नियात्रा: एक निरन्तर यात्राको

कठै।

 तेरा आदर्श र नैतिकताका बेराग आलाप

तँ जति सुकै चिच्याए पनि 

तेरो मक्किएको हड्डीबाट

आएको कुर कुर आवाज दबाउन सक्दैनस् 

किनकि त्यो आवाजको स्रोत तेरो अस्थित्व भित्र छ 

किनकि तेरो अस्थि अस्थि कुहिएको छ

त्यो आवाज चाहे अरूले सुनुन् या नसुनुन

तैँले आफै सुनेको छस्, आउँछ तेरो अस्तित्वमा कम्पन 

तेरो आफ्नै हड्डी कुहिएको आवाजले 

अनि काँतर त जति चिच्याउँछस् 

आदर्शका राग 

अनि मिसिदो रैछ त्यही कुर कुर आवाज सङ्ग

छि! कस्तो घिन लाग्दो मिश्रण 

आदर्श अनि सडनको 


जति सुकै आदर्श 

 नैतिकता र अनुशासनको  

अनि प्रगतिशीलको आवरण पैह्री 

तेरो अस्थित्व त 

वासना र कामनाको सामान्य 

झोकाले थर्थराउँछ अनि 

झर्छन् ती आवरण धुजा धुजा भएर

अनि दृष्टि गोचर हुन्छ तेरो कमजोर शरीर 

आफै देख्छस् एक एक अङ्ग सडिरहेको छ 

त्यो दुर्गन्ध छि! कसरी झेलेको होलास्

श्वास रोकिएको होला, 

दुर्गन्ध र औँस्याहाको टोकाइको 

अनि फत फत झरिरहेको तेरो अस्तित्व 

कठै! तेरो नियति! 

त्यही दबाउन त्यही लुकाउन तलाई

लगाउनु पर्छ आदर्शका, नैतिकता

अनि प्रगतिशीलका बजारु इत्रहरु

ओहो त्यो तेरो मौलिक दुर्गन्धमा 

ती इत्र मिसिदा त झन् दुर्गन्धित 

बन्छस् तँ


आफ्नै कुहिएको अस्तित्वले 

धिक्कारेको तेरो नियति

कठै! बरु छोडी दे सड्नको लागि

आवरण नलगा, बजारू इत्र नदल 

तेरो कुहिएको अस्थि, अनि अस्तित्वमा 

सङ्क्रमण नथप

जब स्वीकार्छन् तेरा मन मस्तिष्कले 

यो सडन 

अनि बढ्छन् तेरा पाइला शान्ति तर्फ।


Share:

हरेक लाई आफ्नु कथा महान लाग्नु स्वाभाविक हो।

 विगत सबैको तितो हुन्छ त म भन्दिन, तर मीठो पनि कसरि होस् ? सिक्ने क्रममा अनुभव हुन्छन् , तीता अनुभवहरु नै धेरै हुन्छन् । मेरो विगत पनि तीतो नै रह्यो। बालापनका ती कलिला हात र कलिलो दिमागसंगै मभित्र कलिला सोंचहरु आए, सपना बुनें । काँचो माटोले बनेको सपना जसलाई साकार बनाउन संघर्ष चाहिन्थ्यो । राम्रो श्रेणीमा स्कुले जीवन पूरा गरेर होला, मेरो सपना पनि ठूलो नै रह्यो । के बन्ने ? प्रश्नमा उत्तर हुन्थ्यो ‘ डाक्टर बन्ने’ । अनि मेरो कलिलो दिमाग पनि दिनानुदिन परिपक्क हुँदै गएको थियो। तर, विज्ञान विषयले मेरो सपना निमोठीदियो।  मेरो सपना अनि लक्ष्य पनि सायद निन्द्रामा भएको मान्छेले देखेको सपना जस्तो थियो होला । 


भनिन्छ नि, लक्ष्य प्राप्त गर्न संघर्ष चाहिन्छ। मबाट जति संघर्ष चाहिन्छ, त्यति हुन सकेन होला । भिर, जंगल अनि चाँदी टल्किएको हिमालमा हुर्किएको मेरो मन शहरको कोलाहलमा विक्षिप्त, निराश अनि हतोत्साहित भएर पनि होला, मैले मेरा बाल्यकालका सपनालाई आकार दिन सकिन । म असफल रहें। हो, मेरो जीवनको त्यो पाटोमा म असफल भएँ । 


प्रेम जीवन कोट्याउने हो भने, त्यसमा पनि म असफल नै भएँ । किशोरावस्थामा जोडिएको प्रेम केवल आकर्षण मात्र हुँदोरहेछ । उमेर बढ्दै जाँदा विस्तारै बुझ्न सक्ने क्षमता र बुद्धी पनि परिपक्क हुँदै गयो । लाचार र जिम्मेवारी विहिन जीवन व्यवहारिक हुँदै गयो । अनि मायामा केही नपुगे जस्तो लाग्न थाल्यो । विवाद भयो, द्वन्द सिर्जना भयो अनि टुट्यो सम्बन्ध । 


अहिलेको सन्दर्भमा हेर्ने हो भने, प्रेम त्यही रुपमा बिक्रि भइरहेको छ । प्रेम बजारिया वस्तु भएको छ। प्रेमको मूल्य तोक्ने मानिस पनि भेटेकी छु । अनि प्रेमलाई शारीरिक सम्बन्धसंग मात्र जोड्ने पनि कति-कति ! जब मलाई महसुस भयो कि, प्रेम शरीर होइन, प्रेमको कुनै मूल्य हुँदैन, प्रेम सम्बन्धमा एक-अर्काको पुरक भइन्छ, तब मैले आफूलाई बुझ्ने व्यक्ति मेरो सामु पाइन। त्यसैले प्रेम जीवनलाई हेर्दा मेरो विगत उराठलाग्दो, उदास अनि निराश रह्यो । 


जीवन लामो छ, जिउनु नै पर्छ। विगतलाई मेटाउन मैले कुनै इरेजरको प्रयोग गरिन। पढाइको असफलता, अनि प्रेमको असफलता, ती घाऊ र चोटहरुले मलाई लामो समयसम्म पछ्याईरहे । न त कुनै गंगामा स्नान गरेर ती विगतलाई मेटाउन सक्थें, न त बिर्सेर अगाडी बढ्न नै सकिरहेकी थिएँ । तर, एकदिन यस्तो बाटो आयो, जसले मलाई नयाँ बाटोमा हिंड्ने प्रेरणा दियो । भारि भएको मेरो मन, मेरो जीवनलाई नयाँ शिराबाट सुरु गर्ने अठोट लिएँ । एकान्त कोठामा रातभर कल्पनामा र सोंचाईको द्वन्दमा रह्यो मेरो मष्तिस्क । अब मैले निर्णय गर्नु नै पर्छ । म लाचार भएर जिन्दगी बिताउन सक्दिन। म आफैले आफैलाई झापड हान्दै थिएँ । मैले यत्तिकै खेर फालेको दुई वर्षलाई एक रातमा केलाएं । म आफैले मात्र मेरो जीवन बनाउन सक्थें र त्यही रातको निर्णय अनुसार नै बिहानको घामको स्पर्शसंगै मेरो लक्ष्यको बाटोतर्फ लम्किएं। 


त्यही रातको निर्णयले गर्दा नै म आज नर्सिङ्ग शिक्षा अन्तर्गत प्रविणता प्रमाणपत्र तह ( सर्टिफिकेट लेभल)उच्च स्तरको नम्बर ल्याइ पास भएर काम गरिरहेछु । डाक्टर बन्ने सपना विगतको संघर्षको कमीले टुक्रिएको थियो । तर स्वास्थ्य क्षेत्र नै मेरो रोजाई भएकोले नर्सिङ्ग पढाई मेरो लागि विकल्प बन्यो। नर्सिङ्ग शिक्षा नै मेरो नयाँ जीवनको सुरुवात थियो र आज म मेरो निर्णयमा खुशी छु। खुशी यो माने कि म आफ्नु तरिकाले जिवन बाँच्न सक्छु। मैले आफुलाइ निखार्नु नै ठुलो कुरा थियो प्रमाणपत्र भन्दा।यात्रा कठिन तर असम्भव भन्ने कुरा केहि हुन्न यदि चाहा छ भने। म आज आफैलाइ हेर्छु। 


एक रातमा गरेको निर्णयले मैले लक्ष्य त बुनें, तर त्यसको लागि कडा मेहनतको आवश्यकता थियो । त्यसैले दिन र रातको गन्ती गर्न छोडेर आफूलाई पढाइमा नै केन्द्रित गर्न थालें । नेपालको दोस्रो ठूलो सहर मानिने विराटनगरको नर्सिङ्ग कलेजले मलाई मेरो मेहनतको फल दिलायो । प्रवेश परीक्षाको नतिजामा ३५ जनाको नाम निस्किएको थियो, जसमा मेरो नाम १७ नम्बरमा आएको थियो । मेरो सपना र मेरो जीवनले मूर्त रुप पाएको महसुस भयो। मैले नर्सिङ्ग क्षेत्रलाई अंगाले संगै वास्तविक जीवनतर्फ अगाडी बढ्दै गएँ । आज तेस्रो वर्षमा अध्ययनरत छु। आज म मेहनतसंग डराउँदिन। म भाग्यमा होइन, कर्ममा विश्वास गर्छु। भाग्य कर्मकै उपज हो। लड्ने अनि लडेपछि उठ्ने हिम्मत गर्ने व्यक्तिले नै सफलता पाउँछ । 


मलाई नर्सिङ्गमा मात्र सिमित भएर बस्ने मन पनि छैन। साहित्य लेखन मेरो नशा-नशामा छ। मेरो अबको सपना नेपाली साहित्यिक यात्रामा हिंड्नु रहेको छ । भिन्न (नर्सिङ्ग) क्षेत्रबाट अर्को भिन्न क्षेत्र, साहित्यमा जानु पक्कै सजिलो त हुन्न । तर, फेरी सजिलो बाटो त जसले पनि रोज्छ नि। एउटा कमिलाले त आफ्नै संघर्षले खानेकुरा खोज्छ, वासस्थान बनाउँछ भने, हामी त कमिला भन्दा सयौं गुणा ठूला छौं । हामीसंग बुद्धि, विवेक सृजनशीलता छ । 


सगमंड फ्रायडबाट प्रभावित भएर नेपाली साहित्यमा यौन मनोविज्ञानका कथाहरु सिर्जना गर्ने राजनीतिज्ञ तथा साहित्यकार वीश्वेस्वर प्रसाद कोइरालाको जीवनकथा मेरो लागि प्रेरणा बनेको छ। उनका कृतीहरुले मलाई स्कुले जीवनदेखि नै प्रभावित गरेका छन् । त्यस्तै, नेपाली साहित्य क्षेत्रकी महिला साहित्यकार विष्णु कुमारी वाइवा ( पारिजात ) मेरो लागि प्रेरणाको स्रोत हुन्। झमक घिमिरेको जीवनीले पनि मलाई प्रेरणा दिएको छ भने फ्लोरेन्स नाइटिंगल को जीवनीबाट प्रभावित भएर नै म स्वास्थ्य क्षेत्रमा आएकी हूँ । आज नेपालमा स्वास्थ्य क्षेत्रमा बढ्दै गइरहेको आकर्षण, उत्पादन उच्च तर गुणस्तर न्यून रहेको छ । साहित्य मलाई मन पर्ने विधा हो । भविष्यमा म नर्स भन्दा पनि साहित्यिक व्यक्तित्वको रुपमा आफूलाई देख्न चाहन्छु । 


नर्सिङ्ग शिक्षा मेरो रोजाइ हो र साहित्यिक यात्रा मेरो चाहना हो । अनि दिवामा देखिएको सपना, खेल्दाखेल्दै देखिएको सपना। सपना साकार बनाउन संघर्ष चाहिन्छ । म मरुभूमिमा पानी बिना हिंड्न तयार छु, हिउँमा हिंड्न तयार छु । लक्ष्य प्राप्तिका लागि संघर्ष गर्न तयार छु । किनभने, मलाई विगतले नराम्रो चोट दिएको छ । विगतलाई फर्केर गएर सच्याउन मिल्दैन । तर, म भविष्य सुधार गर्न सक्छु , सुन्दर बनाउन सक्छु र त्यसको तयारि स्वरुप वर्तमानलाई चम्किलो बनाउन सक्छु । 


म त्यो संदेश दिन चाहन्छु, जुन गल्तीहरु मैले मेरो विगतमा गरें, ती गल्तीहरु आउने पिंढीले नगरुन् । म आँखा खुल्लै रहंदा पनि निदाएको जस्तो गर्ने मानिसहरुलाई झक्झाकाउन चाहन्छु । नर्स भएर भोग्नुपर्ने पीडा र यस क्षेत्रमा रहेका विकृती तथा नराम्रा पक्षलाई सुधार्न चाहन्छु र राम्रा पक्षलाई हौसला दिंदै अगाडी लैजान प्रोत्साहन गर्न चाहन्छु । मानिसहरुका पीडा, भोगाइ र संघर्षलाई साहित्यिक कृतिको माध्यमबाट सबैको आँखा अगाडी ल्याउन चाहन्छु। म आफूलाइ त्यो उचाइमा देख्न चाहन्छु, जहान मेरा साहित्यिक कृतिले मानिसको जीवनमा परिवर्तन छाओस् र प्रेरणा मिलोस् । 


(यो लेख २०१८ सालमा मैले लेखेकी थिए। आज यी भन्दा धेरै गुणा जीवनमा उतरचढाब आएको छन्। तर जुन बेला जे थियो त्यो सबै भन्दा महान नैं लाग्छ र लाग्थ्यो, भनिन्छ नी हरेकको संगर्शको कथा हरेकलाई आफ्नु महान लाग्छ, त्यस मध्ये म पनि एक हो जो मलाई मेरो कथा महान लाग्छ। अब प्रेरणा भन्ने विषय शब्द माध्यम मात्र हो र आफ्नु मन र चाहा नभई शब्दले मात्र कुनै परिबर्तन गर्न सक्दैन। दोष माने भावनाको वेग मात्र हो कोही कसैको जीवनको दोषी हुँदैन र मान्नु पनि हुन्न, हरेक चीज आफ्नु कारणले हुन्छन् जब सम्म कुनै समयका सबै कुरा सही लाग्छन्  तब सम्म अर्को कुनै सपना या चाहा हुँदैन। जब चाहा बढ्छ तब छट्पटी हुन्छ र अर्को अवस्थामा व्यक्ति पुग्छ। त्यो कसैको बर्बादी हुन्छ या कसैको सबै भन्दा राम्रो बाटो र यो पनि सबै आफ्नै कारण हो।)




Share:

सहरहरुसँग यसरी पनि गफ गरिन्छ। जहाँ जे भएर आउँछ उ उसै गरी रहन्छ।

मिनभवनको त्यो बाटो जहाँ म शान्तिनगरको गेटबाट निस्किएर त्यहीँ सिभिल हस्पिटल सम्मको छोटो दुरिसँगमात्र राम्रोसँग चिनजान छु।उसै गरि मेरो कानमा एउटै धुनका गितहरुमात्र चिनजान छन र ति बजे मात्र आनन्द मान्छन। मेरो श्रवण शक्तिमा त्यति धैर्यता छैन।झन्न इयरफोन दिक्क मान्दैन एउटै मात्र गित सुन्दा।आँखा किन दिक्क मान्दैनन एउटै बाटो मात्र हेर्दा। केहि बाध्यता, रहर त हुँदै होइन, त्यो ज्यालादारीको काममा ज्यान फालेर समय दिन। अ,म त्यो अपरेशन थिएटरमा पसेको पहिलो दिनको खुशी र दुखित दुबै अनुहारको अनुभव कल्पना गर्छु।

साच्चै भन्दा मलाई गर्व लागेको थियो। अपरिचित मैले लगाएका लुगा सम्म थिए। म मलाई नै कोठै भरि भएका ऐनाहरुमा हेरि रहन्थे र आफैंलाई थपथपाउथे। एउटा नर्सको कथा। त्यहि नि काचो। दैनिक काटिएका ब्यक्तिलाई बचाएका डाक्टरका कथा त लेखिदैन भने। जाबो नर्स। मैले लेखेको यो कथा होइन। कति पनि राम्रो छैन होइन।

बिचमा केहि पसल छ्न, नापि कार्यालय समेत छ, त्यहाँ के हुन्छ त्यो मलाई केहि थाहा छैन। पसलहरु चिया पसल जुस अनि ओरालो बाटो तलतिर पेटिमा मकै पोलेर बस्नु भएको एकजना आमा। म बाहिर निस्कि सके। ओहो समय पनि दुइ महिना बितेछ यो बाटो। शान्तिनगर देखि सिभिल हस्पिटल। शिभिल हस्पिटल देखि शान्तिनगर। म होस्टलको रुम भित्र पस्छु, पस्दा- पस्दै ढोकाबाट नै मलाई निन्द्रा लाग्छ। मैले नसुतेका घन्टाहरु छदै थिएनन। अरे जागिर छ समपन्न निन्द्रा किन नलागोस। मस्त मस्त। बिहान होस या दिन।

मलाई यो लेख्न यादपनि त्यो एउटा गितले मात्र गराएको हो। जस्को धुनले पुर्बमा बसेको मनलाई मध्याम्चल पुर्याएर उहि बाटोमा हिडायो। केहि होइन। सबै सताउने त्यहि स्मृतिले हो सम्झनाले हो।हुन त म तपाईलाई पनि सम्झिन्छु यहि कथा सग जोडिएको।तर सामान्य पात्र भन्दा अलिक फरक। मैले सुन्ने केहि अङ्ग्रेजी गितहरुमा कल्पना गर्न सकिने मात्र। कल्पनाले स्मरणले न तपाईलाइ असर गर्छ न मलाई  अझ प्रेरणा मिल्छ मलाई लाग्छ प्रेरित महसुस हुन्छ। सम्झनै पर्दा ति बाटाहरु, संगीत र साझ संगै तपाईंको महानता पनि अलि अलि मिसिएर आउँछ। ति गल्लीमा कतै नदेखिने तपाइको अस्वभाविक मुस्कान, निकै मुस्किलको, निकै छुद्रता पछिको।काम सय प्रतिशत नभइ को मस्तिष्क बिहिन छुचोपनले मलाई बन्दै छुदैन। तर समझदारि छुचोपनले प्रेमसहित एकान्तमा रुहाउछ, लज्जित बनाउछ । हो यहि हुनु हुन्थ्यो तपाईं।

अमेरिकन गायक lanco ले गाएको 'ग्रेटेस्ट लभ स्टोरी' जहाँ भनिएको छ ,"तिमि र म यो सहरले यति बेर नदेखेको नभोगेको प्रेम कथा जस्तो बन्न पर्छ, हामी काममा र प्रेम मा दुबैमा अब्बल हुनपर्छ। मेरो कानमा lanco बोले जस्तै मनमा तपाई र म गफ गरि रह्न्छौ। हामी पनि त सक्छौ होला नि यो सहरको केहि बन्न त। मैले काममा अब्बलता त देखि सके, जस्तो कि अलिक फरक। तर जिवन गित जस्तो हुन्न। तर नभए कसरी कल्पना गरिए?

ठमेलका ति गल्लीहरु जो हामिले कुरा गरे जस्ता थिएनन।हामिले गाउँमा सुने अनुसार ठमेल एकदम नराम्रो ठाउँ हो जहाँ इन्डियाको मुम्बईसग तुलना गरिथ्यो। मतलब रेडलाइट क्षेत्र, जहाँ मानिस बेश्याबितृमा समलग्न हुन्छन।ति बच्चा बेलाका सुनिएका गाउँले कुरा।यो शनिबार जहाँ थोरै फुर्सदमा मैले बानेश्वर छोडेर ठमेल जाने निर्णय गरेकि छु।रुट छ बानेश्वरबाट रत्नपार्क अनि त्यहांबाट हिड्दै लैचौर अनि अलिकति भित्र ठमेल। दरबार हाइस्कुलको नयाँ भवन। जो भुकम्पको पिडापछि बल्ल उठेर हेरि रहेछ मानिसहरु।यो चाप कहाँ सम्मको हो।यि मानिसहरुका राजधानीका अनेकौ सपनाहरुको अनन्त चाहा र केहि गर्ने सोचबाट प्रेरित पाइलाहरु। म हेर्छु,आज कै दिन मात्र हो। मेरो लक्ष्य भनेको ठमेल घुम्नु हो। जहाँ म कहिले न पुगेको ठाउँमा पुग्दै छु। केशर पुस्तकालयको त्यो गेटबाट भित्र पस्छु,मेराे कुनै गन्तब्य छैन् तर नी यात्रा यस्तो छ कि देख्दा बहुत महत्वपूर्ण जस्तो लाग्छ। बीचमा रमिता छ, जहाँ पहिलो पहिलो पटक भाग्यबस पुग्न पाएकि छु।

मेरो कानमा गित नै बज्दै छ। ट्यालर स्विफ्टको 'बाइल्डेस्ट डृम'। त्यहाँ एउटा पुरुषलाइ लिएर उससगको निकै गहिरो प्रेमको काल्पनिक कुराहरु गरिएको छ। सहर भन्दा बाहिर जाने र आफुमा लुकेको जंगली चरीत्र उसैलाई मात्र देखाउने। जसले आफ्नु त्यो अवस्थाको सम्मान गरोस। एकदम प्रिय। प्रिय! नै हुन चाहाने छ। 

तर म पहिलो पटक सहर त्यहि नि नेपालको बिदेशी सहर पसे ।जहाँ मलाई अनौठो रुपमा हरेक कुराले छोइ रहेथे। ति पुराना मुकुट अनि फुटपाथमा राखिएका नेपाली लुगा। उनेका टोपी, सिलाइएका पजेइमा हेरि रहे। ति नेपालि सर्टहरु निकै लोभ लाग्दा छ्न। मानिस अङ्ग्रेजी बोल्छन, फ्रेन्च, स्पेनीस, हिन्दि, बंगाली सबै बोलि रहेछन। मानिस अनुसार बोलिरहेछन। ए! कस्तो आन्नदको सहर रहेछ।प्रायः ब्यक्ति हातमा चुरोट र बियर लिएर कुरा गरिरहेछन। म केहि अचम्म त होइन जहाँ यो सहर नै सौखिन जस्तो देखिन्छ बाहिरबाट हेर्दा। यो सहर खुशी जस्तो देखिन्छ नाङ्गो 
आँखाले हेर्दा।




सहरका गल्लीहरुमा गाइ छोडिएका छन। ति कालोपत्रे सडकमा बस्तु कसरी चर्छन। अगाडि फोहोरको थुप्रो छ। पाल्स्टिकबाट गाइले उधिनेर केहि खायो। के त्यसको स्वाद खरुकि जस्तो छ या उ पनि अरु मानिस जस्तै सहरमा बाँचि रहेको छ। मैले ठमेलका गल्लि मा हिड्ने गाइहरुका पिडा केहि बुझिन न बानेश्वरका ति सडका छोडिएका ति अन्जान जनावरका कथा केहि बुज्न सके। मलाई भएन ति पेटीमा बसेका नाङ्ले ब्यापारीको जिवन कस्तो होला लाग्छ। जसरी म ज्यालादारीमा कुनै राम्रै ठाउँमा पसिना बगाउछु उस्तै होला ति शरीरमा अनेक आवश्यकता र बाच्नु पर्ने बाध्यत्मक परिबेशका मिठा या तिता कुरा।
उस्तै हो ठमेल र मेरो जिवन अस्तब्यस्त र पनि मस्त। ठिक त्यहि हो।

लुकास ग्रामको "व्ह्ने आइ वज सेभेन इयर ओल्ड" जब म सात बर्षको थिए मेरि आमाले मलाई केहि साथी बनाइनस भने जिवनमा एक्लै हुन्छस भनेर भन्नु हुन्थ्यो।हेर आज पच्चिस बर्ष टेके मसँग आत्मीय साथि कोइ छैन। एकदम कोइ नाइ। मलाई उचाइ भन्दा कम उचाइको मानिस मलाई मन पर्दैन। बिल्कुल नाइ। आफु निकै मास्लो स्तरको शब्दले मान्नु त केहि हुन्न होला।

चेतनालो कमिमा मानिसले यहाँ आफैलाइ हत्या गरि रहेको छ।यो बिना चेतमा लेखिएको पुस्तकको महत्त्व केहि रहदैन। 'युद्ध' युद्ध पछि आएको गणतन्त्र। सिन्चिएका अलैंचीका पातमा रहेको रातो रगत जस्तै आहालो भएर संविधान दिवस मनाउन असोज तिनै हरेक बर्ष आइपुग्छ। लाग्छ कि त्यहाँ मेरो नि हक छ । जनताको हक छ।मेरो नभए नि मेरा कोहि टाढाका आफन्तको रगतले बनेको यो संविधानको का केहि पन्ना को खुशीयालि मनाउन भेला भएको यो सरदको आकाश जस्तै खुल्ला मानिसका हक अधिकार भए हुन्थ्यो। तर कर्तब्य खोइ निभायो मौषमले भन्दा अरुले। प्रकृति भन्दा अरुले। जरामा धमिरा लागे जस्तै काचको कागजमा किरा लागे जस्तै दिमागमा नि कता कता बाट अज्ञानता को हावाहुरी चलि रहन्छ।

मैले भने,"यहाँ साच्चै जनताको चेतना स्थरमा उकालो लाग्यो भने अन्जानहरुलाइ उल्लु बनाएर कमाउनेहरुको हालत के हुन्छ? त्यो कसैले बुजेको छ र?  हा! हा! तिमिलाइ लाग्या होला कसैले कसैलाइ समर्थन गर्दै छ.... नहसाउ न। पहिले मसिनो कुरा बुझ मेरै घरको भन्सामा पस न। हामि मिलेर मिठो मसिनो खाउला दिक्क पो हुन्छ त! हामि चउरमा बसौ, हामि डाडामा फोटो खिचौ...तिमिलाइ त कानुन सबै थाहा छ। आज त संविधान दिवस नि हो। साच्चै! निरासको अवस्था होर?? निरास नै त किन हुनु र घर छ बारि छ। बस! बिउ नि छ अलिअलि। मल नि पाइएला नत्र खाडलको मल प्रयोग गरौला। कोइ बेला बाच्नु नि सपाना बन्छ। यो अभाब त के म आगो पनि निल्न सक्छु।" कानुन पढेकि बहिनिलाई प्रेमको कुरा गरेर सायद अलमलाउन हुन्न।
म एक्लो उदास जहाँ साथि भनेको छाया मात्र छ।ऊनी आजको दिन भेटिएकि मसँग संयोगबस।
.............
किनहोला यि सालका रुखहरुको बिचमा, एउटा पिपलको रुख यसरि उभिन परेको। मैले कसरी भुलेको हुरीबतासको कोमल पक्ष, र पनि कतै उतै छोडेको भए उसको समाजमा। समाज अनि हुरिको कोमल पक्ष। पहिरोको माथि उम्रिएका अमलाका रुखहरुलाइ त्यहि मात्र माटो मनपरे जस्तो, चट्टानमाथि खरहरुलेआफुलाइ उमारे जस्तो।मैले नि भुल्नु हुन्न हिउँको न्यानोपन।



........
म यसरि फर्किए मेरो समाजमा। यताको गन्ध पनि यस्तै छ कतै माटो जस्तो, कतै कन्कृट जस्तो कतै धुवाँ-धुवा गनाउने काठहरु जस्तो। एउटा कल्पित सामाजिक चित्र त्यहि जङ्गलले नि दिएको छ। सोचेरै म मेरो कार्यस्थलतिर प्रबेश गरे, पहिलो पटक छिरे जस्ति ह्वासै काचो रगतको गन्ध आयो।मैले सोचे यहाँ जिवन मरणको लामो बेहोशिमा, निधानको खुशिमा एउटा श्वास र धेरै ओटा स्वास चल्दैछ्न कृतिम श्वासप्रश्वासद्वारा। मलाई बानि परि सकेको छ, म धेरै गम्भीर भएर महसुस पनि गर्दिन अब त। मध्यान्न भएर होला बाहिरको खटपट गर्मिलाई  भित्रको चिसो हावाले शितल बनाएको छ। यो सिफ्ट परिबर्तनको बेला हो।मैले ढिला गर्न हुन्न।
म हर्सित मुद्रामा अपरेशन थिएटरका पोसाक लाएर भित्र पसे। आज मेरो बार, आज मेरो मान्छेको बार।मनमा चिसो पस्छ।त्यो डरको होइन, लाज र अप्ठ्यारोको।

  म धेरै अनुभवी मान्छे होइन, न अनुभवी कर्मचारि। तर मलाइ राम्रोसग थाहा छ धेरै भिड सालहरुको अनि त्यहाँ एउटा पिपल हुन्छ। म किन पिपललाइ हेर्छु त्यहाँ किनभने उ छुट्टै हुन्छ। हो, म हेरि रहन्छु न त्यो पिपललाई थाहा  हुन्छ। बस! लाग्छ त डर साच्चैको नमिठो लाज। उसले मलाई हेरेको थाहा नभइ नि म यसरि पानी सरि किन तप्किएको, किन हावा बनेर उसलाई  छोएको जब पत्तै छैन। उ कठोर भएर जमिनमा झाङिएको छ तर म उसका मुटु आकारका चिल्ला पातहरु हेर्छु। पर्हैबाट सुम्सुमाउछु। बस! म आखालाइ यसरि नै अघाउछु। उ कठोर छ झागिएको छ तर पनि हेरक प्रकारले उसले मानिसहरुलाइ आकर्षण गरेको छ।उ भगवान होइन न मान्छन नै, बिचरा! उ पिपल। एउटा पबित्र रुख जस्ले अक्सिजन धेरै फाल्दछ। हो गलत छैन उसले धेरैलाइ बचाउछ तर उ भगवान होइन।
  
यो मेरो बार हो हप्ताको कुनै एउटा बार, यो बार निकै नै ठुलो छ। तर, उ सानो भएर हातमा प्लास्टिकका झोलाहरुमा खुशी लिएर हिड्छ कुनै प्यासेज भरि मुस्कुराउदै। उ सामान्य भएर शान्त भएर डुल्छ हेरेक ब्याक्तिका पिडाहरुमा गम्भीरहुदै।मुखका भोज भत्तेर कतै भइ रहदा उ सामान्य कुनै कुनामा सानो टिफिनबाट रसिला हातहरु चुस्छ। यो बार अचम्मको छ। बस! म यो बार पिपललाइ हेरेर डराउन थालि सकेकि छु।

कास! मलाई उस्को मुनि रहदा मै छु भनेर शितल बढि दिएको भए। उसका क्रियाकलाप म यसरि नियाल्छु र उ छुट्टै छ भन्ने कुरा उसले थाहा पाएको भए, र मैले मात्र हेरेको छु भन्ने थाहा भइ दिए। उसले म जाने बेलामा मेरो छहरिमा यति बेर बस्यौ तिमिलाइ जस्तै मलाई पनि शितल भयो मात्र भनिदिएको भए। म कल्पनाको प्यास मेटाउदै कार्यस्थलबाट घर फर्किन्छु।आज मन र आखालहरु शान्त छन। तिमि भएर मलाई त्यहाँ रहन उर्जा छ डियर मेरो बार...र डियर पिपल।

किनभने म हावामा सुगन्ध पाउछु। नजिकको सुगन्ध कस्तो हुन्छ त्यो मलाइ राम्रो सँग थाहा छ। म पारिजातको नजिक बेहोसिमा बस्दिन होसको सुगन्धमा रमाउछु। उसका पातका आकारहरु हेर्छु। केहि आशा नै न हुँदा नि कसरी खुल्ला हृदयले छर्दछ सजिन्छ फुल म अचम्मित हुन्छु। आज मेरो फुलबारि डुल्ने पालो छ। मैले गुलाबको बोट मुनि आफ्नु हात राखेर बसे।उ झर्दै, झर्दैन। म त्यहाँ छु थाहा पाएर नि किन झर्दैन। म चाहान्छु मेरो हातमा झरोस किनभने म उसलाई मन पराउँछु। मेरो इच्छाले केहि भएन।भमरा जतिको नि हुन सकिन, उ माथि म खुलेर बस्न सकिन। एकछिन रमाएर हिड्न सकिन।

सुनसान दुइ नम्बरको कोठामा हातमा औजार बोकेर एउटा पर्दा भित्र कुनै आखाले मलाई हेरि रहेछन्। त्यो अपरेशन थिएटर त्यहा मात्र सुन्दर लाग्छ पर्दा बन्द हुन्छ सुनसान हुन्छ। ऐया गर्ने होसबिहिन हुन्छन् । केहि मानिस उहि मानिसमाथि नमिठो मायालु पाराले खेलि रहेका हुन्छौं। गुलाफको पात म माथि झरोस, मलाई आशा थिएन। बगैचा माथि म हिडि रहेकि छु। न उसलाई केहि अपेक्षा छ म बाट।तर मेरो इच्छा छ उसलाई हेर्ने उसग रमाउने।म नि फुलहरुमा नि छानेर मात्र हेर्दि रहेछु।काडै-काडा बिचको गुलाफको फुल।




गुलाफका बारे लेखिएको तिम्रो कविता, गुलाफले पढ्न पाउछ?? मलाई उसको काढाले नराम्रो सग गोच्यो। रगत सरि भए त्यो टुल माथि सुनसान पर्दा भित्रबाट हातको स्कालपेल जसरि लग्गा भएर बोल्यो।उसले काढाको प्रयोगबिना नै मलाई यसरि घोच्यो भने मैले कसरि जवाफ दिउ। अह! मलाई पढोस भनेर कुनै अपेक्षा छैन। त्यसै पनि म तिमिलाइ नै भनेर कहाँ लेख्छु र? लेखेको नि म दोहोराएर कहिले हेर्दिन, मैले हेरे मात्र भने फेरि फर्किएर तिम्रै छेउमा आइपुग्नु पर्छ। सधै तिमि फुल फुलाएर बस्छौ? तिमिलाइ भेट्न म शरदमा आउला। तिमि रातो भएर मलाई घोच्छौ। गुलाफको बारे कबिता। ओहो! यस तिखो मान्छेको अपेक्षा। म धड्किएर कुनै शहरको कोलाहलमा पुगे मुटुको हल्लाले मलाई,प्रत्येक डान्स बारमा बज्ने मुटुका गितमा नचायो। ओठले गुनगुनाएका शब्दहरुपनि गुलाबका काडा हुन्छन् गुलाफका फुलहरु हुन्छन्। तिखा तर आराम दिने काडा।
मलाई आजलाइ पुग्यो तिम्रो कविता! आज मलाई बैगैचामा शित बनेर पातमै अडिन मन छ।सुकेर जानु पर्छ थाहा हुँदाहँुदै पनि आज गहभरि हुन मन छ। नपढोस गुलाफले म अब  डायरि लिएर बगैंचामा डुल्छु। पन्ना पल्टाउछु डियर गुलाफ....डियर गुलाब।




डियर गुलाफ...आज म निशब्द छु, जस्तो कि असंख्य शब्दहरुका बिचमा, अलौकिक भाबहरुका बिचमा म शब्दहिन र भाब बिहिन छु। मैले मेरो आखालाइ तिम्रा त्यति कठोर आखाहरुले यति न्यानो पाराले हेर्छ मैले बिश्वास गरिन। बिश्वास गरे त केबल मेरो शब्दशक्तिको। मेरो गुलाफको बारे लेखिएको कविता, तिमिले पढ्न पर्छ मलाई कुनै आशा छैन र थिएन।यति मात्र धारिलो धारहरुले नि हत्या मात्र गर्दैनन् अनारस काटेर नि रस पिलाउछन। पलङ माथिका यि ओडाहरुले नि मलाई यसरि छोइ रहेका छन् जसरि तिमिले काडाले मिठो गरि छोयौ। धारले हातको खरबुजाको रस पिलायौ। म आन्न्दित छु। म एक चट्टानमाथि खर बनेर उमृन सक्छु। सालहरु बिचको पिपललाई राम्रोसग चिन्छु। म हुरिको मायालु पक्ष नि हुन्छ भन्ने नि दृढता राख्छु।त्यो सब काडा बिचको गुलाफको फुलले प्रेमिल भाबमा खोचे पछि महसुस भएको छ। तिमि बसन्तमा आउ या सरदमा मलाई तिम्रो हरेक रुप मनपर्ने छ। जुन रुपले जसरि मलाई अठ्याएपनि मलाई सहज लाग्ने छ। मलाई जसरि हेरे पनि स्नेह लाग्नेछ।

दुइ नम्बर अपरेशन कोठाले मलाई आज यसरि जिस्काइ रहेको छ, म भित्र हर्सित छु। अनुहारमा आस्चर्य भाब छ, अगाडि बेहोस बिरामको होस अनि मेरो होस उस्तै छ। म यहि ठाउँमा बिलाउ या त्यो पर्दा भित्रका आखाका उभिएर हेरि रहौ हर्कतहरु, मलाई त्यहाँ हुनु को नमिठो प्रकारको मिठो भइ नै रह्यो। पर्दा खोल किन तिमि टोलाएको एउटा आवाज आयो। यो कस्तो मनोबिज्ञान हो त? प्रशाम्सामा बिलाउनु कस्तो अनजान सुस्तपन या नसा या महानता? स्ट्रेचरबाट बिरामि तान्दै गर्दा पनि म सोचिरह्न्छु। उ महान छ या मेरो महानताले उसलाइ मेरो नजिक गराइरहेको छ, यो समय हो यो पनि बगेर जान्छ। यो खोला हो यसले पनि बागाएर लान्छ। तर यो मनोबिज्ञानले सदाबहार कागतिको बोटको सज्ञा दिइ रहेको छ। हरियो हरियो चिसो शिशिरमा नि हरियो हरियो।

नसुनोस भनेर कसरी अपेक्षाबिना नै तिमिले आफुलाइ भाबमा  ढाल्न सक्छौ। कठोर भएर कसैको मन छुन सकिन्छ?... जसरी मेरो मन तपाइले छुनुभयो सकिन्छ त्यसै गरि सकिन्छ। उ लज्जित उ  हातले कुनै झारलाइ छुदा ओइलिने झार जस्तै भयो। अनि, तपाइ यस्तो कठोर मान्छे भएर गुलाफको कबिता कसरि  पढ्नु हुन्छ? के थाहा पढ्छु मात्र कि बा! ति कविताहरुमा गितार बजाएर गुनगुनाउछु, त्यो मेरो कुरा हो। निमार्ण भइ सकेको घरमा बसाइ सर्न के बेर लाग्छ र? म मनमनै आफैलाइ भन्छु, तपाईंको हृदय मेरो घर हो, के म अब बसाइ सरौ? त्यहाँ नि निस्पट शान्त छ सबै मेरै रातो अधर हेरि रहेका छन। हातमा भएको रसबरि मुखमा अटेन, निउ बनाएर त्यहाँ बाट बिलाउन खोजे। तर मलाई उतै तानि रहेको छ। ठिक छ त्यो मेरो लागि महान पक्ष हो। ठिक छ मेरो नि यहाँ  संगीत सुन्ने आशा छ। एउटा सुनाउनुहोस कबिता। सम्बोधनको तिमि बाट तपाईंमा चठ्ने ब्याक्ती कस्तो होला। तपाईं नभन्नुहोस। तर म अहिले सुनाउन सक्दिन। हुन्छ म 'तपाईंको'(तिम्रो)लागि एउटा काब्य साझ आयोजना गर्छु।





तिमि महान छौ डियर गुलाफ। म कति प्रसम्सा गरे नि म सक्दिन तिम्रो महानता को बयान गर्न।बस! तिमि यस्तै बस साधारण जस्तै। त्यो जुन जस्तै। एक्लो अनि महान। हुन त मलाई याद नै छ मेरो र तिम्रो पहिलो भेट निकै भेर आखा जुधेकै थिए मैले तिमि भनेर ठम्याउन नसक्दा नि तिमिले ठुलो स्वरमा अरुलाइ नै अलमलाएको थियौ। अहो यो त बेग्लै मान्छे रहेछ मैले बाहिर देखेको थिएन। वरिपरि सुन्यता हुन्छ। एकछिन पछि आतेसको हासो अनि मेरो अप्ठ्यारोपन। त्यो सबै मलाई याद छ।

तिमिलाइ म यसरि नि मैनबत्ति मुनि सधैं बसेर मोहित बनाउन त सक्दिन। न दियो लिएर नै साझमा कुर्न तर म तिमिलाइ तिम्रो बाटोमा केहि सङ्कोच हुन दिन्न। तिम्रो जिवनमा धड्कन भन्दा अरु केहि भएर आउदिन, म आफु बिलाउन मात्र बाहेक केहि गर्दिन। जसरि खडेरीमा ति पातहरु तयार भएका हुन्छन् आफुलाइ पर्खाउन, त्यसरि नै म तिम्रो बाटोमा तिमिलाइ पर्खिने छु।
 
अब ति थिएटरका कोठाहरु मेरो लागि प्रेमिल मन्दिर जस्ता भएका छन। हरेक पाइलासग मेरो नौलोपन छ ।हरेक औजारसग मेरो मोह छ। हरेक बस्तुस्थिति पछाडी मानिस हेर्छु, मुटु मिठो छ चल्नलाइ। उर्जा छ बाच्नलाई। सुनसान कोठा भित्रपनि ठुलो आवाजले झक्झ्काउछ, "तिमिलाइ चोर्यो भने बगैंचाबाट कुनै भमराले, धेरै नडुल बगैंचा।" बोलिले नि झस्काउछ। म गुमिरहेछु अपरेशन थियटर भित्र, मेरो डायरिमा।

प्रिय! म फेरि आफुलाइ जन्माउछु, यदि मलाई चोर्यो भने, के तपाईले म यति मै सकिन्छु सोच्नु भएको। खोइ तपाईंले यति बेर मेरो छेउमा आउने कोशिश नि गर्नु भएको छैन, म हात पनि नसमाइ बिदा भएर जाउ?? तपाईं यहि चाहानु हुन्छ?? कास! म र उ मात्र त्यहा भइदिएको भए। उसले मलाई आकर्शित गर्ने कुनै कसर छोडेन। म नि कम त होइन,, के तपाईं कुनै शब्दमा हराएर आफ्नु काम नि बिर्सिनु हुन्छ? तपाईंको हातमा मान्छे काट्ने औझार छ, र  म तपाईंको सुरुवातको पर्खाइमा छु। मलाई नि थाहा होस तपाइको धार। किनभने तपाईंलाइ मैले अरु जस्तो तुच्छ चिकित्सक ठानेको छैन, भावनात्मक मानिस पनि मानेको छ। तपाईंको बिज्ञानसग मेरो भावना मिसाउन खोजेको। भेन्टिलेटरको आवाजले कानलाइ जुझारु बनाउछ। ब्राडिकार्डिया!! भनेको हो नि!  म पर्खिन्छु। तिमि आफ्नु कबिता त्यहा प्रयोग गर। काममा म माया गर्न सक्दिन बरु तिमि नआउ  मेरो कार्यस्थलमा। तिमिले गर्ने काम तिमिले पुरा गर्न पर्छ। बानि परेनौ? तपाईं तुच्छ नै हुनु हुन्छ। मैले तपाइ प्रतिको तस्बिर परिबर्तन गर्न नि पछि पर्दिन।
साठि माथि पुगिसकेको छ बिरामि को मुटुको गति।
................
मैले त्यो शब्द अझ सम्म बुझेको छैन। बाघिनिले डमरु सग बोलेको।आवश्यकता  त त्यहि हो सास फेर्नेहरुको, खाना, बस्न र शरीर ढाक्न।  उनिहरु पनि त्यहि गर्छन्।  चिडियाखानामा घेरेर राखिएका केहि जिबहरु मानिसको भाषासम्म बुज्न सक्छन्। मानिससग डरसग बसेका छन लुकेर। जसरि  म डराउछु सर्पसग। उ दश गुणा बढि डराउछ थाहा हुँदा हुदै पनि किन? सर्बस्रेठ छु भन्ने हरु नि डराउने केहि त हुँदा रहेछन नै। उ डराउछ किनभने उ इमान्दार छ र सोचेको हुन्छ होला, यो मेरो ठाउँ पनि हो। पृथ्वी सबैको ठाउँ हो घाम, पानी, जिब जन्तु मानिस सबै सबै। एक कुनामा डाफे बसेको छ पखेटा फिजाएर। उस्को छुट्टै सुन्दरता छ। त्यसलाइ छुट्टै भन्छ। कि उसलाई आफ्नु सुन्दरता बारे थाहा नै छैन। छ भने मानिसको तुलनामा छ। कि त्यहाँ  नि सुन्दरता प्रतियोगिता हुन पर्छ। मेरो समाज भन्दा धेरै पर अर्को समाज छ जिबजन्तुको । जसरि सालको समाजमा पिपलले आफ्नु अस्तित्व कल्पना गरेको छ। कागहरुको सन्सारमा कोइलिले आफ्नु । 

हुरी  को कोमल पक्ष मैले देखेको छ। म भन्दा कसले देखेको छ र? उसग न बिष नै छ सर्पजस्तै न डरलाग्दो शरीर नै। तर उसग डराउछन।जस्तो कि उसले डसि हाल्छ। इमान्दारलाइ उसले जति प्रेम अरु कसैले गर्न सक्दैन। तर म इमान्दार होइन, न म अनुभवी नै। सायद म मोहक हो। उसले मसग कल्पनामा बुज्दै न बुझिने गरि प्रेम गरि सक्यो। नत्र मबाट किन लजाएर भाग्छ। मैले नि नबिताएको त होइन कति रातहरु। उहि मिठो शब्द र सुनसान भएर हेरेका आखाहरुले नहेरेका त होइनन कति रात। त्यति सजिलो त छैन मलाई झस्काउन। तर उसको महानता काफि थियो मलाई शिथिल बनाउन। हाम्रो प्रेम हामिलाइ शिबाय कसैलाई थाहा छैन जसरि प्रेम थाहा नभइ पिपलले आफु जस्तै शरिर पठाउछ। हुरिसग। के उसको प्रेम बताससग हो त? होइन आफुजस्तै र अरुलाइ बचाउनु नै प्रेम हो। माया बाच्नका लागि। माया बचाउनका लागि। प्रेरणाका लागि। यद्यपि, यि कुरा उसलाई पक्का थाहा छ।

सबको भिडमा नि तिम्रो मौनता म बुज्न सक्छु। सबको भिडबाट तिम्रो आखाको मलिन हेराइ पत्ता लगाउन सक्छु। तिम्रो अरुको हल्लाको साइरन, चिल्ला कारका ढोका बिचमा तिम्रो सानो बाइसाइकलको बिदाइ नै सबभन्दा राम्रो बिदाइ लाग्छ। भएर नि नदेखाउने एकमासको चन्द्रमालाइ मात्र थाहा छ।
  शरद ऋतुले आकाशलाइ छोयो, शहरलाइ छोयो। यो चाडहरुको मौसम हो। कति परदेशिहरु घरलाइ रोज्छन। कलिला निधारहरुले आशिर्वादका हातहरु पर्खिन्छ्न।आङमा केहि नयाँ बास्नाहरु। घरमा सुन्दरताहरु।पहाड भरि भएर पोखिने बेला हो यो हर्शले । शहर एक्लो भौतारिन्छ अब। बादशाह हुन्छन् कुकुरहरु खुल्ला गोरेटामा। सात गुम्तिहरु ह्वासै गनाउछन। धमिलो पानी सुकिसकेको हुन्छ खाल्डाहरुमा।यो,बिहनि बादल होइन निलो ओडा देखिने समय हो।




यिनै दृश्यका बिचबाट आफुलाइ लादै छु, अनेक यादका साथ आफ्नु कार्यस्थलतिर। आज छुट्टै छ , आज सुनसान छ। रोगहरु ले नि चाडपर्ब पछाडि निदान हुन खोज्दा रहेछन। सुनसान छ तर त्यहा मेरो धड्कनको गुन्ज्यामान छ। म मेरो अनुहारमा चोटपछि मात्र म बिउँझेकि छु अघिल्लो रात।  म केहि मिनेटको बेहोसि पछाडि होसम रक्ताम्य शरीर लिएर उठेकि छु अघिल्लो रात। यस्तो अनुहार आज मैले शरद ऋतुलाइ देखाउनु छु थिएटर भित्र ।उ नजिक आउन कोशिस गर्छ। म टाढा भाग्छु होला, आज म दुख्या छु। मौसम राम्रो छ तर म दुखेको  छु सरद।मलाई मनको दुखाइ भन्दा शरीरको दुखाइ कठिन भएकोछ। तर मनको  दुखाइ त थिएन। मनको मिठास थियो, नजिकको मिठास। 

मैले एउटा मान्छेलाइ मात्र फरक मान्या छु। जो त्यो तपाई हुनुहुन्छ। सरद ऋतु उसैपनि भलाद्मीहरुलाइ(gentleman) सम्झिने समय हो। मौसम शान्त भएछ र यो सहरपनि। तपाईको दैलोमा दुर्गा भवानिको बलवान बास होस, प्रिय! सरद।म यसै गरि घुम्न पाउ त्यहाँ  तपाईंको सहरमा सरद सरि हरेक साल फर्किएर आउन पाउ, तपाईंको घरआगन। तपाईंको समिप हुन पाउ बिना अपेक्षाको।  न केहि लिनु न केहि दिनु को यो हाम्रो सङगम। सायद तिम्रो आकर्षण पनि शारीरिक होइन बस शब्दको।  मलाई नि ढुकढुक मन पर्छ लामो गरि। फेर्नलाइ त हेरेक दिन तन्ना हुन्छन् प्रेमहरु। मिल्नलाइ नजानिदा चौतारी हुन्छन् शरिरहरु। बस्नलाई छानि छानि कुर्सि हुन्छन् भावनाहरु। पोल्न लाई खरानि हुन्छन् कोइलाहरु। म पात हो तिमि शरदमा शित बनेर आउनु पर्छ। म आकाश हो तिमि गृश्ममा बादल बनेर आउनु पर्छ।आज यस्तै भयो नजिकको तिमि सगको यात्रा। 

साच्चै! उ नजिक मेरो अढेसमा आयो। तिमि लड्छौ है! के भयो! त्यो आवाज। आहा! अ! नि म लड्छु, तपाईंको अङ्गालोमा लड्छु। तपाईंको काखमा लड्न चाहान्छु।म म नै भएर लड्न चाहान्छु। एक त दुख्ने गरि अघिल्लो रात नै शारीरिक दुखाइ भइ सकेको छ, अब मनको दुखाइ भन्दा मनको आन्नद होस। म नै भएर लड्न चाहान्छु, यो मनकै कथन त हो। अब पनि एकोहोरिन छोडिन। अरु बोलिहरु भन्छन् , होइन ह्याङओभर हो तिमिलाई? पिएर लडेको जस्तो चोट नि छ...!किन टोलाएको। अरुको जे कुरा नि मलाई के मतलब र..?प्रिय सरद "यस्तै त  हुन्छ त ह्याङओभर जस्तै यो मौसम अनि तपाईं।" होइन! काम गर्न नआएको, त्यसै पनि म अनुभवी कर्मचारी होइन। न अनुभवी मान्छे नै। छोड, म सिरिन्जिङ्  गर्छु, सहयोगि चिकित्सक आफै गर्ने भयो। 

त्यहाँ मिडाजोलम(midazolam) र फ्यान्टानेल(fentanyl) पाएको बिरामि अपरेश कुर्सि माथि सुतेको छ। र यि कुराहरु सग उ अनबिग्य छ। उ बेहोसि नभए भन्ने थियो होला एउटा तस्वीर बनाउने थियो होला,यस्ता कुरा नि यो अपरेशन कोठा भित्र गर्ने होर। एक त बैज्ञानिक हिसाबमा चल्ने यि ठाउँहरुमा भावना र प्रेम हुनु नहुने त हो त्यहि पनि यस्ता काममा नै घात गर्ने खालको डुबाइहरु। तर, हामि बैज्ञानिक माया गर्छौ अरुलाइ बचाउने माया। यि सब मनोबिज्ञान मेरै दिमागमा मात्र खेल्छन्  कि। उ र उजस्तै अरुहरु पनि यस्तै सोच्छन। म अनुभवी कर्मचारि होइन उनिहरु जस्तो,त्यहि भएर सायद म भावनात्मक छु। छोडिदिउ। मेरो शरद ! जे छ भावना  या बिज्ञान सबैमा अब्बल छ।

सहर साच्चै खालि हुँदै छ, तर म फर्किन्न यो साल गाउँ। एक्लै मनाओस गाउँले दशै, एक्लै खेलुन रहरहरुले लिङ्गे पिङ। काम पनि त्यस्तै छ छुट्टी पनि हुन्न म आमालाइ थोरै पैसा पठाएर दशै मनाउन भन्छु , मान्नु हुन्छ। मलाई त बस्नको लागि यादहरु नै काफि छन। घरबाट टाढा भएर केहि बर्ष अघि पनि दशै नमनाएको होइन। ठिकै छ, लामो यात्र पछिको छोटो बसाइ खासै मलाई मन पर्दैन। गाउँ लामो छ र म लामो नै रमाउन चाहान्छु।त्यहाँका पुराना यादहरु, छोटो हेराइले मेटाउदैनन। म फोन संगै घरगाउँ घुमेर,छतको जुन मुनि काध राख्छु। खुल्ला आकाश मुनिको जुनले आफ्नु छाँया निकै लामो बनाउछ।छायापनि उहि घाम हुनजेल अनि जुन हुनजेल त हो नि। के साथ नै भन्नु र? तर त्यो छाया मै हो। जो मेरो अगाडी मभन्दा ठुलो भएर उभिएको छ। म उसलाई छामेर भन्छु,म  उमेर ढल्किदै जादा नि तिमि सधै जवान भइ राख्नु, मानिसलाइ आकर्षित गरि राख्नु। 
जुन मुनि छाया र कोमल आवाजले बोलि राख्नु, सुस्ताइ राख्नु। 

यो पल र यो रात हाम्रो लागि मात्र हो जुराइदिए जस्तो बादले जुनलाइ छोडेर। यो सहरको यो एकलास घरमा तिमि र मलाई मात्र छोडिदिएको छ यो एकान्तले। तिमिले सुन्यौं र तिमिले मेरो मुटु छोयौ र जसरी म हरेक क्षण एकान्तमा तिमिलाइ छुन्छु। तिमिलाइ भिडमा नि आफु एक्लो बनेर सम्झिन्छु। प्रिय सरद! यो अनुभव पनि तिमि जस्तै सुन्दर छ।  अढेश लाग्न सम्म त छाया भएर आयौं। बास्ना भएर छोयौ। आवाज भएर गुनगुनायौ। भलाद्मीहरुको प्रेम पनि कस्तो हुँदो रहेछ, बसन्तमा फुलेको फुल जस्तो। फुलेर बसि दिने तर जबर्जस्ती आकर्षक नबन्ने। बुझ्नेहरु उसलाई समाउन आफै आउँदा रहेछन। मैले प्रेमलाइ फुलबारिरुपमा नलिएर फुलको रुपमा लिए। सजिनै नपर्ने बस! अनौठा आफ्नै तवरले फुलि मात्र दिने।




मेरो बसाई लामो पनि छैन तर जति बस्छु जुन कै छहारि भएर बस्छु। तपाईंको काब्य साझको पर्खाइ छ मलाई। भन्नु भएको होइन, "तिम्रो लागि काब्य साझ"। उ झुटो बाधा गर्दैन मलाई यति थाहा छ। किनभने म संबेदनसिल छु भन्ने उसलाई थाहा भइ सकेको छ। र उ समझदार हो त्यो मलाई थाहा छ। तिम्रो शब्द राम्रो छ। जस्तो कि उच्च ब्याक्तिहरुले प्रयोग गर्ने। कम्तीमा पनि मलाई चाहि पढ्न मन लाग्छ। निदाउन मन लाग्नेछ यदि आवाज सुने भने। तिम्रो काब्य क्रितिपनि पढ्ने रहर छ।" पर्खनु होस।" पर्खनुहोस" के भन्नु भयो पर्खनुहोस। यति मै काब्य कृतिको कल्पना मैले गरेको छैन। न लायक नै। लायक भए नि सस्तो लोकपृयता बाहेक केहि हुन्छ र? म भन्दा हजार गुणा मिठा हुन्छन् मान्छेका भाब हरु। होल! तर तिम्रो मन पराउनु मेरो के दोष र! "एट लिस्ट आइ वान्ट टु रिड इट।" ओहो! कुनै समयमा। म तपाईंलाइ पठाउछु। तपाईंको ठेगाना चाहि दिनु पर्यो। नरम हासो उसको आखामा देखिन्छ। 

मपनि शब्दसग प्रेम गर्छु जसरी तपाईं गर्नुहुन्छ। म शब्दसग गर्दिन।तिम्रा शब्दसग मात्र गर्छु। मलाई जिउनलाई मेरै काम पुग्दो छ। यहि चाहन्छु,:तिम्रो शब्द कसैले नचोरोस। केहि छैन मसग भाबको खानि छ। शब्दमात्र जोडेर के गर्ने त्यसले कसैलाइ छुदैन भने र तपाइ जस्तो कठोर रसाउदैन भने। उसको अनुहार आदर्शको प्रेम छ। अनुशासित प्रेम छ। कसैको अगाडि भनेको सुनेको, तपाई  त यहाँ को बाघ हुनु हुन्छ रे! मेरो अघि किन बिरालो जस्तो हुनु भएको । मैले ठट्टाको भाबमा भनेकि थिए। बाघ? मभन्दा ठुला शिङ्ह(lion) छन यहाँ। अह! मैले देखेको छैन, शिङ्ह। हुन त पुरुषले आफुलाइ शिङ्ह नै भन्दा हुन। म प्रथम पटक उसको छेउ मा लिङ्गीय तुलना गर्दै थिए। मेरो कोमल पक्ष नदेख्नेले त्यसो भन्ने होला। हा...हा.. कोमल पक्ष । अ! तिम्रो कोमल पक्ष  मैले देखि सक्या छु, तिमि हिउ भएर नि न्यानो छौ त्यो मलाई बाहेक कसलाई  थाहा छ र.. म मन मनै आफैलाइ भनि रहेछु। अ! भन्नुहोस तपाईंको कोमल पक्ष,  थाहा पाउ! हेर्नेले थाहा पाएको होला नि। 

उसको हातमा ल्याप्रेसकोपिका औजारहरु हुन्छन्।त्यो दिन उ काम भन्दा कुरामा धेरै ध्यान दिइरहेको छ। भनौं! उसको जिस्किने मोड छ। म त्यहाँ छु त्यो पनि उसलाई राम्रोसग थाहा छ।हुन त उ औजार हातमा लिएको बेला उसको काममा बाधा पुर्याउने मान्छेलाइ काटौला झै गर्छ। समाप्त पछी काममा सहयोगि पात्रहरुलाइ जुनै अवस्थामा गएर नि धन्यवाद न भनि फर्किदैन। उसलाई रिसाउन र रिस लाइ फकाउन पनि आउछ। भनेपछि उ बेग्लै नैतिकता को छ। जो अरुमा कमि भएको नैतिकता उसलाई हेरेर चित्त बुझाउनु पर्ने हुन्छ। कोइ यस्तो हुन्छ भने कोइ नैतिकता भित्र रहने नि हुन्छन्। 
यहाँ



मैले आज चिठि लेख्ने निर्णय गरे। घाम जसरी पोलि सक्यो तिम्रो आत्मीयले। तिम्रो बडपनले शिशिरका पहाडहरु मौन भइसके। तिमि नजिक आउदा सलेदोमा चढाएका अर्गहरु पग्लिन थालि सके। तर म त्यसको वरिपरि रहने समय धेरै छैन। यो मेरो दोस्रो पत्र हो तिम्रो लागि। म गृश्ममा बर्सिएको बर्शात भएर केहि लेख्दै छु। यसले पोलेको मनलाइ शितलता दिओस। थाहा छ तिमि मेरो सपानीमा आयौ।त्यो मैले मात्र सम्झेर सम्भब थिएन। तिमिपनि नजिक भएर नि मसग लजायौ। मैले सपना देख्न थालि सके तिम्रो हात समाएको। अरुले के सोच्छ्नसग  त मलाई मतलब नै भएन ।त्यहा तिम्रो र मेरो मात्र सन्सार होस जहाँ मेरो अन्धकारमा म तिम्रो न्यानो उज्यालो होस। मेरो स्नेहका अगाडि तिम्रो दु:ख केहि नलागोस। म तिम्रो प्रेरणा बाहेक केहि होइन। पिडाहोस तर मिठो अन्त्य होस। यो क्षणिक होइन जिवन भर को खुशी हो। पर्खाइ भयो धेरै, सायद शिरिसको निला फुलहरु माथि भमरा रमाउनका लागि होला। कुनै समयमा पातमाथि शित हरु पलाए जस्तै। पबित्र भएर म भित्र तिमि पलाउने छौ।
...................
मेरो अगाडि हेमन्त छ, जुन मौसममा पुरै डुब्दिन र डुबेको जस्तो बहान गर्छु, यसले खसाल्ने शितहरु पनि म भन्दा चिसा छन, तर फरक उनिहरु चिसैमात्र छन , तर म चिसो र तातो बिचको परिवर्तनकारि छु। पुरै चिसो हावाले अनुहारमा हान्यो, मैले चस्मा लाएको छैन।सायद कालो चस्मा भए यि मौसमका अनौठापनहरु खपिस भएर हेर्न सक्थे।मलाई सिरेटोले हान्यो मैले एकोहोरो हेर्न सकिन। म हेमन्तमा कुनै चुचुरोमा छु, र मलाई हिउँले चल्नै नसक्ने गरि समाएको छ।यस्तो त मैले अनुभव गरेको थिएन। हुन पनि म कहाँ हिउलाई प्रेम गर्ने मान्छे हु र। मलाई यति थाहा छ मानिसहरु उसग खेल्न रुचाउँछन्, तर म कठिन देख्छु। आकाशबाट भुइमा एउटा प्वाँख झर्यो। अनि यि डाफेहरुको उड्नेबेला यहि हो? डाफे मुनाल मेरा लागि नाम हुन मेरा दृश्यमा छैनन्।अनि अरुभनेका सबै 
थोरै मात्र हुन्।
......
क्रमशः...







Share:

फुर्सद

 साना कुरा...गर्न फुर्सद कसैलाई हुन्न...

...

मैले सहर देखि गाँउ सम्म कामको शिलशिलामा हिँड्दा देखेका भोगेका कुराहरू देख्दा विरलै मात्र एकदुई का सम्बन्ध घर र परिवार चितबुज्दा देख्थे।

सबै असल सबै खराब भन्ने पनि होइन तर सबै एउटै हुँदा सायद समाजमा सकारात्मक शान्ति हुन्छं, सबै नराम्रै मात्र हुँदा  अर्को नकारात्मक शांति मतलब भयाबह अवस्था। समाज मा दुई सबै असल र सबै खराब छैनन। समाज चलाउन र अलि अलि बेला बेला मनोरञ्जनका लागि दुई कुरा को असन्तुलन भै नै रहन्छ।

म एउटा स्वास्थ कर्मी,

मैले देश को स्वस्थ क्षेत्रमा सहर देखि गाउँ सम्म केही काम गर्न पाए।, स्वस्थ क्षेत्र भनेपछि मानिसको सम्पूर्ण जीवन हेर्न देख्न पाइने रहेछ। यति पनि की केही क्षणको स्वास्थ्य संस्था भ्रमण मै उ अथवा उनी घरको कुन अवस्थामा गुज्री रहेको छ या छिन भन्ने कुरा थाहा पाइन्थ्यो। अर्को म सग धेरै व्यक्ति खुलेर कुरा गर्थे किनभने म पनि सामान्य र खुलेर उनीहरू सग कुरा गर्थे। यो मेराे सवल र दुर्बल दुवै पक्ष हो।

र बिस्तारै को परामर्श र अनुभव सँगै मैले मेरो कामका लाग्दै गए, यो बेला हेर्दा सबै भन्दा भर्नरेभल अवस्था मा महिलाहरु थिए र छन्।

अनि सबै भन्दा पीडित वैवाहिक जीवनमा। सबै भन्दा धेरै उमेरकी प्रसव पीडामा भएकी महिला तेतीस(३३) वर्षकी थिइन्।

विष वर्षमा विरलै मात्र गर्भवती पहिलो जाँचका लागि आउने।(मतलब 20 भन्दा अघि नै विवाह) 

परिवार नियोजन त्यो महिला कै भाग को मात्र कुरा। 

कतिपय ले भन्ने गर्थे मेरो त ब्लड गएको  तीन महिना भयो, यो राखी दिएको निकाली दिनुहोस्!

अनि मेडिकल अबोर्सनको लागि फेरि कति पटक आउने??(अबोर्सन अधिकारको कुरा बेग्लै छ..यी चलाउने संस्थाका नारा बेग्लै)

अब के गर्नु यस्तै छ त, यसरी नै रगत गई रहे के गरी बाँच्नु, उनीहरू भन्थे,

आफ्नु पतिले के भन्नु हुन्छ परिवार नियोजनको बारे,, यो उहाँको विषय को कुरा नै होइन???

यहाँ भन्दा धेरै अर्काको पतिको बारे सोध्न र बोल्न दोस्रो व्यक्तिले मिल्दैन।

मतलब दुईजनाको यो बारे राम्रो सँग परामर्श नै हुँदैन। 

यति मात्र अनुमान लगाउन सकिन्छ कि समाजमा महिलाको अवस्था कस्तो छ।

अब यी कुरा सबै तिरको महिलाले खेप्न कुरा हुन के गाँउ र के सहर अझ भनौं नेपालमा सहर कहाँ छ??

यस्तो समाज हेरेर सुधार कहाँ बाट सुरु गर्नु कुनै हेक्का नै हुँदैन र छैन पनि।

कुनै बच्चा बिराम हुँदा बाबुको उपास्थित्ती विरलै मात्र हुन्थियो। हुन त श्रमिकहरु बाटेर काम गर्न पर्छ घर मा जो छ उसले बच्चाको ख्याल गर्छ। बाहिर हिड्ने ले दाना पानी पैसा कमाएर ल्याउँछ। यसो भन्दा मात्र हुन्छ त? 

चलेकै छ चल्छ भन्ने हजुरआमा देखि भनेर आउँदै गर्दा हाम्रो समय सम्म पनि जस्ता को त्यस्तै नै छ। 

तरिका फरक भयो होला तर महिलाले नी आफूलाई दासी हु भन्ने भावना दिमाग बाट हटाउन पर्छ।

अब मैले जे देखे त्यो मात्र भन्ने हो, र व्यावहारिक रूपमा नदेखी कल्पना को कथा र कविताले दुःख लेख्ने बानी छैन र हुनु पनि हुँदैन। 

यी साना कुरा हुन...

त्यही त साना कुरा गर्ने फुर्सद खासै कसैलाई हुन्न। अनि ठूलो कुराहरू ले बाग्मतीको फोहोर छोपिन्छ... त्यही भ्रममात्र हो।

(यो सबै पनि मेराे भ्रम मात्र हो,फुर्सदमा साना भ्रम हरुले सताउने हो।, जो म देख्छु त्यो अरुलाई गफ लाग्छ। )


Share:

सामीप्य।

....

धारा,पँधेरा, पाटि पौवा, दोबाटा

चौगारा, सडक, फराकिलो बाटो,

सागुरो गल्लि सबै

सबै तिर यहाँ तिम्रो मन चल्छ

सायद यो हृदयको गति कतै तिम्रो गति होला।

ति दृश्यहरुमा कतै तिम्रै तस्वीर  होला।

बाटोको मनमा कतै तिम्रो चाल होला।


त्यहि भएर

छाप नछोड्नु छिचोलेर हिड्नु र

चप्पल मुनि धुलो समेटेर लानु

र म त्यहि माटोमा मिसिन्छु जसरी 

खडेरी पछिका केहि बिच्किएका थोपा

माटोमै कता हराउँछन, मिसिन्छन।

त्यहाँ माथि तिमि हिड्छौ,

तिम्रा पाइलामा म पनि हिड्दै छु, 

तिम्रो औलाको केहि भाग समाउदै छु।


मलाई आँगानको बाटो मै छोडेर कता जाने होर!

अन्त्य हुन्छ लक्ष्य सिकुवामा पुग्दा

पैतालाका घेराहरुमा मेरो एउटा धर्को 

तिमिले लगेको छौं, म आधा घेरामा छु

आधा उज्यालोमा!

मेरा हातका छरिएका रेखाहरु मिलाउने

जिम्मा तिम्रो भाग्यको हो।


मलाई दैलो ठेलाबाट दियोघर सम्म पुर्याउने

र साझको रातो छाँयामा तस्वीर सजाउने

कुनै बहाना भएन र?


ति पाइलामा मेरा रेखा मिसिएका छन

मुटुमा केहि मात्रा मेरो भावानाको

बेग चल्छ भने, 

हेर!तिम्रो पाउमा रहेको मेरो रेखाले

कहाँ सम्म पुर्याउछ, 

मनको गति सुन्नु, र कहि नछोड्नु मलाई..

मेरो छापपनि तिम्रैसँग मिसिएका छन।


Share:

कापीमा जस्तै।।

 कापीमा जस्तो कुनै शब्द पढ्न नपाइ

आँखाबाट हत्केला भरि झर्छन खुशी
त्यहाँ ओशिलो भावको बिस्कुन छ
त्यस्तै पहिलो पटक पन्नामा कोरिएका
शब्द जस्तै छरिएको।

त्यो कागज अन्जान मौन हुँदा-हुँदै,
कत्रो स्वरमा बोलेको धड्कन।
यो मस्तिष्कको असमझदारिसंगै
मुटुसँग नुनिलो  भएर चहराइरहेछ
बेमिल घाउ,
शरीरको नैराश्यता त
परेलि
मास्तिरको निधारले उजागर गर्छ बेहर्ष

यो मौनतासँग वाचाल छन नसाहरु।

मै मात्र सुन्छु मेरो मनको ढुकढुकी
जस्लाइ आवाजले कसरी बोलिदिन्छ उहि कानमा।
भन, म लेखौ मात्र कि पहाडको
कुनामा गएर मै लाई सुनाउ मेरो मन।

फेरि
रुखहरुमा बतासको तरंग संगै  छोडौ भने
जो पातमा लेखेपछि शितले मात्र
पढ्दै- मेटाउदै गर्छ वर्षात् सँगै  बादलको घाउ।

त्यहि भएर नलेख्नु कोरिए पछि
नमेटिने गरि कि त हृदय मै कि त
पत्थर मै लेख्नपर्छ तिम्रो नाम।


Share:

शहरको पुरानो रुख

 शहरको पुरानो रुखलाई 

मैले भन्छु

कथा लेख्न

र अन्जानहरु र अबोधहरुको  दुःखको इतिहास

सम्झाउन।

ती हतियारहरु लाई पनि कहिले नबिर्सी समेट्न

जसले धेरै वर्ष पहिले तिमीलाई काट्न मन पराएका थिए।

तर तिनीहरूले तिम्रो शरीरलाई हेरे

र थाहा पाए कि तिमी सुन्दर छौ,

साना चिप्लो पातहरु संग

तिमीलाई केही थाहा छैन तर

मलाई लाग्छ कि तिमीले हरेक कथा हेर्यौं

र हरेक मानिस नियाल्यौ

जहां यो सहर सबभन्दा हल्लिएको बेला 

यहां के के भएको हुन्छ?

यो शहर मा आयोजित,






घटनाहरू कुन हावाबाट उडेर आउँछ?

र तिम्रो पातमा बस्छ?

तिमी अब मेरो समयको जीवित इतिहास हौ 


तर अब

वसन्तले तिम्रो अनुहारमा प्रहार गर्न बिर्सन्छ

र 

तिनीहरूले तिमीलाई हेर्न पनि छोडे

किनभने यो तिम्रो सबैभन्दा कमजोर उमेर हो।

तर तिमी सहरको पुरानो रूख हौ

र जिउँदो ईतिहास पनि।


'म' नमेटाउन भन्छु

तिमि भित्र कैद भएका सबै ईतिहास

बरु अझ साहसी बनाउ

र वसन्त तिर फर्क

काँचो फलहरु संग

र अचम्म तुल्याई देऊ

तिमीलाई  अब बेकार छौ भन्ने हरुलाई

भनी रहेका हरु

अब

"खरानी बनाउन मात्र बाँकी छ"

ओहो! तिम्रो शरीरको ईतिहास तिनीहरूलाई

अब देखाउन बाँकी छ। 


तिमी शहरको पुरानो रुख र ईतिहास।

जिउँदो ईतिहास।।।





Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.