सामाजिक मान्यताविरुद्ध विद्रोह गरेको देखिन्छ, जसले उनको स्वतन्त्रताको खोज र एकाकीपनको द्वन्द्वलाई उजागर गर्छ।

जो (Joe/जो) को चरित्र चलचित्रको अङ्ग/मुख्य हो। उनको यौनिक यात्रा एक आत्म-अन्वेषणको कथा हो, जहाँ उनले आफ्नो यौनिकतालाई सामाजिक नियम र नैतिकताको बन्धनबाट मुक्त गर्न खोज्छिन्। मनोवैज्ञानिक दृष्टिकोणबाट, जोको/Joe चरित्रले मानव मनको द्वन्द्वलाई प्रतिबिम्बित गर्छ जहाँ इच्छा र नियन्त्रणबीचको अनन्त संघर्षलाई प्रस्तुत गर्दछ। उनको यौनिक लतलाई सिग्मन्ड फ्रायडको ‘लिबिडो’ अवधारणासँग जोड्न सकिन्छ। जहाँ यौनिक ऊर्जा मानव व्यवहारको मूल चालक शक्ति हो। जोले आफ्नो यौनिक इच्छालाई स्वीकार गर्छिन्, तर यो स्वीकारोक्ति उनको लागि स्वतन्त्रता र आत्म-विनाश दुवै बन्छ। उनले आफ्नो अनुभवलाई फिबोनाची सिक्वेन्स/Fibonacci sequenceर बाखको पोलिफोनी/Bach’s polyphony (fugues) जस्ता प्रतीकहरूसँग तुलना गर्छिन्, जसले उनको जीवनको अराजकता र सुन्दरताको गहिरो संगमलाई देखाउँछ। जोको कथाले यो प्रश्न उठाउँछ: के यौनिकता अनैतिक हो, वा यो समाजले बनाएको भ्रममात्र हो? उनको चरित्रले मानव मनको त्यो पक्षलाई उजागर गर्छ, जुन सामाजिक नियमहरूले दबाउन खोज्छ, तर जुन अन्ततः आफ्नो अस्तित्वको लागि लड्छ।

सेलिगम्यान (Seligman/सेलिगम्यान) जोको कथाको श्रोता र विश्लेषक हुन्। उनको बौद्धिक र दार्शनिक व्यक्तित्वले मानव मनको तर्कसंगत पक्षलाई प्रतिनिधित्व गर्छ। उनले जोको अनुभवलाई कला, साहित्य, संगीत, र गणितसँग जोडेर बुझ्ने प्रयास गर्छन्। मनोवैज्ञानिक दृष्टिकोणबाट, सेलिगम्यानले फ्रायडको ‘सुपरइगो’ (नैतिक चेतना) को प्रतीकको रूपमा काम गर्छन्, जसले जोको ‘इड’ (प्राकृतिक इच्छा) लाई नियन्त्रण र विश्लेषण गर्न खोज्छ। तर चलचित्रको अन्त्यमा, सेलिगम्यानको विश्वासघात जब उनी जोप्रति यौनिक आकर्षण देखाउँछन् काम गर्छु र जोले उनलाई गोली हान्ने दृश्यले उनको नैतिकताको खोक्रोपनलाई उजागर गर्छ। यो कार्ल जंगको ‘छाया’ (Shadow) अवधारणालाई सम्झाउँछ, जहाँ मानव मनको दबाइएको पक्ष अन्ततः प्रकट हुन्छ।

यो दृश्यले यो सन्देश दिन्छ कि कुनै पनि बौद्धिक वा नैतिक आवरणले मानव स्वभावको प्राकृतिक वासनालाई पूर्णरूपमा दबाउन सक्दैन।चलचित्रले पितृसत्तात्मक समाजविरुद्ध जोको/Joe's विद्रोहलाई पनि चित्रण गर्छ। जोले पुरुषहरूसँगको सम्बन्धमा आफ्नो यौनिक शक्तिको उपयोग गर्छिन्, तर यो शक्ति उनको लागि स्वतन्त्रता र बन्धन दुवै बन्छ। मनोवैज्ञानिक दृष्टिकोणबाट, यो पितृसत्ताले यौनिकतालाई नियन्त्रण गर्ने प्रयास र त्यसविरुद्धको व्यक्तिगत विद्रोहको कथा हो। जोको चरित्रले लुस इरिगारे/Luce Irigaray
जस्ता नारीवादी मनोविश्लेषकहरूको विचारलाई सम्झाउँछ, जसले महिलाको यौनिकतालाई पुरुष-केन्द्रित सामाजिक संरचनाबाट मुक्त गर्नुपर्ने तर्क गर्छिन्। जोको यौनिक स्वायत्तताको खोजले समाजले इच्छामाथि लगाएको बन्धनलाई चुनौती दिन्छ।

उनको बन्दुकको प्रयोग, विशेषगरी अन्त्यमा, हिंसाको प्रतीक होइन, बरु उनको अन्तिम विद्रोह र आत्म-सुरक्षाको प्रतीक हो, जसले उनको साहस र कमजोरी दुवैलाई देखाउँछ।चलचित्रको अन्त्यमा, जो आफ्नो यौनिकताबाट मुक्त हुने प्रयास गर्छिन्, तर असफल हुन्छिन्। यो दृश्यले मानव मनको गहिरो सत्यलाई उजागर गर्छ। कामना र वासना मानव अस्तित्वको अपरिहार्य हिस्सा हुन्। फ्रायडको मनोविश्लेषणअनुसार, यौनिक इच्छा (लिबिडो) लाई पूर्णरूपमा दबाउन वा त्याग्न सकिँदैन; यो केवल रूपान्तरण हुन्छ। जोको असफलताले यो सन्देश दिन्छ कि मानव स्वभावको मूलमा वासना नै सर्वोच्च हुन्छ, र कुनै पनि सामाजिक वा नैतिक नियमले यसलाई पूर्णरूपमा नियन्त्रण गर्न सक्दैन। यो निष्कर्षले दर्शकलाई आफ्नो मनको गहिराइमा झाँक्न र आफ्ना दबाइएका इच्छाहरूसँग सामना गर्न बाध्य बनाउँछ।‘निम्फोमेनियाक’ले दिन खोजेको सन्देश काव्यात्मक र गहन छ। यो चलचित्रले यौनिकता केवल शारीरिक इच्छा होइन, यो हाम्रो आत्माको एक अभिव्यक्ति हो, जसले हामीलाई सृजन र विनाश दुवैतर्फ डोर्‍याउँछ। जोको कथाले हामीलाई यो स्वीकार गर्न प्रेरित गर्छ कि हाम्रा इच्छाहरू हाम्रो कमजोरी होइनन्, बरु हाम्रो मानवताको आधार हुन्।

यो एक यस्तो कथा हो, जसले हामीलाई हाम्रो ‘छाया’/shadow -हाम्रा दबाइएका इच्छा र कमजोरीहरूसँग मेलमिलाप गर्न सिकाउँछ। यो चलचित्रले हामीलाई सामाजिक नियमहरूको खोलभित्र कैद भएको आफ्नो सत्यलाई खोज्न र त्यसलाई अँगाल्न प्रेरित गर्छ। मनोवैज्ञानिक दृष्टिकोणबाट, यो एक यस्तो यात्रा हो, जसले हामीलाई हाम्रो मनको अँध्यारो कुनासँग संवाद गर्न र हाम्रो अन्तर्निहित सत्यलाई स्वीकार गर्न प्रेरित गर्छ।
यो सन्देशले हामीलाई बाहिरी संसारको सतहभन्दा माथि उठेर आफ्नो आत्माको गहिराइमा डुब्न प्रेरणा दिन्छ।

‘निम्फोमेनियाक’ एक साहसी र कलात्मक मास्टरपिस हो। लार्स भोन ट्रायर (Lars von Trier) ले यौन, मानव स्वभाव, र नैतिकताको जटिलतालाई बेजोड ढंगले प्रस्तुत गरेका छन्। Charlotte Gainsbourg र Stacy Martin को अभिनयले जो (Joe/जो) को चरित्रलाई जीवन्त बनाएको छ, भने Stellan Skarsgård को सेलिगम्यान (Seligman/सेलिगम्यान) ले बौद्धिक गहिराइ थपेको छ। चलचित्रको सिनेमाटोग्राफी, प्रतीकात्मक दृश्यहरू (जस्तै, फ्लाई फिशिङ, वृक्षको बिम्ब, र फिबोनाची सिक्वेन्स), र गहिरो दार्शनिक संवादले यसलाई अविस्मरणीय बनाउँछ। यो चलचित्रले दर्शकलाई मनोरञ्जन मात्र होइन, बरु आफ्नो मनको गहिराइमा डुब्ने अवसर प्रदान गर्छ।

यसको बोल्ड यौन दृश्यहरू र यौनिकताको खुला चित्रणले विश्वभर विवाद सिर्जना गर्‍यो। कतिपयले यसलाई अश्लील ठाने, भने कतिपयले महिलाविरोधी भने। तर यो विवादले चलचित्रको महत्वलाई झनै उजागर गर्छ, किनकि यसले समाजको असहज सत्यहरूलाई छताछुल्ल पार्छ। ‘निम्फोमेनियाक’ केवल एक चलचित्र होइन, यो एक मनोवैज्ञानिक र दार्शनिक यात्रा हो, जसले हामीलाई हाम्रो मानवताको गहिराइमा डुबाउँछ। यो एक यस्तो कृति हो, जसले हामीलाई हाम्रा इच्छा, कमजोरी, र सत्यसँग सामना गर्न बाध्य बनाउँछ, र यो नै यसको सबैभन्दा ठूलो उपलब्धि हो।

Share:

"नेपालमा स्त्रीविरोधी मानसिकता र यौन दुर्व्यवहारको संस्थागत संरचना

 नेपालमा डा. युवराज संग्रौलामाथि लागेका यौन दुर्व्यवहार, स्त्रीविरोधी र समलैङ्गिकविरोधी अभिव्यक्तिका आरोपहरू केवल व्यक्तिगत गल्ती वा छुट्टै प्रकरण होइनन्; ती सम्पूर्ण दक्षिण एशियामा व्यापक रूपमा फैलिएको संस्थागत पितृसत्ता, बुद्धिजीवी पाखण्ड, र नारीविरोधी मानसिकताको गहिरो लक्षण हुन्। 


जब एकजना शिक्षित, सार्वजनिक जीवनमा प्रभावशाली र न्यायको भाषामा बोल्ने व्यक्तिले महिलामाथि हिंसात्मक अभिव्यक्ति गर्छन्, त्यो केवल उनीभित्रको मानसिकता होइन, हाम्रो समाजले कसरी बौद्धिक व्यक्तित्वहरूलाई बिना जाँच अधिकार दिएको छ भन्ने कुराको प्रमाण हो। दक्षिण एशियामा विशेषतः नेपाल, भारत, बंगलादेश र पाकिस्तानमा शिक्षा, बुद्धिजीविता र प्रगतिशीलताको आवरणभित्र महिला शोषणको अदृश्य संरचना गहिरो छ। महिलाले कक्षाकोठामा, कार्यालयमा, सार्वजनिक बहसहरूमा सधैं आफूलाई आत्मरक्षाको मोडमा राख्नुपर्ने बाध्यता यो भयानक संरचनाको प्रतिबिम्ब हो।


संग्रौला प्रकरणले देखाउँछ कि कसरी बौद्धिक भनिने व्यक्तिहरू जो कानुन पढाउँछन्, संविधान लेख्न सहयोग गर्छन्, वा मानव अधिकारका प्रवक्ता छन्त्य ही अधिकारको भाषालाई स्त्रीविरोधी विचार र व्यवहारको औजारमा बदल्न सक्छन्। जब उनीहरू महिलालाई "धन र यौनको भोकी" भनेर संज्ञा दिन्छन्, LGBTQ+ व्यक्तिहरूलाई "मानसिक रोगी" भन्छन्, र आफ्ना विद्यार्थीहरूलाई नै शारीरिक टिप्पणी गर्छन्, त्यो केवल व्यक्तिगत विचार होइन त्यो शैक्षिक सत्ता, संस्कृति, र पदको दुरुपयोग हो। शिक्षित पुरुषहरूले आफूलाई "प्रगतिशील" भन्नु र नारीवादी आवाजलाई "पश्चिमी षड्यन्त्र" भनी अस्वीकार गर्नु, यस क्षेत्रमा देखिने एउटा आम रणनीति हो। यसले ती पुरुषहरूलाई नैतिक जिम्मेवारीबाट उम्किन मद्दत गर्छ, किनभने उनीहरू आफ्नो सामाजिक स्थानबाट सुरक्षा पाउँछन्। यस्तो प्रगतिशीलताको अभिनयले वास्तविक परिवर्तनको सम्भावनालाई अवरुद्ध गर्छ।


हाम्रो समाजमा महिलाहरूलाई अझै पनि बोल्न डर लाग्छ विशेषतः शक्तिशाली पुरुषहरूविरुद्ध। जब कुनै महिलाले यौन दुर्व्यवहारको उजुरी गर्छिन्, त्यो उजुरी कानुनभन्दा पहिले सार्वजनिक शंकाको घेरामा पर्छ। पीडितले प्रमाण दिनुपर्ने, आफ्नो चरित्र सफाइ गर्नुपर्ने, र "किन अहिलेसम्म चुप लागिन्?" भन्ने प्रश्नहरूको सामना गर्नुपर्ने स्थिति अझै हटेको छैन। जब संस्थाहरू विद्यालय, विश्वविद्यालय, मिडिया यस्ता गम्भीर आरोपमा मौन बस्छन्, उनीहरूले पीडकलाई संरक्षण गर्छन् र पीडितलाई एक्ल्याउँछन्। यो मौनता संस्थागत सडनको सबैभन्दा गहिरो संकेत हो। नेपालजस्ता मुलुकमा यस्ता घटनाहरू फेरि फेरि दोहोरिन्छन्, किनकि संस्थागत सुधार होइन, इमेज म्यानेजमेन्टलाई प्राथमिकता दिइन्छ।


यो घटनाले हामीलाई पुनः सम्झाउँछ शिक्षा, बुद्धिजीविता, वा सार्वजनिक छवि कुनै पनि व्यक्तिलाई नैतिक छूटको प्रमाणपत्र होइन। दक्षिण एशियामा हामीले प्रायः बुद्धिजीवी पुरुषहरूलाई आलोचनाबाट माथि राखेका छौं, उनीहरूका विचारलाई शुद्ध ठानेका छौं, र उनीहरूको व्यवहारप्रति प्रश्न उठाउन सक्ने वातावरण नै बनाएका छैनौं। यस्तो देशभक्ति मान्छे नी यस्तो हुन्छ? यस्तो बौद्दिक यति वर्ष यस्तो संघर्ष गरेको मान्छेमा कसैले आरिस गरेर बर्बाद पार्न षड्यन्त्र गरेको हो भन्ने आम जनमास कतिपय पृतिसत्ताधारी महिलाहरुबाट नै आवाज उठ्छ। यस्तो सोचले महिलालाई, पीडितहरुलाई आवाजविहीन बनाउँछ, र यौनिकता तथा अधिकारको विषयलाई "अनैतिक", "पश्चिमी" वा "अवाञ्छित बहस" बनाइदिन्छ। अझैसम्म पनि महिलाहरूलाई "सहनशील", "शालीन", र "सुसंस्कारी" हुनुपर्ने दबाब छ, र जो विरोध गर्छन् उनीहरूलाई असभ्य वा चरित्रहीन भनी चित्रण गरिन्छ।


यो आवाज उठिरहेको छ जो सानै होस त्यो व्यक्तिको लागि होइन संरचनाको लागि हो। जो समाजमा बाहिर एउटा तस्बिर बनाएर बुद्धिजीवी भनिने हरू भित्र कस्ता हुन्छन भनेर उनीहरूको पाखण्डको नाङ्गो चरित्र उजागर हो।र मिडियाहरुले आवाज  उठाउनेहरुलाई यसरी नी ठाउँ दिन पर्छ, साथ दिन पर्छ। पीडितलाई विश्वास गर्न पर्छ, पीडक त्यस्तो मान्छे महान मान्छे भनेर संरक्षण गर्नु भन्दा पीडित लाई विश्वास गर्ने गर्नुपर्छ। यसरी नी मिडियाहरुले यस्ता आवाज हरू लाई ठाउँ दिने हो भने बाहिर ठूला ठूला कुरा गरेर परिवर्तनका कुरा गरेर परिवर्तनको केन्द्रमा आउने महिला, अल्पसंख्यक र उत्पीडित आवाजलाई चुप गराउन खोज्ने बुद्धिजीवी हरुको अस्लील चरित्र बाहिर आउँछ।



Share:

Circumstantiality (विस्तृत वा घुमाउरो बोलाइ)

 ......Circumstantiality (विस्तृत वा घुमाउरो बोलाइ)....


हालसालैको एउटा अन्तर्वार्ता हेर्दा एउटा शब्द याद आयो – circumstantiality। यो यस्तो बोल्ने शैली हो जसमा व्यक्ति सिधा उत्तर दिनुको सट्टा अनावश्यक रूपमा विस्तृत विवरण दिन्छ।


मनोवैज्ञानिक रूपमा circumstantiality केही मानसिक अवस्थाहरू, जस्तै schizophrenia, obsessive-compulsive disorder, mania मा देखिन सक्छ। यस्तो अवस्थामा, व्यक्तिले प्रश्नको उत्तर दिन्छ, तर सिधै नभई धेरै घुमाउराे विवरण दिएर अन्तिममा उत्तर दिन्छ।


तर, यस्तो बोल्ने शैली केवल मानसिक स्वास्थ्य समस्यासँग मात्र सम्बन्धित हुँदैन। सामान्य व्यक्तिहरूमा पनि यो देखिन सक्छ, जसको पछाडि विभिन्न मनोवैज्ञानिक, सामाजिक, र वातावरणीय कारणहरू हुन सक्छन्।


सामान्य व्यक्तिमा circumstantial speech निम्न कारणहरूले हुन सक्छ:


१. सत्य कुरा लुकाउने प्रयास (Concealing Lies)


२. एउटा कुरा लुकाएर अर्को कुरा फैलाउने (Manipulation or Persuasion)


३. सुन्नेलाई भ्रमित पार्ने वा भावनात्मक बनाउने (Deflecting Suspicion)


४. अपराधबोध वा चिन्ताका कारण (Guilt or Anxiety)


५. चिन्ता, डर, आत्म-सचेतना वा तनाव (Fear, Stress, Self-consciousness)


६. शिष्टाचार वा टकरावबाट बच्न (Social Politeness or Avoidance)


७. धेरै विवरण दिएर विश्वास जित्न खोज्ने (Overcompensation)


हाम्रो समाजमा पनि जब मान्छे डराउँछ, गल्ती महसुस गर्छ, वा आफ्नो छवि जोगाउन चाहन्छ, तब उसले सीधा उत्तर नदिई 'संघर्ष, धर्म, संस्कार, देन, योगदान' आदिको कुरा घुमाउँदै बोल्न सक्छ।


यसकारण, कुनै पनि व्यक्तिको विस्तृत बोलाइ सधैं मानसिक समस्या वा कुनै उद्देश्य लुकाउने संकेत मात्र होइन। कहिलेकाहीं, यो व्यक्तिको संचार शैलीको भाग हुन सक्छ।

Share:

माघ महिना!

 सार्वजानिक बिदाको दिन गाडी यस्तो भीड....!कुरा न गरौ। 

 अफिस बिदा रे फुर्सद, सामाजिक पढाउने लाई नी फुर्सद, विज्ञान पढाउनेलाई नी फुर्सद, अङ्ग्रेजी पढाउने लाई फुर्सद, नर्सिङ पढ्ने, पढाउने, डाक्टर पढ्ने पढाउने सबैलाई फुर्सद....अब अरु अरु यस्तै विधाका सबैलाई फुर्सद,जे होस् हरेक मानिसलाई फुर्सद। सार्वजानिक बिदा पर्यो। 


अनि झन् माघ महिनाको सार्वजनिक बिदा र काठमाडौको ठाउँ। माघ महिना, श्रावण महिनाको त कुरै न गरौं। यहि माथिका मध्य सबै जनालाई अरु बेला रुक्खा सुक्का ब्रत लिएको भए नी बिदाका दिन त यसो स्वस्थानीको राम्रै ब्रत मनाउन सालीनदी जान मन लाग्ने रहेछ।

अरे!सडक जाम, गाडी जामको कारण त नेताहरुले मात्र गाली खाने हुन। अरुको कारण जाम भए त पवित्र कर्मको लागि गरीब जनताहरूले गरेको जाम हो। संस्कार, संस्कृतिको नाममा गरेको। त्यस्तो लाई नी नराम्रो भन्न मिल्छ??

अराष्ट्रवादी, कुसंस्कारीहरु!!


यस्तै खचा खाच गाडीमा उभिएका मानिस र रमिता। धन्न यो बेला उभिने सबै महिलाहरु भएकाले सहज नै हुने उभिन पनि(अब किन चढ्ने त्यस्ताे गाडीमा? गाडी अरु हुन पर्यो नि त चढ्नलाई!)। सालिनदि जाने बाटो तिर बस्ने मान्छेको त अहिले बिजोक नै छ नी।


एकजना दिदी उभिएको ठाउँबाट ढोका नजिकै खलासी भाइ भएकै निर बाट बोल्नु भयो 'कति भीड हो आज त गाडी पनि।'

 "दिदी आज त यस्तै हो खलासी भाइले भने, हिजो खाली खाली गाडी थियो। हिजो सालिनादी जाँदा सहज थियो नी आज त सबैको बिदा यस्तै हो।"

'मेरो नी आज बिदा अफिस भएर हो भाइ दिदीले फेरि भन्नु भयो।'

"लौ दिदी भगवानको नाममा त्यस्ता अफिस राजीनामा दिएर जान सक्नु भएन! तपाइलाई भगवान भन्दा प्यारो जागिर भयो! तपाईं भगवानको नाममा त्यति नी गर्न नसक्ने? धत् म भए त खुरुक्क राजीनामा दिएर गाडी खुल्ला भएको दिन सालिनादि जाने थिए: खलासी भाइले भने!' खोइ के कारण त्यो भने भाइले तर कस्तो कस्तो लाग्यो र मनमा दिमागमा खेल्यो!

बेला बेला त गाडीका खलासी भाइहरू पनि गज्जब हासो लाग्ने कुरा गर्छन भन्या।


 भाइहरूलाई नी अहिले यस्तो सजिलो रहेछ। दिदी हो धर्म गर्न जाँदा यति दुःख त हुन्छ त भने पछि जसरी नी उभिएर जान तयार। जति भाडा दिन नी तयार।

Share:

नार्सिसिस्टिक व्यक्तित्व अवस्था(Narrssicist personality disorder)

 Narcissism अर्थात् आत्ममोह या अहंकार! यो शब्द ग्रीक भाषा बाट आएको हो। जसमा Narcissus भन्ने एक युवक पानीमा देखिएको आफ्नै प्रतिबिम्ब सङ्ग प्रेममा यस्तरी डुब्छ, मुग्ध भएर त्यही हेर्दा हेर्दै भोक र प्यासले त्यहीँ मर्छ रे। 

नार्सिसिज्मको इतिहास

नार्सिसिज्मको अवधारणा पहिलोपटक सन् 1898 मा मनोचिकित्सक हाभलॉक एलिसले( Havelock Ellis1898)प्रयोग गरे। 

पछि, प्रसिद्ध मनोविश्लेषक सिगमंड फ्रायडले यसलाई अझ गहिराइमा अध्ययन गरे र यसलाई व्यक्तित्वको विकाससँग जोडेर हेरे। फ्रायडका अनुसार, बच्चाले प्राकृतिक रूपमा आत्म-केन्द्रित हुन्छन्, तर यदि वयस्क भएर पनि व्यक्ति अत्यधिक आत्म-केन्द्रित हुन्छ भने, त्यसलाई मानसिक विकारको रूपमा हेरिन्छ।


नार्सिसिज्म के हो?

नार्सिसिस्टिक व्यक्तित्व अवस्था (Narcissistic Personality Disorder) भनेको यस्तो मानसिक अवस्था हो, जहाँ व्यक्ति आफूलाई अरूभन्दा ठूलो मान्छ, प्रशंसा चाहन्छ, र अरूको भावना वा आवश्यकतालाई बेवास्ता गर्छ। यस्ता व्यक्तिहरू प्रायः अत्यन्तै संवेदनशील हुन्छन्, आलोचना सहन सक्दैनन्, र सधैं आफ्नो महत्त्वको बारेमा सोच्दछन्।

Narcissism भनेको एक मनोवैज्ञानिक अव्यवस्था हो। रोग हो। जसमा कुनै पनि व्यक्ति आफ्नो गुण, आफ्नो रूप स्वरूप बानी बेहोरा अनि अवस्थाको बखान गरेर थाक्दैनन्। उनीहरुलाई यस्तो लाग्छ कि उनीहरू संसारका सबैभन्दा चलाख, विद्वान, नैतिकवान, अनुशासित, शक्तिशाली, अनुपम, उत्कृष्ट र सुन्दर व्यक्ति हुन् ईश्वरीय अवतार हुन्। 

त्यस्तै व्यक्ति जव एक प्रकारको संज्ञानात्मक पूर्वाग्रह (Cognitive bias) जसलाई पुष्टि पूर्वाग्रह या अनुरूप पूर्वाग्रह (Confirmation bias) भनिन्छ, ले ग्रसित हुन पुग्छ। अनुरुप पूर्वाग्रह भनेको ब्यक्तीले वातावरणबाट परिघटनाहरुको अवलोकनहरुबाट त्यो सुचना मात्र स्विकार्छ, ग्रहण गर्छ या देख्छ जसले उ सँग पहिले देखि रहेका धारणा, विश्वासहरुलाई समर्थन या पुष्टि गर्दछन्। उसले आफ्नो धारणा र विश्वास बाहेकका या तिनीहरूलाई समर्थन र पुष्टि नगर्ने कुनै पनि सूचना, र तथ्यहरूलाई फिटिक्कै ग्रहण गर्दैन या देख्दैन।

जब एउटा आत्ममोही (Narcissist) व्यक्ति सोही पुष्टि पूर्वाग्रहको (Confirmation bias) को चङ्गुलमा परेको हुन्छ यसलाई संसारको कुनै पनि विधिले सम्झाउन बुझाउन सकिँदैन। त्यो एक प्रकारको घातक मानसिक अवस्था हो। यस्तो व्यक्ति यदि समाजको राष्ट्रको शक्तिशाली तहमा छ या नेतृत्व गर्न पुग्यो भने अब त्यो राष्ट्र र समाज निरङ्कुश मात्र होइन निकृष्ट र पतित हुन पुग्छ। 

समाजमा त्यस्ता व्यक्तिहरु छिटो सफल हुन्छन् किनकि प्राय साधारण मान्छेको एउटा मनोवैज्ञानिक अवस्था हुन्छ जसलाई अनुकूलन या अनुपालन (Conformity) भनिन्छ। अनुकुलता अर्थात अनुपालन भनेको आफ्नो समुहको अथवा वरिपरिको बातावरणको आदर्श या मानक अनुरुप आफ्नो धारणा, दृष्‍टिकोण र व्यबहारलाई प्रस्तुत गर्नु हो। अझ स्पष्ट शब्दमा भन्दा आफ्नो वरिपरिका या जुन समुह या समाजको सदस्य हो त्यही समाजको, समुहको अनुरुप आफ्ना दृष्‍टिकोण, विश्वाश र धारणाहरु बनाउनु र प्रस्तुत गर्ने स्वचालित मनोबैज्ञानीक अवस्था हो चाहे ति धारणाहरु दृष्‍टिकोणहरु गलत हुन भन्ने थाहा नै किन नहोस्। 

यस्तो गुण चाहिँ असुरक्षा, डर र आफ्नै समुहबाट तिरस्कृत हुने डरको कारणले उत्पन्न हुन्छ। जब देशको शासन एक आत्ममोहि या अहंकारी (Narcissist) जो पुष्टि पूर्वाग्रहबाट (Confirmation bias) ग्रसित छ, उसले अधिकाँश अनुपालन (Conformity) गुण भएको जनतामाथि शासन गर्छ भने डरलाग्दो नतिजा त देशले भोग्नु परिहाल्छ जस्तो अमेरिका, भारत लगायत हाम्रै देशले पनि भोगिरहेको छ, अझ हामीले उहिले देखि नै भोगी आएको छौ।

नार्सिसिज्मका उदाहरणहरू:

सामान्य उदाहरण, कोरोना को सङ्क्रमण सर्वप्रथम देखिएको चीन अहिले ३१ औं स्थानमा छ भने अमेरिका पहिलो जसलाई अब भारत जो तेस्रो स्थानमा छ अब निकट भविष्यमा अमेरिकालाई उछिनेर पहिलो स्थानमा उक्लिने निश्चित छ। हामी पनि उस्तै नियतिमा हिँडिरहेका छौं।

सामाजिक संजालमा मानिसहरू विभिन्न आफ्ना फोटोहरू पोस्ट गर्दै अरूको ध्यान आकर्षित गर्न र सधैं प्रशंसा प्राप्त गर्न चाहन्छ, त्यस्तै अनेक कार्यहरू सामाजिक कार्य भन्दै अरूको व्यतिगत जीवनलाई सामाजिक सञ्जालमा उजागर गर्न खोज्छन त्यो पनि एक यही अवस्थाले गर्दा हुन् सक्छ।

व्यक्तिगत सम्बन्धमा पनि आफ्ना साथी वा परिवारका सदस्यहरूको भावना र आवश्यकतालाई बेवास्ता गर्दै, सधैं आफ्नो इच्छा पूरा गर्न मात्र केन्द्रित रहन्छ।


नार्सिसिज्मको कारणहरू

नार्सिसिज्मको कारणहरू पूर्ण रूपमा स्पष्ट छैनन्, तर केही रिस्क फ्याक्टरहरू यस्तो अवस्था विकासको कारण मानिन्छ:

१. बाल्ावस्थामा : अत्यधिक लाडप्यार(माया) वा वेवास्ता, विशेष गरी बाल्यकालमा, यस प्रकारको अवस्था उत्पन्न हुन सक्छ।

२. अनुवांशिक कारण: परिवारमा मानसिक स्वास्थ्य समस्या रहेको भए, व्यक्तिमा पनि यो समस्या उत्पन्न हुन सक्छ।

३. मस्तिष्कको संरचना: अध्ययनले नार्सिसिस्टहरूको मस्तिष्कमा केही संरचनात्मक असमानताहरू फेला पारेका छन्, जसले सहानुभूति र भावनात्मक नियमनलाई असर पार्न सक्छ।


यस्तो अवस्थामा मान्छे के खतरा हुन्छन त?

नार्सिसिस्टिक व्यक्तित्व अवस्था भएका व्यक्ति सामान्यतया शारीरिक रूपमा खतरनाक हुँदैनन्, तर उनीहरूको व्यवहारले भावनात्मक, सामाजिक, र मानसिक रूपले अरूलाई असर गर्न सक्छ। उनीहरू आफ्नो स्वार्थमा धेरै केन्द्रित हुन्छन् र अरूको भावना तथा आवश्यकतालाई बेवास्ता गर्छन्। यसले गर्दा उनीहरूसँग नजिकको सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ। 

जस्तो!!

१. भावनात्मक चोट:

नार्सिसिस्टिक व्यक्ति आफूलाई सधैं सही ठान्छन् र अरूलाई दोष लगाउन खोज्छन्। यो व्यवहारले उनीहरूको परिवार, साथी, वा सहकर्मीहरूलाई निरन्तर भावनात्मक चोट पुर्‍याउन सक्छ। खास गरी उनीहरू आलोचनालाई सहन सक्दैनन्, जसले गर्दा उनीहरूका सम्बन्धहरूमा टकराव, तिरस्कार, र अवहेलना देखा पर्न सक्छ।

२. मनोरोगसम्बन्धी असर:

नार्सिसिस्टहरू प्रायः सहानुभूति (empathy)को कमीका कारण अरूको भावनालाई बेवास्ता गर्छन्। यो विशेषता लामो समयसम्मका सम्बन्धहरूमा मानसिक तनाव निम्त्याउँछ, जसले पीडितहरूमा डिप्रेसन, चिन्ता, र आत्म-सम्मानको कमी जस्ता समस्याहरू उत्पन्न हुन सक्छ।

३. कार्यस्थलमा खतरा:

कार्यालय वा अन्य व्यावसायिक ठाउँमा नार्सिसिस्टिक व्यक्तिहरू अरूको श्रेय लिन, समूहमा टकराव ल्याउन, वा अरूलाई दबाब दिन सक्दछन्। उनीहरूले सहयोगी वा सहकर्मीहरूको भावना र विचारको कदर गर्दैनन्, जसले काम गर्ने वातावरणलाई अस्वस्थ बनाउन सक्छ।

४. सम्बन्धहरूमा शक्ति र नियन्त्रण:

व्यक्तिगत सम्बन्धमा पनि उनीहरू आफ्नो शक्ति र नियन्त्रण कायम राख्न खोज्छन्। यो व्यवहारले सम्बन्धमा असमानता ल्याउँछ, जहाँ अर्को व्यक्तिलाई निरन्तर दबाबमा राखिन्छ। उनीहरूले आफ्नो साथीलाई मनोवैज्ञानिक रूपमा कमजोर पार्न सक्छन्, जसले सम्बन्ध विषाक्त बन्न सक्छ।

५. व्यक्तिगत जोखिम:

हालसम्मको अनुसन्धानले संकेत गरेको छ कि धेरै नार्सिसिस्टिक व्यक्तिहरूमा व्यसन(abusive)(जस्तै, मदिरा वा ड्रग्स) वा अन्य आत्म-विनाशकारी प्रवृत्तिहरू देखा पर्न सक्छन्। यसले उनीहरूलाई व्यक्तिगत रूपमा खतरा निम्त्याउन सक्छ, जसले आफूलाई र अरूलाई शारीरिक रूपले पनि हानी पुर्‍याउन सक्छ।

६. सम्भावित शारीरिक जोखिम:

यद्यपि नार्सिसिस्टहरू सामान्यतया शारीरिक रूपले खतरनाक हुँदैनन्, तर यदि उनीहरू आफ्नो अहंकारमा चोट पुग्यो भने आक्रामक बन्न सक्छन्। विशेष रूपमा, यदि कसैले उनीहरूको महत्त्वमा प्रश्न उठायो भने, उनीहरूले आफ्नो प्रतिष्ठा जोगाउन र बदला लिन हिंसात्मक व्यवहार गर्न सक्छन्। तर, यो अवस्था सबैमा लागू हुँदैन र विशेष परिस्थिति र व्यक्तिमा निर्भर गर्छ।


नार्सिसिस्टिक व्यक्तित्व भएका मानिसको परिवार कस्तो हुन्छ?

नार्सिसिस्टिक व्यक्तित्व भएका व्यक्तिहरूको पारिवारिक सम्बन्धहरू प्रायः जटिल र तनावपूर्ण हुन्छन्। उनीहरूको व्यवहारले परिवारका सदस्यहरूमा गहिरो भावनात्मक असर पुर्‍याउन सक्छ। 

जस्तै::

१. अभिभावक र सन्तानबीचको सम्बन्ध:

नार्सिसिस्टिक अभिभावक: यदि अभिभावकमा नार्सिसिस्टिक प्रवृत्ति छ भने, उनीहरूले सन्तानलाई आफ्नो आवश्यकता पूरा गर्नको लागि मात्र प्रयोग गर्न सक्छन्। यस्तो अवस्थामा, सन्तानको भावना र आवश्यकतालाई बेवास्ता गरिन्छ। नार्सिसिस्टिक अभिभावकले सन्तानको उपलब्धिलाई आफ्नो प्रतिष्ठा बढाउनका लागि मात्र महत्त्व दिन्छन्, जबकि सन्तानको व्यक्तिगत विकास वा खुशीप्रति ध्यान दिँदैनन्। यसले गर्दा सन्तानमा आत्म-सम्मानको कमी, चिन्ता, र दबाब देखा पर्न सक्छ।

सन्तानमा नार्सिसिज्म: यदि सन्तानमा यो विकार देखिन्छ भने, उनीहरूले आफ्ना अभिभावकहरूलाई नियन्त्रण गर्न खोज्न सक्छन्। उनीहरू आफ्नो इच्छा र आवश्यकता मात्र पूरा गर्न चाहन्छन्, र यदि त्यो सम्भव भएन भने, परिवारसँग टकराव र रिसले भरिएको सम्बन्ध हुन सक्छ।

२. दाम्पत्य जीवन:

नार्सिसिस्टिक जीवनसाथीले सधैं आफ्नो आवश्यकता र इच्छा पूरा गर्न प्रयास गर्छन्। उनीहरू आफ्नो साथीको भावना र आवश्यकतालाई बेवास्ता गर्छन्, जसले सम्बन्धमा असमानता र तनाव ल्याउँछ। यस्तो अवस्थामा, जीवनसाथीले सधैं दोष बोक्न बाध्य हुन्छ, र अरूलाई दोष लगाउने प्रवृत्तिले सम्बन्ध विषाक्त बन्न सक्छ।

उनीहरूले सधैं प्रशंसा र ध्यान खोज्छन्। यदि जीवनसाथीले प्रशंसा दिन सकेन भने, उनीहरू रिसाउँछन्, आलोचना गर्छन्, वा सम्बन्धलाई धम्की दिन सक्छन्। लामो समयसम्मको यस्तो व्यवहारले सम्बन्धमा निराशा, तनाव, र आत्म-सम्मानमा गहिरो चोट पुर्‍याउँछ।

३. सिब्लिङ (दाजुभाइ-बहिनी) सम्बन्ध:

नार्सिसिस्टिक भाइ-बहिनीहरू प्रायः अरूलाई मात्तिन खोज्छन् र सधैं आफूलाई सही मान्छन्। उनीहरूले आफ्नो सिब्लिङको सफलतालाई इर्ष्या गर्छन् र सधैं प्रतिस्पर्धामा रहन्छन्। यो प्रतिस्पर्धाले भाइ-बहिनीबीचको सम्बन्धमा दूरी र टकराव ल्याउन सक्छ।

यदि कुनै एक सिब्लिङले परिवारको ध्यान र स्नेह बढी पाइरहेको छ भने, नार्सिसिस्टिक व्यक्तिले आफूलाई बेवास्ता भएको ठान्छ र परिवारमा असहजता सिर्जना गर्छ। उनीहरू परिवारका सदस्यहरूलाई दोष दिन्छन् र टकराव बढाउन सक्छन्।

४. परिवारको भूमिका र जिम्मेवारी:

नार्सिसिस्टिक व्यक्तिहरूले प्रायः आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्छन्, र आफ्नो स्वार्थमा मात्र केन्द्रित रहन्छन्। परिवारमा अरूले काम गरिरहेको बेला उनीहरूले आफूलाई छुट्टै विशेष दर्जामा राख्न सक्छन्।

उनीहरू आफूसँग जोडिएका परिवारका सदस्यहरूलाई पनि आफ्नो प्रतिष्ठाको माध्यमको रूपमा प्रयोग गर्न सक्छन्। उदाहरणका लागि, उनीहरूले परिवारका सदस्यहरूको उपलब्धिलाई आफ्नो व्यक्तिगत सफलता ठान्छन् र यसको श्रेय लिन्छन्।

५. परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमा प्रभाव:

परिवारमा नार्सिसिस्टिक व्यक्तिको निरन्तर आलोचना, दोषारोपण, र भावनात्मक नियन्त्रणले गर्दा परिवारका अन्य सदस्यहरूमा आत्म-सम्मानको कमी, तनाव, र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छ।

लामो समयसम्म नार्सिसिस्टिक व्यक्तिसँगको सम्बन्धले पारिवारिक सदस्यहरूले भावनात्मक थकान महसुस गर्न सक्छन्, जसले गर्दा सम्बन्धमा टाढा र कमजोरपन देखिन्छ।


समाधान र सल्लाह:

१)सीमाहरू तय गर्नु: नार्सिसिस्टिक व्यक्तिसँग सम्बन्धमा सीमाहरू स्पष्ट रूपमा तय गर्नु महत्त्वपूर्ण हुन्छ। आफ्नो भावना र आवश्यकतालाई व्यक्त गर्न र अरूलाई सम्मान गर्न प्रेरित गर्नुपर्छ।

२)Cognitive behaviour therapy (CBT)

मनोचिकित्सकको सहयोग: पारिवारिक थेरापी वा व्यक्तिगत काउन्सेलिङले परिवारका सदस्यहरूलाई नार्सिसिस्टिक व्यक्तिको व्यवहारलाई सम्हाल्न मद्दत गर्न सक्छ।

३)आफ्नो आत्म-सम्मान जोगाउनु: यस्ता सम्बन्धमा आफ्नो आत्म-सम्मानलाई बचाइराख्न र अरूको व्यवहारले आफ्नो मानसिक स्वास्थ्यमा असर नगर्न दिनु महत्त्वपूर्ण हुन्छ।






Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.