नियात्रा: एक निरन्तर यात्राको

सुन्दर

 म सानी,गोरि, मोटी

र पनि म सुन्दर

त्यो फूल जस्तै सुन्दर। 


उनीहरु तुलना गर्छन्

आफ्नो रुपलाई 


रुप सुन्दरताको एउटा अंशमात्र हो,

सुन्दर फूल पनि त ओइलिएर जान्छ,

तर मिठो सुगन्ध छरेर, 


म काली, अग्ली, सुरिली

र पनि म सुन्दर

त्यो फूल जस्तै सुन्दर। 


फूलले आफूलाई कहिल्यै

अर्को फूलसंग तुलना गर्दैन

ना की जुनले घाम अनि तारासंग

फेरी,

खोइ किन मनिस-मनिसबिच

दिवार खडा गरिन्छ? 


झाकेर हेर न आफूमा

अरुमा नपाएको अपार सुन्दरता

तिमी भित्रै छ, 


म हिस्सी परेकी, अरुको लागि नराम्री

तर पनि सुन्दर आफ्नो लागि

त्यो फूल जस्तै सुन्दर। 


राम्रो कुराले घमण्डी बनाउँछ ! 


घमण्ड फेरी त्यो फूलको कोपिलाले गर्दैन

रातो, निलो,पहेलो , कालो जस्तो भए पनि

व्यस्त छ,आफैमा हराउन,

सुगन्ध फैलाउन

थाक्दैन

अरुले जेसुकै भनुन्, 


म सुन्दर,

हो, त्यो फूल जस्तै सुन्दर। 


सुन्दरता त त्यो हुँदै होइन

जसले अरुलाई होच्याउन सिकाउँछ 


तिमी सुन्दर छौ,

एकदम सुन्दर !

धर्तीलाई स्पर्श गर्न लाग्दाको

त्यो बिहानीको घाम जस्तै,

अँधेरी रातमा झुल्किएको जुन जस्तै,

सुन्दर ,

त्यो फूल जस्तै सुन्दर। 


Share:

The new sketches

 The fine thread that is formed and halts

  Disbanding is also finding a new way, 

like the thread apart two aspects.

  A broken mirror

  It doesn't show a broken face.

  It's like something shrinks in the cracks.

  Do not touch the face at that time

  Nothing has gone on

  It hurts!

 You scrambled the mirror I was looking at

  The scene is dizzying,

  The shadow never breaks,

  Like a thread.

  It doesn't crack like glass.





Share:

खरानी फूल।

 तुरुन्तै धुवाँ आँखामा पस्दा

  आँसुहरू आउँछन्, त्यो पनि कुनै समयमा

  आजको जस्तै प्रेम पीडा हुनुपर्दछ।

जो प्रेममा मात्र रुन्छन 

त्यो बेला देखि अहिले सम्म

  आँखामा एउटै पीडा परिवर्तन बिना नै

  डिलबाट बग्दछ।


  आधा आमाहरू धुँवाको कारण रुन्थे।

  जहाँ प्रेम थियो, चूलो संग

  गुलाबका फूलहरू 'खरानी' टाउकोमा बस्छन्।

लोहोटाका धुन, गाग्रीहरु बज्दा

   अरू गीतहरूमा ट्यून गर्न आवश्यक छ र?

  जातोको आवाजमा जो संगीत त्यहाँबाट उत्पन्न भयो।

  पाधेरोको चहकिलो आवाज नरम मधुर साझ बिहान कलकल

  ती सुरहरूको

  प्रतिक्षा जो रोधि घर घरको आँगन भयो।

  र त्यहींबाट यो सबै सुरु भयो, सङर्श 

  धुवाँ, आँखाहरू र दृश्य धेरै चिन्ताजनक छन्।

तर महान, एकदम महान।



Share:

Concupiscent adoration

 What should have happened if I fell on the thunderbolt

What should have happened to me?

I know the truth is, You lift your stride towards me

And you will,

Mix some part of your hair. 


Lightning strikes you,

Immediately,

Lightning fall in love with me.

The wind was blowing in my mind that moment

And

The flame everywhere inside the soul.

Now the water bubbles fall on the fire.

I'm reckoning, 

Before it calmed down, it was very restless.

Black clouds, thunderstorms, whirlwinds that time.

Instantly

The water carried by the clouds fell on the yard.

The drips are strolling, 

Might they breathe you?

The rain falls over me.

I expected hue

I am tracing a silhouette of the calm hurricane.

It is dull, presently the mind is relaxed.

When your eyes moved up to mine.



Share:

The Mountain

 I am loving the snow.

Because I trust myself 

That I am the blaze.

Let lit up the lights

Every moments and time

Under the roof of the cliff

The cyclone takes the fire to the mountain

Uncover the cold with the flame.

Your sights are so far and along.

Now, I am so calm and strong 

Because 

I admire the way you adore the storm.


Share:

केही होइन सम्झिन, र अनेक होला नबिर्सन

 म बिर्सिए सम्झाउनु

म  जून होइन दिन नबिर्सन।
म घाम होइन साझमा क्षितिजबाट ढल्किएर हेर्न।
म एउटा मान्छे हो र म मानिस जसरी नै
बाँच्न चाहान्छु,
म पुगौला न पुगौला कुनै गहिराइमा।
इनारमा पानी गहिराइ नाप्नलाई रहदैन।
म समुन्द्र छचल्किएको देख्छु किनारसम्म।
पानीको भद्रपन छ त मात्र त्यहि इनारसम्म।

म मौसम त होइन स्वत: फेरिन
म पंक्षी पनि होइन धरातल फेर्न।
रुख झन कहाँ हो र! एकैठाउँ रहन।
होइन! केहि होइन म एउटा मान्छे हो
मान्छे जस्तै रहन।
म कहाँ जाउला र शिखर चढ्न,
फर्केर आउन छ यहीँ ठाउँमा
बरु श्वासको गति गन्नु बसेर
मझेरि बिचमा, निधालको अडेसमा
बाँच्नु छ मर्नु पनि यहीँ ठाउँमा।

म बरु बालुवा हो, मुठ्ठीमा बिलाउन
आँखामा बिजाउन
ढुङ्गाले ढुङ्गासँग के बात मार्छ
पानीले बरु ढुङ्गाको कठोरता छियाछिया पार्छ।
मरुभूमिमा शितको थोपाको अर्थहिनता,
म के देख्छु
सिउँडीको जराले बरु समुन्द्री आँधिको
भाब बुझेर,
आफ्नु जिउमा काडा उमार्छ।






Share:

नआउनु, आउँदा।

 म पत्थर छु तिमी फूल बनेर आउनुपर्छ आउँदा

म हिमाल छु तिमी घाम(न्यानो) बनेर आउनु पर्छ आउँदा

सपनामा रमेकै छैन थकित छ्न नयनहरु

म अनिदो छु मिठो निँद बनेर आउनुपर्छ आउँदा। 


तिमी र तिम्रो तस्बिरमा सबै-सबै फरक छ।

बस तिमी छैनौ साँच्चैमा

म हेर्न चाहान्छु तिमी तस्बिर बनेर आउनुपर्छ आउँदा। 


बुझ्दैनौ भने अज्ञान बनिदेउ पुरै-पुरै

आधा-आधा छचल्किन्छ भिजाउँछ आफैलाइ।

म भरीएको छु, तिमी खाली बनेर आउनुपर्छ आउँदा।




Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.