नियात्रा: एक निरन्तर यात्राको

माघ महिना!

 सार्वजानिक बिदाको दिन गाडी यस्तो भीड....!कुरा न गरौ। 

 अफिस बिदा रे फुर्सद, सामाजिक पढाउने लाई नी फुर्सद, विज्ञान पढाउनेलाई नी फुर्सद, अङ्ग्रेजी पढाउने लाई फुर्सद, नर्सिङ पढ्ने, पढाउने, डाक्टर पढ्ने पढाउने सबैलाई फुर्सद....अब अरु अरु यस्तै विधाका सबैलाई फुर्सद,जे होस् हरेक मानिसलाई फुर्सद। सार्वजानिक बिदा पर्यो। 


अनि झन् माघ महिनाको सार्वजनिक बिदा र काठमाडौको ठाउँ। माघ महिना, श्रावण महिनाको त कुरै न गरौं। यहि माथिका मध्य सबै जनालाई अरु बेला रुक्खा सुक्का ब्रत लिएको भए नी बिदाका दिन त यसो स्वस्थानीको राम्रै ब्रत मनाउन सालीनदी जान मन लाग्ने रहेछ।

अरे!सडक जाम, गाडी जामको कारण त नेताहरुले मात्र गाली खाने हुन। अरुको कारण जाम भए त पवित्र कर्मको लागि गरीब जनताहरूले गरेको जाम हो। संस्कार, संस्कृतिको नाममा गरेको। त्यस्तो लाई नी नराम्रो भन्न मिल्छ??

अराष्ट्रवादी, कुसंस्कारीहरु!!


यस्तै खचा खाच गाडीमा उभिएका मानिस र रमिता। धन्न यो बेला उभिने सबै महिलाहरु भएकाले सहज नै हुने उभिन पनि(अब किन चढ्ने त्यस्ताे गाडीमा? गाडी अरु हुन पर्यो नि त चढ्नलाई!)। सालिनदि जाने बाटो तिर बस्ने मान्छेको त अहिले बिजोक नै छ नी।


एकजना दिदी उभिएको ठाउँबाट ढोका नजिकै खलासी भाइ भएकै निर बाट बोल्नु भयो 'कति भीड हो आज त गाडी पनि।'

 "दिदी आज त यस्तै हो खलासी भाइले भने, हिजो खाली खाली गाडी थियो। हिजो सालिनादी जाँदा सहज थियो नी आज त सबैको बिदा यस्तै हो।"

'मेरो नी आज बिदा अफिस भएर हो भाइ दिदीले फेरि भन्नु भयो।'

"लौ दिदी भगवानको नाममा त्यस्ता अफिस राजीनामा दिएर जान सक्नु भएन! तपाइलाई भगवान भन्दा प्यारो जागिर भयो! तपाईं भगवानको नाममा त्यति नी गर्न नसक्ने? धत् म भए त खुरुक्क राजीनामा दिएर गाडी खुल्ला भएको दिन सालिनादि जाने थिए: खलासी भाइले भने!' खोइ के कारण त्यो भने भाइले तर कस्तो कस्तो लाग्यो र मनमा दिमागमा खेल्यो!

बेला बेला त गाडीका खलासी भाइहरू पनि गज्जब हासो लाग्ने कुरा गर्छन भन्या।


 भाइहरूलाई नी अहिले यस्तो सजिलो रहेछ। दिदी हो धर्म गर्न जाँदा यति दुःख त हुन्छ त भने पछि जसरी नी उभिएर जान तयार। जति भाडा दिन नी तयार।

Share:

नार्सिसिस्टिक व्यक्तित्व अवस्था(Narrssicist personality disorder)

 Narcissism अर्थात् आत्ममोह या अहंकार! यो शब्द ग्रीक भाषा बाट आएको हो। जसमा Narcissus भन्ने एक युवक पानीमा देखिएको आफ्नै प्रतिबिम्ब सङ्ग प्रेममा यस्तरी डुब्छ, मुग्ध भएर त्यही हेर्दा हेर्दै भोक र प्यासले त्यहीँ मर्छ रे। 

नार्सिसिज्मको इतिहास

नार्सिसिज्मको अवधारणा पहिलोपटक सन् 1898 मा मनोचिकित्सक हाभलॉक एलिसले( Havelock Ellis1898)प्रयोग गरे। 

पछि, प्रसिद्ध मनोविश्लेषक सिगमंड फ्रायडले यसलाई अझ गहिराइमा अध्ययन गरे र यसलाई व्यक्तित्वको विकाससँग जोडेर हेरे। फ्रायडका अनुसार, बच्चाले प्राकृतिक रूपमा आत्म-केन्द्रित हुन्छन्, तर यदि वयस्क भएर पनि व्यक्ति अत्यधिक आत्म-केन्द्रित हुन्छ भने, त्यसलाई मानसिक विकारको रूपमा हेरिन्छ।


नार्सिसिज्म के हो?

नार्सिसिस्टिक व्यक्तित्व अवस्था (Narcissistic Personality Disorder) भनेको यस्तो मानसिक अवस्था हो, जहाँ व्यक्ति आफूलाई अरूभन्दा ठूलो मान्छ, प्रशंसा चाहन्छ, र अरूको भावना वा आवश्यकतालाई बेवास्ता गर्छ। यस्ता व्यक्तिहरू प्रायः अत्यन्तै संवेदनशील हुन्छन्, आलोचना सहन सक्दैनन्, र सधैं आफ्नो महत्त्वको बारेमा सोच्दछन्।

Narcissism भनेको एक मनोवैज्ञानिक अव्यवस्था हो। रोग हो। जसमा कुनै पनि व्यक्ति आफ्नो गुण, आफ्नो रूप स्वरूप बानी बेहोरा अनि अवस्थाको बखान गरेर थाक्दैनन्। उनीहरुलाई यस्तो लाग्छ कि उनीहरू संसारका सबैभन्दा चलाख, विद्वान, नैतिकवान, अनुशासित, शक्तिशाली, अनुपम, उत्कृष्ट र सुन्दर व्यक्ति हुन् ईश्वरीय अवतार हुन्। 

त्यस्तै व्यक्ति जव एक प्रकारको संज्ञानात्मक पूर्वाग्रह (Cognitive bias) जसलाई पुष्टि पूर्वाग्रह या अनुरूप पूर्वाग्रह (Confirmation bias) भनिन्छ, ले ग्रसित हुन पुग्छ। अनुरुप पूर्वाग्रह भनेको ब्यक्तीले वातावरणबाट परिघटनाहरुको अवलोकनहरुबाट त्यो सुचना मात्र स्विकार्छ, ग्रहण गर्छ या देख्छ जसले उ सँग पहिले देखि रहेका धारणा, विश्वासहरुलाई समर्थन या पुष्टि गर्दछन्। उसले आफ्नो धारणा र विश्वास बाहेकका या तिनीहरूलाई समर्थन र पुष्टि नगर्ने कुनै पनि सूचना, र तथ्यहरूलाई फिटिक्कै ग्रहण गर्दैन या देख्दैन।

जब एउटा आत्ममोही (Narcissist) व्यक्ति सोही पुष्टि पूर्वाग्रहको (Confirmation bias) को चङ्गुलमा परेको हुन्छ यसलाई संसारको कुनै पनि विधिले सम्झाउन बुझाउन सकिँदैन। त्यो एक प्रकारको घातक मानसिक अवस्था हो। यस्तो व्यक्ति यदि समाजको राष्ट्रको शक्तिशाली तहमा छ या नेतृत्व गर्न पुग्यो भने अब त्यो राष्ट्र र समाज निरङ्कुश मात्र होइन निकृष्ट र पतित हुन पुग्छ। 

समाजमा त्यस्ता व्यक्तिहरु छिटो सफल हुन्छन् किनकि प्राय साधारण मान्छेको एउटा मनोवैज्ञानिक अवस्था हुन्छ जसलाई अनुकूलन या अनुपालन (Conformity) भनिन्छ। अनुकुलता अर्थात अनुपालन भनेको आफ्नो समुहको अथवा वरिपरिको बातावरणको आदर्श या मानक अनुरुप आफ्नो धारणा, दृष्‍टिकोण र व्यबहारलाई प्रस्तुत गर्नु हो। अझ स्पष्ट शब्दमा भन्दा आफ्नो वरिपरिका या जुन समुह या समाजको सदस्य हो त्यही समाजको, समुहको अनुरुप आफ्ना दृष्‍टिकोण, विश्वाश र धारणाहरु बनाउनु र प्रस्तुत गर्ने स्वचालित मनोबैज्ञानीक अवस्था हो चाहे ति धारणाहरु दृष्‍टिकोणहरु गलत हुन भन्ने थाहा नै किन नहोस्। 

यस्तो गुण चाहिँ असुरक्षा, डर र आफ्नै समुहबाट तिरस्कृत हुने डरको कारणले उत्पन्न हुन्छ। जब देशको शासन एक आत्ममोहि या अहंकारी (Narcissist) जो पुष्टि पूर्वाग्रहबाट (Confirmation bias) ग्रसित छ, उसले अधिकाँश अनुपालन (Conformity) गुण भएको जनतामाथि शासन गर्छ भने डरलाग्दो नतिजा त देशले भोग्नु परिहाल्छ जस्तो अमेरिका, भारत लगायत हाम्रै देशले पनि भोगिरहेको छ, अझ हामीले उहिले देखि नै भोगी आएको छौ।

नार्सिसिज्मका उदाहरणहरू:

सामान्य उदाहरण, कोरोना को सङ्क्रमण सर्वप्रथम देखिएको चीन अहिले ३१ औं स्थानमा छ भने अमेरिका पहिलो जसलाई अब भारत जो तेस्रो स्थानमा छ अब निकट भविष्यमा अमेरिकालाई उछिनेर पहिलो स्थानमा उक्लिने निश्चित छ। हामी पनि उस्तै नियतिमा हिँडिरहेका छौं।

सामाजिक संजालमा मानिसहरू विभिन्न आफ्ना फोटोहरू पोस्ट गर्दै अरूको ध्यान आकर्षित गर्न र सधैं प्रशंसा प्राप्त गर्न चाहन्छ, त्यस्तै अनेक कार्यहरू सामाजिक कार्य भन्दै अरूको व्यतिगत जीवनलाई सामाजिक सञ्जालमा उजागर गर्न खोज्छन त्यो पनि एक यही अवस्थाले गर्दा हुन् सक्छ।

व्यक्तिगत सम्बन्धमा पनि आफ्ना साथी वा परिवारका सदस्यहरूको भावना र आवश्यकतालाई बेवास्ता गर्दै, सधैं आफ्नो इच्छा पूरा गर्न मात्र केन्द्रित रहन्छ।


नार्सिसिज्मको कारणहरू

नार्सिसिज्मको कारणहरू पूर्ण रूपमा स्पष्ट छैनन्, तर केही रिस्क फ्याक्टरहरू यस्तो अवस्था विकासको कारण मानिन्छ:

१. बाल्ावस्थामा : अत्यधिक लाडप्यार(माया) वा वेवास्ता, विशेष गरी बाल्यकालमा, यस प्रकारको अवस्था उत्पन्न हुन सक्छ।

२. अनुवांशिक कारण: परिवारमा मानसिक स्वास्थ्य समस्या रहेको भए, व्यक्तिमा पनि यो समस्या उत्पन्न हुन सक्छ।

३. मस्तिष्कको संरचना: अध्ययनले नार्सिसिस्टहरूको मस्तिष्कमा केही संरचनात्मक असमानताहरू फेला पारेका छन्, जसले सहानुभूति र भावनात्मक नियमनलाई असर पार्न सक्छ।


यस्तो अवस्थामा मान्छे के खतरा हुन्छन त?

नार्सिसिस्टिक व्यक्तित्व अवस्था भएका व्यक्ति सामान्यतया शारीरिक रूपमा खतरनाक हुँदैनन्, तर उनीहरूको व्यवहारले भावनात्मक, सामाजिक, र मानसिक रूपले अरूलाई असर गर्न सक्छ। उनीहरू आफ्नो स्वार्थमा धेरै केन्द्रित हुन्छन् र अरूको भावना तथा आवश्यकतालाई बेवास्ता गर्छन्। यसले गर्दा उनीहरूसँग नजिकको सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ। 

जस्तो!!

१. भावनात्मक चोट:

नार्सिसिस्टिक व्यक्ति आफूलाई सधैं सही ठान्छन् र अरूलाई दोष लगाउन खोज्छन्। यो व्यवहारले उनीहरूको परिवार, साथी, वा सहकर्मीहरूलाई निरन्तर भावनात्मक चोट पुर्‍याउन सक्छ। खास गरी उनीहरू आलोचनालाई सहन सक्दैनन्, जसले गर्दा उनीहरूका सम्बन्धहरूमा टकराव, तिरस्कार, र अवहेलना देखा पर्न सक्छ।

२. मनोरोगसम्बन्धी असर:

नार्सिसिस्टहरू प्रायः सहानुभूति (empathy)को कमीका कारण अरूको भावनालाई बेवास्ता गर्छन्। यो विशेषता लामो समयसम्मका सम्बन्धहरूमा मानसिक तनाव निम्त्याउँछ, जसले पीडितहरूमा डिप्रेसन, चिन्ता, र आत्म-सम्मानको कमी जस्ता समस्याहरू उत्पन्न हुन सक्छ।

३. कार्यस्थलमा खतरा:

कार्यालय वा अन्य व्यावसायिक ठाउँमा नार्सिसिस्टिक व्यक्तिहरू अरूको श्रेय लिन, समूहमा टकराव ल्याउन, वा अरूलाई दबाब दिन सक्दछन्। उनीहरूले सहयोगी वा सहकर्मीहरूको भावना र विचारको कदर गर्दैनन्, जसले काम गर्ने वातावरणलाई अस्वस्थ बनाउन सक्छ।

४. सम्बन्धहरूमा शक्ति र नियन्त्रण:

व्यक्तिगत सम्बन्धमा पनि उनीहरू आफ्नो शक्ति र नियन्त्रण कायम राख्न खोज्छन्। यो व्यवहारले सम्बन्धमा असमानता ल्याउँछ, जहाँ अर्को व्यक्तिलाई निरन्तर दबाबमा राखिन्छ। उनीहरूले आफ्नो साथीलाई मनोवैज्ञानिक रूपमा कमजोर पार्न सक्छन्, जसले सम्बन्ध विषाक्त बन्न सक्छ।

५. व्यक्तिगत जोखिम:

हालसम्मको अनुसन्धानले संकेत गरेको छ कि धेरै नार्सिसिस्टिक व्यक्तिहरूमा व्यसन(abusive)(जस्तै, मदिरा वा ड्रग्स) वा अन्य आत्म-विनाशकारी प्रवृत्तिहरू देखा पर्न सक्छन्। यसले उनीहरूलाई व्यक्तिगत रूपमा खतरा निम्त्याउन सक्छ, जसले आफूलाई र अरूलाई शारीरिक रूपले पनि हानी पुर्‍याउन सक्छ।

६. सम्भावित शारीरिक जोखिम:

यद्यपि नार्सिसिस्टहरू सामान्यतया शारीरिक रूपले खतरनाक हुँदैनन्, तर यदि उनीहरू आफ्नो अहंकारमा चोट पुग्यो भने आक्रामक बन्न सक्छन्। विशेष रूपमा, यदि कसैले उनीहरूको महत्त्वमा प्रश्न उठायो भने, उनीहरूले आफ्नो प्रतिष्ठा जोगाउन र बदला लिन हिंसात्मक व्यवहार गर्न सक्छन्। तर, यो अवस्था सबैमा लागू हुँदैन र विशेष परिस्थिति र व्यक्तिमा निर्भर गर्छ।


नार्सिसिस्टिक व्यक्तित्व भएका मानिसको परिवार कस्तो हुन्छ?

नार्सिसिस्टिक व्यक्तित्व भएका व्यक्तिहरूको पारिवारिक सम्बन्धहरू प्रायः जटिल र तनावपूर्ण हुन्छन्। उनीहरूको व्यवहारले परिवारका सदस्यहरूमा गहिरो भावनात्मक असर पुर्‍याउन सक्छ। 

जस्तै::

१. अभिभावक र सन्तानबीचको सम्बन्ध:

नार्सिसिस्टिक अभिभावक: यदि अभिभावकमा नार्सिसिस्टिक प्रवृत्ति छ भने, उनीहरूले सन्तानलाई आफ्नो आवश्यकता पूरा गर्नको लागि मात्र प्रयोग गर्न सक्छन्। यस्तो अवस्थामा, सन्तानको भावना र आवश्यकतालाई बेवास्ता गरिन्छ। नार्सिसिस्टिक अभिभावकले सन्तानको उपलब्धिलाई आफ्नो प्रतिष्ठा बढाउनका लागि मात्र महत्त्व दिन्छन्, जबकि सन्तानको व्यक्तिगत विकास वा खुशीप्रति ध्यान दिँदैनन्। यसले गर्दा सन्तानमा आत्म-सम्मानको कमी, चिन्ता, र दबाब देखा पर्न सक्छ।

सन्तानमा नार्सिसिज्म: यदि सन्तानमा यो विकार देखिन्छ भने, उनीहरूले आफ्ना अभिभावकहरूलाई नियन्त्रण गर्न खोज्न सक्छन्। उनीहरू आफ्नो इच्छा र आवश्यकता मात्र पूरा गर्न चाहन्छन्, र यदि त्यो सम्भव भएन भने, परिवारसँग टकराव र रिसले भरिएको सम्बन्ध हुन सक्छ।

२. दाम्पत्य जीवन:

नार्सिसिस्टिक जीवनसाथीले सधैं आफ्नो आवश्यकता र इच्छा पूरा गर्न प्रयास गर्छन्। उनीहरू आफ्नो साथीको भावना र आवश्यकतालाई बेवास्ता गर्छन्, जसले सम्बन्धमा असमानता र तनाव ल्याउँछ। यस्तो अवस्थामा, जीवनसाथीले सधैं दोष बोक्न बाध्य हुन्छ, र अरूलाई दोष लगाउने प्रवृत्तिले सम्बन्ध विषाक्त बन्न सक्छ।

उनीहरूले सधैं प्रशंसा र ध्यान खोज्छन्। यदि जीवनसाथीले प्रशंसा दिन सकेन भने, उनीहरू रिसाउँछन्, आलोचना गर्छन्, वा सम्बन्धलाई धम्की दिन सक्छन्। लामो समयसम्मको यस्तो व्यवहारले सम्बन्धमा निराशा, तनाव, र आत्म-सम्मानमा गहिरो चोट पुर्‍याउँछ।

३. सिब्लिङ (दाजुभाइ-बहिनी) सम्बन्ध:

नार्सिसिस्टिक भाइ-बहिनीहरू प्रायः अरूलाई मात्तिन खोज्छन् र सधैं आफूलाई सही मान्छन्। उनीहरूले आफ्नो सिब्लिङको सफलतालाई इर्ष्या गर्छन् र सधैं प्रतिस्पर्धामा रहन्छन्। यो प्रतिस्पर्धाले भाइ-बहिनीबीचको सम्बन्धमा दूरी र टकराव ल्याउन सक्छ।

यदि कुनै एक सिब्लिङले परिवारको ध्यान र स्नेह बढी पाइरहेको छ भने, नार्सिसिस्टिक व्यक्तिले आफूलाई बेवास्ता भएको ठान्छ र परिवारमा असहजता सिर्जना गर्छ। उनीहरू परिवारका सदस्यहरूलाई दोष दिन्छन् र टकराव बढाउन सक्छन्।

४. परिवारको भूमिका र जिम्मेवारी:

नार्सिसिस्टिक व्यक्तिहरूले प्रायः आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्छन्, र आफ्नो स्वार्थमा मात्र केन्द्रित रहन्छन्। परिवारमा अरूले काम गरिरहेको बेला उनीहरूले आफूलाई छुट्टै विशेष दर्जामा राख्न सक्छन्।

उनीहरू आफूसँग जोडिएका परिवारका सदस्यहरूलाई पनि आफ्नो प्रतिष्ठाको माध्यमको रूपमा प्रयोग गर्न सक्छन्। उदाहरणका लागि, उनीहरूले परिवारका सदस्यहरूको उपलब्धिलाई आफ्नो व्यक्तिगत सफलता ठान्छन् र यसको श्रेय लिन्छन्।

५. परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमा प्रभाव:

परिवारमा नार्सिसिस्टिक व्यक्तिको निरन्तर आलोचना, दोषारोपण, र भावनात्मक नियन्त्रणले गर्दा परिवारका अन्य सदस्यहरूमा आत्म-सम्मानको कमी, तनाव, र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छ।

लामो समयसम्म नार्सिसिस्टिक व्यक्तिसँगको सम्बन्धले पारिवारिक सदस्यहरूले भावनात्मक थकान महसुस गर्न सक्छन्, जसले गर्दा सम्बन्धमा टाढा र कमजोरपन देखिन्छ।


समाधान र सल्लाह:

१)सीमाहरू तय गर्नु: नार्सिसिस्टिक व्यक्तिसँग सम्बन्धमा सीमाहरू स्पष्ट रूपमा तय गर्नु महत्त्वपूर्ण हुन्छ। आफ्नो भावना र आवश्यकतालाई व्यक्त गर्न र अरूलाई सम्मान गर्न प्रेरित गर्नुपर्छ।

२)Cognitive behaviour therapy (CBT)

मनोचिकित्सकको सहयोग: पारिवारिक थेरापी वा व्यक्तिगत काउन्सेलिङले परिवारका सदस्यहरूलाई नार्सिसिस्टिक व्यक्तिको व्यवहारलाई सम्हाल्न मद्दत गर्न सक्छ।

३)आफ्नो आत्म-सम्मान जोगाउनु: यस्ता सम्बन्धमा आफ्नो आत्म-सम्मानलाई बचाइराख्न र अरूको व्यवहारले आफ्नो मानसिक स्वास्थ्यमा असर नगर्न दिनु महत्त्वपूर्ण हुन्छ।






Share:

कुरा......

मानिस(बच्चा) आफ्नु developmental milestone अनुसार मात्र हुर्किए भने राम्रो हुन्छ, जुन उमेर मा जे बृद्धि विकास हुनु पर्ने हो(शारीरिक, मानसिक,सामाजिक, cognitive) त्यही भयो भने उनीहरूलाई कुनै किसिमको तनाव हुँदैन। 


(जस्तो कि एउटा बैनीको भाषण आई रहेको हुन्छ पोखरा तिरको बैनी होला उनलाई ठूला ठूला कार्यक्रममा बोलाएर motivational speech हरू दिने त्यसमा सबै मख्ख परेर ताली बजाउने,फेसबुक सेयर, त्यसमा कमेन्ट वा! नानी कति राम्रो! त्यो उमेर उनको ती क्रियाकलाप गर्ने होर? सुन्दा ओहो कति जानेको लाग्ला तर बिल्कुल त्यो राम्रो चाहिँ होइन। उनलाई उक्साउन लाग्ने हामी पनि राम्रा होईनौं। पछि गएर त्यही कारण उसलाई घात हुन् सक्छ। अरु बालबच्चा पनि धेरै देखिन्छ जसलाई प्रयोग गरी रहेका हुन्छन भाइरल बनाई रहेका हुन्छ्न।)


आखिर छोराछोरीको बाल्यकाल बाबुआमाले नै नष्ट गरी दिने त रहेछ, बाहिरको मान्छे कोही चाहिदैन। 

सानैमा मेरो छोरीले मेरो छोराले यस्तो जान्दछ यसरी अभिनय गर्छे, सबै थोक जान्दछ, संस्कार सबै था छ, कुरा कति ठूलाले गर्ने जस्तो गर्छ, भगवान पूजा गर्छ।यसरी त्यो उमेरमा गर्नु पर्ने कुरा अहिले यसरी गर्छे भन्दै proud भई रहेको देखिन्छ। फलाना को छोराछोरी त देख्दा नी कस्तो लाग्छ कति चकचक गर्ने, केही जान्दैन खासमा बच्चाले केही जान्दैन नै चक चके नै हुन्छ, काम बिगार्छ नै,रुन्छ नै,खेल्छ दौडिन्छ लड्छ नै नाकी ठुलाठुला कुरा गर्दै हिँड्छ।


यो सबै केटाकेटीको बाल्यकाल नष्ट गरी दिने आमा बाबु कै जिम्मेवारी हो।

त्यो भबिस्यमा गएर मानसिक अस्वास्थ्यता को आवस्था जस्तो कि anxiety, stress र trauma सम्बन्धी विभिन्न disorder हरू जस्तो conversion disorder (hysteria), panic disorder, GAD(generalized anxiety disorder), phobia अरुमा depression जस्ता मानसिक अवस्था हरू आउन सक्छन्।


सानै बाट यसरी high expectation, high ambition, अनि over strictness, over discipline मा पनि उनीहरू राख्न हुँदैन। पछि गएर उनीहरूका आवश्यकता पूरा नभए निरास बढ्ने हुन्छ। परिवार भन्दा बाहिर नी संसार हुन्छ त्यहाँ मानिससंग घुलमिल हुँदा आफ्नु हुर्काइ आफ्नु बातावरण जस्तो बाहिर पाउन नसके त्यही बाट नैराश्यता बढेर जाने हुन् सक्छ।


त्यसैले बच्चा जन्माए कै कारण मात्र मातृत्व,पितृत्व भन्दै यस्ता बालबालिकाका विकास, स्वस्थ(मानसिक, शारीरिक, आवश्यकता,उमेर) मा ख्याल नगर्ने हो भने त्यो भनिएको मातृत्व,पितृत्व को केही अर्थ रहँदैन घमण्ड बाहेक। किनभने एउटा व्यक्ति जसले यी सबै aspects हरू बुझेको हुन्छ उसले adopted पनि राम्ररी हुर्काउन सक्छ। 


बच्चा भबिस्य हो भन्ने तर भबिस्यको भबिस्य वर्तमान मै नष्ट गरी दिने हो भने देश नै मानसिक रूपमा एकदम कमजोर हुने अवस्थामा आउँछ। 

उमेर भन्दा अघि र उमेर भन्दा पछि केही कसैलाई पनि राम्रो हुँदैन।


Share:

बहाव

समुन्द्र नजिकबाट एउटा बहाबले भन्यो!

त्यति एकान्त पनि नहुनु

आवाज पानीले नि नसुनोस।

अनवरत हेर यो छिटाहरु बादलको

खबर बोकेर धर्ती लाइ सुनाइ रहेछन्।

के गुनासो थियो र आकाशको घामसँग

उसलाई छोपर रमाइरहेछन च्यादर माथि थोप्ला-थोप्ला।

हर बखत तप्लेनिले आफ्ना रहर गुमाइरहेछन बलेसिसँग।

मलाई नि रुज्न मन नहोइन

तर

रातभर दियो बल्यो दियाघरमा।

ननिबाइ राख्नु भनेको छ मझेरिले।

म रुजु त उ ओसिएर नबल्ने अर्घमात्र हुन्छ।

अर्घ आफै बल्दैन, उसलाइ आगो चाहिन्छ।

त्यहि भएर।

मैले पानीलाई पनि सुनाइन मेरो मौनता।


.

Share:

परिपूर्तिका लागि

 कुनै पनि चीज को अभावलाई परिपूर्ति गर्न मानिस लागि रहेको हुन्छ, भनौ 'आधारभूत आवश्कता' त्यसको लागि तयारीमा क्षणिक स्थिरता कायम गरेको हुन्छ।कुनै न कुनै दिन यी सजिलै पूरा हुँदा सम्म उसलाई जीवनको अन्तिम आदर्श प्राप्त हुन्छ र सबै भन्दा धेरै पछ्याउने मानिस त्यो बेला हुन्छ।

यो आवारण हो... जो जयजयकार का भोगी.. यी भोगी हरु ले भोलि ती जयजयकार गर्ने हरुलाई नी समातेर निल्छन्, र निलिरहेका छन्। 


यो बालात्कार संस्कृतिको रूपमा मौलाएको छ अझ बिद्यालयसम्म। उत्कृष्ट व्यक्ति आवारण सबै भन्दा ठूलो अपराधको कारण हो,किनभने समाजका उतकृष्ठ भनिएका ब्यक्ति पछाडि लागेको हुन्छ मानिस र त्यो व्यक्ति परिवारले नी बिश्वास गर्ने हुँदा उसलाई शोषण गर्न एकदम सहयोग भएको हुन्छ।(जस्तो काका, ठूलो बुबा,मामा, शिक्षक, बुबाको साथी,आमाको साथी, अङ्ग्रेजी पढाउन सर, गणित पढाउने सर, थेसिस गरिदिने सर, प्राक्टिकल नंबर राख्ने सर, चिट चोराउने सर,जागिर लाईदिने अंकल/ नेतो, राम्रो पदमा भएको बोइफ्रेण्ड, पत्रिकामा लेख्ने,रेडियोमा बोल्ने, टिभीमा आउने मान्छे, विश्लेषकहरु) यस्तहरुलाई एकदम सजिलो हुन्छ शोषण गर्न। संसारले विश्वास गरेको छ भन्ने भ्रममा। 


यो बलात्कारी संस्कृतिका मौलाएको मालिकहरु सबै भन्दा ठूला व्यक्तिहरु हुन जो हरुको ठूलो बचस्व ठूलै ठाउँहरु बाट हुन्छं र सानोतिनो आवाज ले हल्लाउन सक्दैन।

र जो त्यसको विरुद्धमा सहरीया कुरा हरु उठाउँछ ती सिउडोहरुले झन पीडितलाई गार्हो बनाएका छन। 

निचोड दिँदैन र घाउ बल्झाउछ। समस्या र पीडित जहाँ को त्यही हुन्छ।

तपाईं कसलाई पछ्याउँदै हुनुहुन्छ?सबै भन्दा बुझेको? ज्ञानी?? पढेको?? ती आवारण त्यही संस्कृति भित्रका अंग हुन् जो यी अनेक वस्त्र(ज्ञानी, बुद्धिजीवी....अरू अरू) द्वारा छोपिएका छन।

हेर्नु एकदिन त्यो घटिया निस्किन्छ नै, त्यही बेला अब तपाईं आवाज उठाउनेकी, यस्तै हो भनेर अझ ती अपराधी लाई बलियो बनाउने?

यो आफ्नो कुरा नै सबै भन्दा ठूलो अपराध को कारण हो। 


एउटा महिलालाई vurnarable अवस्था सम्म कस्ले ल्यायोे??कुन 'वाद' ले ल्याउँछ?? त्यो व्यक्तिको नियतलाई र त्यो अवस्था सम्म ल्याउने व्यवस्था (व्यक्तिको) आचरण, मानसिकता होइन र?? त्यो मानसिकताको कुनै कुरै नगरी, हरेक चिजलाई बन्द गरिनु पर्छ भन्नु पनि हुँदैन,, 

बलात्कारी मानसिकता हो, बलात्कार को कारण बलात्कारीको दिमाग मात्र हो। अरू केही होइन।

Share:

यात्रा अनुभव....कुरा......!

 आजको यात्रामा दुई गाडीको यात्रा भयो, त्यसमा थली बाट खासमा अर्कै ठाउँ जान भनेर हामी हिड्यौ, मैले अस्ति पनि भनी सके नी गोकर्णेश्वर गाडीमा चढे पछि धेरै बन्न लागेका काम बिग्रिन्छन, पुग्न पर्ने समय दोब्बर समयले लम्बिन्छ.....त्यस्तै आज जान ठाउँ हिँडेको ठाउँ पुगेर वर्षामास को समय सजिलै फर्किन नसक्ने समय यहीँ गाडीले बनाई दियो, हुन् पनि अफिस टाइम हुन् लाग्दा अलिक व्यस्त त हुन्छ नै त्यसमाथि भनी हाले गाडी त्यही खाले( यात्रा गर्दै हुनु हुन्छ भने गाडी छानेर चढनुहोला, हाम्रो तिर रोजाई धेरै नभएकाले बेला बेला frustration हुन्छ नै, त्यसै पनि रोकेर troture गर्छ यो गाडीले!) 


सोही अनुरूप आज पहिलो गाडी(गोकर्णेश्वर यातायात)चढेर सातदोबाटो ओर्लियौ (त्यहाँ भन्दा उता गएर आइदैन होला भनेर) त्यहाँ नजिकै घुम्ने ठाउँ त्यही गोदावरी बोटानिकल गार्डेन नै हो। अलिक शीतल पनि हुने फूल वनस्पति पनि देख्न पाइने फोटो खिच्न नी पाइने भएर सातदोबाटो बाट साझा यातायात केही बेर कुरेर गोदावरी जाने निर्णय गर्यौ।


गाडी एकदम प्याक नै थियो तर प्याक भए नी उभिन सजिलो नै हुन्छ साझा यातायातमा अरु गाडी जस्तो कोचिन पर्दैन, उभिएर अलिक पर पुगे पछि अन्तिम तिरको चौतारी जस्ता सिट खाली भए(साझाको पछाडिको चौतारीमा त साँच्चै रमाइलो हुदो रैछ बस्न!)

हामी दुई जना त्यहाँ गएर बस्यौं।


अब साझा गाडीमा आधा आधा बाटो तिर भाडा उठाइ सकेको हुने रैछ, भने पछि अन्तिम तिर भाडा उठाइ सकेको रैछ हामी पछि चढेका र खाली भए पछि अन्तिम सिट मा गएर बसेका।


भाडा उठाउने दाई हामी सम्म आए तर पनि हामीले भाडा हातमा बोकेर बसेको भाडा लिएनन्, अरुसंग लिँदा लिँदै काम परेर होला अगाडि गए हामीले सोच्यौं फेरि आउलान्। तर आएनन्। यस्तो नी हुन्छ र यस्ताे चाहिँ कहिले भएको थिएन यत्रो वर्ष गाडी चढ्दा। ओर्लिने ठाउँ आयो सबै ओर्लिए भाडा लिन आएनन्।


फेरि अर्को गोकर्नश्वर गाडी को कुरा गर्दा थली बाट सातदोबाटो सेन्सिवल दर मै पुर्यायो। त्यही नी त्यो गाडीका कर्मचारीहरु कमाई कम भएर हो या के समस्या हो जहिले तनावमा हुन्छन जहिले झगडा गरी रहन्छन्(प्राय सबै काठमाडौंका गाडी त्यस्तै नै छन् तर नी यी अलिक तनावमा हुन्छन)


अब

 फर्किदा को कुरा गर्दा त्यही पहिले कै गाडी रिपिट भए(गोदावरी देखि सातदोबाटो साझा, त्यहाँबाट थली गोकर्ने अझ गोके) अब थली ओर्लिने बेलामा भाडा दिँदा फेरि भाडा उठाउने मान्छेले बिहान भन्दा दश रुपियाँ बढी लियो, अब त्यहाँ भन्न त परी हाल्यो बिहान त्यही गाडीमा केहि न भनी लाग्ने भाडा लियो भने फर्किदा त्यही बाटो बस दिशा मात्र फरक! बिहान देखी बेलुकामा दाम दश रुपेले बढ्यो।

 

त्यो बेला मैले गोदावरी जाँदा केही क्षण छलफल गरेको कुरा सम्झे जब भाडा लिई सकेको भनेर लिएको थिएन, त्यो बेला मैले त्यो बेला Deepes Moorti Pant लाई भने छोड दिउँ, नदिउँ बेला बेला केही हुँदैन हाम्रो पनि त धेरै लिन्छन बेलाबेला लिने बेला, छोड दिउँ के जाम त्यसै आखिर दिनलाई तयार भएकै हो। उसले नउठाए पछि र एक पटक बोलाएकै पनि हो नदिउँ भनेर म त निस्की सकेकी थिए तर पन्त जी ले त्यस्तो गर्न हुन्न दिन पर्छ बिर्सेको हो उसले भनेर दिएर मात्र निस्कियौ।


अब गोकार्नेले धेरै लिए पछि मैले भने देख्नु भयो यिनीहरूले कहिले कहिले ५ रुपियाँ १० रुपियाँ गरेर हामीलाई अझ म दिनहुँ हिड्ने मान्छेलाई कति ठगेका छन्। बेला बेला उनीहरूले नी विर्सिदा केही हुँदैन यसरी ठगी त हाल्छन, आँखा झिमिक्क गर्दा ठग्छन्, त्यही नी हामी जो दिन दिनै यात्रा गर्छौ हामीलाई थाह छ भाडा कति हो कहाँ सम्म भनेर तर पनि हामीलाई नै पनि ठग्छन् भने जो बुझेको छैन जो पहिलो पटक यात्रा गर्दै छ, भाडा दर ठाउँ थाहा छैन भने कति ठग्छन् होला?? 


यहाँ प्रत्येक पाइला पाइलामा यस्तै छ।

यहाँ कसै बाट बढी लियो जानी जानी र कोही मान्छेले दियो भने त्यो गर्व को बिषय भनेर गफ गरी रहेको सुन्निन्छ। त्यसलाई यति भनेको दियो, त्यसले थाहा नै पाएन भन्दै पूरा गर्व गर्छन्।


(नोट: तर कसैको दुःख गरेको कमाई उसले बिर्सियो भनेर चुक्ता नगरी जाने, भाग्ने चाहिँ गर्नु हुँदैन।यी सबै यात्राका बेला गरिएका अनुभवलाई समेटेको मात्र हो!)


( तर ठग्ने, धुत्ने, फटाहाहरु दलालहरु माथि चाहिँ प्रश्न गरौं, नडराई किन।)


               साझाको चौतारी बाट लिएको फोटो!
              ग्वार्को को जाम समय

      गोकर्ण गाडीमा जाम बस्दाको फोटो 


Share:

अन्तराष्ट्रिय नर्सिङ दिवस

आज अन्तराष्ट्रिय नर्सिङ दिवस‌का अवसरमा हामी यो महत्वपूर्ण दिनलाई मनाउन सबै जना उपस्थित भए का छौं। चाहे विकसित देश हुन् या नेपाल जस्ता विकासशिल देश हुन् हामि नर्स या अन्य स्वास्थ्य कर्मिहरु सधै पहिलो लहर (frontline) मा बसेर स्वास्थ सेवा प्रदान गर्ने गर्छौ। झन माहामारी, प्राकृतिक प्रकोप होस या युद्धग्रस्त क्षेत्रहरुमा सधै स्वास्थ्यकर्मीहरु सबैभन्दा अग्रणीरेखामा रहनु परेको छ।


विश्वस्वास्थ संगठन(WHO)ले हरेक १००० जनसंख्यामा कम्तीमा २.३ जना स्वास्थ्य कर्मिको आवश्यकता रहेको भनेता पनि विकसित देशमा नै यो अनुपात कायम गर्न सकिरहेको छैन । नेपालको अवस्था त नाजुक छ। यँहा प्रतिहजार जनसंख्यामा पुग नपुग 0.67 जना नर्स पुग्ने या स्वास्थ्यकर्मी मात्र पुग्ने अवस्था छ।(भनेको एक हजारलाई एउटा नर्स नी पुग्दैन) यो त अझ सहरी क्षेत्रको आकडाँ हो। अझ ग्रामीण क्षेत्र को कुरा गर्दा त 1 लाख पचास हजारमा 1 जना स्वास्थ्यकर्मीको नाजुक अनुपातको अवस्था छ।  


यसैवाट हामिले स्पष्ट के वुझ्न सक्छौ भने देशमा दक्ष स्वास्थ जनशक्तीको चरम अभाव छ। तर यस्तो दुर्लभ भई सकेको जनशक्ति फेरी किन चरम शोषणमा किन छ त ? प्रश्न जायज भए पनि, यो अवस्थाको विश्लेषण जटिल छ। नेपालमा सबै भन्दा अभावग्रस्त जनशक्ति नी यही हो र चरम शोषण र असुरक्षा समाना गरी रहेको जनशक्ति पनि यही हो।


यहि अवस्थाका कारण अर्थात ,'श्रम शोषण' र ' असुरक्षाका कारण यो पेशा प्रति आकर्षण घट्दै गइरहेको छ। नेपालका निजि क्षेत्र‌मा सञ्चालित स्वास्थ संस्थानमा कार्यरत नर्सहरुको पारिश्रमिक र ‌duty आवरका कुरा गर्ने हो भने त यो शायद नेपाल के सवैभन्दा न्युन आय अर्थात् निरपेक्ष गरिबी(absolute poverty) को रेखा मुनि पर्छन मतलब आधारभूत आवश्यकता परिपूर्ति गर्न पनि नर्स हरुको तलब ले पुग्दैन।


आजकाल सरकारी सेवामा नै रहेका नर्सहरु विना सुचना विदा वसेर सरकारी सेवामा अयोग्य भन्दै निष्कासन गरिएका सुचना पढ्न पाइन्छ। "भविष्यमा सरकारी सेवा लाइ अयोग्य" सुन्दैमा मलाइ नै हासोँ उठ्छ।" झन ती कति हाँस्दा हुन्। ती त अस्ट्रेलिया, अमेरिका पुगिसके, अब आउदैनन् ।यहाँ हामि अध्ययनरत सबैलाई सोध्ने हो भने पनि ९५% भन्दा माथिलाइ सोध्ने हो भने जवाफ त्यही आउँछ भोलि कहाँ जाने भन्दा अमेरिका, अष्ट्रेलिया र क्यानडा। १ ग्रामिण अनि 850 मा १ शहरी जनसख्या र स्वास्थ कर्मी भएको देशमा यसरी स्वास्थकर्मीको पलायन ले भोली यो देशमा कस्तो भयावह अवस्था आउँदैछ भन्ने कुरा यो देशका निति र्निमाताले तथा निजी अस्पतालका साहुहरुले सोचेका छैनन् । यो देशमा सबैभन्दा वढि नाफा कमाउने क्षेत्र स्वास्थ्य, शिक्षा तथा बैंकिङ क्षेत्र हुन् तर कर्मचारी हरू चरम शोषणमा पर्ने क्षेत्र पनि यहि नै हो।


अब रेसिडेन्ट डक्टर र नर्सको भरमा कति दिन नेपालको स्वास्थ क्षेत्र संचालन गर्ने हो? तिब्र वौद्धिक पलायनले र घट्दो आकर्षण‌को विचमा देखिएको अन्धकारमा कोभीड-१९ को महामारी कसरी व्यवस्थापन गर्ने होला? जनसख्या र स्वस्थकर्मीको बीचको नाजुक अनुपातलाई कसरी व्यवस्थापन गर्ने लगायतमा कसैको पनि ध्यान गएका छ जस्तो लाग्दैन ।


नितिनिर्माता र प्रशाशक मात्र होइन आम जनताको हामिलाइ हेने दृष्टिकोण उस्तै छ। डाक्टर कुटिन्छन, नर्स कुटिन्छन् । कार्य क्षेत्रमा हुने विभिन्न किसिमका दुव्यवहार

अझ नर्सले भोग्नु परेको यौन हिंसाअदिको हिसाव किताव त अलग छ।


 न कामको स्थाइत्व छ न सामाजिक सुरक्षा, न सामाजीक प्रतिष्ठा हिंसा तथा दर्वव्यवहार अनि चरम श्रमशोषणले गर्दा देशको दक्ष जनशक्ती बाहिरहेको छ र बाहिरिने क्रममा छ।


यो अवस्थालाइ हामिले कति दिन बेवास्ता गर्ने हो? सधैं वर्षको एक दिन नर्सिङ दिवस भन्यो Florence Nightingale को फोटोमा अविर छर्केर फूल चढाएर नर्सको स्वास्थ्य क्षेत्रमा रहेको महत्व तथा योगदान‌को भाषण छाँटेर अनि फेरी शेषण‌को क्रमलाइ निरन्तरता नै दिइराख्ने हो भने आगमि दिनको अवस्था अझ नाजुक छ। 


 यो विश्व विश्वव्यापिकरण (globalization) को युगमा विश्वव्यापि श्रम बजारमा प्रतिस्पाधि हुन नसक्ने हो भने यसको मुल्य देश र जनताले गम्भिर रुपमा चुकाउनु पर्ने देखिन्छ। 


भोली नर्सको पढाइ विदेश जाने भिषा के पर्याय नबन्नोस निति निर्माता, प्रशाशक, हस्पीटलका साहु र जनताहरूको बुद्धि बेलैमा पलाओस भन्दै अन्तरास्ट्रीय नर्सि डेको सबैलाई शुभकामना दिन चाहन्छु।


धन्यवाद! 



Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.