आज अन्तराष्ट्रिय नर्सिङ दिवसका अवसरमा हामी यो महत्वपूर्ण दिनलाई मनाउन सबै जना उपस्थित भए का छौं। चाहे विकसित देश हुन् या नेपाल जस्ता विकासशिल देश हुन् हामि नर्स या अन्य स्वास्थ्य कर्मिहरु सधै पहिलो लहर (frontline) मा बसेर स्वास्थ सेवा प्रदान गर्ने गर्छौ। झन माहामारी, प्राकृतिक प्रकोप होस या युद्धग्रस्त क्षेत्रहरुमा सधै स्वास्थ्यकर्मीहरु सबैभन्दा अग्रणीरेखामा रहनु परेको छ।
विश्वस्वास्थ संगठन(WHO)ले हरेक १००० जनसंख्यामा कम्तीमा २.३ जना स्वास्थ्य कर्मिको आवश्यकता रहेको भनेता पनि विकसित देशमा नै यो अनुपात कायम गर्न सकिरहेको छैन । नेपालको अवस्था त नाजुक छ। यँहा प्रतिहजार जनसंख्यामा पुग नपुग 0.67 जना नर्स पुग्ने या स्वास्थ्यकर्मी मात्र पुग्ने अवस्था छ।(भनेको एक हजारलाई एउटा नर्स नी पुग्दैन) यो त अझ सहरी क्षेत्रको आकडाँ हो। अझ ग्रामीण क्षेत्र को कुरा गर्दा त 1 लाख पचास हजारमा 1 जना स्वास्थ्यकर्मीको नाजुक अनुपातको अवस्था छ।
यसैवाट हामिले स्पष्ट के वुझ्न सक्छौ भने देशमा दक्ष स्वास्थ जनशक्तीको चरम अभाव छ। तर यस्तो दुर्लभ भई सकेको जनशक्ति फेरी किन चरम शोषणमा किन छ त ? प्रश्न जायज भए पनि, यो अवस्थाको विश्लेषण जटिल छ। नेपालमा सबै भन्दा अभावग्रस्त जनशक्ति नी यही हो र चरम शोषण र असुरक्षा समाना गरी रहेको जनशक्ति पनि यही हो।
यहि अवस्थाका कारण अर्थात ,'श्रम शोषण' र ' असुरक्षाका कारण यो पेशा प्रति आकर्षण घट्दै गइरहेको छ। नेपालका निजि क्षेत्रमा सञ्चालित स्वास्थ संस्थानमा कार्यरत नर्सहरुको पारिश्रमिक र duty आवरका कुरा गर्ने हो भने त यो शायद नेपाल के सवैभन्दा न्युन आय अर्थात् निरपेक्ष गरिबी(absolute poverty) को रेखा मुनि पर्छन मतलब आधारभूत आवश्यकता परिपूर्ति गर्न पनि नर्स हरुको तलब ले पुग्दैन।
आजकाल सरकारी सेवामा नै रहेका नर्सहरु विना सुचना विदा वसेर सरकारी सेवामा अयोग्य भन्दै निष्कासन गरिएका सुचना पढ्न पाइन्छ। "भविष्यमा सरकारी सेवा लाइ अयोग्य" सुन्दैमा मलाइ नै हासोँ उठ्छ।" झन ती कति हाँस्दा हुन्। ती त अस्ट्रेलिया, अमेरिका पुगिसके, अब आउदैनन् ।यहाँ हामि अध्ययनरत सबैलाई सोध्ने हो भने पनि ९५% भन्दा माथिलाइ सोध्ने हो भने जवाफ त्यही आउँछ भोलि कहाँ जाने भन्दा अमेरिका, अष्ट्रेलिया र क्यानडा। १ ग्रामिण अनि 850 मा १ शहरी जनसख्या र स्वास्थ कर्मी भएको देशमा यसरी स्वास्थकर्मीको पलायन ले भोली यो देशमा कस्तो भयावह अवस्था आउँदैछ भन्ने कुरा यो देशका निति र्निमाताले तथा निजी अस्पतालका साहुहरुले सोचेका छैनन् । यो देशमा सबैभन्दा वढि नाफा कमाउने क्षेत्र स्वास्थ्य, शिक्षा तथा बैंकिङ क्षेत्र हुन् तर कर्मचारी हरू चरम शोषणमा पर्ने क्षेत्र पनि यहि नै हो।
अब रेसिडेन्ट डक्टर र नर्सको भरमा कति दिन नेपालको स्वास्थ क्षेत्र संचालन गर्ने हो? तिब्र वौद्धिक पलायनले र घट्दो आकर्षणको विचमा देखिएको अन्धकारमा कोभीड-१९ को महामारी कसरी व्यवस्थापन गर्ने होला? जनसख्या र स्वस्थकर्मीको बीचको नाजुक अनुपातलाई कसरी व्यवस्थापन गर्ने लगायतमा कसैको पनि ध्यान गएका छ जस्तो लाग्दैन ।
नितिनिर्माता र प्रशाशक मात्र होइन आम जनताको हामिलाइ हेने दृष्टिकोण उस्तै छ। डाक्टर कुटिन्छन, नर्स कुटिन्छन् । कार्य क्षेत्रमा हुने विभिन्न किसिमका दुव्यवहार
अझ नर्सले भोग्नु परेको यौन हिंसाअदिको हिसाव किताव त अलग छ।
न कामको स्थाइत्व छ न सामाजिक सुरक्षा, न सामाजीक प्रतिष्ठा हिंसा तथा दर्वव्यवहार अनि चरम श्रमशोषणले गर्दा देशको दक्ष जनशक्ती बाहिरहेको छ र बाहिरिने क्रममा छ।
यो अवस्थालाइ हामिले कति दिन बेवास्ता गर्ने हो? सधैं वर्षको एक दिन नर्सिङ दिवस भन्यो Florence Nightingale को फोटोमा अविर छर्केर फूल चढाएर नर्सको स्वास्थ्य क्षेत्रमा रहेको महत्व तथा योगदानको भाषण छाँटेर अनि फेरी शेषणको क्रमलाइ निरन्तरता नै दिइराख्ने हो भने आगमि दिनको अवस्था अझ नाजुक छ।
यो विश्व विश्वव्यापिकरण (globalization) को युगमा विश्वव्यापि श्रम बजारमा प्रतिस्पाधि हुन नसक्ने हो भने यसको मुल्य देश र जनताले गम्भिर रुपमा चुकाउनु पर्ने देखिन्छ।
भोली नर्सको पढाइ विदेश जाने भिषा के पर्याय नबन्नोस निति निर्माता, प्रशाशक, हस्पीटलका साहु र जनताहरूको बुद्धि बेलैमा पलाओस भन्दै अन्तरास्ट्रीय नर्सि डेको सबैलाई शुभकामना दिन चाहन्छु।
धन्यवाद!