नियात्रा: एक निरन्तर यात्राको

 हामि प्राकृतिक घाम खाइरहेका छौ।

र न्यानो भइरहेका छौ।

जसरी यि बोटबिरुवाले खाइ रहेका छन र

बढिरहेका छन।

हामी शित बनि झरिरहेका छौ, जसरी शिशिरमा,

बिहान बेलुका तिनै पातमाथि तप्प-तप्प झरिरहेका छन।


तर ,

यि देशहरुले अप्राकृतिक धुलो खाइरहेका छन।

र कतै पनि बढिरहेका छैनन।।

अशोभनीय बोलिहरु सुनिरहेका छन,

असान्दर्भिक भाषाहरु गुन्जिरहेका छन,

त्यहि भएर यि हाम्रा र अरुका प्राकृतिक 

उचाइलाइ ठेस पुर्याइरहेका छन।

तर हाम्रो यो प्रकृति गुनासो बिना बाचिरहेको छ।

हामी उसै गरि प्राकृतिक शित बनि रहेका छौ।

....


Share:

 भोलि हामीले मौसम अनुसार चराले 

जस्तो पत्घर र छेस्काहरु बोकेर 

घर बनाउनु पर्छ।

माकुराले जस्तै,

जहाँ छु त्यहि जालो बनाउनु पर्छ।

माझीले जस्तै बल्छी थापी रहनु पर्छ।

कुलो कटाइ रहनु पर्छ।

रुख रोपि रहनु पर्छ, अनि मात्र बाँच्न सकिन्छ।



Share:

भरोसा

 सबैचिज सकियो भने हामी पानीले बाँच्ने छौ

हावाले बाच्ने छौ, एकअर्काको आडले बाच्ने छौ।

मायाले मरेको आशा सबै जगाउछ,

मरेको माया मलिलो माटोमा छरेर हेर्ने छौ। 


ठुटीएको रुख पलाउने सधैं भर गर्छ।

खुइलिएको खरवारि हरियो फेरिन्छ।

उखेलेको बीउ धानको बाला भएर निदाउँछ

जमिन मै थियौ, जमिन मै दरबिलो खुट्टा उभाउँछौ। 


चिरिएको घाउ समयले निको बनाउछ 

बसेको खतमा ढिलो चाडो मासु पलाउछ।

कठ्याङ्ग्रिएको शरीर आगोले न्यानो बनाउछ

सुकेको मुल बर्खाले उर्लाउछ,समय होइन कर्म फर्किन्छ

हिजो पर्खिएका थियौ, अब नि उसैगरि पर्खीरहन्छौ।


#दुर्गा


Share:

समय

 त्यो कपको बाफ उडि सकेर 

रहेको चिसो पानी हो म।

म जम्न सक्छु।

फेरि पग्लिन नि सक्छु।

सबै समय हो जम्ने अनि पग्लिने।

म बरफ हुन्छु कहिले 

कहिले वग्छु नदि सरि।

अनि आधी हुन्छु कहिले।

कहिले शान्त हुन्छु समुन्द्र सरि।

मेरो बाटोमा न हिड कहिले काडा हुन्छु म।

तर म चाहान्छु तिमि म फुल भएको बेला

मात्र आउ भमरा सरि। 


फिक्का लाग्छु कहिले

निलो आकाश सरि।

कहिले धुम्मिएको मेघ सरि।

सबै-सबै समय न हो।

कहिले छ्मछमाउछु पुतली सरि!

तिमी जस्तो चाहन्छौ त्यहि भइ दिन्छु।

थाहा छ! तिमिलाइ सम्मानमा 

कुनै पनि पल सहन्छु धर्तीसरि ।

..........................

#दुर्गा


Share:

साथ

 साथ सबैलाई चाहिन्छ..

।।।।

घामलाई पानीको साथ

धर्तीलाइ आकाशको साथ।

आगनिलाई आगमनको साथ।

ठन्डा लाई न्यानोपनको साथ।

प्रेमीलाई प्रेमिकाको साथ।

श्रीमानलाइ श्रीमतीको साथ।

ब्याग्रतालाई एकाग्रताको साथ।

छटपटिलाई धैर्यताको साथ।

साथ न चाहिने को हुन्छ र??

साथ बिना कोइ बाच्दैन,

कसैलाई पनि कसै किसिमको साथ चाहिन्छ।

अब कुरा गरौ..

नेतालाई जनताको साथ

जनतालाइ सरकारको साथ।

यि भित्र करिब प्रश्न-प्रश्नै मात्र आउँछन

न यो साथ एक तर्फि छ न केहि छ।

न कसैले मात्र पाउछ साथ र कोहिले पाउदैन।

त्यसैले

के पत्याउनु यि भ्रष्ट दिमागले

के सिकाउछन र!

हाम्रो अगुवाहरुले नै यि माथि का सबै साथलाई

एकतर्फि सिकाएर होला

यहाँ न महान प्रेम जन्मन्छ न यहाँ गाढा साथ कसैले

कसैलाई दिन्छ!

निकै राम्रो साथ पाउदा निकै उचाईमा पुग्नेथियौ न र?।

तिमि पनि

हेर त आफुलाइ!!??


भरसक साथ राम्रोसँग दिएर पाउने नि गरौ।


......


Share:

बहाव

 समुन्द्र नजिकबाट एउटा बहाबले भन्यो!

..

त्यति एकान्त पनि नहुनु

आवाज पानीले नि नसुनोस।

अनवरत हेर यो छिटाहरु बादलको

खबर बोकेर धर्ती लाइ सुनाइ रहेछन्।


के गुनासो थियो र आकाशको घामसँग

उसलाई छोपर रमाइरहेछन च्यादर माथि थोप्ला-थोप्ला।

हर बखत तप्लेनिले आफ्ना रहर गुमाइरहेछन बलेसिसँग।

मलाई नि रुज्न मन नहोइन


तर

रातभर दियो बल्यो दियाघरमा।

ननिबाइ राख्नु भनेको छ मझेरिले।

म रुजु त उ ओसिएर नबल्ने अर्घमात्र हुन्छ।

अर्घ आफै बल्दैन, उसलाइ आगो चाहिन्छ।

त्यहिभएर।

मैले पानीलाई पनि सुनाइन मेरो मौनता।


..

Share:

Reminiscence

The water rises in a gentle surge.


You don't have to stare at the sun.

Your eyes are an ocean, and

I long to swim within them, holding your hand.


Please, don't let your heart overflow all at once.

There is a quiet sense of calm.

After a long drought, the rain finally arrives.

Trees shimmer through the fog,

and 

The scent of petrichor leads me back to innocence.




Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.