नियात्रा: एक निरन्तर यात्राको

बालबच्चा बारे: केही सामाजिक कुरा

केही प्यारेन्ट्सले सानै उमेरदेखि आफ्ना बच्चामाथि कडा अपेक्षा थोपर्छन्। उनीहरूलाई आफ्नो उमेर र भावनात्मक परिपक्वता अनुसार बढ्न दिँदैनन्।

त्यसको सट्टा, बच्चा तयार छ कि छैन भनेर विचार नगरी, ज्ञान, शास्त्र, सद्गुण, दर्शन आदि जबरजस्ती घोकाउँछन् र अरूको अगाडि गर्वका साथ भन्छन् – “मेरो बच्चा सबै कुरा जान्दछ”, र बच्चाको घोकेको ज्ञानलाई या त्यस्ता अजीब ज्ञानहरुलाई ठूलो र महान आफ्नु बच्चा भएको, बुझ्ने भएको भनेर बाउ आमा गर्व गर्छन।


विशेष गरी केही क्षेत्रीबाहुन परिवारमा, सानै उमेरदेखि बच्चाहरूलाई गीता, वेद, पुराणका श्लोकहरू कण्ठ गर्न लगाइन्छ, आफ्ना बाऊ या आमाले जे गर्छन त्यही गर्न लाइन्छ।तर बच्चाको मनोविज्ञान वा भावनात्मक विकास नबुझी यसरी गर्ने अभ्यासले उल्टै उनीहरूमा भ्रम र भावनात्मक असन्तुलन ल्याउन सक्छ।


एकदम जान्नै मेरो बच्चा, मेरो बच्चा अरूको बच्चा जस्तै चकचक गर्दैनन् कत्रो ठुलो मान्छेको जस्तो कुरा गर्छ जान्ने छ भन्छन्। र अर्काका बाउआमाले त्यो बच्चा त कस्तो ज्ञानी कति जान्ने, कोही संग नडराउने त्यस्तो पो हुनु पर्छ भन्दै उदाहरण दिन्छन् र आफ्नै चकचके बच्चा या बच्चा जस्तै व्यवहार गर्ने बच्चा को अघि नी त्यही भन्छ। 


त्यसले आफ्ना बच्चालाई के असर गर्छ भन्ने नबुझी किन सानै देखि यस्तै यस्तै भार थोपर्न थाल्छन। अनि यसरी घरमा त जान्ने त सबै भन्दा राम्रो भनेको बच्चा

जब बच्चा पछि गएर असफलता वा विरोधाभासको सामना गर्छ, त्यसको मानसिक प्रभाव जीवनभर रहन सक्छ। 


त्यो बच्चाको गल्ती होइन ।त्यो त आमाबुबाको गल्ती हो। उनीहरूले जानेर या अन्जानमा आफ्नै सन्तानको भविष्य बिगारेका हुन्छन्। कन्फिडेन्स क्र्यास हुन्छ पछि यस्तो भयो भने।

अति आत्मविश्वास जब भत्किन्छ, त्यसले गहिरा घाउ दिन्छ।  


अहिले इंडियामा एउटा बच्चाको चर्चा जुन KBC मा उस ले देखाएको ओभर कन्फिडेन्स त्यस्तै प्रकारको त होइन भन्ने लाग्छ। अब बच्चा हो उनीहरूलाई केही था हुन्न आगाडि जसले जे भन्छ लामो समय जे देखेको गरेको छ त्यही देखाउने गर्ने न हुन्। त्यसमा बच्चाको कुनै दोष छैन। छ दोषी भने त्यहाँ उसका अमाबाउ, उसका वरपर का मान्छे, उसको विद्यालय र अरु उसका रेखदेखका मान्छे हुन्। बढी आमाबाउ हुन् । बच्चालाई ट्रोल गर्नु कुनै कारण छैन।। 


त्यसैले यस्ता बच्चालाई हेला वा मजाक गर्नुको सट्टा, तिनीहरूको मनोविज्ञान बुझ्ने र आफ्नै गतिमा बढ्न सहयोग गर्ने वातावरण दिनुपर्छ। बच्चा स्वाभाविक रूपमा जिज्ञासु, अस्तव्यस्त र परिवर्तनशील हुन्छ।


उनीहरूलाई स्वतन्त्रता दिनुपर्छ तर सानै देखि त जान्ने त यसो उसो भन्दै दिमाग भर्ने, त जस्तो कोही छैन तैंले यति वर्षमा गर्ने काम अहिले गरिस् भन्दै चढाउने, दिमागमा बढी दबाब होइन। बच्चा यसैको development milestones अनुसार हुर्कन्छ र त्यसको आकार दिन nuturing प्यारेन्ट्सले गर्ने हो।


आमा–बुवाले साना दिमागमा ठूला विचार जबरजस्ती घुसाएर गर्व गर्नु हुँदैन। बच्चाले सबै कुरा नजान्नु नै सामान्य हो। किनभने, त्यहीँबाट त वास्तविक सिकाइ सुरु हुन्छ। 

Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.