नियात्रा: एक निरन्तर यात्राको

कुरा......

मानिस(बच्चा) आफ्नु developmental milestone अनुसार मात्र हुर्किए भने राम्रो हुन्छ, जुन उमेर मा जे बृद्धि विकास हुनु पर्ने हो(शारीरिक, मानसिक,सामाजिक, cognitive) त्यही भयो भने उनीहरूलाई कुनै किसिमको तनाव हुँदैन। 


(जस्तो कि एउटा बैनीको भाषण आई रहेको हुन्छ पोखरा तिरको बैनी होला उनलाई ठूला ठूला कार्यक्रममा बोलाएर motivational speech हरू दिने त्यसमा सबै मख्ख परेर ताली बजाउने,फेसबुक सेयर, त्यसमा कमेन्ट वा! नानी कति राम्रो! त्यो उमेर उनको ती क्रियाकलाप गर्ने होर? सुन्दा ओहो कति जानेको लाग्ला तर बिल्कुल त्यो राम्रो चाहिँ होइन। उनलाई उक्साउन लाग्ने हामी पनि राम्रा होईनौं। पछि गएर त्यही कारण उसलाई घात हुन् सक्छ। अरु बालबच्चा पनि धेरै देखिन्छ जसलाई प्रयोग गरी रहेका हुन्छन भाइरल बनाई रहेका हुन्छ्न।)


आखिर छोराछोरीको बाल्यकाल बाबुआमाले नै नष्ट गरी दिने त रहेछ, बाहिरको मान्छे कोही चाहिदैन। 

सानैमा मेरो छोरीले मेरो छोराले यस्तो जान्दछ यसरी अभिनय गर्छे, सबै थोक जान्दछ, संस्कार सबै था छ, कुरा कति ठूलाले गर्ने जस्तो गर्छ, भगवान पूजा गर्छ।यसरी त्यो उमेरमा गर्नु पर्ने कुरा अहिले यसरी गर्छे भन्दै proud भई रहेको देखिन्छ। फलाना को छोराछोरी त देख्दा नी कस्तो लाग्छ कति चकचक गर्ने, केही जान्दैन खासमा बच्चाले केही जान्दैन नै चक चके नै हुन्छ, काम बिगार्छ नै,रुन्छ नै,खेल्छ दौडिन्छ लड्छ नै नाकी ठुलाठुला कुरा गर्दै हिँड्छ।


यो सबै केटाकेटीको बाल्यकाल नष्ट गरी दिने आमा बाबु कै जिम्मेवारी हो।

त्यो भबिस्यमा गएर मानसिक अस्वास्थ्यता को आवस्था जस्तो कि anxiety, stress र trauma सम्बन्धी विभिन्न disorder हरू जस्तो conversion disorder (hysteria), panic disorder, GAD(generalized anxiety disorder), phobia अरुमा depression जस्ता मानसिक अवस्था हरू आउन सक्छन्।


सानै बाट यसरी high expectation, high ambition, अनि over strictness, over discipline मा पनि उनीहरू राख्न हुँदैन। पछि गएर उनीहरूका आवश्यकता पूरा नभए निरास बढ्ने हुन्छ। परिवार भन्दा बाहिर नी संसार हुन्छ त्यहाँ मानिससंग घुलमिल हुँदा आफ्नु हुर्काइ आफ्नु बातावरण जस्तो बाहिर पाउन नसके त्यही बाट नैराश्यता बढेर जाने हुन् सक्छ।


त्यसैले बच्चा जन्माए कै कारण मात्र मातृत्व,पितृत्व भन्दै यस्ता बालबालिकाका विकास, स्वस्थ(मानसिक, शारीरिक, आवश्यकता,उमेर) मा ख्याल नगर्ने हो भने त्यो भनिएको मातृत्व,पितृत्व को केही अर्थ रहँदैन घमण्ड बाहेक। किनभने एउटा व्यक्ति जसले यी सबै aspects हरू बुझेको हुन्छ उसले adopted पनि राम्ररी हुर्काउन सक्छ। 


बच्चा भबिस्य हो भन्ने तर भबिस्यको भबिस्य वर्तमान मै नष्ट गरी दिने हो भने देश नै मानसिक रूपमा एकदम कमजोर हुने अवस्थामा आउँछ। 

उमेर भन्दा अघि र उमेर भन्दा पछि केही कसैलाई पनि राम्रो हुँदैन।


Share:

बहाव

समुन्द्र नजिकबाट एउटा बहाबले भन्यो!

त्यति एकान्त पनि नहुनु

आवाज पानीले नि नसुनोस।

अनवरत हेर यो छिटाहरु बादलको

खबर बोकेर धर्ती लाइ सुनाइ रहेछन्।

के गुनासो थियो र आकाशको घामसँग

उसलाई छोपर रमाइरहेछन च्यादर माथि थोप्ला-थोप्ला।

हर बखत तप्लेनिले आफ्ना रहर गुमाइरहेछन बलेसिसँग।

मलाई नि रुज्न मन नहोइन

तर

रातभर दियो बल्यो दियाघरमा।

ननिबाइ राख्नु भनेको छ मझेरिले।

म रुजु त उ ओसिएर नबल्ने अर्घमात्र हुन्छ।

अर्घ आफै बल्दैन, उसलाइ आगो चाहिन्छ।

त्यहि भएर।

मैले पानीलाई पनि सुनाइन मेरो मौनता।


.

Share:

परिपूर्तिका लागि

 कुनै पनि चीज को अभावलाई परिपूर्ति गर्न मानिस लागि रहेको हुन्छ, भनौ 'आधारभूत आवश्कता' त्यसको लागि तयारीमा क्षणिक स्थिरता कायम गरेको हुन्छ।कुनै न कुनै दिन यी सजिलै पूरा हुँदा सम्म उसलाई जीवनको अन्तिम आदर्श प्राप्त हुन्छ र सबै भन्दा धेरै पछ्याउने मानिस त्यो बेला हुन्छ।

यो आवारण हो... जो जयजयकार का भोगी.. यी भोगी हरु ले भोलि ती जयजयकार गर्ने हरुलाई नी समातेर निल्छन्, र निलिरहेका छन्। 


यो बालात्कार संस्कृतिको रूपमा मौलाएको छ अझ बिद्यालयसम्म। उत्कृष्ट व्यक्ति आवारण सबै भन्दा ठूलो अपराधको कारण हो,किनभने समाजका उतकृष्ठ भनिएका ब्यक्ति पछाडि लागेको हुन्छ मानिस र त्यो व्यक्ति परिवारले नी बिश्वास गर्ने हुँदा उसलाई शोषण गर्न एकदम सहयोग भएको हुन्छ।(जस्तो काका, ठूलो बुबा,मामा, शिक्षक, बुबाको साथी,आमाको साथी, अङ्ग्रेजी पढाउन सर, गणित पढाउने सर, थेसिस गरिदिने सर, प्राक्टिकल नंबर राख्ने सर, चिट चोराउने सर,जागिर लाईदिने अंकल/ नेतो, राम्रो पदमा भएको बोइफ्रेण्ड, पत्रिकामा लेख्ने,रेडियोमा बोल्ने, टिभीमा आउने मान्छे, विश्लेषकहरु) यस्तहरुलाई एकदम सजिलो हुन्छ शोषण गर्न। संसारले विश्वास गरेको छ भन्ने भ्रममा। 


यो बलात्कारी संस्कृतिका मौलाएको मालिकहरु सबै भन्दा ठूला व्यक्तिहरु हुन जो हरुको ठूलो बचस्व ठूलै ठाउँहरु बाट हुन्छं र सानोतिनो आवाज ले हल्लाउन सक्दैन।

र जो त्यसको विरुद्धमा सहरीया कुरा हरु उठाउँछ ती सिउडोहरुले झन पीडितलाई गार्हो बनाएका छन। 

निचोड दिँदैन र घाउ बल्झाउछ। समस्या र पीडित जहाँ को त्यही हुन्छ।

तपाईं कसलाई पछ्याउँदै हुनुहुन्छ?सबै भन्दा बुझेको? ज्ञानी?? पढेको?? ती आवारण त्यही संस्कृति भित्रका अंग हुन् जो यी अनेक वस्त्र(ज्ञानी, बुद्धिजीवी....अरू अरू) द्वारा छोपिएका छन।

हेर्नु एकदिन त्यो घटिया निस्किन्छ नै, त्यही बेला अब तपाईं आवाज उठाउनेकी, यस्तै हो भनेर अझ ती अपराधी लाई बलियो बनाउने?

यो आफ्नो कुरा नै सबै भन्दा ठूलो अपराध को कारण हो। 


एउटा महिलालाई vurnarable अवस्था सम्म कस्ले ल्यायोे??कुन 'वाद' ले ल्याउँछ?? त्यो व्यक्तिको नियतलाई र त्यो अवस्था सम्म ल्याउने व्यवस्था (व्यक्तिको) आचरण, मानसिकता होइन र?? त्यो मानसिकताको कुनै कुरै नगरी, हरेक चिजलाई बन्द गरिनु पर्छ भन्नु पनि हुँदैन,, 

बलात्कारी मानसिकता हो, बलात्कार को कारण बलात्कारीको दिमाग मात्र हो। अरू केही होइन।

Share:

यात्रा अनुभव....कुरा......!

 आजको यात्रामा दुई गाडीको यात्रा भयो, त्यसमा थली बाट खासमा अर्कै ठाउँ जान भनेर हामी हिड्यौ, मैले अस्ति पनि भनी सके नी गोकर्णेश्वर गाडीमा चढे पछि धेरै बन्न लागेका काम बिग्रिन्छन, पुग्न पर्ने समय दोब्बर समयले लम्बिन्छ.....त्यस्तै आज जान ठाउँ हिँडेको ठाउँ पुगेर वर्षामास को समय सजिलै फर्किन नसक्ने समय यहीँ गाडीले बनाई दियो, हुन् पनि अफिस टाइम हुन् लाग्दा अलिक व्यस्त त हुन्छ नै त्यसमाथि भनी हाले गाडी त्यही खाले( यात्रा गर्दै हुनु हुन्छ भने गाडी छानेर चढनुहोला, हाम्रो तिर रोजाई धेरै नभएकाले बेला बेला frustration हुन्छ नै, त्यसै पनि रोकेर troture गर्छ यो गाडीले!) 


सोही अनुरूप आज पहिलो गाडी(गोकर्णेश्वर यातायात)चढेर सातदोबाटो ओर्लियौ (त्यहाँ भन्दा उता गएर आइदैन होला भनेर) त्यहाँ नजिकै घुम्ने ठाउँ त्यही गोदावरी बोटानिकल गार्डेन नै हो। अलिक शीतल पनि हुने फूल वनस्पति पनि देख्न पाइने फोटो खिच्न नी पाइने भएर सातदोबाटो बाट साझा यातायात केही बेर कुरेर गोदावरी जाने निर्णय गर्यौ।


गाडी एकदम प्याक नै थियो तर प्याक भए नी उभिन सजिलो नै हुन्छ साझा यातायातमा अरु गाडी जस्तो कोचिन पर्दैन, उभिएर अलिक पर पुगे पछि अन्तिम तिरको चौतारी जस्ता सिट खाली भए(साझाको पछाडिको चौतारीमा त साँच्चै रमाइलो हुदो रैछ बस्न!)

हामी दुई जना त्यहाँ गएर बस्यौं।


अब साझा गाडीमा आधा आधा बाटो तिर भाडा उठाइ सकेको हुने रैछ, भने पछि अन्तिम तिर भाडा उठाइ सकेको रैछ हामी पछि चढेका र खाली भए पछि अन्तिम सिट मा गएर बसेका।


भाडा उठाउने दाई हामी सम्म आए तर पनि हामीले भाडा हातमा बोकेर बसेको भाडा लिएनन्, अरुसंग लिँदा लिँदै काम परेर होला अगाडि गए हामीले सोच्यौं फेरि आउलान्। तर आएनन्। यस्तो नी हुन्छ र यस्ताे चाहिँ कहिले भएको थिएन यत्रो वर्ष गाडी चढ्दा। ओर्लिने ठाउँ आयो सबै ओर्लिए भाडा लिन आएनन्।


फेरि अर्को गोकर्नश्वर गाडी को कुरा गर्दा थली बाट सातदोबाटो सेन्सिवल दर मै पुर्यायो। त्यही नी त्यो गाडीका कर्मचारीहरु कमाई कम भएर हो या के समस्या हो जहिले तनावमा हुन्छन जहिले झगडा गरी रहन्छन्(प्राय सबै काठमाडौंका गाडी त्यस्तै नै छन् तर नी यी अलिक तनावमा हुन्छन)


अब

 फर्किदा को कुरा गर्दा त्यही पहिले कै गाडी रिपिट भए(गोदावरी देखि सातदोबाटो साझा, त्यहाँबाट थली गोकर्ने अझ गोके) अब थली ओर्लिने बेलामा भाडा दिँदा फेरि भाडा उठाउने मान्छेले बिहान भन्दा दश रुपियाँ बढी लियो, अब त्यहाँ भन्न त परी हाल्यो बिहान त्यही गाडीमा केहि न भनी लाग्ने भाडा लियो भने फर्किदा त्यही बाटो बस दिशा मात्र फरक! बिहान देखी बेलुकामा दाम दश रुपेले बढ्यो।

 

त्यो बेला मैले गोदावरी जाँदा केही क्षण छलफल गरेको कुरा सम्झे जब भाडा लिई सकेको भनेर लिएको थिएन, त्यो बेला मैले त्यो बेला Deepes Moorti Pant लाई भने छोड दिउँ, नदिउँ बेला बेला केही हुँदैन हाम्रो पनि त धेरै लिन्छन बेलाबेला लिने बेला, छोड दिउँ के जाम त्यसै आखिर दिनलाई तयार भएकै हो। उसले नउठाए पछि र एक पटक बोलाएकै पनि हो नदिउँ भनेर म त निस्की सकेकी थिए तर पन्त जी ले त्यस्तो गर्न हुन्न दिन पर्छ बिर्सेको हो उसले भनेर दिएर मात्र निस्कियौ।


अब गोकार्नेले धेरै लिए पछि मैले भने देख्नु भयो यिनीहरूले कहिले कहिले ५ रुपियाँ १० रुपियाँ गरेर हामीलाई अझ म दिनहुँ हिड्ने मान्छेलाई कति ठगेका छन्। बेला बेला उनीहरूले नी विर्सिदा केही हुँदैन यसरी ठगी त हाल्छन, आँखा झिमिक्क गर्दा ठग्छन्, त्यही नी हामी जो दिन दिनै यात्रा गर्छौ हामीलाई थाह छ भाडा कति हो कहाँ सम्म भनेर तर पनि हामीलाई नै पनि ठग्छन् भने जो बुझेको छैन जो पहिलो पटक यात्रा गर्दै छ, भाडा दर ठाउँ थाहा छैन भने कति ठग्छन् होला?? 


यहाँ प्रत्येक पाइला पाइलामा यस्तै छ।

यहाँ कसै बाट बढी लियो जानी जानी र कोही मान्छेले दियो भने त्यो गर्व को बिषय भनेर गफ गरी रहेको सुन्निन्छ। त्यसलाई यति भनेको दियो, त्यसले थाहा नै पाएन भन्दै पूरा गर्व गर्छन्।


(नोट: तर कसैको दुःख गरेको कमाई उसले बिर्सियो भनेर चुक्ता नगरी जाने, भाग्ने चाहिँ गर्नु हुँदैन।यी सबै यात्राका बेला गरिएका अनुभवलाई समेटेको मात्र हो!)


( तर ठग्ने, धुत्ने, फटाहाहरु दलालहरु माथि चाहिँ प्रश्न गरौं, नडराई किन।)


               साझाको चौतारी बाट लिएको फोटो!
              ग्वार्को को जाम समय

      गोकर्ण गाडीमा जाम बस्दाको फोटो 


Share:

अन्तराष्ट्रिय नर्सिङ दिवस

आज अन्तराष्ट्रिय नर्सिङ दिवस‌का अवसरमा हामी यो महत्वपूर्ण दिनलाई मनाउन सबै जना उपस्थित भए का छौं। चाहे विकसित देश हुन् या नेपाल जस्ता विकासशिल देश हुन् हामि नर्स या अन्य स्वास्थ्य कर्मिहरु सधै पहिलो लहर (frontline) मा बसेर स्वास्थ सेवा प्रदान गर्ने गर्छौ। झन माहामारी, प्राकृतिक प्रकोप होस या युद्धग्रस्त क्षेत्रहरुमा सधै स्वास्थ्यकर्मीहरु सबैभन्दा अग्रणीरेखामा रहनु परेको छ।


विश्वस्वास्थ संगठन(WHO)ले हरेक १००० जनसंख्यामा कम्तीमा २.३ जना स्वास्थ्य कर्मिको आवश्यकता रहेको भनेता पनि विकसित देशमा नै यो अनुपात कायम गर्न सकिरहेको छैन । नेपालको अवस्था त नाजुक छ। यँहा प्रतिहजार जनसंख्यामा पुग नपुग 0.67 जना नर्स पुग्ने या स्वास्थ्यकर्मी मात्र पुग्ने अवस्था छ।(भनेको एक हजारलाई एउटा नर्स नी पुग्दैन) यो त अझ सहरी क्षेत्रको आकडाँ हो। अझ ग्रामीण क्षेत्र को कुरा गर्दा त 1 लाख पचास हजारमा 1 जना स्वास्थ्यकर्मीको नाजुक अनुपातको अवस्था छ।  


यसैवाट हामिले स्पष्ट के वुझ्न सक्छौ भने देशमा दक्ष स्वास्थ जनशक्तीको चरम अभाव छ। तर यस्तो दुर्लभ भई सकेको जनशक्ति फेरी किन चरम शोषणमा किन छ त ? प्रश्न जायज भए पनि, यो अवस्थाको विश्लेषण जटिल छ। नेपालमा सबै भन्दा अभावग्रस्त जनशक्ति नी यही हो र चरम शोषण र असुरक्षा समाना गरी रहेको जनशक्ति पनि यही हो।


यहि अवस्थाका कारण अर्थात ,'श्रम शोषण' र ' असुरक्षाका कारण यो पेशा प्रति आकर्षण घट्दै गइरहेको छ। नेपालका निजि क्षेत्र‌मा सञ्चालित स्वास्थ संस्थानमा कार्यरत नर्सहरुको पारिश्रमिक र ‌duty आवरका कुरा गर्ने हो भने त यो शायद नेपाल के सवैभन्दा न्युन आय अर्थात् निरपेक्ष गरिबी(absolute poverty) को रेखा मुनि पर्छन मतलब आधारभूत आवश्यकता परिपूर्ति गर्न पनि नर्स हरुको तलब ले पुग्दैन।


आजकाल सरकारी सेवामा नै रहेका नर्सहरु विना सुचना विदा वसेर सरकारी सेवामा अयोग्य भन्दै निष्कासन गरिएका सुचना पढ्न पाइन्छ। "भविष्यमा सरकारी सेवा लाइ अयोग्य" सुन्दैमा मलाइ नै हासोँ उठ्छ।" झन ती कति हाँस्दा हुन्। ती त अस्ट्रेलिया, अमेरिका पुगिसके, अब आउदैनन् ।यहाँ हामि अध्ययनरत सबैलाई सोध्ने हो भने पनि ९५% भन्दा माथिलाइ सोध्ने हो भने जवाफ त्यही आउँछ भोलि कहाँ जाने भन्दा अमेरिका, अष्ट्रेलिया र क्यानडा। १ ग्रामिण अनि 850 मा १ शहरी जनसख्या र स्वास्थ कर्मी भएको देशमा यसरी स्वास्थकर्मीको पलायन ले भोली यो देशमा कस्तो भयावह अवस्था आउँदैछ भन्ने कुरा यो देशका निति र्निमाताले तथा निजी अस्पतालका साहुहरुले सोचेका छैनन् । यो देशमा सबैभन्दा वढि नाफा कमाउने क्षेत्र स्वास्थ्य, शिक्षा तथा बैंकिङ क्षेत्र हुन् तर कर्मचारी हरू चरम शोषणमा पर्ने क्षेत्र पनि यहि नै हो।


अब रेसिडेन्ट डक्टर र नर्सको भरमा कति दिन नेपालको स्वास्थ क्षेत्र संचालन गर्ने हो? तिब्र वौद्धिक पलायनले र घट्दो आकर्षण‌को विचमा देखिएको अन्धकारमा कोभीड-१९ को महामारी कसरी व्यवस्थापन गर्ने होला? जनसख्या र स्वस्थकर्मीको बीचको नाजुक अनुपातलाई कसरी व्यवस्थापन गर्ने लगायतमा कसैको पनि ध्यान गएका छ जस्तो लाग्दैन ।


नितिनिर्माता र प्रशाशक मात्र होइन आम जनताको हामिलाइ हेने दृष्टिकोण उस्तै छ। डाक्टर कुटिन्छन, नर्स कुटिन्छन् । कार्य क्षेत्रमा हुने विभिन्न किसिमका दुव्यवहार

अझ नर्सले भोग्नु परेको यौन हिंसाअदिको हिसाव किताव त अलग छ।


 न कामको स्थाइत्व छ न सामाजिक सुरक्षा, न सामाजीक प्रतिष्ठा हिंसा तथा दर्वव्यवहार अनि चरम श्रमशोषणले गर्दा देशको दक्ष जनशक्ती बाहिरहेको छ र बाहिरिने क्रममा छ।


यो अवस्थालाइ हामिले कति दिन बेवास्ता गर्ने हो? सधैं वर्षको एक दिन नर्सिङ दिवस भन्यो Florence Nightingale को फोटोमा अविर छर्केर फूल चढाएर नर्सको स्वास्थ्य क्षेत्रमा रहेको महत्व तथा योगदान‌को भाषण छाँटेर अनि फेरी शेषण‌को क्रमलाइ निरन्तरता नै दिइराख्ने हो भने आगमि दिनको अवस्था अझ नाजुक छ। 


 यो विश्व विश्वव्यापिकरण (globalization) को युगमा विश्वव्यापि श्रम बजारमा प्रतिस्पाधि हुन नसक्ने हो भने यसको मुल्य देश र जनताले गम्भिर रुपमा चुकाउनु पर्ने देखिन्छ। 


भोली नर्सको पढाइ विदेश जाने भिषा के पर्याय नबन्नोस निति निर्माता, प्रशाशक, हस्पीटलका साहु र जनताहरूको बुद्धि बेलैमा पलाओस भन्दै अन्तरास्ट्रीय नर्सि डेको सबैलाई शुभकामना दिन चाहन्छु।


धन्यवाद! 



Share:

एनेस्थेसिया

 Laparoscopic Cholecystectomy(removal of gall bladder) पित्त थैली को अप्रेशन गर्दा, अप्रेशन सुरु हुनु भन्दा अगाडी एनेस्थेसिया (नदुख्ने/बेहोस बनाउने) दिइन्छ। त्यसको लागि सीमित औषधि दिएर शरिरलाई पारालाइज गराइन्छ (जस्तै: मिडाजोलम,morphine/fentanyl, प्रपोफोल र Rocuronium/Vecuronium रोक/भेक) जसले गर्दा बिरामीले सास आफूले फेर्न सक्दैन र कृतिम स्वासप्रस्वासको प्रयोग गर्न पर्छ जसलाई intubation गरेको भनिन्छ। त्यसको लागि Laryngoscope भन्ने एउटा यन्त्र हुन्छ जसले बिरामीको मुख आँ बनाएर मुख आँ गर्दाको माथिल्लाे भाग upper jaw लिफ्ट गरिन्छ, र Laryngoscope को ब्लडे (blade) पर मुखको अन्तिम सम्म पुराएर लिफ्ट गरिन्छ,जसले गर्दा श्वास नलिको प्वाल देखिन्छ र ET ट्यूब(endotracheal tube) त्यो प्वाल बाट छिराइन्छ र फोक्सो मा अक्सिजन पुराएर कृत्रिम श्वासप्र्वास गराइन्छ।


Laryngoscopy भनेको चाहिँ त्यही प्वाल राम्ररी देखियोस् भनेर हेर्ने काम हो जसले गर्दा intubation सहज हुन्छ, त्यसको लागि प्रयोग हुने विभिन्न यंत्र हुन्छ जुन एउटा Laryngoscope पनि हो।


त्यहाँ दाँतको भन्ने कुरा मा चाहिँ सधैं intubation गरी रहने डाक्टर हरु बेला बेला कन्फिडेन्समा रहँदा मानिसको घाँटी को साइज जस्तो कसैको छोटो, मानिस मोटो हुँदा त्यो श्वास नलीको प्वाल देख्न गारो हुन्छ,(difficult intubation) जसले गर्दा त्यो Laryngoscope को blade (ब्लेड) अलिक कडा रुपमा लिफ्ट गर्दा दाँत लाई ठोकिएर असर गर्न सक्छ। त्यो डाक्टरहरुको (anesthesiologist) हरुको कन्फिडेन्स ले गर्दा गल्ती भएको हो। डिफिकल्ट intubation को लागि अरू सामाग्रीहरु (difficult intubation set) जसले त्यस्तो हानी गर्दैन, ती प्रयोग गर्न सकिन्छ।


 त्यो गल्ती हो। त्यस्तो हुनु हुँदैन। फेरि त्यहाँ surgeon को केही गल्ती हुँदैन(surgeon ले त पित्त थैलीको अपरेसन मात्र गर्ने हो) एनेस्थेसिया दिने डाक्टर र अपरेसन गर्ने डाक्टर बेग्लै हुन्छ्न। त्यो anesthesiologist को पाटो हुन पर्छ, मेराे अनुभव अनुसार चाहिँ यति हो जानेको। अब त्यहाँ लापरबाही, कन्फिडेन्स कस्तो थियो के भएको भित्र काम गर्ने हरुलाई मात्र मज्जाले थाहा हुन्छ।

तर यस्तो हुनु हुँदैन त्यो गल्ती हो। मानिसको स्वास्थ र शरीर को कुरा मा पूरा तयारी र कति प्रतिशत पनि मिस नहुने हिसाबमा काम गर्नु पर्ने हुन्छ।


(मैले एनेस्थेसियामा (नर्स) काम गर्दा एक दुई भन्दा धेरै सजिला intubation गरेकी थी ए anesthesiologist को सुपर भिजनमा।)


During a laparoscopic cholecystectomy (gallbladder removal surgery), anesthesia is administered before the procedure begins to render the patient unconscious and pain-free. Specific medications, such as midazolam, morphine or fentanyl, propofol, and muscle relaxants like rocuronium or vecuronium, are used to paralyze the body. 

This paralysis prevents the patient from breathing independently, necessitating artificial ventilation through a process called intubation.
Intubation involves the use of a laryngoscope, a device that opens the patient's mouth and lifts the upper jaw. The laryngoscope's blade is carefully advanced to the back of the mouth and lifted to visualize the opening of the trachea (windpipe). An endotracheal tube (ET tube) is then inserted through this opening to deliver oxygen to the lungs, enabling artificial respiration.

Laryngoscopy is the process of using the laryngoscope to clearly visualize the tracheal opening, facilitating smooth intubation. Various tools, including the laryngoscope, are used for this purpose.

However, challenges can arise during intubation, particularly in cases of difficult intubation. For example, in patients with a short neck or obesity, visualizing the tracheal opening can be challenging. In such cases, an anesthesiologist may apply excessive force while lifting the laryngoscope blade, which can accidentally strike and damage the patient’s teeth.

 This is often due to overconfidence or lack of caution on the part of the anesthesiologist. To avoid such issues, specialized equipment (difficult intubation set) designed to minimize harm should be used.
Such incidents are mistakes and should not occur. 

The surgeon performing the cholecystectomy is not responsible for this, as anesthesia administration and intubation are managed by the anesthesiologist, a separate specialist. From my experience, this is the extent of my knowledge. The specifics of whether negligence or overconfidence played a role are best known to those directly involved in the procedure.

Such errors are unacceptable, as healthcare professionals must work with utmost precision and preparedness to ensure patient safety. Based on my experience as a nurse working under the supervision of an anesthesiologist, I have assisted in several straightforward intubations.


Share:

यी उपदेश

 अनि यो उपदेश जो वर्ष वर्षौ सम्म बिक्न सक्छ यो समाजको लागि..

(बिक्नु पर्छ नत्र चुलो बन्द हुन्छ,ठुला बालक त त्यस्तै हो साना बालकको माया लाग्छ)

"be the same person in private, publicly and personally."


मैले त्यहि कुरा यो ठाउँ हेर्दा सम्झिए काबेलि मास्तिरको लडेको रुख, आफै कम बग्न थालेको खोला।यो मौसम शिशिर हो। हिमाललाइ सोर्सफोर्स लाउन सकेन धेरै बग्न खोलाले। (नत्र मानिस भएको भए त्यस्तो लडेको रुख सबैले हेरुन् अवश्य आफू दुखी भएर लडेको देखाउन चाँहदैन) तर रुख र त्यो खोला उ जस्तो छ त्यस्तै देखाइरहेछ, अनवरत बगि रहेछ सानै भए नी। हिउँदमा सोर्स नलाई। मानिस भए सबै तिरका भेल आफू मा नै कटाउन र ठूलो बनेर बग्न सोर्स लाउने थिए! तर लडेको रुख चोट मा छ्टपटाएको छ र रुख काटेपछि पानीको मुहान छैन त्यो खोलाले सहेको छ। 


मानव र ति आँखाहरुले उपदेशबाट, दासत्व, भक्तित्वबाट नी केही काम छैन भनेर कहिले थाहा पाएर विरक्तिन्छ थाहा छैन्। तर उ(मानिस) विरक्तिदा र फर्किदा रुखले त आफ्नो लडेको ठुटामा नि मुना लहलह भर्दिन्छ। त्यही त अनौठो छ। उसलाइ मात्र हेरेर बाँच्ने त ओहो! कति आनन्द ले बाँच्न सक्छन् मानिस नी। हासी हासी। 

शक्तिको भोगी, भोक भएको मानिस मात्र हो दास, भक्त र ढोगी वन्न रुचाउने। त्यही भएर उ प्रकृती पनि आफ्नु नियन्त्रण मा होस चाहान्छ, तर प्रकृति किन बस्छ तब त्यो रिस बेमौसमी वर्षा भएर, भूकम्प र आधी भएर पोखिदिन्छ। त्यो उसैको नियम हो। 


अहंकारीलाई श्राप या नष्ट गर्नु नी आफ्नु महान शक्ति हो भन्ने लाग्छ। तर त्यो पछिको पछुतो को जलनले अनिदो भएको र आफ्नु जीवनमा अशान्ति भएको सायद अहंकारी आफैलाई थाहा हुँदैन। अनि आफ्नो अनिदो, अशान्तिलाई कृत्रिम योग, ध्यान, चिन्तनले मलम लगाउँछ भन्ने भ्रममा मानिस नाटकीय बन्छ। त्यो अनुहारमा झल्किन्छ। आफ्नो दासी मस्तिष्ककाे बयानमा जब मानिस थाक्दैनन् भने ती अशान्ति, जलनले छटपटाएका हुन् भनेर शान्त मानिसले दया गर्नुपर्छ। दासत्व, भक्तित्व, चाटुत्व, ढोंगी बन्ने नसामा यति मायिएको हुन्छ कि मानिस त्यो बेला सामान्य मानिसले मानिसको त्यो मानसिक अवस्था( रोग)को ख्याल गरी दिनुपर्छ। ती कुनै न कुनै मस्तिष्क रोग बाट पीडित छन् भन्ने कुरा बुझ्नुपर्छ।


अरे यति भए पछि त बुझ्नु नि आवारण र आफु स्वयं स्वासको मुर्दा मात्र मानिस। अरू बाहिरी शक्ती भनेको स्वाङ मात्र हो र अर्काको भक्तिमा लाग्नु भनेको दास मानसिकता मात्र हो।। (चाहे जुनसकै होओस् व्यक्ति प्रगतिशील, क्रान्तिकारी,विभिन्न वादी या वाद गुरु,महात्मा,परमात्मा,या मानिस नै जो शक्ति र सत्तामा छ।) विचार मान्नु, विचार अनुसरण गर्नु, विज्ञान सिद्धान्तको प्रयोग गर्नु या पढ्नु र चाटुकार या दास बन्नु बेग्लै कुरा हो।  


"तर यहाँ एउटा प्रसंग छ जब पूर्ण प्रकृति जसले कसैको कुभलो उसलाई हानि न पुर्याए सम्म उसले हानि गर्दैन गर्दैन कसैको।"


उ पुर्ण प्रकृति थियो तर यस्तो कि काम लाग्ने चापको रुख,उबाट हरेक कुरा लिइ रहे सायद काट्ने र गतिलो काठ सम्म। मलाई थाहा छैन यो रुखहरुले कसरी सहन्छन यो। 

त्यो फलको लागि मानिसले चापलाई प्रयोग गरि रहे।

अहिले म त्यो चापलाइ गुलाबको क्रसिङ्ग ओभरबाट अर्को प्रजातिको गुलाब उत्पादनमा लाग्या छु। चापले घर बलियो बनाउछ, तर त्यो जङ्गल मै अवस्थित र सबैको अपन्त्व। 


अब चापको जङ्गलको आधा अस्तित्व नस्ट हुँदै छ गुलाबको आधा अस्तित्वसग कसैको बगैंचाको मालिक हुदैछ।

घरमै मात्र सिमित हुन्छ उहि आँगनमा मात्र सुगन्धित हुन्छ, ओहो काट्न मिल्दैन, लुच्न मिल्दैन , हातहरु कापिरहेको छ, मस्तिष्क हरु बिचलित छन, आँखा तिखा छन गुलाब भन्दा आधा अस्तित्व गुलाब सग मिसाएको चापको रुख हेर्न।


तर म पुरा तयारि मा छु, ति अस्तित्वहरुको नयाँ उत्पादनमा।

मलाई त्यसबाट गुलाब निकाल्न मन छ र मलाई मेरो बगैंचामा सजाउन मन छ मलझल गर्दै अझ सुन्दर बनाउन मन छ।

चापको रुख र गुलाबको अस्तित्वको नयाँ प्रजाति। 


यो दृश्यबाट मैले सम्झेको कुरा यति नै हो जो हर मौसममा हर तरिकामा यो हर समय(private, personally , publicly) उहि छन, न लुकाउछ शिशिरको नाङ्गो पहाड, बसन्तको नयाँपन , गृश्मको बर्सात पछि ढलेको पहाड, सरदको निलो आकाश। यि पुर्ण र सधैं महान।

.............

(Dare to touch and see it, the most beautiful species)



Share:

यसो हुन् सक्छ

 आधा जसो 'नारीवादी' सज्जनहरू(पुरुषहरु) र उनीहरूले लेखेका नारीवादी  साहित्यहरुमा सिर्फ स्वाङ मात्र हुन्छन् जो महिलाहरुको पनि ध्यान जाओस् आफूमा या आफ्नु साहित्यमा भन्ने हो। 'Just an attention seeking'...... 


उनीहरूलाई नारीहरुको कोमलता बारेमा राम्ररी जानकारी हुन्छ र अर्को कुरा माहिलाहरुको मनोबिज्ञान यति को देश हरुको त सजिलै थाहा हुन्छ र उनीहरू केही कविता, केही सुन्दर वाक्यांशहरू र केही महान महिलाहरुको कथाबारे पढेका हुन्छन र लेखेका हुन्छन् आफ्नु तरिकाको।

नेपालका अधिकांश पुरुष साहित्यकारले फेमिनिज्म् बुझेका छैनन् र खोक्रो स्वाङ पार्छन्।त्यो पनि यो समाजलाई नीकै ठूलो नै हुन्छ र यो देखेर अधिकांश महिलाहरु ती पुरूष हरुमा प्रभावित हुन्छन्। यो एउटा भनाइ पनि छ कि 'महिलाहरुले सामान्य मानिस(पुरूष) भन्दा आर्टिस्टक पुरूष हरु बढी रुचाउँछन्।' त्यो कुन देश र कुन समयको लागि भनिएको हो त्यो थाहा नहुँदा आज स्वाङबहर पुरुषहरूलाई धेरै फाइदा छ। यो भावनात्मक समाज हो जसरी नी मानिस मेनुपुलेट हुन्छ। 


खासमा उनीहरूलाई जन्माउने पनि  महिला नै भएको कारण पनि बहुत महिलाको पीडा बुझ्न सक्ने हुन्छन् , त्यो स्वाङ हरेकमा देखिएको नै हुन्छ।खासमा त्यो प्रिय हुने बाहेक केही होइन किनभने एकदिन त्यो दिन आउँछ  जब आफूलाई पुरुष प्रमाणित गर्नु पर्ने छ भने त्यो जसरी गर्नै पर्छ र गर्छन्।

एउटा व्यक्ति जो नाम कहलिएको हुन्छ उसले मानिस हो गल्ती हुन्छ भन्ने क्षमा पाउँदैन।

जसरी अमेरिकन गायक विल स्मिथ लाई प्रतिबन्ध लगाइयो। त्यो त सायद अमेरिका भएर हो। रोल मोडल भनेर भनी सके पछि मान्छे हो भगवान होइन भनेर आफ्नु असक्षमता, अस्थिरता र सेन्सेलेस्नेसलाई प्रमाणित गर्ने कुरा हुँदैन। आधा गल्ती र आधा सही भन्ने पनि हुँदैन। 


धेरै थाहा त थिएन तर यो अगाडि घटेको  पल शाह प्रकरण देखि धेरै कुरा थाहा भयो र त्यस्ता धेरै जना चिनियो। जो attention seeking को लागि कलम चलाउँछन्।

त्यही भएर आधा आधा मै कसैलाई पनि यो सही अथवा आधा त सही हो भनेर समर्थन गर्ने हुनुहुँदैन। कुनै दिन यो attention seeking मात्र थियो भन्ने प्रमाणीत भई नै हाल्छ, त्यो बेला नीकै ढिला भई सकेको हुन्छ। 


त्यही भएर आफ्नु रोल मोडल चयन गर्दा ध्यान दिनु पर्ने हुन्छ विशेष गरी हामी महिलाले। कतै हामी अपराधिक समाज र हुल लाई संरक्षण गरी रहेका पो हुन्छौं की त्यो ध्यान दिनु पर्ने हुन्छ।


हामी मान्छे चिन्नदैनौं र एकछिन पिडामा आवेशमा सिउडो personality लाई भगवान मानेर भावनात्मक हुन्छौ। बलात्कार, यौन शोषण साना कार्यालय देखि ठूला industry र ठूला मानिएका व्यक्ति हरुलाई पनि हल्का विषय हुने रहेछ। त्यस पछि एउटा महिलाले खप्ने मानसिक आघात कस्तो होला। यो समाज नै बलात्कारी समाज हो, यसलाई आजको भोलि आबेशले कसैलाई पनि विश्वास गर्ने विश्वास/हिम्मत दिँदैन। त्यही भएर आफूले भोग्ने, आफू जाने हरेक ठाउँ र यस्ता मानिसलाई आफ्नु ठाउँ बाट नाङ्गेझार बनाऊ। चाहे जो सुकै होस् ।


खासमा........

गलत लाई गलत भन्न कुनै पद कुनै बाद, कुनै समुहमा हुन पर्दैन, या ठूलै नेता, ठूलै खेलाडी या कोही केही हुन पर्दैन,

। गलत गलत हो।


र यस्ता ठूलै पद, नेता गण, प्रगतिशीलता, विभिन्न बाद भिरेर हिँडेका समाज का अग्र भनाउँदाको नी दिमाग सडेको हुँदैन , उनीहरु महान सोच्छन् अलि अलि चिल्ला, खोक्रा कुरा ले छोपिएका मानिस न हुन, भन्ने कुरा चाहिँ था हुँदा चित्त खासै दुख्दैन।


मानिस चुहिन्छन कहाँ पुगे पछि कति बेला दिमाग छिड पर्छ भन्ने कुरा मात्र हो।

समाज पहिले नै घिन लाग्दो थियो अहिले छर पस्ट भएको मात्र हो।

यिनै खोक्रे,बोक्रेबादी हरुको कारण झन खतरनाक भएको हों।



Share:

जीवनमा क्राइसिसको आउँछ

 एउटा व्यक्ति जन्मिए पछि उसले आफ्नो उमेर अनुसार developmental milestones (gross motor, fine motor, psychosocial, psychosexual development, cognitive, psychomotor सबै) (besides congenital abnormalities) achieve(हासिल) गरेन भने एक किसिमको क्राइसिस अवस्था आउँछ, त्यसको कारण मानिस मानसिक अवस्थामा पुग्छन(anxiety, depression, personality disorders) र एक संग अर्को dependent हुने यो समाजमा त त्यसले गर्दा,अरूको कारण बाट नै कसैको टाउको दुख्छ,अरूको अवस्थाको सिकार अरू कोही भएर बस्न पर्छ, व्यक्तिको आफ्नुपन नष्ट भएर जान्छ। 


उनीहरू प्रायः अरुलाई दोष दिने मानसिक्ता बाट ग्रसित हुन्छन। आफ्नु अवस्थाको कारण आफू बाहेक अरु नै हो भन्ने भान हुन्छं


उनीहरुलाई, त्यो आफ्नु जीवनको असक्षमताको दोष अरुलाई थोपार्दा थोपार्दा आफ्नु कमजोरी झन उसै छोपिन्छ्न।

एउटा stages(उमेरको) milestones हासिल गरेन भने यसले त्यो बेला (बच्चा) बेला देखि युवा, वृद्ध अवस्था बेला सम्म असर गरेको हुन्छ। 


खासमा बच्चालाई मानिसको दर्जा मै गनिदैन हाम्रो समाजमा, बच्चाको ख्याल भनेको उसको आवश्यकता खाना लाउने मात्र पनि हुँदैन। उसका खाना लाउन बाहेक पनि अरू चौतर्फी वृद्धि विकासका लागि अरू क्रियाकलपहरु हुन्छन। inborn capability लाई आकार दिन good nurturing आवस्यक हुन्छ।  


हाम्रो समाज त काम छैन। केही पूरा हुँदैन यस्ता कुरा त्यही भएर बच्चा देखि युवा, वृद्ध हुन्जेल पनि गुनासो संगै सकिन्छ।।

Crisis तिर जीवन नडोर्याउ। आफ्नु ख्याल गरौं र आफ्ना बाल बच्चा को नी ख्याल गरौं।

(Age before and age beyond always leads to Criss)

Share:

महान संस्कृति

बलात्कारी संस्कृति

बीस हजार भन्दा बढी कमेन्ट रैछ हाम्रो देशको नाम राख्ने क्रिकेटरको स्टाटसमा। ती हजारौं मान्छे आफू महान, आफू पछि लाग्ने मान्छे त झन् महान भन्ने महसुस सबै भक्त, दास मानसिकता लाई हुन्छ नै। त्यहाँ हुने आधा भन्दा बढीलाई चर्चित हुन् मन होला, कतिलाई त क्रिकेटर नै हुन् मन होला। र आफू महान पनि कुनै दिन यसरी नै फस्ने डर ती झुण्ड लाई पनि हुन्छ। डर भए पछि र हिंसा गरेको हो भन्ने महसुस महिलाले गर्न थाले र बोल्न थाले भने त भोलि हामी जस्ता महान ले मनोमानी गर्न पाइदैन भन्ने सशंकित त सबै त्यहाँ कमेन्ट गर्ने हरू भएका होलान्।


लामो लामो भाव विहोल भएका स्टाटस लेखे आफूले मानेको मान्छेलेलाई फसाएको नै हो भन्ने भान सबलाई हुन्छ नै। 

आफू अनुशासनमा रहदा, आफू आफ्नु बाटोमा बस्दा कसले फसाउँछ होला है। मान्छेका दुःख पनि अनेक छन्!


 ऊ महानलाई नाबालिकाले फसाएको हो र म जस्ता डल्ला फाल्ने र केही कमाउनेहरु महान हुन् र त्यस्ता ले जे पनि गर्न पाउनु पर्छ भन्ने आशयका स्टाटस लेखेर , यस्ताे खुल्ला रूपमा समाजलाई अझै पनि आपराधिक दिशा तिर लगेको देख्दा यो देश बस्न लायक त नहुने नै भयो जस्तो महसुस हुन्छ। 


भीडलाई खुल्ला खुल्ला रूपमा भावनात्मक, ब्रेनवास जस्ता क्रियाकलाप गर्ने अपराध गरेको हो भन्ने पुष्टि भई सकेका मान्छेले कसरी पाउँछ??

त्यस्ता डल्ला फाल्ने लाखौं छन् संसारमा, खेलले देशको कुनै आर्थिक रूपलाई त्यस्तो सहयोग गर्ने, धान्ने भन्ने हुँदैन त्यो सिर्फ एउटा मनोरञ्जन हो, त्यो मनोरन्जन गरे वापत उस्ले पैसा कमाएको छैन? फि लिएको छैन?


जति मनमा अपराध बोध हुन्छ उति भगवान, धर्मलाई मान्छेले सबै कुरा जिम्मा लाउन थाल्छन।

.........

हिजोको कुरा.....

'लापत्ता लेडी' हेर्दा हेर्दै त्यही लिंक मा त्यही मुभी जस्तै 'थप्पड', पिकू '(तीन मुभी राति ११ बजी सम्ममा सकिए) जस्ता मुभी हेर्ने मौका मिल्यो। सबैले यी मुभी प्रसंसा गरेका मुभीहरू थिए छन्, सबैलाई मन परेका फिल्म थिए धेरै त पुरुषहरुलाई मन परे र महिलाहरुलाई त त्यसै पनि मन पर्ने नै भयो!


यी मुभीहरु महिलाहरु माथि हुने हिंसा विरुद्ध छन्, आवाज छन् , गुन्जिएको छन् राम्रा नै छन् त्यतिका सबैलाई मन पर्यो।


यसो विचार गरेको फेरि यी मुभीहरु मन पर्नेहरुलाई, अझ 'थप्पड' मुभी मन पर्नेहरुलाई फेरि किन गौशलाहरुले, महिलाहरुले, छोरीहरूले उठाएको आवाज बोलेको आवाज, मलाई हिंसा भयो भनेको आवाज मन पर्दैन?


अनि विचार गर्छु उनीहरूलाई के चाहिँ मन परेको त्यो मुभीको कुन कोण बाट के चाहिँ मन पर्यो भनेर भन्छन्? अचम्म लाग्ने के!


यहीँ बाट बुझ्न पर्छ कि मानिसहरुले जलप लगाएका छन्, मानिसहरू राम्रा देखिन्छन् चेतनशील जस्ता लाग्छन् किनभन्दा आफ्नु अहङ्कारको मलम(ego satisfaction) का योजना बनाई रहेका छन् र कुनै दिन अबोधहरुलाई, अन्जानहरुलाई विभिन्न बौद्धिक, चेतनशील, महान , सो कल्ड आइडल बनेर फसाउने छन्, त्यो जो जो आज खुशियाली मनाई रहेका छन्।त्यो दिन उनीहरू कै आफ्ना घर कै परिवार न परुन। यहीँ हो समाज तपाईंको।


संभावित पिडकहरु तीनै हुन् आज जो मिठो भइ दिन्छन्, ठूला कुरा गर्छन तर जलप मात्र हो, गुदी आउन बाँकी नै हुन्छ र छताछुल्ल हुन्छन एकदिन त्यस दिन कुनै पनि देश बस्न लायक हुँदैन जहाँ हरेक मानिस हिंस्रक, पीडक लाग्छन् र त्यो यही देश हो।

....................

कम्तीमा महिलाहरु.....

यो देशका छोरीहरू, महिलाहरु कम्तीमा गौशालाहरू जस्ता साहसी र आत्मसम्मान(self-respect)भएका र आफूलाई भएको हिंसाका विरुद्ध कम्तीमा आवाज उठाउन सक्ने साहस भएका, अदालत जान सक्ने बोल्न सक्ने हिम्मत, आँट,साहस भएका दर्विला महिलाहरु, छोरीहरू हुन् ।


अदालतको यो भीड, सो कल्ड फेन, स्टार आड को हाइहाइ र यो दासी, नीच संसारले जिउन न मर्नु बनाए पछि मुद्दाबाट पछि हट्नु पर्यो होला त्यो बेग्लै छ र अझ पनि लडाइँ नै छ होला। 


तर 

आफूलाई हिंसा गर्ने मानिस कै पक्षमा बोल्ने भालेबाद, प्रतिसत्ताका पक्ष पोषण गर्ने घिनलाग्दो दिमाग भएका आफूलाई दास सम्झिने, 

आफू अरूले भोग गर्न जन्मिएको साधन हो भन्ने चेतनाका भएका र त्यसका लागि थप्पड पनि खान तयार नीच सोच आत्मसम्मान(self respect) कति पनि नभएका र गुमेका घटिया महिलाहरु, छोरीहरू चाहिँ न हुन्।


हो यो गलत हो,यो हिंसा हो, यो मलाई हिंसा गर्ने पीडक हो यो बलात्कारी हो , म गौशालाहरू जस्तै नारी हो र मेरो पनि उनीहरू जस्तै छोरी छ, गौशालाहरू जस्तै मेरी बहिनी छिन्, मेरी आमा छिन् , भन्ने सोच आउन सक्ने, यति सोच्न सक्ने बोल्न सक्ने समानुभूतिपूर्ण (empathetic) महिलाहरु हुन् , छोरीहरू हुन्, बस! 


पुरुषहरुको त कुरै न गरौं।

Share:

चुपचाप

 चुपचाप पदचापमा 

म हिडि रहेछु, 

हावा जस्तै, सुनसान बनेर

यिनै हरुबाट। 


कसैको स्वास अनि कसैको आश

नबनि, थाहै नपाइ झरि रहेछु

आरुचाका बोटबाट। 


उ पनि पानी थियो, एक डिक्को असिना

बिलाएर गयो, घामबाट। 


पहिले चर्को भएको थियो

अहिले खल्लो भयो, 

ठीक त्यही जुन स्वाद आउँछ मिठाई बाट।


....


Share:

नियन्त्रण: स्वतन्त्रता

 मानिस आफ्नु शक्ती प्रयोग क्रममा अरू माथि नियन्त्रण चाहान्छ।अर्को व्यक्ति फेरि नियंत्रित कोही बाट हुन चहादैन। त्यही कारण उ आफै पनि अरूको नियन्त्रण बर्दास गर्दैन। 

दुई ब्यक्ति एउटा नियंत्रण गर्न खोज्छ विपरीत अर्को व्यक्ति त्यो नियंत्रण बाट बाहिर जान, उ बाट नियंत्रित म हुँदिन भन्ने चाहान्छ।

गुरु भक्ति साधना, अर्काको पूजा गर्नु नियन्त्रित हुनु हो। कसैले नी कसैलाई मुक्तिको बाटो दिने भन्ने हुँदैन। मुक्ति नै के हो भन्न नी हुँदैन। मानिस जन्मिनु देखि मर्नु सम्म भित्र स्वतन्त्रता खोज्दै अरूको भक्ति मै लाग्छ।

मानिस आफैलाई अरूलाई नियन्त्र‌ण गर्न पाउँदा आफ्नु अहंकारमा मलम पुगेको महसुस गर्छ र सबै भन्दा खुशी भक्तहरू आफ्नु शरणमा रोहि रहेको बेला हुन्छ। कसैले जीवनमा गरी खान या बाँच्न सहज बनाइदिन बाहेक अरु काम सिकाउँछ, भक्ति, भावना सिकाउँछ भने ऊ आफ्नु अहंकारमा मालिस गर्न इच्छुक मानिसलाई खोजी रहेको हुन्छ। त्यो नियन्त्रण हो। अरुमाथि को हक हो। जो सम्मान, ज्ञान, मुक्तिका शब्दले पोतिएको सबै भन्दा दर्हो डोरीले कसिएको हुन्छ। कसैलाई सम्मान गरिन्छ भने ऊ बाट पीडित हुन्छु भन्ने भान हुन् पनि सक्दैन। स्वतंत्रताको अनेक वहानामा अनेक कसरतमा झन् बाँधिएर जान्छ, सायद त्यही स्वतंत्रता हो स्विकारेको हुन्छ।

खासमा अरूलाई नियन्त्रण प्रेम बिना सम्भावना छैन।

फेरि प्रेम भए पछि त्यहाँ नियंत्रण हुँदै हुँदैन त्यहाँ स्वतन्त्रता हुन्छ।

सौहार्द सम्बन्ध यही नियन्त्रण को स्वतन्त्रतामा चलेको हुन्छ।

जहाँ यो छैन त्यहाँ खट पट हुन्छ, अशान्ति हुन्छ।

पतिपत्नी बीचको मात्र नभएर हरेक व्यक्तिहरू बीचको सम्बन्धमा यही बुझाइ भए मात्र सौहार्द हुन्छ।

नत्र नियंत्रण मानसिकता मस्तिष्क सम्बन्धमा कहिले राम्रो हुँदैन।

उसले बेग्लै खाले(पीडक) आफ्नु प्रवृति देखाइहाल्छ।




Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.