नियात्रा: एक निरन्तर यात्राको

छुटेका कविता....

 हुत्याइदिन्छ स्मरणले कुनै

पुरानो बाटोमा जसरी सरुवात गरिएको थियो
पाइला चाल्न गम्भीर  थिएनन
लोलाएको कुनै झार जस्तै अलि अलि
ओइलाएका जस्ता तर पनि उर्जा बढि
फुरुङ्ग परेर निस्किएको बादल पछिको घाम जस्तै।
म भन्छु धर्तीमा टेक्न नसकेर कतिले
अर्कै ग्रहमा पनि टेक्न थालेका छन नि।
ति खुट्टा मात्रले के हुन्थ्यो र
जहाँ उर्जाले सबै थोक भयो।
मेरो पनि पुराना दिनमा यस्तै सम्झना थिए।
पाइला जे भए नि मस्तिष्क हौसिएका हुन्थे।
र कस्तो कस्तो पनि असहज पनि सरल लाग्ने जस्तो।
ति भण्डारमा फलिएका पुराना किताबले
मलाई झस्काउछ त्यो स्मरणले।


........................

जुरुक्क उठेर पाइला नचाले त
उ कता छोडी दिन्छ समयले
नसमाए त नाडीको घडि छोडेर
गइ हाल्छ घामले,
पेटि मै आइपुगेका किरणलाइ
नछोपे त पछ्याउरीले,
एकछिनमा भिजाइ हाल्छ झरीले।

........................

त्यो एउटा नसा मात्र थियो
जो तिमि हेर्दाहेर्दै धुवा जसरी हराउँदै,
टाढा हुनथ्यौ, म सग थोरै धुलो मात्र रहन्थियो
जसको साहारामा अर्को ज्वाला पर्खिन्थे।
उहि हो नभेट्दा न्यास्रो लागे जस्तो
भेटेपछि डराएजस्तो, त्यो नसा मात्र थियो।
.......................

उदन्डित भएर चलाए जस्तो पाखालाइ
उसै गरि चलाउछ मानिसलाई,
यो प्रेम यस्तै हो एकतर्फबाट मात्र खोज्नु
अनुशासनहिन भएर सम्मान चाहानु
बादल भएर उज्यालो खोजी रहनु
.................

घामले बाटो बिर्सिदैन कहिले
जुनले दिन बिर्सिदैन कहिले
त्यहि सम्झेर म हातमा दियो र अर्ग
लिएर पुर्णिामाको बाटो हिडिरेहेको
अध्यारो देखी डर भएर हो त?
मलाई बल्न रमाइलो लाग्छ नि त
अरुलाइ उज्यालो बनाउन।

मधुरो बत्ति मुनिको मुस्कान
साच्न किन मन पर्दैन र साझलाइ
दियोघरको दियो बाट तप्किएको अर्ग
हेर्न आखालाई।
..................

उनिहरुले  केहि देखाएका छैन
उनिहरु आफ्नै-आफ्नै अवस्थामा अडिग छन
आकाश निलो रङ्गमा
पहाड उस्को अडेसमा
बतास बायुमन्डलमा
बिजुलीको तार खम्बामा
धानका बाला खेतमा
त्यहि भएर सुन्दर छन, शान्त छन
र सुहाउदा छ्न, लोभलाग्दा छन।

..........................

यो समयमात्र गुमाएको हो
मैले तिमि गुमाएको छैन र तिमिले मलाई,
यो बर्शात हो यसरि नि बग्नु पर्छ,
साना-ठुला छहारा बनेर
संगै लादै फोहोर र हिलोहरु
भोलि त्यहि बाटो हिड्नु छ भने।
पखाल्नु त पर्छ गोरेटाहरु
तिमिलाइ थाहा छ..
मैले ति बाटाहरुमा सबैभन्दा बढी तिमिलाइ खोजे
सिमसिम पानी परेको बेला
पातबाट तप्किएका शितहरुले परेली पखाल्दै
समात्दै झरेका लहराहरु तिम्रो देब्रे हात सम्झेर
मैले गुमाएको छैन,बोटबाट झरेको फल जस्तैमात्र हो।
कसैको पासमा झरेरै पुगेको छ।
कुलो जस्तै कहि कतै बगेरै पुगेको छ।
मैले हराएको छैन त्यो मन
कहि नअल्झिएर भिरालो बनेर मरुभूममा
बालुवा जस्तै तातिएको छ।

...........................






खाली पन्ना शब्द जो बाकि छन
अर्थ बिनाका, अर्थ बिना नै जिवन चल्छ,
जहाँ बाच्नु पर्ने हो, उभिनु पर्ने रुख सरह तर,
एकदम चन्चल हाँगाका बतासिला पातहरु भएर।
बोट नै त हुन कसरी यहि मौसमहरु जस्तै
झर्नु, बड्नु, ओइलाउनु, नाङ्गिनु, चिसिनु,
अन्तमा माटो मै मिलेर मल नै हुनु।
बाच्नु त किन छैन, किरा लाइ किरा जस्तै
मकै मै टासिएर, जमिन नै बिगारेर,
यि शब्द लेख्नु छ खालि पन्ना मा
नबुज्ने गरि कसैले पनि,
सबैले बुझेर, उहि भए त राम्रो हुन्छ नि देशको आकाशपनि।
कोहि-कोहि मात्र नाम कमाउछ,
जस्तो सबैभन्दा अग्लो हिमाल,
सबै भन्दा अग्लो झरना, ठुलो गहिरो ताल
गहिराई मै पुगेर, सायद व्यबहारले अग्लिएर
कोहि-कोहि मात्र खाली पन्नामा न मेटिने गरि
अटाउछन र आखामा, मस्तिष्क र हृदयमा
बसिरह्न्छन, स्थाइ-स्थाइ भएर।

........................

यो समय हो....
यो पनि बितेर जान्छ।
अचम्म हुन्छ भन्थिए मध्यरातमा
पर्खिरहे,
मुलढोकाबाट आएको अँध्यारो
जस्केलोको बाटो भएर जान्छ,
अग्यानोमा आगो भरभराउछ
फेरि त्यहि घामले जिस्काउछ।
शिरमा हात राखेर आकाश हेर्दै
अनि कहिले नाडी छाम्दै।
फेरि त्यहि अर्को हिउँद ठिराउँछ।
बोट नाङिन्छ, काग र कोहिली
फर्किएर फेरि त्यही नयाँ ऋतु फर्काउछँ।
यति भित्र नै हो जिन्दगि
अनेक-अनेक जिवन यो पृथ्वीले हुर्काउछ।
........................

म जलिरहेछु खडेरीको डडेलो सरि
कसैले थाहा नपाउदै जोसि दिएछ
सल्किएको सलाइको काटीबाट
एक बिटो खरमा एउटा झिल्को जलन
आगोलाई काट्न आगो नै चाहिन्छ र??
म प्यासी छु रापले, मलाई बुजाउन
छाल चाहिन्छ, आधी चाहिन्छ।

फुत्त फाली दिएको रोड छेउको
कुनै कन्टेनरमा बेहाल भएर
जसरी कच्रा सडिरेहेको हुन्छ आफ्नै हालमा
त्यहि माथी उडिरहेछु म आफ्नै चालमा।
.............................

न म सग केही थियो
न मैले केही चाहेको नै अनौठो।
एउटा बन्द कोठोमा थुनिए जस्तै
अध्यारोमा रुमलिएको जस्तै
मलाई खुल्ला आगन चाहिएको थियो।

सहि र गलत छुटाउने केही साहस नै छैन
मैले सबै गल्ति नै गर्दै थिए।
या केही प्रतिशत बुज्दै थिए
दृष्टि तिम्रो धेरै गहिरो।

.......................









म पागल भएकी थिए
त्यहि निर्दोषपन देखेर
आफ्नै टाट्नोमा बाधेका
केही पठेक्रा जस्तै अबोध
निरीह तिमि हौ
अनि म तिम्रो गोठालो।
बाँसको मीठो घाँस लाई
मिठ्याउदै बुजोसंगै
खोजी रहे जस्तो त्यहि
गोठालोलाई,
नदेख्दा निस्ताए जस्तो
म पागल भएकी थिए
त्यहि न्यास्रोपन देखेर।

.............................

पर्खिएर नाङ्गो रुखमा
एक्लै गोत्लिरहेको छ एउटा श्वास।
उड्ने साहास नभएको होइन तर
बिना दिशा भौतारिनु हराउनु जस्तै हो।
एक्लै टोलाइरहेछ एउटा आट।

मलाई थाहा छ उ जिउदै छ
बेला-बेला छट्पटाइरहेछ
तप्प पानी झर्दा सरिङ्ग भइरहेछ।
थाहा नै नपाई समय कटाइरहेछ
बिलाइरहेछ,हेरि रहेछ आकाश।

.....................................

आवोस नआओस मतलब नभइ
पर्खी रहे जस्तो चौतारिमा
उनि हिड्ने बाटो त यहि नै हो
त्यहि रहे जस्तो परेलीमा।
मस्त छु तिम्रो छाया सम्झिदै
बसि रहे जस्तो पासमा।
लिइ रहेछु आन्नद स्मरणको
तिमि यहि भए जस्तो आङ्गालोमा।

........












मैले ठ्याक्कै सोचे जस्तो भएन यो रात।
जस्तो कि त्यो चौगारो मुन्तिरको सानो आठोमा
बेलिएर गएको काक्राको थाङ्रा राम्रोसग देखियोस।
त्यहाँ छेपारो हिडिरहोस, कुनै खाटमा बसेर म हेरि रहु
झसङ्ग- झसङ्ग आवाज आइ रहोस म झस्किरहु!
तर त्यो भएन..अहिले सुनसान छ आगन।
उग्राइरहेछ गोठ, खाली छ टाट्नो
बसेर हेरि रहेका छ्न ताराहरु मेरै घरको छाना तिर,
म डराइरहेछु, नाङ्गीएको कालो रुख देखेर।
..................

भोलि हामीले मौसम अनुशार चराले
जस्तो पत्घर र छेस्काहरु बोकेर
घर बनाउनु पर्छ, माकुराले जस्तै
जहाँ छु त्यहि जालो बनाउनु पर्छ
माझीले जस्तै बल्छी थापी रहनु पर्छ।
कुलो कटाइ रहनु पर्छ।
रुख रोपि रहनु पर्छ, अनि मात्र बाच्न सकिन्छ।

बच्चाजस्तो ज्ञानि हुन पर्छ
आमाजस्तो सहनशिल हुन पर्छ
बुबाजस्तो कर्मशिल हुनुपर्छ
हिमाल जस्तो अटल र
प्रकृतीजस्तो बिबेकशिल हुनुपर्छ
जतिमा नि सन्तोष लिन सक्नुपर्छ,अनि मात्र बाच्न सकिन्छ।

.......................................

पातलो पानीको पर्दामा
तैरीरहेको माछाभन्दा सुन्दर
छ तिम्रो चिसो हेराइ
तिम्रो छुवाइ महसुस गर्न पोखरीमा
हरेक साझ डुब्दै गरेको घामको
छाया मेरै खुट्टामा पर्ने गरि डुबाउँछु
मुलायम लाग्छ तिम्रो शरीर
निलो दहमा सर्बाङग नाची रहदा
तिमी भन्दा सुन्दर न आकाश लाग्छ
न डुबि रहेको घाम।










मलाई सधै ढुक्क छ
मसग एकजोर पखेटा छ भन्छ चराले।
यिनै एकजोर हुन जसले
पतै नपाई मौसम फेरिदिन्छ्न।
ऋतु फेरिदै गरेको खबर दिन्छन।
सोही अनुशार फुल फुलिदिन्छन।
झरना, खोलाले गितको भाका फेर्छन।

उसलाई काफल पाकेको कसरी थाहा हुन्छ?
सायद उसग बिशिस्ट हेराइ हुनुपर्छ
रात परेको थाहा हुन्छ
सायद उसका बालबच्चा हुनु पर्छ।
उसले मुखमा केही बोकेको र उडेको छ
सायद त्यो माया हुनु पर्छ।

..............................

सारा समय अरु मसँग बिताउन
उ अहिले निदाएको छ,
सपनामा सायद उ आकाश देख्छ होला
अनि चम्किलो जुन देख्छ,
बाँकि सपना  मसग हेर्नू छ पछि
उ अहिले सुस्ताएको छ।

तिमी रिसाउछौ, मलाई हप्काउछौ
म आँखा बन्दमा नि तिमिलाइ फकाउछु
हिजो त आयौ, फेरि हरायौ, खोजिरहे अङ्गालोमा
धेरै दिन भयो तिमी यसरी नै मलाइ जिस्काउछौ।

....................................

जब कलम,कलम होइन बारुद बनेर चल्नेछन।
तब बिनाशाका ज्वालाहरु उड्नेछन।
चिसा हिमालहरुपनि पग्लन थाल्नेछ्न।
जब समुद्रहरु हलचल गर्नेछ्न
तब अन्जान किनाराहरु संगै-संगै हिड्नेछ्न।

....................................

उडेसरि बाफ कपबाट तिम्रो मुहारमा
अशिलो प्रेम उडिरहेछ,भिजी रहेछु म
सहि गलत मलाई केही थाहा छैन
तिमी छहारी बनी रहेछौ,म शितल लिइरहेछु।
मैले महसुस नै नगरेको खुशी
तिम्रो अनुहारमा म देखि रहेछु
कस्तो सुहाइ रहेछ मुस्कान,साझ र जुन सरि
तिमी मुस्कुराइ रहेछौ म ढुकढुक भइ रहेछु।

तिमी भन्छौ म सुन्छु,मेरो श्वास मलाइ अठ्याउछ
बोल्नै लाग्दा, शब्द-शब्द होइन बाफ वनेर फैलिन्छ।
म अनुभव मात्र गर्छु, यो पल मेरो बसन्तको महान
पर्खाइ हो, तिम्रो जीवन मेरो,बिल्कुल मेरै भोगाइ हो।

.........................................








तिमिलाइ कस्तो छ म त सन्चै छु
आजभोलि भन्छ जुन  मलाई,
हुन पनि यी दिनहरुमा बोल्ने भनेको
हामी दुई  मात्र हौ, चम्किला खबरहरु जहिले
मेरो घर को आगनमा मोति झै बर्साओस
भनेर, म नि उतर दिन्छ, हो! मपनि ठिक छु
तिमी आए देखी, तिमिले मुटु झलाए देखि म
तातो अनि अनि त्यहि तापले अलि-अलि छोएको
रबर जस्तै नरम छु।

................................









मुटु बाट सुस्त आवाजहरु जसरी आउँछ
ढुक-ढुक, ढुक-ढुक, उहीँ तालमा
हामी नाचिरहेका हुन्छौ कुनै आँगनिमा।

....................................

साच्चै उसै गरि माया गर्छौ अझै
तिमी तिम्रो बिरालोलाई, जसरि
तिम्रो छेउमा पहिलो पटक पुग्दा
अरुलाइ वास्ता नगरि उसका कहानी सुनाएको
थियौ। मलाई नि लाग्या थियो
तिमी जनावरलाई त यस्तो ख्याल दिन्छौ भने
मान्छेको अवस्था के होला!!
तिम्रो खबर अहिले कस्तो छ अनि तिम्रो बिरालोको??

.........................................

म आफुलाइ जिउदो ठानी रहेकी छु
म आफुलाइ आफू बिल्कुल आफै मानी रहेछु
किनभने म भित्र भएको तिमी,
हरेक तवरबाट निस्कियौ
तप्प- तप्प आखाबाट,भारी हृदयबाट
तिमी हरेक पत्रबाट बाहिरियौ

जब तिमी
पुर्णिामाको तातोरातबाट,
औशिको शितल रात भयौ।

.................................

मैले आफुलाइ एक्लो कोठामा
सिरानी भिजाउदै कमजोर बनाउनु छ भने
म केही  डराएको छैन  एक्लो हुनुसग
म आफैलाई मन पराउन थालीसके।
तिम्रो स्मरण खोइ बिराउन थालिसके

म आफू आफैलाइ जुन जस्तो लाग्छ..
अध्यारोमा नि सुन्दर देखिने तारा जस्तो लाग्छ
मलाई  केही मतलब छैन
म आफू आफैलाई संसार  सारा  जस्तो लाग्छ।
...............................

उडेर खोइ कहाँ पुग्छ र पत्थर
उहीँ जमिनलाई नै चुम्ने हो
बसेर पातमा शीत कहाँ जान्छ र
उहीँ घामसँग मिल्ने न हो।

बहकिएर नदि डुल्छ एक्छिन बर्खामा
बगाएर आधी मुस्किल बनाउछ आफैमाथी
एकछिन भौतारीने हो,
कहाँ जान्छ र बाटो,फर्किएर सुरुवातमै
आउने न हो।

............................












तिम्रो हेराइले भरिलो आखा नसालु बनाउन सक्छ

तिम्रो मुस्कानले कसैको ओठमा दियो जलाउन सक्छ।

सबै सबै त कहाँ सोचेको जस्तो हुन्छ र पृय!

तिम्रो आवाजले मात्रपनि कसैको आशा पलाउन सक्छ।

...........................

यि दिनहरुमा नचिनेको मान्छेले प्रशंशा गरे जस्तो
कहिले अनुभव  नगरेको न्यानो हावाले छोए जस्तो
कहिले नहराएको कुनै तस्बिर हेरेर हराए जस्तो
कहिले नसुनेका आवाजले नरम-नरम कानमा गुनगुनाए जस्तो
खोइ के भएको छ, मनभरी शब्द आएपनि मिलाउन नआए जस्तो भएको छ।
कहिले न भेटाए पनि तिमि मेरै छेउमा भएको जस्तो भएको छ।

.....................................

ठिक्क परेको झोला घर जानलाइ।
अहिले उ थन्किएर बसेको छ एककुनामा
कति सपनाहरु चाङ्ग लगाएर बन्द गरिएको छ
बस्दा-बस्दै थकित भएर अडेस लागेको छ भित्तामा।
एउटा च्यान अर्को च्यानसग मज्जाले मिलेको छ।
के बात मारी रहन्छन् , सपनाहरु बाडीरहन्छ्न
उ भित्र भएका चिजहरु,
दिन गन्दै बसिरहन्छ्न
रङ्ग-रङ्गका सलहरु,शर्टहरु, कमिजहरु।
उस्ले एउटा गोजिमा कसैको तस्बिर लुकाएको छ।
उ त्यसलाइ प्रेम भन्छ, उ त्यसलाई सन्सार मान्छ
त्यहि भरमा मात्र उ बसेको छ त्यो अध्यारो कुनामा
किनभने उसले एउटा गोजिमा सन्सार आड्याएको छ।

.................................................

यहाँ  छ्न केहि शब्दहरु
कसैको मनमा मिठो संगीत
उद्गम गराउने प्रवृत्तिका
यहा बाँकी छन केहि प्रेमहरु
कसैको जिवन सार्थक बनाउने प्रवृत्तिका
फुलको सुबास जिवन्त छ,
त्यो हेराइ अझ याद छ,
बेहोसिमा सुन्यता र
होसको धारिलो र समझदार भएर बोलेका
अप्रत्याशित प्रशंसा अझै गुन्जिरेहेका छ्न
प्रत्येक पाइलाहरु बिराएका बारका
दिन डल्दै गर्दा उदाएका साझसम्मका
चुपचाप र रिसालु,नसालु आखाँहरु अझै
कतैबाट हेरिरहेका छ्न।
कुरिरहेका छ्न केहि तस्बिरहरु तिनै छुवाइका लागी
आशत्त छ्न कानहरु तिनै महान प्रशंसा सुन्नका लागी।

.......................................

मुठ्ठी बन्द गरेर, आँखा खुल्ला गरेर
रमाउछ झरि म माथि
फोका बनेर नाच्दछ खुशी छानामाथी
ओशिलो आगन टोलाउछ
रिसाएको बायुमण्डल स्वास लिन्छ बिजुलीको तारमाथि।

........................









बाझो खेतमा केहि फलाउने खालका
कविता लेख्नुपर्छ नि,
छुट्टै तरिकाले बिरोध गर्नपर्छ
पहिले आफ्नु कर्तव्य पुरा गरेर
मात्र अधिकार खोज्नुपर्छ
सिसामा कुहिरो लागी रहेको बेला
बाहिर सबै तिरिमिरी मात्र देखिन्छ
पहिले चस्मा सफा गरेर अनि मात्र हेर्नुपर्छ।

.........................................

उनिहरुको यात्रा पनि तिनै मखमल मै
सिमित हुनेछन, बस!अहिले केहि बेर
कालोपत्रेमा घिसृएका मात्र हुन।
रफ्तार! समय संगै देख्नेछ्न रुख,पात
मौन आकाशहरुले,
थोत्रो जुत्ताको कुदेको चिल्लो पालिस
आत्तिन पाउदिदैनन कहिल्यै छेउमा
लहर बनेर बसेका बिजुलीका पोलहरु।
उनिहरुको यात्रा पनि तिनै आलीशानको
ब्याथाको लागि हो।

........................

 न आलि नागेर छिचोल्न सकिन्छ काल्नाहरु
न थुप्रो बनेर झाटेको धान जसरी खला मै रहन
जिवन त उहि बत्ताउदा उडेर आलि निर पुगेको
फुस्रो भुस जस्तै पो हुदो रहेछ, बाल्नमात्र काम लाग्ने।

................................

मेरो अनुहारमा लागेको चोट बेस्सरी

दुखे पछि, मैले थाहा पाए म जिउदै छु।

मेरो शरिर कम्पन भइ रहदा मैले महसुस

गरे पृथ्वी घुमी रहेको छ,र म बाचिरहेकी छु।

..................












 पतिङ्घर हरु हावा आए पछि
आफै उडेर जान्छन् , एक ठाउँबाट अर्को तिर
घिशृन्छन,छिद्रा- छिद्रा भएर प्वाल पर्छन
अनि अन्तिममा बिलाउछन।
हावा जता चल्छ उतै बहने हो बास
जति नि अग्लो छु भने नि।
बिलाउछ कुहिरो भने पक्का त्यो पानी नि हुने हो।

....................................

समयको अन्तरालमा पनि,
स्थिर आकाश जस्तै,
दिमागमा लुकेका कोमलता,
आँखाको आँधीमा पनि,
स्मृति सुन्दर देखिन्छ जब त्यसले हृदय छुन्छ।

...................................

भोली हामिले बोल्न बिर्सियौ भने
हाम्रो लागी कस्ले बोलि दिन्छ?
भोली हामीले बाटो भुल्यौ भने
देब्रे हातको औला दाहिने हातले समातेर कस्ले पुर्याउछ।
मेरो हात तपाईंको औलाबाट बिस्तारै छुट्टीदै छ।
हाम्रा बोलि पातलिदै छ्न।

......................................

एउटा घडेरी जस्मा मायाको डोरोले
कसिएको सानो झुपडी बनेको थियो।
त्यसमा अहिले कागभलायो उम्रेको छ।
झुपडिको अस्तित्व नै छैन, घास उम्रेको छ।
मायाका कसमहरु पनि कस्ता-कस्ता हनिकारक पो हुँदा रहेछन,
मानिसहरु छुट्टीदा रहेछन घर हरु भत्किन्छन।
त्यहि भएर मैले नि कागभलायोसग मित लगाएर आए।

..............................................







आकाश सेता धर्शाहरुले दिन निर्धारण गर्छन।
हामिसग अरु खासै नौलो उपाया छैन
घामका किरणहरुले समय बताउदछन।
चराहरुले मौसमको नौलोपन पत्ता लगाउछन।
फुलहरुले चाडपर्ब बोलाउदछन
हामिसग नौलो किसिमको बिज्ञता छ।
मानिसका बोलि र बास्नाहरुले अनुहार चिनाउँदछन।
बारिमा फुलेका, लहरिएका बालिनालिले लगन बोलाउँदछन।
मनका बोलिहरुले स्नेह आफ्नुपनका भाका गाउदछ्न।

............................................









हाम्रो बाटो उकालो छ
त्यस्तो बाटो हिडेर
आफुले चाहेको  गन्तब्यमा
आफ्नैलागि पुग्यौ भने
कति सुबिस्ता छ,
गौरव लाग्छ नि आरोह सम्झेर आफैलाइ
अनि ति  माटा र ढुङ्गाहरुले
गरेको स्वागत र बिदाइको क्षण
उहाँका हावाहरुले दिने शितलता
अनुहारमा ओबाएका पसिनाका राता गाला

घरहरुको आफ्नुपन, आमाका हातका ढाप
बुबाको टिलपिल आखाका सपाना,
हातले समाएर अङ्गाल्ने हाम्रो स्नेहको
मिठास सबै-सबै तिनै पाहिलाहरुले बोकेर हिडेका छन।

.........................................

बज्यो मोति घसृदा झै
मोति झर्छ भनेर सुनेको  दिन
मैले तिम्रो मुस्कान खोजेकि थिए।

तारा सरि मानेको छ, तिमि आकाशमा
तारापनि झर्छ रे, तिमि झर्यौ भने
म थापौला अञ्जुली
उ झर्छ भनेर सुनेको क्षण
रातदिन मैले पर्खेकि थिए।

ओठ नै नबोलेपछि के अर्थ हुन्थियो र?
तर तिम्रा आखा,मसग मिलेको दिन
तिमि मलाई हेरेर टोलाएको दिन
मैले सबै कुरा बुझेकि थिए।

.......................................

मलाई पर्खाइ थाहा छ
अनि तपाईंलाइ ऋतु
आउनु हुन्छ आरुचाका मुनाहरुमा
खबर लिएर
छानामाथि कहिले झरि लिएर।
मैले काफल पाकेको झ्यालबाट थाहा पाउछु
जब तपाईं आउनुहुन्छ मिठो आवाज लिएर।
म आकाशभरि तारा र एउटा मात्र जुनसँग हुन्छु।
तपाईं आउनुहुन्छ सारा फुलका गुच्छा लिएर ,
बिपरित उदाएका घामको आकाश लिएर बस्दा
तपाईं आउनुहुन्छ सारा-सारा उज्यालो  लिएर।














  मैले हराएको छैन, यो केवल बोटबाट झरेको फल जस्तै छ।
  कसैको पास आएको छ।
  कुलो जस्तै, यो कतै पुगेको छ।
  मैले त्यो तिम्रो मन कतै  हराएको छैन
  मरुभूमिमा कतै तड्पिएर
  त्यो बालुवा जस्तै तातिइएको छ।

.......................................

म रोडमा गएको बेला
रोडले मलाई डोराएर कहाँ-कहाँ लग्यो।
भितामा उमृएका अमलाका बोटमा
कहिले छेउको बिजुलिको तारमा
निलो भएर फुलेका शिरिशका फुलमा
उस्तै सुगन्ध आउछ माटोको पनि
पहिलो पटक खडेरिमा पानीले भेटे जस्तो
हावाले उडाएर उसलाई संगै मलाई कता-कता लग्यो।
मलाई नै पर्खिएको थियो कि त्यो टिम्बुरले
मसिनो स्पर्शमा अड्किएको स्वास
पातहरुले सायद तिम्रै छेउमा लग्यो।
म सग मेरो शरिर सहयात्रि थियो।
आफैलाइ औलाले पकृएर
पैनिको पानीमा कागजको नाउ जस्तै बनि
समथर वग्दै-बग्दै टाढाको किनारा छेउमा लग्यो।
मैले सानो गोरेटो मात्र देखेको थियो
फराकिलो बाटोले मलाई कहाँ-कहाँ लग्यो।

.................................












म उस्तै हुन्छु तपाईं हुँदा
जो बर्सातमा पानी भेट्दा रुखहरु हुन्छन।
रस भेटदा भमराहरु लाटिन्छन,
गुड भेट्दा चराहरु कोरलिन्छन
म उस्तै नै हुन्छु तपाईं भेट्दा।
मलाई लाग्छ मेरो स्वास,
अब सामान्य छैन,
मेरो मुटु अब ठाउमा छैन
जब तपाईं एक नजरले नै मलाई हेर्नु हुन्छ।

..........................................

को छ र तिमि छैनौ भने
रात सग तारा छैन भने।
आउछ्न जान्छ्न त्यो चौतारी लाइ सधै न्यास्रो हो
को छ र त्यहाँ बरपिपल छैन भने।
उ फुलेर बस्छ बोटभरि सजिएर गुलाब
को छर हेर्न आउने भमरा छैन भने।

......................................

शब्द  के भन्यौ मैले बिर्से
के गर्छौ त्यो मात्र याद हुनेछ
जसरि बिहानै हेर्छौ आकाश के गर्छ
बर्सात या खडेरिले स्वगत गर्छ।
मौन उ हेरक चिज गर्ने हिम्मत गर्छ
नबोलेरै कतै उठिबास बनाउने साहस गर्छ,
डर कसैको होर, न बदला नै हो
एक-एक दिनको मेहेनेतको फल
उ यसैगरि प्रस्तुत गर्छ।

................................

एउटा एक्लो हरियो रुख रोडका
बिचमा उभिएर हरेक क्रियाकलाप हेर्छ।
सबथोक उसैले सहनु पर्छ, जस्तो कि घामपानी
चिसोतातो,समय पुगेर कुनै मौसममा खस्नुको पिडा त छ
अर्को मौसममा जन्मिदाको प्रसब उस्तै।
अहिले उहि मात्र उभिएको छ सहरको हरियो रुख।

कुनै सङ्गित जसरि उसैको कान मात्र सुनेनी गित जस्तो
बाटो सुनसान हुँदा त निर्धक्क नाच्दो रहेछ उस्को जिउ
जमिन उसैको लागी मात्र भएपछि त खुशीले फाल्दो रैछ सुबास।
पातमा मुटु लिएर हिडिरहन्छ सेकेन्ड काटा जस्तै,

........................












हामिले किनारामा पैतालाका छाप त बनायौ।
त्यो पानीले निकै मेहेनतले बनाएको बालुवामाथि।
हामीले आफ्नु दुख मेट्नलाइ उमाथि कति रमायौ।
हामीलाई कति मनपर्यो किनाराका चिल्ला ढुङ्गा
झन दर्शनढुङ्गा अध्यारोमा रगेटेर बाल्नलाइ
दुइवटा हात मै बोकेर आयौं ,
उसको सङर्शमा हामि कति हो कति खुशी भयौं।

..........................................

म.....
हिमाल जस्तै अटल भएर स्वत हर मौसम
कुरि रहेकि हुनेछ,
एउटा तस्वीर र केहि यादहरुसग बिलाइरहेकि हुनेछु
छहारी जस्तो शितल मानेर झकाइ रहेकी हुनेछु।
सपनीमा भए नि तिमिलाइ छोइ रहेकी हुनेछ,
नबिउझाउन साउती गरे नि, चिसा पाइली छोडी दिनु
म चाल पाइरहेकि हुनेछु,
तिमि भन्दा अरुबारे सोच गर्न मन पनि लाग्नेछ छैन होला
तिमिलाइ कस्तो लाग्छ इशारा दिनु
पर पुगेर फर्की हेर्नु तिमि सबभन्दा ज्ञानि मानेर
म मुस्कुराइरहेकी हुनेछु
तिमि जाने बेलामा मलाई भन्नु
नत्र म अन्जान जस्तो पर्खिरहेकि हुनेछु।



बुबाले कति मेहेनेतले रङ्गाउनु भएको थियो चिना।
पल्स्टिक नै छिचोलेर उहि माथि दर्किएछ पानी।।
रङ्ग नै पोतिएर एकै ठाउँ भएछन अक्षर
लाग्या थियो निकै आफैसँग रिसाउनु हुन्छ
छेउछाउमा भएकाहरुसँग अझ धेरै
त्यस्तो त केहि भएन
पछुतो मान्दै चुप लागेर थाल्नु भयो
नयाँ चिना बनाउन।
हामिले भन्यौ हामि भए हल्लिखल्लि कत्रो हुन्थ्यो
पुरैले थाहा पाउथ्यो आफ्नै कारण भएको गल्तीमा
अरुले कति गालि खान्थ्यो।

........................................

पोख्न धेरै रहर रहेछ आकाशलाई
त्यहि भएर पोखि रह्न्छ
हरियो धान माथी पानी
धानलाइ कुट्यो
अनि मलाई नि कुट्यो
धान त कति खुशी हुन्छ नि
मलाई पो चिसो लाउँछ त
अरुलाइ पनि छोड्दैन हो
भिज्नु त मेरै रोजइ हो
यो समय नि कस्तो छ भने,
नाक बग्यो भने मात्र
कस्तो-कस्तो हल्ला पो आउछ त

रुघा लाग्यो भने, खोइ तिरस्कार पो पाउछ त
हो त्यस्तै बाताबरण अहिले भएको छ
यस्तो सार्हो प्रचार कुन माध्यमले पो फैलाउँछ त।

...............................

धुवाँ उडि रहेछ
त्यो तिम्रो यादको बास्न यहाँ।
कुहिरो सरि पातलिएर
पातमा झर्न लागेको छ
मेरो आखाबाट यहाँ।
तप्प-तप्प मेरो अञ्जुलीमा
दिमाग धड्किएर झरेको
त्यो रातो रगत तर मुटुले न्यानो
बनाएको  छ यहाँ।

..........................

त्यसतै
रुखको टुप्पामा पुगेको अन्तिम घाम
पश्चिम पट्टी क्षितिजमा अडेसलागेर
सुस्तरि-सुस्तरि हराउँछ,
चुपचाप आफ्नै गुडमा।
हरेक अवस्था हेरेर बिदा भयो आज
कसैको घर हेर्छ छानाबाट
आँगन नियालेको बिजुलिको तारबाट
अब उसलाइ बोलायो बोलीले
रातो-रातो आकाश भएको साझमा।
जस्तै..
म हेर्दै थिए
उसलाइ थाहा छैन।

..............................












कुनै सुगन्धले बेला कतै पुराउँछ
अनायासै मनको बाटोबाट टालिन लागेको,
सहरमा पुर्याउछ,कुनै घरमा पुर्याउँछ।
आफै खाटमा बसेको बेला सपनाले
त्यो दराजको च्यातनै लागेको कागजमा
कोरिएको अग्लो सिढि नजिकै पुराउँछ।
उक्लिनकै लागि मात्र कोरिन्छन सिढि
हात सामातेरै बेला-बेला खुड्किलोको
पुच्छारतिर पुराउँछ।

............................

तिमि त्यसरि नि आउनु
जसरी आरुचाको बोटमा बसन्त आउछ.
त्यसरि नि मौन बनाउनु
जसरि शिशिरले पहाडलाई  गराउछ।

.....................................

असिना त्यहि साल पर्छ
जुन साल बाली सबभन्दा राम्रो हुन्छ
खोइ किन हो कुन्नि उसलाई पनि आरिस लाग्छ।

.........................

सकियो उस्को काम चुच्चोबाट पत्र
आँगनमा फालिदिएपछि
अरु त पत्र खोल्न समय लाग्छ।
त्यहाँ भित्र पोतिएका रङ्गहरु सम्झिन
निकै बेर घोत्लिनु पर्छ,
हराएका रङ्गहरु झन खोज्नै पर्छ।

............................

चुलोको कालो निधारमा टिका बनाएर
एउटा कराइ जुठेन्नासम्म पुग्यो।
नजर लाग्ला भनेर हो दलिएको कालो?
हो पनि उसलाइ केहि भए
अनेकले भोक साच्नु पर्छ
मैले सोधे,:यो अन्धकार(कालो)को अर्थ के हुन्छ?
उ अर्को पट्टी फर्किएर मुस्कुराउदै भन्छ
आफ्नो जिम्मेवारी पुरा गर्दा येस्तै बन्न पर्छ।

........................

केहि नसाहरु पुरानै ठाउँमा भेट्छन
अव छेउको गितारको केहि तारहरु बज्छन
तब मनमा नि एककिसिमकोस संगीत बज्न थाल्छ।

बिश्वास लाग्दैन? मलाई पनि लाग्दैन,
त्यसो भए तिमि मसँग किन गाउँछौ  र?
हामि एउटै ध्रुवका चुम्बकीय शक्ति हौ भने
किन नजिक नजिक आउँछौ र?
जब तिमि आउछौ, खडेरीमा बर्सात भए जस्तो
पग्लिरहेको मैन निभाए जस्तो।
आगोलाइ बाल्न
स्वासको सुस्त संगीत गुनगुनाए जस्तो,
होइन भने यि सब सस्तो क्षण लागि किन धाउछौ र?

............................

आजको रात यि ताराहरु बिचबाट
एउटा जुन छुदै छु म।
मेरो स्पर्श अलग होस,
उसको उज्यालो स्थाइहोस।
म केहि किरणहरु आज जुनसग,
साट्न चाहान्छु,
यो आकाश मुनि आँगनिबाट
मुठ्ठीमा केहि मोतीहरु बोकेर
उसको ओठमा छर्न चाहान्छु,
म भन्दिन मधुरा भए परेलिहरु
अध्यारोलाई नि साचेको त प्रकाश उसले।
म आज
पानस मुनि पनि उज्यालो नै भएर बाच्न चाहान्छु।

......






तिमिहरु जस्तैले हो उसलाई कठोर बनाउने।
तिमिहरु जस्तैले हो उसलाई निर्दो बनाउने
तिमिहरु जस्तैले हो उसलाई चोर र अपराधी बनाउने।
तिमिहरु अरुको त्यसै आउछ भन्छौ र
आफ्नुमा दातबाट पसिना काढ्छौ
तिमिहरुको भ्रष्टाचारि दिमाग हरेक व्यबहारमा छ
हरेकको समय चोर्छौ, हरेकलाइ पर्खाउछौ
सबभन्दा ठुला चोर त तिमिहरु हौ।
आफ्नु अनुहार  हेर!!

........................

आउछ नि
पात भएर गएको बतास भएर आउछ।
बाफ भएर गएको पानी भएर आउछ।
थोपा भएर गएको समुन्द्र भएर आउछ।

...................

छुट्दै कति पाइलाहरु
औलाहरु, बोलिहरु,
शिखरहरु त छुट्छन भने।
हावाहरु फेरिन त केहिले छुट्छन
छुटेका अनुहारलाई फुर्सदमा जोडौला
चिन्ता नगर!!

.................

रुखको टुप्पोको हागाबाट तप्किएको तप्लेनिका
सुस्त, रुखा, मिठा खबरहरु फेदको पातले नसुनि
छुट्टीएर, चुट्टिएर जान पनि मिल्दैन।

.....................

भन्न त भन्छौ स्वतन्त्र छु
खुल्ला चरा जस्तै आकाशमा
तर खोइ के ले हो
सुगा जसरी पिजडा भित्र कैद गरि दिएको छ।
न ठ्याक्कै उच्चारण गर्न सक्नु
न आफै केहि बनाउन सक्नु।
कोइ बोल्छ त्यहि दोहोराइ रहनु।

........................

मेरो वरिपरि पानीका तप्लेनिहरु
तप्प-तप्प झरि रहेका छन।
त्यो छानोको खर देखि भुइसम्मको
समयमा हरेक पटक उनिहरुले आफ्ना
रहरहरु माटो सग मिसाइसकेका छन।

.............................

तिम्रो पिडामा कति पनि रुदैनन
गम्भिर नबन।
बरु मैले तिम्रा यि घाटहरुमा
कुनै आशा बिना बिउ पाकेको खबर बोकेर
कुदेको मैले देखेकि छु।
कसैको पत्र बोकेर हिडेको देखेकि छु।
के गरे यिनिहरुले, तिम्रो घरलाई उजाड बनाउन बाहेक।
अब, फेरि यि पिडा बिर्सिएर कौशिमा
कराउदै आउछौ होला नि।
त्यति खुकुलो नि नबन्नु मेरो
घरको बिस्कुन हेरेर...
मेरो हातमा गुलेलि र स-साना ढुङ्गा छन।

............................

पर्खाइको पिडा चौतारीलाइ सुनाउन
मन छ भने,
हेरक दिन उसको काधमा
बसेर प्रेम पत्र पढ्ने बतासहरुका बारे
उसले लेखेका दिक्दारिहरु नि सुनिदिनु त पर्छ नि।
सुन्दरताको बयान फुलका अगाडि बसेर
गर्ने हो भने,
कति कोमल मनले भाचेका उसका
डाक्लाहरुको दुखाइ नि सुनिदिनु त पर्छ नि।












शितले पातलाइ सोध्छ।
तिमिलाई केहि मतलब छैन
मैले छोडेर जादा...?
तिमिजस्ता हजारौं पानीका थोपा
मबाट नै तप्किएर समुन्द्रमा पुगेका छन
तर....
ठिक छ तिमि एउटा थोपाले आफुलाइ
निकै महत्त्वपूर्ण ठान्यौ.
तिम्रोलागी हजारौं थोपाको समुद्र
तर.
म एकथोपा हो, छुट्टै !
म थोपा हो छुट्टै !

.................

दुनियाँमा सबभन्दा सुरक्षित ठाउँ
त्यहि चौगारो हो, जहाँबाट
औशि र पुर्णिामा दुबै राम्रो सग हेर्न सकिन्छ।
डोरिमा झुन्डिएको लुगाका छायाहरुसंगै गफ गरिन्छ।
चिसो बतासले जब अनुहारमा हान्छ तब
कुनै पछ्याउरिमा लुक्न सकिन्छ,
सानो अक्षरको नामसग सबै परिचीत छ्न
जोड-जोडले बोलाउदा आवाज ठोकिन्छ।
त्यहाँ पनि आफ्नै ठुलो नाम सुनिन्छ।
.........................

माग्ने कुरा केहि नभए पछि
मैले एउटा कागज त मागेको हो।
त्यहाँ शब्द नमेटिउन भनेर,
निकै बर्ष पहिले कुनै कागज मै
यहि लेखेर छोडेको रहेछ
"लेखेको कहिले मेटिदैन।"

बोल्ने कुरा केहि नभए पछि
मैले एउटा पत्र त लेखेको हो।
त्यहाँ मेरो मौन आवाजले
मेरो मन जस्तै महसुस गराओस भनेर।
अहिले त बोलि नि सुन्निन
केहि समय अगाडि
त्यहि मनले सोधेको रहेछ।।
"दिल मिलेपछि अरु केहि हुँदैन।"

.....................

मैले केहि नभनि, केहि नगरि
मेरो लागि तिमि भगवान जस्तै हौ।
भनेको थियौ...
भगवान भन्दा माथि अब के हुन्छ
अब तिमिलाइ बिर्सिने काम गर्दै छु।
त्यति छिटो नबोल न आडम्बर छौ भने।
थाहा छैन राम्रो न राम्रो के हो
पाप,,धर्म , भगवानको साहारा नलेउ
तारिफ नै गर्नु छ भने।

.......................

त्यो भन्दा मिठो कविता के हुन सक्छ
सक्छ र?, सपना (मा) देखेर बिपनामा भेट्नु

तर अझ चाडो आएर म पुरा हुन सकिन
न मेरो कबिता,
हुन त म सधै बिगृएको सपनामा बानि परि सकेको
कुनै अवसर थियो, राम्रो सपना देख्नु।

चिसो बतासले छुनु र न्यानो पछ्यारि सार्नु।
सङ्लो पानीमा पौडि खेल्नु, अनि आगोको राप अगाडि बस्नु।


यो मौसम न चाहेको, यो ऋतु यस्तो कठोर नहुने
किन भएको?
यो समय कसैले नचाहेको,
मेरो कबिता पुरा नै नभई तिमि आए जस्तो।
यस्तो कसरि हुन सक्छ।

..............................

माथि आकाशमा उड्ने चरिहरुले
किन घरमा बिस्कुन सुका भनिरह्न्छन?
माथि फर्किएर त्यतै तिर हुइकाएका
ढुङ्गाहरु फोहोर बनेर फेरि
किन यतै तिर फर्किरहन्छन?
हावा आउछ, पत्घर उडाउँछ,
टाढा-टाढा गइसकेका पातहरु फेरि
किन बतास नै बनेर आइरहन्छन?

......................

तिमिले आफैले भन्नु पर्छ
आखासङै बोल्नुपर्छ, नत्र त,
हेर न म आज भोलि हावाको
भाका बुज्न छोडि सके।
पानीको आवाज
महसुस गर्न छोडि सके।
कुनै बेला सुस्तररि
सिमलको भुवालाइ उडाएर लान्थियो
उसैका पातहरुले।
...............

तिमिले त्यसरि नै छुनु
जसरी बलेसिबाट तप्लेनिले
जमिनलाइ तप-तप छोइरहेछ।
तिमि त्यसरि नि बिलाउनु
जसरि खसेर पानीका थोप्लाहरु
खोइ कहाँ हो कहाँ बिलारहेछ।

थोरै चर्किएको थियो त्यो जमिनमा
त्यहिबाट छागो बनेर म भित्र पस्नु
अनि पहिरो बनेर झरिदिनु
जसरि मेरो सिरानिकै मुन्तिरबाट
भिजेका काल्लाहरु लडिरहेछ, झरिरहेछ।
यो मन नबोलि मौन लडिरहेछ, झरिरहेछ।

सुस्ताउदै मधुर आवाजमा
यो अबोधपन, निस्पटलाई झस्काउदै
गिलो माटो बनेर ढुङ्गा संगै फुत्किनु
छताछुल्ल अर्को धर्तिसँग खप्टिनु
जसरी मेरो सपनिमा पनि
तिम्रो याद बोझ बनेर खप्टिरहेछ।

......................












बाटो....
हिड्न चाहान्छौ भने मसग नै हिड्न पर्छ
कसैले नदेखेको बाटो,
त्यहाँबाट कोइ नपुगेको ठाउँमा पुगिन्छ।
कसैले नचिहाएको क्षितिज देखिन्छ।
उहि बाटो हो जहाँबाट झुन्डिएको
थोत्रा आशाका चम्किरहेको  किरणहरु  भेटिन्छ।
केहि समय नास हुँदैन,केहि गुमाउनु पर्दैन
बस! महसुस गर यि आटहरुको न्यानोपन
उहाँ, कसैले नलेखिएको नयाँ कथा लेखिन्छ।
हिड्न चाहान्छौ भने तिनै हातहरुसंगै हिड्न पर्छ
उहि लाजवाब बाटाहरु भेटिन्छ।

..........................

तिमिले भन्दिनु के कुरा चाहि मन परेको!
कुन मौसम,
बसन्त! गृश्म, बर्सात,सरद, हेमन्त या शिषिर?
सायद  यि सबै त हुनु हुन्न मान्छे,
कहि बर्णन गरे अनुसार,
उमेर हुँदै जादा धैर्य हुनु पर्ने मान्छे
चुपचाप हिउँमा बेरिएको शिशिरको रुख जस्तै।
तर किन आँधी ल्याएर,
बाटो धुलाम्मे छ? किन एकनासको हुन्न।
मस्तिष्क जब उमेरमा उमेर पुग्दै जान्छ मान्छे।

हुरि बतास उ हुँदा,
बर्सात अरु कसैले भइदिन पर्ने।

................

म मेरो बच्चाको बारेमा सोच्छु र म आफैं बच्चा सोच्छु।
  र मेरी आमाले मलाई बच्चा उहि आशामा सोच्नुभयो
अहिले म सोच्छु
  रिरिमको बिहान वा साँझको बीचमा
  मलाई लाग्छ म जन्मिएको थिएँ,
म आशाको आशामा जन्मेकि थिएँ।
  यहाँ फेरि कसैले सोच्दछ,
  म जन्मँदा नि मलाई कत्ति दुःख लागेको थियो।
  र म मेरो बच्चाको बारेमा सोच्छु र म आफैलाई बच्चाको रूपमा सोच्दछु।
  यो मेरो आमा र मैले सोचेको हुन सक्छ दुबैले
जो नारीले सोच्दछ
  मलाई लाग्छ कि म खडा हुन र म मेरै लागि खडा हुनु नै ठूलो छ
  म सोच्न को लागी, सोच्नै छोड्छु।,, उफ् !!

........................

हिड्न त म हिड्दिन तर,।..
कथम् कदाचित् कतै पुगें
म तपाईंको मुटुमा पुग्छु।
  र रगहरूमा रगत बनेर बग्नेछु।
  मनको गमन तपाइँको हो।
  जीवन पनि तपाईको हो।
  दिमागको चाललाई मेरो नियन्त्रणमा राखेर,
  म त्यो गतिलाई  छिटो बनाउँछु र छोड्नेछु।


Share:

टुक्रा कविताहरू.....

म एक घुट्कि मात्र उघाउछु
अञ्जुलीमा,
सुकेर जावोस त्यसपछि पानी पोखरीमा।
होइन भने किन छाल बनेर छुदैन किनारामा।

उभिएको छ एउटा पत्थर बालुवामाथि,
अन्तिममा क्षमता पानी कै हुन्छ ढुङ्गालाई खियाउनमा।
त्यसो भए छोडिदिन्छु भनोस न
बन्चरोले रुखहरुलाइ चोट पुर्याउनमा।

पानी आफै प्यास त होइन।
तर तिर्खा बन्छ हर बहानामा।
सुक्ने भए ति ओठ जिब्रो
अञ्जुलीको अपुरो अपुग चहानामा।



मैले सम्पुर्ण कबिता लेखि सकेपछि
तिमि आएको हौ,
अब ति कबिता पढ्नु र तिमि सम्झिनु
बाहेक केहि बिकल्प छैन।
त्यो नसम्झिनु त्यो समर्पित छ तिमि मै
अलिअलि मिल्न खोजेको मात्र हो।
मैले घामले जमिनलाई माया गरेको देखेर
ऋतुहरुले महिनालाइ माया गरेको देखेर
अन्धकारलाई जुनले माया गरेको देखेर
जुनै स्थितमा नि ताराहरु आकाशमै झुन्डिएको देखेर
मात्र लेखेको हो
तिमि, तिमि होइन म नहुँदा,
तिमि शब्द होइन, व्यबहार नहुदा।
तिमि फगत हो, काम नहुँदा।
उच्च दिल आफै हराउँछ, पग्लिन्छ, डराउछ,चाहिदो र नचाहिदो लाग्दा
मैले अक्षर कोरि सकेपछि मात्र।
चित्र हुन आएको हो।
कल्पना पछिमात्र सबै शक्ति सम्भब भएको हो।
नसोच्नु यो, तिमि जस्तै कोरिएको छ।

....................

सबैभन्दा निराश भएर सायद
कोहि एकदम खुशीका गित लेख्न
कहाँ सक्छ र? 
आशु आफैंमा दुख हो त?
आँखाको पानी संगै हर्शको
गित चराले सधैं किन गाइरह्न्छ?
साह्रै नि निराशाबादि मानिस छदै छैन
मात्र शब्द दुख्छ।
एकैछिन शब्द,
तर एकैछिनमा शब्द नै फुलबारी
फाड्न तयार त त्यसै नै हुन्छ।
अब यहि हो देखिनु, तर अपुर्ण हुनु।
लेख्नु तर व्यबहार नै नहुनु।
मिलाउनु त सबै अनि आफै 
हरेक हरेक सत्य र सभ्य अनि शान्ति हुन्छ।
.......…....
मसिनो गरि हेरेको मात्र राम्रो लाग्छ।
बर्सातले जमिनलाई छोएको जसरी
छोएको राम्रो लाग्छ।
आकाशसधैं निलो त छदैछ,
उसलाई बादलले बेला बेला छोपेको राम्रो लाग्छ।
चिसो बने पनि बन्दिनु, असिना बनि बिलाएको राम्रो लाग्छ।
रातसाझ कराउँछ नजिक आएर हुचिल
डरलाग्दो छ तर पनि उसैको स्वर राम्रो लाग्छ।
..............
उडेको चरी फर्केर त्यसै आउदैन।
आउने ठाउँमा उसको गुँड हुन पर्यो।
मानिस फर्किन फुलबारी अनि फुल हुन पर्यो।
मन हो प्रेरणा त हुनै पर्छ कुनैकुनै तरिकाबाट।
मन हो भुल हुँदै  नहुने होइन,
भुलपनि एकदम कोमल हुन् पर्यो।
..........
निराश म होइन, न कोइ हो!
निराशा त यो समय हो,
जो कसैको पोल्टोमा 
पर्न मान्दैन, कति थान
निराशाका ,प्रेमका, बिछोडका
हरेकका गित, कविता शृजना हुँदा पनि,
यो समयले मलम लाउन मान्दैन।
दैनिक हेर मान्छे, टुट्न सम्म टुटि रहेछन
फुट्न काचँ सरि, 
जोडिन पुर्णिामा र धर्ति सरि।
यस्तो नहुने भए, केहि हुँदैन थियो।
न मेरो अस्त्तित्व, न कसैको।
तर यि सबै भए नि समय मात्र 
हिडिरहेको छ, त्यहि भएर
यो निराश छ।
............
मैले मेरो समय जसरी सोचाइमा
बिताए त्यो नसाहरु यि दिमागका तन्तु 
मेरा थिए तर कसैले आएर थथर्काउने 
हिम्मत सम्म गर्दो रहेछ।
त्यो पोखरी ढुङ्गा जोडले
खसाल्दा त्यहाँ एउटा तरङ्ग आउछ 

जसरी म एकोहोरिए।
मेरो त्यो दृष्टिको कुनै
सम्मान थिएन, 
थियो त बस।
मेरो समयको अनुचित मुल्यांकन।
........



पिपलले....
उस्ले आफ्नु समय भएर।
पिपलका फलहरु झारेको थियो म माथि।
म उ भएको ठाउँमा र 
उसले फल झार्नु एक्कै समय भयो।
म किन भाबुक भएको, उसले मेरो लागि होइन।
आफ्नु फल त्यो हाँगामा थामिन नसकेर झारेको थियो।
म आए र  रात भर पिपलको कोमलता बयान गरे।
फेरि हेर्न गए, यहि भयो।
यो समय र यो भाग्यो नि अहो!
प्राकृतिक हुँदा डुव्न मिल्ने।
तर यि पिपल त ढुङ्गा हुन।
भाग्य र टाउको त्यहि पत्थरमा
ठोक्नु पर्ने।
समय बिति रहेको छ।
..................

हामि प्रत्येक घरमा 
एउटा कबि बसोबास गर्छौ।
किनभने 
हामिलाई दु:ख छ र हामी 
कबिताबाट दु:ख पोख्छौ।
जब हामीलाइ सुख हुन्छ नि।
यिनै शब्दहरु माथि हास्छौ सायद।
महसुस नै नगरी,
यहाँ पनि कारण छ,
हामी रातरात सुखी हुन्छौ।
अनि महसुस हुँदैनन खरका छाना।
न घरका शिर फुलेका साना-साना।
तर,
यो कि सास्तिमा नि सास नबिर्सिएर
मुटु ढक्क फुलाउने, काडा उमार्ने
नकारात्मकले भन्दा सकारात्मकताले।
सुखदुःख बिसाउने घरका कबिले,
फुल रोपेर बाढ्दा रहेछ्न,
र महान बन्दा रहेछन।
............
शब्दले थिचिएर भारी भएका छन 
यि कान किन, आज भोलि नसुन्नका
लागि काराउँछ्न,
टिनि....न्...टिनि...न्
सुन्नका लागि बर्बराउछ
बर्बर....बर्बर..
इतिहास
ईमान, इमान्दारीता, निष्ठा
छैन नि खेतको  गर्होले पनि
यसरी झुक्याउछ धानका लामा नल मात्र उमारेर।
बालाहरु, दानाहरु फोस्रा,फोस्रा।
त्यस्तै हुन्छ जिवन। 

अब ति हातहरु त
जुठा, हिस्रक
हेर्नलाई पाकि सकेका,टमाटर जसरी 
यि आँखाहरु किन?
तरपनि आजभोलि हेर्नका
लागि फुर्फुराउछन,
फुर्...र...फुर्...र 
शान्त हिमाल र चिसो हिउँ।
...........

पोहोर साल मरेका बोट मुनि 
सुकेको ठुटोको फेदमा 
नयाँ-नयाँ बिरुवा, हरिया बिरुवा
उम्रन थाले, भनेपछि,
आशाका नयाँ किरणहरु,
पलाउन थालेछन बोटबिरुवाका।
अनि हाम्रा किरणहरु त 
अरुकै हातमा हुन्छन जस्तो 
लाग्छ कहिले काहिँ त,
तर पनि बिहानि त उसैले पाए जस्तो
हरेकले पाएको हुन्छ।
उ न्यानो भए जस्तो सबै अनुहार हुन्छ।
जल को थोप्पा सम्म न भट्दा नि,
बिरुवा उम्रने हिम्मत कसरी गर्छ।
तर मान्छे
मैले बुझिन किन हो कुन्नि 
धिकार्दै हत्केलाले घाम छोपी रहन्छ,
आफ्नु अनुहारमा परोस तर अरुको शरीरमा
नजाओस भनेर।


..............
उ अग्लो भएर केहि गर्दै छैन।
उ हुनु पर्ने ठाउँ नै त्यहि हो।
बसिरहेछ, हेरिह्न्छ।
उ पहाड हो।
त्यस्तै हो मानिस जहाँ हुनु पर्ने त्यहि
भए हुन्छ, चित्त बुझाए हुन्छ।
अरु भन्दा फरक कोइ हुँदैन।
समान पनि कोइ हुँदैन।
सायद मान्छे , मान्छे जस्तै हुनुपर्छ।
भगवान बन्दैन, र पुज्नु पर्दैन।
थाहा छैन भक्ति को या बिश्वास हो।
भगवान के हुन हुन्छन हुदैनन्।
त्यहि भएर, मान्छे नै हुन।
कोइ काहि हुदैनन्।
..............
तपाईंसँग जागीर छैन।
गाडि छैन, घर छैन, 
तपाईंसग केहि पनि केहि पनि छैन।
जस्तो कि बिहान के खाने र बेलुका
के खाने नि छैन।
तर पनि किन तपाईसँग केहि गुनासो छैन।
के तपाईसग शब्द छैन?
कि दु:ख बिसाउन पासपोर्ट छैन?
पासपोर्ट बनाउन पैसा नि छैन।
त्यहि भएर केहि गुनासो छैन रहेछ।
ल ठिक छ।
.......
म त्यति धेरै अबुझ पनि होइन
तिम्रो व्यबहार नबुझ्न्।
म त्यस्तो बुझ्ने नि होइन।
तिम्रो भाब मात्र बुझ्न।
दुबैको अलि-अलिले
हामी बनेको नि।
सम्पुर्ण थोक बुज्न।
.......
हुन त आउने बेलामा आँधीले केहि सङ्केत दिदैन।
तर निरन्तरको अभ्यास हुन्छ,
र घरलाई डर हुन्छ, बा! लडि पो हाल्छ भनेर।
उसको अभ्याससँगको डर हो।
साच्चो ब्याक्ती त्यहि पहिरो जस्तै हुन्छ।
प्रकृति जस्तै
चुपचापको सङर्श,
पहिरोलाई घरको डरसँग कुनै मतलब नै थिएन।
त्यस्तै ब्यक्तिलाई..
.................
म आफैलाई खतम गर्न, 
कुनै ओडारमा पुगेको बेला
त्यहा ढुङ्गा मुनि कमिलाको
एउटा तातीले बोकेर हिडेको आहार देखेर।
अझ पश्चतापमा अशिन पसिन भए
मलाई आफुसँग नमिठो दया भाब झल्कियो
माटो समाएर आफ्नु अनुहार हेरे
विचरा! म जस्तो कायरले यो दृश्य 
बुजेको हो कि, लज्जित भएको हो।
म यि भन्दा ठुलो छु, घमण्डि र कायर नि रहेछु।
..........
यो दिमाग वास्तवमा स्थिर छैन
  यो वसन्त हावा जस्तो छ
  पातहरूमा उफ्रन्छ,
  मुनाहरुमा रमाउछ
  भर्खरै,रुखको फेदमा
  एउटा तस्वीर प्रेमिल  बनेको छ।
  किनकि वसन्त
  आमन्त्रित गर्न
  उसले पनि सहयोग गरेको हो।
उ कोइ नभएर हिउँको फोका
हो
बिदाइ भएर नै उराठ लाग्दो
उहि चैत्र
स्थिर छैन
  यो हावाको झुन्ड भयो
  शिरीसको पातमा घुम्दैछ।
..............

तिम्रो आँखामा आधि छैन भने
केहि पनि छैन,
तिम्रो आँखामा बादल छैन भने
केहि पनि छैन।य
यि सबैले बिनाशमात्र गर्दैनन् 
सबै बिनाशले बिनाशमात्र निम्त्याउदैनन।
तिम्रो मनमा ज्वालामुखि उठ्दैन भने
म जिबित भन्न सुहाउँदैन।
यि कवितामा परिवर्तन बोल्दैन भने
केहि गर्छ भन्न कहिले मिल्दैन।
...................................

म तिमिलाई बन्द गर्दिन 
तिमि के के गर्छौ मात्र हेर्छु।
होला लाग्ला सकिदैन, र सक्दिन
त्यो पनि ठिकै नै हो, बन्द गर्न सक्दिन।
म खोलालाइ कसरी वन्द गरौ ,
उ वाध नागेर आइ नै हाल्छ,
छिमेकमा रहेको केहि नाता जस्तै
उ साध बनेर आइ नै हाल्छ।
बोल्न सम्म बोलियो नि साझमा
कुनै बासघारिलाइ भर्खर झुल्केको 
जुनले सुन्ने र दिक्क मान्ने गरि।
अव मौन बस्ने पालो आएछ अध्यारोमा।
तर मैले तिमिलाई बन्द गरिन नि
नबोले नि
मौन आवाज पनि सुनि रहे।
बहुत शक्तिशाली छ नि बाघ जस्तै।
........................
न फिल्म जस्तो अभिनय गर्दै
न गित जस्तो सुर बन्दै ,
आउछ , 
आधि आधी जस्तै वनेर आउछ
कि बाटो बनाउछ, कि बाटो भत्काउदै
फेरि बनाउछ,
आशिना उहि जस्तै भएर नै रहदैन 
केहि क्षणमा बिलाउछ,
यि अभिनयमात्र बाकी रहि रहने हुन।
......................
मित त आकाश संगै लागओस न
बस हेरि दिनु मात्र भनेको हो
त्यहि सुहाउछ बस्नलाई , मैले के नै आश गरे र
तर कम्तिमा छाया त बन्न पर्छ नि मध्यरातमा।
छाँया बाहेक के हुन्छ?आफ्नो उचाई आफैले हेर्न। 

भौतारिइ रहोस न पुतली 
रङ्ग आफैसग छदैछ, फुलसँग,
सादा भएर नि के भयो त!
उसैले रोपेको होइन,मनलागि रस चुस्न।
मैले के नै भन्छु र उड्नेलाइ डुल्नेलाई,
तर कम्तिमा फरक त पार्नपर्छ नि फुललाई,
कहालीलाग्दो भएर,
उसलाई पनि महसुस होस उचाइमा रमाउन।
...........
कोइ बाच्नुको कारण म बनिन।
म बाच्नुको कारण कोइ बनेन।
उ बाच्नुको कारण धेरै सपनाहरु बने,
तर कारण कोइ बनेन।
हुन पनि, उ उसैको मुटु बोकेर त बाचेको हो।
म मेरो मुटु बोकेर, 
नत्र किन फेरि रहनु पर्द्थ्यो, प्रत्यक वर्ष
भल्बहरु, 
उ बाचेर र त बाँच्नुको कारण बने सपना।
हास्नुको कारण बने ति घरका छाना।
कारण...कारण..कारण 
दुबिधा.सन्नाटा..आकाश हेरेर दिन भर 
बस्दा पनि केहि कारण आएन।
.................

तिम्रो तस्बिर त्यहाँ के छ र प्रेम गर्ने
त्यहाँ के छैन र घृणा गर्ने।
घृणा र प्रेम नै के शब्द हुन्।
ति सबै सम्झना हुन, बिर्सिएर जाने।
बिर्सनलाई सम्झिनु पर्छ, सम्झिनलाई बिर्सिनु।
न आकार बिहिन बनाइएको काल्पनिक दृश्य 
तिमि त मान्छे हो, बस! एउटा मान्छे।
बुझाउनु पर्ने सम्झाउनु पर्ने मान्छे।
सम्झन नि महान हुन पर्ने न तारा हो चम्किने।
न जुन हो कुरि रहन पर्ने, मास नै बिताउनु पर्ने।
हुनु पर्थ्यो छुदा पनि लजाउनु पर्ने,
एक ऐना हो आगाडि उभिन्जेल म देखिने।
म मान्छे हो, मेरो तस्वीर कोरेर प्रेम गर्न पर्ने।
मेरो आशालाई , फुलाउनु पर्ने।
मैले तिम्रो र तिमि भन्दा अगाडी मौनता बुझिदिनु पर्ने।
तर
म मान्छे हो हरेक पत्थरको भाशामा हिड्ने।
र पानीसग डराउने।


..............................
मलाई लाग्दैन तिमि कि पुरै ढुङ्गा हौ।
मलाई लाग्दैन या तिमि पुरै नौनि हौ।
बिच- बिचको लेदो माटोजस्तो 
घाम पछि,कन्कृट बनेर जान्छ, 
मलाई लाग्दैन तिमि कि पुरै हौ,
या तिमि केहि होइनौं।
आधा त आधा नै हो,
आधा बाटोको थकान,अर्ध निन्द्राको दिक्दारि।
अर्ध चन्द्रमाको ओझेल, 
मलाई लाग्दैन तिमि पुरै औशि हौ।
मलाई लाग्दैन या तिमि पुर्णिामा हौ।
.....................

कसैलाई त बुझाउन पनि सकिदैन,
फुल फुलेपछि झर्छ, किनभने त्यो कसैका लागि होइन।
हात मै लिएर हिड्नु त रोजाइ हो आकर्षण हो।
तर सबैलाइ बुझाउनु पर्छ भन्ने टोटलाको फुलले सोच्दैन।
त्यहि बिबशतामा उ राति फुलेर रात मै झरि सक्छ।
........................
जहाँ कबिता आउन पर्ने त्यहाँ 
बन्दै आएन।
भत्किएका मन टाले कि कबिताले रोड टालेन।
सिंहदरबारमा कबिता छ्न, सिंहासनमा कबिता।
हस्पिटल मै कबिताले केहि माखो मारेन।
जहाँ दम्दार आउनु पर्ने त्यहाँ  चाहि बन्दै आएन।
...................
यो पुर्णिामा हो र उसले बोल्दै नबोलि 
गरेको आकर्षण हो, जो म नियालेर हेरि रहेछु।
छाया परेका रुखका हल्लिरहेका पातहरु।
जुन सकियो भने कबिता सकिन्छ!!
तारा सकिए भने कविता सकिन्छ!!
किन चुम्बकको बिपरित ध्रुव बनेका छन आखाहरु?
यो समय सकियो भने सबै थोक सकिन्छ।
त्यहि त,
घाम अस्ताएपछि पहराले चिसो हावा फाल्छ।
.......................
सपनाहरु रातले ताराहरुसग साट्छ्न 
आकाशसग सधैं झुन्डिएर बस्छन,
फेरि 
एउटा जुन आउछ र कहि नभएको उज्यालो 
देखाएर बिलाउछ, 
तर यि निला फुलहरु निला गगनहरु 
न लतरिउन्जेल आफैं ढृढ भएर बस्छ्न।
बस्छन् ..बसिरन्छ्न, 
चुपचाप...चुपचाप 
किनभने यि बिलाउने शितहरुका लागि।
यि फुलहरुले किन कष्ट गर्नु?
................
एक से एक महान हुँदा यहाँ यो समयमा
त्यो अमलाको 
रुखलाई केहि चासो छैन आशा छैन,
त्यो अमलाको रुखलाइ कबि किन
नभनी दिएको, उसले कुनै मौसममा त
पक्का मिठो कविता लेख्छ लटरम्मै।
अस्ति मसग गफ हुँदा उसलाइ भन्दिए।
तिमि बोक्रा देखि नै यति मिठा शब्दभएर
उभिन्छौ, सबले हेर्छन् तिम्रो कला तर
किन तिमिलाइ कलाकार भन्दैनन?
मलाई म हुनुमा ब्यस्तता छ, यिनै वरिपरि बजारिदै पाइला
ढुङ्गा कुदिरह्न्छ तर मलाई कहिले कलाकार भन्दैनन।
..........................
पात र हागाहरुले साथ दिएर नै 
उ रुख भएको हो, नत्र म कल्पना गर्छु
बस उ एउटा ठुटो हो, कुनै गर्हाको छेउमा
कुनै जङ्गलको बिचमा रहेको एउटा ठुटो।

...................

खाउ त मसग प्याला छैन।
साथी पनि छैन, त्यहि भएर म
अक्षरहरुको गुट्कि लागाउछु अनि
अरुलाई पनि पिलाउछु।
आउनुहोस संगै नसासरि भएर
शब्द अझ पिएको पियै गरौ।
यो दिमागबाट नरितुन्जेल।।
.....................
मुठ्ठीमा स्वास बोकेर हरेक दिन
उक्लिदै र ओर्लिदै गर्ने ति पहाडलाई।
कैडा लागेको छैन होला??
कति सजिलो छ नि लौरोमा भारि बिसाउन
पानी पर्दा मझाले निदाउनु कसरी हुन्छ
तर सपना देख्नु पर्दैन,
करेसा बारिबाटै सब्जि बिकेको
करेसा बारिमा उखु फलेको
किनभने बिहान बिउझिहालिन्छ
अनि हेरौला नाङ्गो ड्ल्किएको
कतै- कतै नङ्रराएको पहाड, 
आगन मै आइ पुगेर किच्छ जस्तो।

कति गर्हो छ नि बाटोमा हिलो छ
तिम्रो गाडिको हिलो पुछिदिन कुन दिन
पर्ख!!खोलो उर्लिएर आउछ।
..........
यो यहि रातको बद्लाब हो
अब पुर्णिामाले बादलसँग लडाइ गर्दैन।
उ एकातिर चोइटिएर बस्छ र दिइ रह्न्छ।
जुनलाइ घुम्न , त्यहि पन्ध्र दिन त हो।
अनि देखौला र कहाँ 
त्यसो भनेर फेरि सदालाई हराएको नि होइन।
आकाश हराएर बादल भित्र लुकेको देख्या छ?
किन लुक्नु ,,? आफुलाइ महान मानेर..?
हा हा...
जमिन भन्दा माथि कोइ भए मलाई खबर गर्नु।
माथि बाट ताराले घोषणा गर्छ।
....................
झन्न बर्खाले पनि बेला बेला
तिमिले काटेका रुखबाट बगेका रगतको
हिसाब लिन्छ,, र गड्गडाएर झर्छ उसबाट भत्किएको शरीर।
नत्र त म बिश्वास गर्ने थिएन,
किनभने मलाइ पनि इतिहासले 
बेला-बेला झस्काउछ र बहादुर बनाउछ,
एउटा ढुङ्गा बनेर आगनमाथि उभिएको छानोको टाउकोमा 
खस्न मन लाग्छ र टुटुल्को उठाइदिन मन लाग्छ घरको।
.................…............................
धेरै समय पछि म फेरि त्यहि ठाँउमा पुगे
जहाँ 
मैले एक्दम कोमल टेकेको थियो,
ढुङ्गालाई असर नगरोस भनेर।
सारा ठाउँमा घुमेर आउँदा नि
यिनै आखाको पर्खाइ मधुर लाग्नु
र यो ठाउँ कहि नभाग्नु, बासहरु निहुरिएर कुरिरहनु
हा हा हा.....
मेरा गितहरु सुनेर रुखका पातहरु नाचेका मात्र थिएनन,
शब्द मन पराएर धन्यवाद पनि दिएका थिए।
त्यहि खत भएको कारण  त म फर्केर सुनाउन आए। 
.......................
म एउटा महिलाको आँखाबाट बगेको स्नेह नाप्न।
औजार बनाउन निस्केको पुरुष हु।
जो थामिएको सानो अस्तित्वको बादशह बनेको छु।
नाप्न नसकेको, बनाउन नसकेको औजार र
उहि स्नेहको मालिक बनेर बसेको पुरुष हु।
.................
मलाई माटोसग केहि मतलब थिएन
जो मैले टेकेर हिडे, पैतालामुनि।
अहिले उ करोडौंमा बिक्छ र,
उडेर आखामा कसिङ्घर भएर बस्छ।
अहिले घाटिमाथि सरेको छ धुलोपनि, माटोपनि।
टक्ट्काएर भुइमा झरेको मैलो पनि काम लाग्छ कहिले कहि।
........................

आफैमा भलाद्मी मानेर टाउकोबाट 
निस्किएर गयो एउटा खडेरी।
जो आफै तड्पिएर भौतारिएको र पनि
रुखको टुप्पोमा पलाउदै गयो खडेरी।
धुलो-धुलो हरु अगाडि लगाएर भुमरीमा
बिलाउदै गयो एउटा खडेरि,
न तुफान थियो, न चट्याङ नै थियो
जाबो भुइबाट अलिक मास्तिर के उडेको
बाफ जस्तै बिलाएर गयो एउटा खडेरी।
पत्तै भएन बोटलाइ, सनक्कै
सुकेको पात हावा संगै उडेर गयो एउटा खडेरी।
.................
यि बोल्दै नबोल्ने चिजहरु
पहाड, पर्बत, खोला, बगर, ढुङ्गा
माटो, भित्ता, बाटो,
यि चुपचाप बस्ने चिजहरुसग
खुलेर म कुरा गर्न सक्छु, जसले।
मेरो हरेक अवस्थालाइ सहजले स्वीकार गर्छन।
मैले आफ्नै भनेर पालेको बिरालोले 
मलाई कोतार्यो,
हेर्न त हरेक पटक ओहोर्दोहोर गर्दा 
निला आखा पल्टाएर हेर्थ्यो।
कहाँ थाहा भयो र उसको पनि मुड।
हुन पनि मैले पुच्छर मै कुल्चेको हो।
त्यसपछि मात्र थाहा भयो,
म माटो टेकेर ढुङ्गासग मात्र कुरा गर्न सक्छु।


















.............
चुपचाप पदचापमा 
म हिडि रहेछु, 
हावा जस्तै, सुनसान बनेर। 

कसैको स्वास अनि कसैको आश
नबनि, थाहै नपाइ झरि रहेछु
आरुचाका बोटबाट फुलहरु जस्तै, 

उ पनि पानी थियो, एक डिक्को असिना
बिलाएर गयो, घामसंगै। 

पहिले चर्को भएको थियो
अहिले खल्लो भयो, 
एकछिनको मिठो मिठाई जस्तै।
..................

बडारेर लाग्दैन हिलो भुइमा टासिएपछि,
परि देउ न पानी अब सुक्न लाग्यो एकैछिनपछि।
हावा बेगमा चलिरहेछ, टाउको उसैगरि दुखिरहेछ,
आफै चल्छन केहि बिते जस्तै यि पातहरु मध्यान्नपछि।
आकाशमा झुन्डिएको छ घाम,स्पर्श गर्छन जमिनलाइ किरण,
उ पनि क्षितिज पारि जान्छ अर्कै सन्सारमा साझपरेपछि।
म हेर्छु तारा , म हेर्छु जुन रातमा चौगारो हुन्छ साथि,
उ झर्छ शित बनि तप्प-तप्प हातमा मध्यरातपछि।
झ्यालबाट उज्यालो पस्यो,बिहानि भयो रात त्यसै गयो, 
अब केहि बेर नै छैन जिन्दगी जान्छ, सानो समयपछि।
..............

मैले दुधिलो हुनुछ कसैको लागि।
म नरम हुनु छ कसैको लागि।
तिमि जति पढ न, तिम्ले बुज्ने छैनौ।
पहाडहरु किन चिसा र ताता हुन्छन् मौसमसंगै भनेर।
तिमि खोल ओडेर हिड्छौ किताबको
ल बुझ न, एक पुन्यौ भात पस्केपछि
आमाहरुले किन दुइ घुट्कि थुक निल्छन भनेर।
बोल्छौ होइन? चैत्रको  हुरिसंगैको चट्याङ जस्तै
भुमरि परेर, 
ति क्रान्ति हुन? जस्ले लागे चुहिने छाना सम्म उडाएर।
लु नापेर हेर बिनाशहरु! गणित प्रयोग गरेर,
ति भुइचालाहरु किन मौन आउछन भनेर।
तिमि केहि पनि बुझ्ने छैनौ, ति किन बोल्दैनन् भनेर।
.....................

जुन मुनि तिम्रो प्रेम झल्किन्छ मैन सरि।
जहाँ घाम अस्ताउछ, अनि उसले
रुखभरि स्नेहको दियो जलाउछ।।
उसलाई कसले किन सिकाओस न
गाउदै हिडोस, पाइला बिसाउदा
चुच्चोभरि उसले जिवन जगाउँछ।
...............
फरकिला बाटहरुले मात्र गन्तब्यमा पुर्याउछन।
कसले भन्यो?
बाटाहरु भत्किन्छन बन्निन्छन।
हाम्रो जस्तो ठाउँमा त एक पटक भत्किए भने
कहिले नबनिन पनि सक्छन,, 
त्यहि भएर फराकिलो बाटोले मात्र आशा बोकेको हुन्छ
कसले भन्यो?
तर म जुन बाटो हिड्छु फराकिलो भएर हिड्छु।
बाटो त आफै मिलेर जान्छ, फराकिलो भएर जान्छ।


















......................
जुनको अङ्गालोमा हराउने बादलमात्र हो।
अरुलाई त  उज्यालो भइ दिने मात्र हो। 

मट्टीतेलको साहयताले बलेको धिप्कोको,
ज्वाला पनि एउटा स्वासले निभि दिन्छ क्षण भरको चमक न हो।
केहि छिन एउटा कोठालाई ढाके जस्तो तर,
रहि रहने त त्यहि अलिकति कालो भएको सलेदो मात्र हो। 

उसले उज्यालो बनायो केहि समय रमायो
सापटि लिएको जुनको प्रकाश पनि कृत्रिम न हो,
बलेर आगनमा क्षणिक रौनक पछि अध्यारोमात्र बनायो।
तर बादल उसको अङालोमा भए सम्म रमायो।
........................
ढुङ्गाको कुनै सानो च्यापमा थोरै माटो अडिए जसरि
अडिएर बस्नु, टकटकाउदा कहिले नझरोस।
तिमि आड हौ मेरो, बर्सात कहिले नबोलाउनु।
तिमि मवाट छुट्टीएर जानु परोस। 

म तिम्रो घर बन्नलाइ चोइटिन्छु,.
तिमि म बिचमा आउनु, मैले कहिले अरु खोज्नु नपरोस।
तिमि म भएर हेर महल भएका छौ,
त्यहा भित्र मनतातो अडेस भइदिनु
मैले सिरानि लाउन नपरोस। 

आकाश र धर्ती जस्तो होइन हामि 
हामि धर्ती अनि धर्ति नै हो
बेला-बेला
आउला भुइचालो संगै झरौला, लुट्पुटिएर बस्नु
एक्लै-एक्लै फुत्किएर जान नपरोस।
.....................
कोर्छौ भने....
मैले हिमाल त आखैले देखेको छ।
मैले चट्टानमाथि खालि खुट्टा पाइला कोरेको छ।
मैले झुपडीमा धिपि-धिपि मैन मुनि अनेक कथा लेखेको छ।
रङ्ग तिमिसग होला , नदेखेको होइन।
तर यि सादा बाटाहरुमा साधारण हिड्ने 
मौसमी चराहरुको भाका गहिरिएर बुझेको छ।
कहिले बादल आकाशमा थोप्लो बनेर कोइ बिना बस्छ।
उसको अचनाक उपस्थितिको मर्म पनि बुझेको छ।
बिना आवस्यक, दिक्क लाग्दो नै हुन्छ झरि।
आवश्यकताको भिजाइ अनि रमाइ पनि स्वीकारको छ।
यि सबै तिमिले कोरेका चित्र हुन।
मैले भोगेका भोगाइ, 
कोर्छौ भने, केहि फरक कोर न
तस्वीरहरु कति दोहोरिएको आखैले देखेको छ।
भावहरु बदलिएको आफैले पनि त भोगेको छ।
......................

दुखेको हुँदैन चट्टान  माथि चट्टान  उभिदा।
माटोमाथि घर उभिदा...
खुशी छ ढुङ्गा माथि खर उमृदा
घासमाथि घामका किरण छरिदा।
आज यो उस्तै छ, भोली बादल रहनेछ
त्यस्तै प्रकारले, ऊ खडा हुँदा ऊ खुशी छ ...
आज यस्तै छ, भोलि बादलले हेर्दा पनि
यसैगरी खुशी हुन्छ उ उभिदा...
..........................









..........
ग्रावेलका कथाहरु पिच रोडमा
कति स्पिडमा कुद्छ्न मैले नाप्न सकिन।
फुटेका हातखुट्टाका ब्याथाहरु चिल्लाहरुले
कसरी लेख्छ्न मैले पढ्न सकिन। 

मलाई लाग्थ्यो अक्षर आगो बन्छ
आवाज हावा जसरी फैलिन्छ,
तर खरको मुनि आगो जोर्ने देखियो।
आवाज टाढा पुगोस रुख काट्ने भटियो।
गल्ली-गल्ली कुना कन्दराका शब्दहरु तारेहरुले
कसरी मिलाएर संगीत बजाउछन मैले सुन्न सकिन। 

बाटो आफ्नु खुट्टामा उभिएको छ।
कयौं खुट्टाहरु दोबाटोमा छुट्टीएको छ,
दोबाटोको पिपल बर्सौबाट उहि आखाले हेरिरह्न्छ।
मलाई हल्लाएर गएको हावा स्वास बनेर आउछ।
मलाई पानी चडाएको लोहोटा प्यास बनेर आउछ।
आज बुढिएको उस्को ढाड,फुलेको त्यो उसको कपाल।
कसरी थामिएर बस्छन, मैले हेर्न सकिन।
...............................

एकछिन सुमसुमाउछन बादलहरु आएर
बर्सिन्छन एकछिन झरि गड्गडाएर
ति हिउ आएर एकछिन छोप्छ्न।
सबै एकछिन काध बिसाउछन
उकालोको चौतारी न्यानो बनाउछन
सबै आ- आफ्ना काम  पुरा गर्छन।
अब भन तर यि पहाडहरु सधै  एक्लै किन छ्न? 

,अलिकति समथर थियो,हिजो मात्र हो
एउटा चरो बडो चर्को स्वरमा आयो
वरिपरिका रुखहरुलाई हावाको बेगमा हल्लायो।
यसरि नै धेरै बर्श अघि मौन पहाडलाइ आवाजले हल्लायो।
लाग्या थियो सबभन्दा माथिको रुख उसैको बास्थान भएर आयो।
नाइँ -नाइँ उस्ले बेस्मारि धुलो उडायो।
सबै आ-आफ्ना लक्ष्य लिएर आउछ्न।
अब भन यि पहाडका लक्ष्य साझा कहिले हुन्छन्।


















........

म यो बिश्वास गर्दिन खालि गाग्री 
आफै स्वर मचाउदै हिड्छ,
मैले खालि हत्तर काखिमा च्यापेर।
कतै नठोकाइ कुवासम्म पुराएकि छु।
उसलाई भरेर गग्रेटामा राखेकि छु।।
र मलाइ थाहा छ उबाट आवाज आउन दोस्रो 
बल प्रयोग गर्न पर्छ, या ठोकाउनु पर्छ।
यति बुझ,
न तिमि खालि नभरिएको,
तिमि गाग्री कहिले थिएनौ।
...................

थाहै नपाइ मैले आफुलाइ समहाल्न थालिसके।
सम्हाल्दा, सम्हाल्दै एक्दिन बहुत पोखिनु छ 
यि गहिरा आखाबाट तप्प-तप्प खुशीका थोपाहरु।।
ति अञ्जुली जस्तै हुन, एक थोपो एक छिटो त अटाउछ नै।
पोखिनु छ, थोरै थोरै गर्दै यि आखाबाट थोपाहरु। 

सम्हाल्नै पर्ने म उताउलो बर्खाको भेल पनि होइन।
तर आफ्नो बाटो हुदाहुँदै  सुस्तरि हिउँदको नदिले पनि
खोइ बेला किनाराहरु छल्किएर छुन्छ, 
समुन्द्रबेला झोकिएर उठ्छ,
म पनि माटो हो, म पनि पानी हो।
चिसिनु, शान्तहुनु, भत्किनु पर्छ मैलेपनि
ति हातहरु जस्तै हुन, एक डिस्को एउटा हिउँ त सहन्छ नै।
झर्नु छ, दिन दिन गर्दै यि आखाबाट थोपाहरु।
.....................

















......



एउटा घामले सन्सारलाइ पुग्छ
एउटा जुनले सन्सारलाइ ढाक्छ।
यि मानिसहरु तारा हुन जो लाखौ छ्न।
लाखौ बर्शबाट कोइ मन्द, कोइ अलि चल्म्किला
कोइ झर्छ्न मध्य रातमा, कोइ चम्किन्छन बिहानिपखमा।
दिनमा आफु देखिएर मानिस लुक्छ्न यि तारा
फरक यति मात्र हो, लाखौं मौन छ्न 
नबोलेरै टुट्छ्न, नबोलेरै टुट्दा नि सुन्दर छ्न।
लाखौं आवाज छ्न,लाखौं रुप छ्न
चिच्याएर नि केहि गर्दैनन् , यि मानिस।
यि तारा मौनतामा नि  अनेक थोक गरिरह्न्छ्न।।
......................................

कसरी रमाउछन उहि थोपा-थोपामा
सबै जना एक्कै लाग्छन तिनै नसामा।
कोहि खुशी,कोहि दुखित , कोइ मायालु लाग्छन
सबै भन्दा भलाद्मी,अनि तुच्छ लाग्छन तिनै नसामा।
समान हुन्छन,
फरक त्यहि होला कोइ रमाउछन क्षणमा
कोइ रमाइलो नै उहि बनाउछन,
के भयो त रगत बगुनजेल, 
रगतमा नसा नबगुन्जेल मिठै लाग्छन्  सबैजना।
एकै लाग्छन नसामा।

.....................

तिमिले बोल्नु पर्छ
तिम्रो बोलिमा प्रेम छ।
तिमिले लेख्नु पर्छ
तिम्रो शब्दमा प्रेम छ।
तिमिले हास्न पर्छ
तिम्रो मुस्कानमा प्रेम छ।
तिमि रिसाउनु
तिम्रो रिसमा प्रेम छ।
सबै थोकमा प्रेम हुँदा हुँदै पनि
तिमि र म छुट्टीन्छौ
किनभने यहाँ एकतर्फि प्रेम छ।
अनि यहाँ दुरिको निशर्त प्रेम पनि छ।
...........................
धारणा..
फुर्सद छ भने, बनाइ राख्नु नि धारणा
रुखको बारे, फुलको बारे, काडाको बारे।
उसलाई गएर नलुछे सम्म केहि असर गर्दैन।
जुनको बारे, औशि नआए सम्म केहि असर गर्दैन।
औशिको बारे, उज्यालो नभए सम्म केहि असर गर्दैन। 

एउटा घटना हेरेर बनाइ राख्नु नि धारणा, फुर्सद छ भने,
जिवनमा नआउन्जेल केहि असर गर्दैन।
फुर्सद नै हो, बहकाउने,
फुर्सद नै हो, दिक्क लगाउने।
सोचेको हुने भए मानव फुर्सद नै हुँदैन।
सोचेको भए मानवीय, दर्शन नै रहन्दैन।




.................

नहेरेको मात्र हो, 
घरबाट बगैंचा सम्मको बाटोमा
त्यहि छन प्रेमिल र तिता सचाइहरु।
त्यहि छन, न्याना र चिसा बसाइहरु।
फुल्छन रहरहरु, वरिपरि छन भमराहरु।
कसरी बोलुन कोपिलाहरु त
आवाज भएर नि मौन छन फुलहरु।
नदेखेको मात्र हो, 
घरबाट करेसा कै बाटोमा छन काडाहरु
............................

मैले सधैं पुर्ण खोजि रहे।
तर कुनै पहाड एकातिर खुम्चिएको
कुनै जमिन भासिएर खाल्डो परेको
त्यो मलाई मन परि रह्यो।
जब म तिमिमा आए तर मैले पुर्णिामा खोजि रहे।
हुन त आफै अध्यारो भएर 
उहि औशि नै कुर्दै चौगारोबाट
तारा मात्र सधैं गनिरहन असम्भव छ।
जब मेरा औलाबाट चिप्लिएर अङ्कहरु
जादै थिए, 
मैले तारा गन्न छोडि दिए
मैले पुर्ण बसन्त खोजि रहे।
...................................
चन्द्रमा अन्दो भएको बेला
धर्ति झन चम्किलो हुन्छ..
कुनै आकारमा उ एकमुस्ट भएर
बासको झ्याङमाथि बर्सिन्छ।
कुलो तिर निहुरिएर उ मलाई हेर्छ।
म त्यसै पनि त्यहाँ गएको होइन 
उज्यालो मुनि छहारिले
बनाएको अध्यारोको शितल 
बास र मलाई बाहेक कसलाई थाहा हुन्छ?











Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.