नियात्रा: एक निरन्तर यात्राको

 भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीले आफ्नो शरीर मेडिकल कलेज AIIMS लाई दान दिएका रहेछन्।मृत्यु पश्चात् उनको शरीरको अन्तिम संस्कार भन्ने कुरा गरिएन। उनको शरीर अब त्यहाँका विद्यार्थीले अध्ययन गर्नेछन्। विद्यार्थीले उनको शरीरमा शल्य क्रिया सिक्लान्। यो उनको चिकित्सा विज्ञानलाई उनले दिएको महत्वपूर्ण योगदान नै हो। जुन मृत्यु संस्कार भनाउदा क्रियाकलापमा कुनै विश्वास छैन र बेकारमा जलेर जाने शरीर मेडिकल शिक्षाको लागि काम लाग्छ भने किन नदिने भन्ने उनको आफ्नो मान्यता होला। 

पुराना धेरै पटक चिरिएका काम नलाग्ने अवस्थामा पुगेका शरिरहरुमा पढ्न, शल्यक्रिया सिक्न गाह्रो भो, नयाँ शरीर नै पाइदैन भन्ने चिकित्सा विज्ञानका विद्यार्थीका सधैं गुनासा हुन्छन्। त्यसैले मेरो व्यक्तिगत विचारमा आफूलाई कत्ति पनि विश्वास नलाग्ने त्यस्ता मृत्यु संस्कारमा आफ्नो शरीर खेर फाल्नु भन्दा यसरी अध्ययनका लागि दिनु उपयुक्त हुन्छ। 

पश्चिमेली मुलुकमा पनि चिकित्सा विज्ञानका लागि शरीर दान गर्नु सामान्य नै हो। अझ एक कदम अगाडि फोरेन्सिक साइन्सको लागि शरीर दान गर्नेहरु पनि हुन्छन्। त्यसलाई body farm भनिन्छ जसमा शरिरहरु कुहाउन छोडिन्छ ताकि हरेक दिन शरीरको निरीक्षण गरेर कुन लास कति दिन पुरानो हो भनेर छुट्याउन सकिन्छ। यसले अपराध अनुसन्धानमा ठूलो भूमिका खेल्छ। 

नेपालमा पनि गीतकार क्षेत्र प्रताप अधिकारीले आफ्नो मृत शरीर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै दान दिएका थिए। अहिले पनि उनको शरीर शिक्षण अस्पतालका विद्यार्थीले अध्ययनको क्रममा प्रयोग गरी नै रहेका होलान्। उनको पनि अन्तिम संस्कार गरिएको थिएन। उनका गाउँका मानिसहरूले सुनाए अनुसार गाउँलेहरूले पिताको अन्तिम संस्कार नगरेको भनेर उनका छोराहरूलाई पानी बार्ने समेतको धम्की दिएका थिए रे। अनि बाध्य भएर कुशको मनुष्य बनाएर अन्तिम संस्कार गरिएको थियो रे। 

अहिले भारतीय लगायत नेपालमा समेत कथित् संस्कारी विद्वानहरू यचुरीलाई धर्म छाडा क्रिश्चियन अधर्मी पापी भन्नेको जमात उर्लेको रहेछ। ओहो बीजेपी समर्थक आरएसएसका कार्यकर्ताको त कुरै छोडौ यचुरीलाई सरापेर बसेका छन्। 

चिकित्सा विज्ञान कुनै एउटा अवतारीले हडिगुम्बा फडिगुम्बा ताण्डव मिन्डुप फट स्वाहा आदि गरेर ल्याएको शास्त्र होइन। यसमा कुनै अलौकिक शक्तिले कसैलाई गुफामा लगेर, कुनै भगवानले सपनामा सिकाउने, कुनै गुरुले निधारमा औँलो दलेर दिक्षा दिएर सिकिने सिकाउने कुरो होइन। यसमा यसरीनै योगदान दिनेहरूले या चिहान बाट लास चोरेर सिक्नेहरुले गर्दा मेडिकल साइन्स यहाँ सम्म आइपुगेको हो। बेलायतमा चर्चका आँखा छलेर आफ्ना ज्यान समेतको वास्ता नगरी चिहान बाट लास चोरेर सिक्ने हरुले विकास गरेको शास्त्र हो चिकित्सा विज्ञान।

धेरै पर नजाऊ आज भन्दा 80 वर्ष अघि नेपालीको औषत आयु कति थियो? राजा महाराजा समेत 50 कट्दैन थिए। आज त्यो कहाँ पुगेको छ? सामान्य ज्वरोले मान्छे मर्थ्यो। कुनै अवतारी संस्कारी कहाँ गएका थिए त्यो बेला। 

अहिले मै हूँ भन्ने धर्मगुरु त्यही सदगुरु भन्ने जग्गी वासुदेवलाई नै हेरौँ न। अस्ति भर्खर टाउको चिरेर बाँचेको होइन? टाउको चिर्ने विधि चाहिँ कसरी जाने होलान् त चिकित्सक ले? यसरी नै अध्ययन गरेर होइन?

त्यसैले यस्ता यस्ता पाखण्डीहरु जो चिकित्सा विज्ञानको सहयोगले आफूचाहिँ बाँच्नु पर्ने अनि त्यो क्षेत्रमा योगदान गर्नेहरूको चाहिँ खोइरो खन्ने संस्कारी विद्वान सधैं घृणाका पात्रहरू हुन् भने यचुरी र अधिकारी धन्यवादका पात्र।


Share:

आफूलाई पनि भ्रम हुन्छ बेला बेला

 कैलाश पर्वतमा कसैले ओम देख्छन त कसैले शिव, केदारनाथको शिवलिङ्ग त शालिग्राममा बिष्णु, गोसाँइकुण्डमा शिव सुतेको देखिन्छ, कसैले आगोको ज्वालामा भगवान त चिताको आगोमा आत्मा देखेका छन्, कसैले बादलमा भगवान देख्छन कसैले येशु त कसैले बुद्ध .......कसैले आलुमा, रुखमा, रुखका जरामा भगवान, अझ सबै भन्दा बढी त ढुङ्गामा देखिएका विभिन्न आकृतिहरुको आधारमा धेरै मन्दिरहरु बनेका छन्। चन्द्रमामा मान्छे, मंगलमा महिला देखेर धेरैले धेरै अवफाह पनि चलाए, कसैले सुर्यको सुन्नमिल्ने तरङ्गमा परिवर्तन गरिएको आवाजमा ओमकारको ध्वनि सुन्छन, यसरि विभिन्न बस्तुहरुमा विभिन्न किसिमका आकृतिहरु देखिने या कल्पना गरिने, कुनै संगीतमा या प्राकृतिक अवाजमा या कुनै पनि आवाजमा यस संग असमन्धित तर परिचित लाग्ने आवाज शब्दहरु सुनिने परिघटनालाइ मनोविज्ञानको भाषामा #Apophenia या #Pareidolia भनिन्छ। 

हामीले प्राय त्यो बस्तुमा रहेका आकृतिलाइ कसरि पर्सिभ अर्थात् महसुस गर्छौ त्यहि अनुसारको आकृति देखिन्छ त्यसलाई धार्मिक आस्था, मनोदशा (डर, खुशी, प्रेमिल घृणा आदि आदि)हरुले प्रत्यक्ष असर पार्छन। सुनिरहेको गीत संगीतलाइ उल्टो या बिस्तारै या छिटो चलाईदिने हो भने पनि केहि बिचित्रमा परिचित आवाजहरु सुनिन्छन, त्यसै कुनै ठाउमा र्याण्डम्ली Randomly रेकर्ड गरिएका आवाजहरु बजाइदिने हो भने परिचित आवाजहरु, भुत प्रेतका आवाज भनेर पनि सुनिन सक्छन। त्यसरी नै लिएका तस्वीरमा पनि भुत प्रेत देखि भगवान देखिने पनि यहि मनोबैज्ञानिक परिघटना अन्तर्गत पर्छ। त्यसैले यिनीहरु मानव मष्तिस्कका सामान्य क्रियाकलापहरु हुन्। अन्धविश्वासी भएर कुद्नु भन्दा पहिले आफ्नो मष्तिस्कलाइ चिन्ने प्रयास गरौँ। त्यसैले आफ्नो आँखा र कानलाइ पनि तुरुन्त बिश्वाश नगर्नु ......😉



Share:

विज्ञान सर गुरुको घरमा(Science dance in Astrologer's Home)

 एउटै घरमा ज्योतिष बाउ र विज्ञान सम्बन्धी जानकारी राम्रो भएका छोराछोरी भएपछि के हुन्छ् भने,, साँच्चै बिजोक हुन्छ!! हेरौं के भयो...


अनि छोराछोरीले त यसो बाहिर हेरेका देखेका र केही पढेका हुन्छन भन्ने बुबा आमा ले पनि सोच्छन्, हो कसैले पढ्छन् र घरमा अलि अलि कुरा पेश गर्छन् यो ज्योतिष ज्ञान भन्ने भबिष्यवाणी केही होइन मानिस सँगर्ष, महेनेत गरेर मात्र मानिस अघि बढ्न सक्छ भन्ने बहस हरु हुन्छ्न। आखिर बुबाआमा ले नी केही भन्दैनन् खासमा छोराछोरी पढेका छन् जे गर्छन्। 


तर एक्कासी एकाबिहानै विज्ञान पढाउने सर चिनाको विटो बोकेर घरका सिकुवामा आइपुग्छन्। ज्योतिष गुरु हजुरले भनेको कुरा त सबै पुगी रहेको छ...अनि त्यहाँ सन्नाटा सुरु हुन्छ!! 

बुबा हरु खुशी हुन्छन। हो नी कसैले विज्ञानको प्रयोगशालामा विभिन्न तथ्य प्रमाणीत गरेर दिन भर आफ्नै छोराछोरी लाई विज्ञान पढाउँछ उही चिनाको बिटो बोकेर ज्योतिषका आगनमा आउँछ भने त्यो भन्दा ठूलो खुशी बुबाहरुको कहिले नी हुँदैन। 


अब विज्ञान पढाउने र पढ्ने हरुको अवस्था कस्तो छ देशको भन्ने कुरा ठम्याउन केही बेर नलागेको भानमा स्तब्ध हुन्छन पढेकाहरु। अनि लाग्छ होला आँ! दुनियाँ जे गरोस् कस्ले के भनेर हुन्छ र! विश्वास गरे गर्छन् न गरे अघि बढ्नेछ।



👇 


When an astrologer father and children well-versed in science live under the same roof, things can get chaotic!


The children, having seen the world outside and read a bit, start thinking differently. The parents notice this and realize: yes, someone studies, brings new ideas home, and argues that astrology and predictions are not enough;only hard work and effort really push people forward. Debates happen, but in the end, the parents don't interfere; they just let the children follow what they've learned.


Then, one morning, the science teacher arrives at the doorstep carrying a bundle of oracle papers(चिना). Suddenly, everything the astrologer father had claimed seems fulfilled… and silence falls.


 Fathers are delighted. After all, when someone spends the day teaching science and proving facts, and then shows up with oracle papers in the astrologer's courtyard, there is no greater joy for them.


Meanwhile, the educated ones are stunned, realizing how little time it takes to understand the state of science teaching in the country. And then they think: well, whatever the world does, whoever says what it doesn't matter. Those who believe will act, and those who don't will still move forward. Life goes on no matter how! It's all their choice, meanwhile without disturbing others.

Share:

जसका लागि...

 शहीद! तिमी जसका लागि जीवन फाल्यौ

उनीहरू तिम्रा शवहरु चिहानबाट खोतलेर 

टुक्रा टुक्रा पारेर अङ्ग अङ्ग लिलाम गर्दै

तिम्रै नाममा अर्को दास प्रथा चलाइसके।


जसको स्वतन्त्रता को सपना देखेर 

जसका आँखाको दासत्वको पट्टी च्यात्न

होमियौ त्यो अग्निकुण्डमा तिमी।

तिम्रा जात, धर्म, वर्ण, कुल, घरानको 

मूल्याङ्कन गर्दै, तिम्रा तस्वीरमा 

तिनैका छड्के आँखा तारिएका छन्।


जसका विरुद्ध तिमी लड्यौ 

बरु तिनीहरू शिर झुकाउँथे 

तिमी सामु, डराउँथे तिमीसँग

शायद तिम्रा घाँटीमा पाँसो सुर्काउँदा

तिम्रा छातीमा गोली दाग्दा तिनीहरूको

मुटुको ढुकढुकी बढेको हुँदो हो

सम्झ त उनीहरू तिम्रो आँखामा 

मुहारमा हेर्न पनि सकेका थिएनन् होला।

तिमी प्रतिको सम्मान लुकाउन 

कृतिम घृणाको मुखौटा लगाएका थिए

थर थर काँपेको स्वर दवाउन

गालीको वर्षा गरेका होलान्।

बरु तिनले तिम्रो शवमा

सुटुक्क शिर निहुराए होलान्।

र त हामीलाई थाहा भयो

तिमी त्यो पाँसोमा पनि मुस्काएका थियौ रे।

तर आज तिमी सर्वाङ्ग बेचिएका छौ, 

चुसिएका छौ मासी मासी सम्म।

Share:

बेकारी बौद्धिक

 म पनि कुनै अलौकिक अस्तित्व जस्तै भगवान या कुनै रहस्यमय शक्तिमा विश्वास गर्दिन। यो विषयमा म स्पष्ट छु कि मैले अध्ययन गरेको विज्ञान र वैज्ञानिक विधिमा भगवान मात्र त्रुटि चर अर्थात् error variable हो। 

हरेक मन्दिर मस्जिद चर्च चैत्य गुम्बा आदि स्थल या त मेरो लागि पर्यटनको या पुराना छन् भने ती पुरातत्व, कला संस्कृति र मानव सभ्यताको विकासको अध्ययन गर्नको लागि अति उपयोगी लाग्छन्। त्यसैले म पूजा आराधना भन्दा पनि उनीहरूको संरक्षणमा बढी केन्द्रित हुनुपर्छ भन्नेमा स्पष्ट छु। तिनीहरू आस्थाका धरोहर भन्दा नी मेरो लागि हाम्रो सांस्कृतिक र पुरातात्विक अमूल्य सम्पति हुन्।

यहाँ यी खगेन्द्र संग्रौलाको यो भनाइ देखेर म अचम्भित भएँ। 

यसै दुःखद घटना भएको छ, उनीहरू आस्थाका कारण मुक्तिनाथ मन्दिर जाँदै थिए होलान्, कोई पर्यटनको आनन्द लिन पनि गएका थिए होलान्। यहाँ आस्थालाई दोष दिने अन्धविश्वासको कारणले जीवन गुमाएको भन्दा नी हाम्रो उड्ययन सुरक्षाको लागि चिन्तित हुनु पर्ने आवश्यकता छ।

किन हाम्रो आकाश असुरक्षित छ? 

जवाफ गाह्रो छैन, जसले जति सुकै भौगोलिक विकटता र विषम वातावरणका दुहाई दिए पनि उड्ययन नियामक निकायको नियमनको नालायकिपन यसको उदाहरण हो। यहाँ बसेर हामीले प्रतिकूल मौसम भएका मङ्गल ग्रह देखि शनिको चन्द्रमामा Titan देखि कति उल्का पिण्डमा सकुशल कतिपय यान उतारेको होइन र? उचित उपकरण, प्रक्रिया र सजगताले धेरै दुर्घटना रोक्न सकिन्छ।

उड्ययन सुरक्षाको सामान्य नियमहरूको उल्लङ्घन, आवश्यक उपकरणको अभाव अनि लापरवाही नै धेरै कारणहरू देखिएका छन्। यसको कारण नियामक निकाय र विमान कम्पनीको साँठगाँठ र भष्टाचार नै हो। थोत्रा विमान अनि आवश्यक उपकरण नहुँदा नी चु नबोल्ने अनि दुर्घटनाका अनुसन्धान प्रतिवेदनमा खेलबाड गर्ने दलाल चरित्र नै नागरिकको ज्यान जाने कारण हो। 

यी कुराहरुमा बोल्नु पर्ने तर एकथरी स्वघोषित नास्तिक प्रगतिशील क्रान्तिकारीहरु यसमा पनि राजनीति गरिहाल्छन्। अब यो दुर्घटनामा ज्यान गुमाएकाले अन्धविश्वासले ज्यान गुमाए, खै मुक्तिनाथले के गरे, शक्ति भए बचाउँथे भनेर लेख्नु हदै सम्मको नालायकिपन र संवेदनाहीनता हो। 

मलाई त धर्म भगवान भजाएर खाने रामहरु र प्रगतिशील र क्रान्तिकारिता काे नाउँमा फेरि धर्म भगवानलाई नकारात्मकता भजाएर खाने हरामहरु एउटै लाग्छ। दुबैले बेच्ने कुरो त्यही हो। अझ दुवै थरीले आफूलाई र आफ्नो सोचाइ वैज्ञानिक भनेर दावी गर्दा मलाई चाहिँ अचम्मै रिस उठ्छ। नालायक पतित नीचहरु।

Share:

बलात्कारी हरु

 मिस्टर खड्का, मिस्टर तिवारी, मिस्टर रिमाल, मिस्टर दुलाल, मिस्टर बराल, योगी सबै अरू मिस्टरहरु सबैका जीवनमा आएर गएका छन्, कोही हेरी रहेका होलान्। यी हाम्रो समाजका ज्वलन्तहरु हुन। पावरमा यिनै छन्, मालिक यिनै छन्।

सुस्मितालाई जसरी कतिको मानसिक जीवन र पूरा जिवन बर्बाद गरेका छन्। उनले एकदम मानसिक आघात पछि मात्र बोल्ने आँट गरिन( कति पीडा सहने हो? उफ!!) कति हरु अझै गुम्सिएका छन्। ती सबै बोल्नु पर्छ र न्यायपालिकाले सुन्न पर्छ।  


सुष्मिताहरूका सपना मर्दा कसैलाई मतलब नै हुन्न।तर बलात्कारी संस्कृतिको कुरा गर्दा सामान्यीकरण गर्ने हरुको सपनाहरुको बारे एकदम चिन्ता तिनैलाई हुन्छं। व्यवस्थाका एकलौटी मालिकहरुका मात्र सपना, सपना हुन।

शासन सत्ता देखि लिएर साहित्यकार, पत्रकारिता, कलेज, युनिभर्सिटी चारैतिर यी बलात्कारी दिमागहरू चर्पीका किराजस्तै बढेका छन् र अहिले उनीहरूको उद्धारको ठूलो नेटवर्क बनेका छन्। कतै कविको आवारणमा , कतै बुद्धिजीवी, राजनीतिज्ञ, नायक, खलनायक जस्ता विभिन्न आवरण भित्र छन्।सबै तिर छन्। यी सबैलाई शुद्ध गर्ने संरक्षकहरू मालविका सुब्बाहरु र पूजा शर्माहरु समाजमा कहलिएका मोडल, आइडल हरु छन।

  व्यक्तिको अनुहारमा रहेको यस्ता मास्क/आवारण उतार्न नछोडौ। आज मात्र होइन, पाण्डेहरु र पाण्डेहरू जस्ताका सन्तान जन्मी रहन्छन् र बलात्कार हिंसाका घटना घटि रहन्छन्। 

मान्छेले समाज बनाउछ या समाजले मान्छे बनाउछ? 


यी कुराहरू बारम्बार लेख्दै/भन्दै आएकी छु। म सँग पनि धेरै घटित अनुभव होलान्। आफ्ना कुरा राख्न नछोडौं। सबैलाई रुजाउने जिम्मा कसैले लिएको हुँदैन र सकिँदैन। हिंसा लागे ठूलो स्वरमा चिच्याई चिच्याई बोलौ।

#बोलौ हिंसाको बिरुद्ध ठूलो आवाज गरौं।

Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.