नियात्रा: एक निरन्तर यात्राको

यो हुनु नै अनौठो थियो।

 नधमिलिएको त्यो पर्दा जसले मात्र जोडेको छ।

तिमी र मलाई।

तिम्रो हेराइ कमजोर थिएन, मलाई झस्काइरह्यो।

न म बिलाउनु न तिम्रो छेउमा उभिनु र हेरि रहनु तिम्रा हर्कतहरु

जसले मलाई त्यहाँ हुनुको मीठो महसुस गराइरह्यो। 


मनभरी रहे ती वाक्यहरु।

क्षणभर मै बिलाए

ती कल्पित चित्रहरु

एक मुठ्ठी अड्किएको स्वास 

त्यो शुन्य वायुमण्डलमा चलिरहयो

अहो! त्यो क्षण जब उसको छाया नै 

काफी थियो , मलाई अड्काइरह्यो।"

.................................................

अडिन्छ मेरो स्वास तिमि बोल्दा

तिमिले फेरि दिनु मेरो स्वास।

तिमि नै भइदिनु मेरो मुटुको चाल।

उर्लिएर आएको छाल छाल। 


तिमि मेरो हौ।

जस्तो कि यि रुखका पातहरु यिनै रुख कै मात्र हुन

एउटा रुख उसको जराले मात्र अडिएको हुन्छ म तिम्रो कारण मात्र रहन चाहान्छु।


Share:

तपाई त

 बुज्नको लागि तपाईं एउटा महासागर हुनुहुन्छ।

तर मसँग एउटा झर्के लोहोटा मात्र छ, 

ज्ञान उघाउन, 

हुन त बुझेर पनि के गर्नु,

झन दु:ख हो, साँच्चै बुझियो भने,

प्रेम, ध्यान, मन , अँाखा, भाब, गहीराइ

कसरी हाँसेर रमाउनु।

त्यहि भएर त्यो लोहोटा पनि बेचेर

एउटा ठुलो सङलो पोखरी किन्छु

त्यो महासागरको एउटा सानो भाग

त्यहाँ आफैलाइ छाँयामा हेरेर

मुस्कुराउन सिक्छु।


Share:

केही भिन्न छ, सबै सकिन्छन् चक्रहरू

 मैले मेरै अघि कति उतारचढवपूर्ण जीवन 

बिताएका श्वासहरु देखें।

म नी अछुत थिएन।

भनिन्छ नी 

पारिजात छुट्टै होला बोट

तर उ संगै चिलाउने नी छ वनमा  

र उसको फूल पारिजात को 

बास्ना माथि, फूल माथि,  खस्छ नै

दुवै को रूप छुट्टै छ तर।

तर

यो कठिन हो 

हिउँद मा कठाङ्रग्रिएका रुखहरु जस्तै

जहाँ हिउँ झर्छ र हावा को चापमा नी स्थिर हुन्छन्

रूखहरू। 


मैले अरू केही जानिन उनीहरूलाई र मलाई नी

प्रकृति र यिनै मौसमसंगै तुलना गर्न बाहेक।

हो नी 

म हरेक मौसम जस्तै आफूलाई परिवर्तन गर्ने हिम्मत राख्छु

र गरेकी छु,

चक्र हो सबै 

बढो आनंद हुन्छ

शिशिर पछि वसन्तका पालुवा फेर्न र हेर्न।

ग्रीष्म र वर्षात पछि शरद को आकाश जस्तै खुल्न र भुल्न।

ओहो! मलाई हेमन्त को सुन को आराम त सबै भन्दा मनपर्छ

जहाँ सानदार खेतहरू आकाशलाई अचुक विश्वासमा

उद्रिएर बसेका हुन्छन् धानका बाला सँगै। 


जब छिलिएको रुखले उद्रिएको पातले आफूलाई

निको हुने हिम्मत राख्छ तब मलाई

छुट्टै साहस आउँछ

उनीहरूलाई हेर्नु मलाई नैं हेर्नु पनि त हो। 


हातमा मेराे केही छैन तर रेखा को आकार 

तिम्रो दिमागको जस्तै छैन होला।

जो  प्रकृतिलाई बलात्कार गर्छन्

र एकान्तमा बर्बराउन थाल्छन्।

मुक्ति को कथा लेख्छन्

'उनको मुक्ति '

तिनै अघोषित अपराध गरेर

हिरासत  बसेका कैदी हरु। 


अन्धो समाजले त अपराधीलाई नी सुहाउँदिलो माला लागाउँदो रहेछ।

ती फूल काधमा लजाउंछन,

कतै एकान्तमा तिनै लाई

प्रेमील गुलाब बनाउँछन्। 


एकाबिहानै मलाई शब्दले चिथोर्छ

प्रकृतिको बलात्कारी 

वातावरण विद छ

रूख कै पातले बनेको कागज यहाँ भन्दा

लज्जित हुने ठाउँ कहीं छ?



बरु किन नबनेको हिमाल

बगाउन नीकै तापीलो हुन परोस्।

बरु मैन नै आफू पग्लिएर 

अरुलाई उज्यालो बनाओस्।

रबर जस्तै टासिएर

कस्तुरीको सुगन्ध चोर्दा कहाँ 

पारिजात टेर्छ र? 


यी सबै सकिन्छन् चक्रहरु

सकिन्छन् चक्र सबै अनि। 


बरु 

म अन्तिम यो भन्छु 

'नूर'

तिमी ले दिएको साहस ले 

म बाँकी जीवन हासेर कटाउछु 

म हिउँ पर्खिदै थिए न्यानो घाम बनेर।

हो थाहा छ मौषम को नयाँपन

र पहाडको अटल पर्खाइ

बिना आमन्त्रण पहाड मौन बनायो।

हिउँले उचाइ मात्र मन् परायो

आएपछि हरेक कुरा मौन बनायो।





Share:

जो कारण प्रष्ट देखिन्छन।

 मलाई बिश्वास छ यो रातले सुन्छ

म चौगारोमा किताब लिएर बसेकी छु।

सधैं भरि आफैसँग नहराउने प्रकाश लिएर

बसेका ताराहरुको अध्याँरो कथा सुनाउछु,

जुनकिरि हरुलाई। 


तर,

रातमा मात्र पिल-पिल गर्दै

त्यहि नि बसन्त र गृश्मको आधाहुदि

समयमात्र मसँग मुस्कुराउने उज्याला

किराहरुले चाहि के उदेश्य राख्छन त्यो बुज्नु छ।

ति छिचिमिरा बेलुका उडेर बिलाउँछन।

म हेर्दा हेर्दै त्यहि बत्तिमा, पानीमा तैरिन्छन।

पखेटा भएर कहाँ पुग्नु रहेछ त्यो पनि बुज्नु छ। 


ओहो! 

अनि यि ताराको कथा मैले रात लाई 

सुनाउँदा यो किताबको  सवभन्दा चम्किलो पृष्ठ

उहि आकाश हो, जो अन्धकारमा

आफ्नो रङ्ग मलाई लुकाउछ र ति ताराहरुलाई देखाउँछ।

मैले तिमिलाइ पनि भुल्नु त हुन्न यहि पन्नाबाट

तिमि म बसेको ढुङ्गामा जुन बनेर आउनु।

केहि छिन सापटि भए नि मेरा पानाहरु,

तिम्रै उज्यालोले मात्र प्रष्ट देखिन्छन।



Share:

खुशी यही जस्तो लाग्छ।

 तिम्रो बोलाइमा खोइ नजिकको धुन आउँछ,

मेरो घरबरिपरि कसैले बोलाइ रहे जस्तो लाग्छ

तिम्रो आढमा अग्यानोमा खसेको दुधको सुगन्ध आउँछ

एउटा छहारी छ म जति बेला पुगे नि शितल महसुस गर्छु।

लाग्छ तिम्रो,तिम्रो आभासमा म स्वर्गको कल्पना गर्छु।

तिम्रो छेउमा बिना सङकोच हास्न,बोल्न अनि निदाउन सक्छु।

तिम्रो हातमा नरम,कोमल  आन्दित महसुस गर्छु, 

तिम्रो काधमा म जिवन भर हराउने साहश राख्छु।


तिम्रो खुशी आमाको मैले पेटमा पहिलो पटक खुट्टा चलाएको जस्तो लाग्छ।

तिम्रो हेराइ आज आमाको हातमा म पहिलो पटक  छु जस्तो लाग्छ

तिम्रो मुस्कानमा आज बुबाको सपना पूरा भएको दिन हो जस्तो लाग्छ।

जब भुवा जस्तो आवाज मेरो कानमा आउँछ तब म पहिलो पटक रोएको अनि आमा खुशीले आँखा भरी भएको जस्तो लाग्छ।



Share:

मलाई लागेन।

 मलाई लागेन तिमिलाई मेटाइदिउ।

आहालो रङ्गमा सङ्लो पानी बनेर।

सफेद सर्टमा,उहि हातको छाप बसेको हो।

सुहाइरहेछ, गाढा बनेर

मलाई लागेन तिमिलाइ मेटाइ दिउ,

इन्द्रेणीलाई  फेरि खप्टिएको बादल बनेर। 


बालुवाको रङ्गमा मरुभूमि रहेको छ

तिमि भन्छौ खन्याएर जानु शितलता 

के अर्थ लोहोटाबाट पानी तप्प झार्दा।

बरु छालहरु बाटो बिराएर आए त

भिज्ने थिए  क्याक्टसका  जराहरु

मलाई मन लागेन तिमिलाइ जिस्काउन

शिशिरमा साँझ बिहान झर्ने शित जस्तो बनेर। 


धुलौटे माटोमा नङले कोरेको अक्षरको रङ्ग  

तिम्ले भन्यौ एक स्वासले पढेर जानु

सुनिसकेका शब्दहरु किन दोहोराएर

रात साझ छेउमा आउने चमेरालाइ दिक्क बनाउनु,

खरको त्यन्द्रामा झुन्डिएर हेरोस पुर्णिामालाइ चमेराले

मलाई मन लागेन तिमिलाइ भुलाउन

चरालाइ समेत दिक्दार लाग्ने संगीत बनेर।





Share:

जो भरोसा हुन, समेटीरहुन्।

मरिरहन्छन् आशाहरु,

जसरी अर्घ सकिएका दिप मर्दछ्न।

जोगाउनु छ झिनो धागाहरु 

जसरी अल्झिएर टुक्रिरहन्छन् 

छुट्टीएर हातहरु, मिल्दैनन परेली

आश्चर्य भएर कापी रहन्छन ओठहरु

बन्द हुन्छन्  मुस्कुराहट, मधुर आवाजहरु

जतन गर्नुछ सुस्केराहरु

जसरी आधारातमा पनि गुन्जिरहन्छ्न। 


भौतरिएर मनहरु उडिरहन्छन् 

थकित भएर चौतारीहरु पर्खिरहन्छन्।

हेरिरहन्छन् साझहरु धिमी-धिमी हुँदै 

एकजोर चम्किला ताराहरु 

समेट्नुछ उज्याला किरणहरु

जो औशीको रातमा पनि चम्किरहन्छ्न।


Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.